संसद बैठकमै अष्ट्रेलियन सांसदले जुत्तामा खन्याएर पिए बियर
नेपालअखबार,काठमाडौं । अष्ट्रेलियाका एक सांसद काइल म्याकगिनले संसद बैठकमा जुत्तामा बियर राखेर पिएका छन् । संसदमा आफ्नो अन्तिम सम्बोधनपछि उनले गरेको यो क्रियाकलापको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ ।
भिडियोमा सांसद काइल म्याकगिनले सम्बोधन गरिसकेपछि आफूले लगाएको स्निकर्स जुत्ता खोल्छन्, त्यसमा बियर खन्याउँछन् र ‘चियर्स’ भन्दै त्यही जुत्ताबाट घटघट बियर पिएको देखिन्छ ।
काइलको यस शैलीले संसदमै सबैलाई अचम्ममा पारेको छ । केही सांसदहरुले भने ताली बजाएर काइलको समर्थन गरेको पनि देखिन्छ ।
यद्यपि धेरैलाई अष्ट्रेलियाली सांसद काइल म्याकगिनको यो तरिका अचम्म लागिरहेको छ, तर वास्तवमा यो अष्ट्रेलियाली संस्कृतिको एक प्रसिद्ध परम्परा हो, जसलाई ‘शूई (क्जयभथ)’ भनिन्छ।
शूई के हो ?
न्यूयोर्क टाइम्सको २०१९ को एक रिपोर्टअनुसार, यो अष्ट्रेलियाली संस्कृतिको एउटा परम्परा हो, जसमा मानि...








