Wednesday, June 3

विश्व

आयरल्याण्डले सबैभन्दा कान्छो प्रधानमन्त्री पाउँदै
राजनीति, विश्व, समाचार

आयरल्याण्डले सबैभन्दा कान्छो प्रधानमन्त्री पाउँदै

नेपालअखबार, डब्लिन । साइमन ह्यारिस ३७ वर्षको उमेरमा आयरल्याण्डको सबैभन्दा कान्छो प्रधानमन्त्री बन्ने भएका छन् । सत्तारुढ फाइन गेल पार्टीले ह्यारिसलाई दलको नयाँ नेता चयन गरेपछि उनी पूर्वप्रधानमन्त्री लियो भाराडकारको उत्तराधिकारी बन्ने भएका हुन् । लियोले गत बुधबार ‘व्यक्तिगत र राजनीतिक कारण’ देखाउँदै पदबाट राजीनामा दिएका थिए । सन् २०१७ मा लियो ३८ वर्षको उमेरमा आयरल्याण्डका कान्छो प्रधानमन्त्री बन्दै चर्चा कमाएका थिए । यता, दलको नेता चयन भएपछि पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै ह्यारिसले आफू निकै गौरवान्वित भएको जिकिर गरे । उनले उत्कृष्ट नेतृत्वका लागि लियोलाई धन्यवादसमेत दिए । ह्यारिसले यसअघि शिक्षा मन्त्रीका रूपमा काम गरेका थिए । त्यस्तै, सन् २०१६ देखि २०२० सम्म आयरल्याण्डको स्वास्थ्य मन्त्री पनि बनेका थिए ।...
मस्को हमला : चार जनाविरुद्ध अदालतमा मुद्दा सुरु
विश्व, समाचार

मस्को हमला : चार जनाविरुद्ध अदालतमा मुद्दा सुरु

नेपालअखबार, मस्को । रुसले मस्कोको कन्सर्ट हलमा कम्तिमा १३७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा चार संदिग्ध आक्रमणकारीविरुद्ध मुद्दा चलाउन थालेको छ । सबै संदिग्धहरूलाई आँखामा पट्टी बाँधेर मस्कोको अदालतमा ल्याइएको थियो, जसमध्ये एक ह्वीलचेयरमा थिए। सबैलाई आतंकवादको आरोप लगाइएको छ। यी चार अभियुक्तहरूको नाम दलर्दजोन मिर्जोएभ, सैदाक्रामी मुरोदली रचाबलिजोडा, शम्सिदिन फरीदुनी र मुहम्मदसोबिर फैजोभ रहेको जानकारी दिइएको छ । सार्वजनिक भएको भिडियोमा प्रहरीले तीन जना अभियुक्तलाई आँखामा पट्टी बाँधेर रुसको राजधानीस्थित बासमेनी जिल्ला अदालतमा लैजाँदै गरेको देखिन्छ । सबै अभियुक्त घाइते अवस्थामा छन् । इस्लामिक स्टेट समूहले शुक्रबार क्रोकस सिटी हलमा आक्रमण गरेको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेको छ। यसैबिच रुसी अधिकारीहरूले यस घटनामा युक्रेनको संलग्नता रहेको आरोप लगाएका छन् । तर युक्रेनले यी ...
केजरीवाल पक्राउ परेपछि आपका कार्यकर्ता सडकमा
राजनीति, विश्व, समाचार

केजरीवाल पक्राउ परेपछि आपका कार्यकर्ता सडकमा

नेपालअखबार, काठमाडौँ । मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेपछि दिल्लीको राजनीतिक माहोल एकाएक गर्माएको छ । पार्टी प्रमुख केजरीवाल नै पक्राउ परेपछि ‘आप’ले शुक्रबार देशभर विरोध प्रदर्शन गर्ने भएको छ । बिहीबार राति पक्राउ परेका केजरीवाललाई इडीले आज अदालतमा पेस गर्दैछ । दिल्ली सरकार चलाउने प्रश्नमा आम आदमी पार्टीले केजरीवालले जेलबाटै सरकार चलाउने बताएको छ । विहीबार राति प्रवर्तन निर्देशनालय (ईडी)को टोली मुख्यमन्त्रीको निवासमा पुग्यो र मुख्यमन्त्री अरविन्द केजरीवालसँग मदिरा नीति मामिलामा सोधपुछ गर्न थाल्यो । रात परेपछि उनलाई पक्राउ गरिएको हो । यसपछि दिल्ली सरकारको अगाडि नेतृत्व सङ्कटको प्रश्न खडा भयो । मुख्यमन्त्री जेल गए भने दिल्लीको मुख्यमन्त्री को बन्छ भन्ने चर्चा चलेको छ । तर, आपले हस्ताक्षर अभियान चलाएकोमा ९० प्रतिशत जनताले मुख्यमन्त्री केजरीवालले जेलबाटै दिल्लीको शासन गर्ने बताएका थ...
पाकिस्तानमा कुनै पनि मन्त्रीले तलब नलिने
राजनीति, विश्व, समाचार

पाकिस्तानमा कुनै पनि मन्त्रीले तलब नलिने

नेपालअखबार, इस्लामावाद । पाकिस्तानको अर्थतन्त्र यतिबेला स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । केही दिन अघि त्यहाँ नवनियुक्त राष्ट्रपति आसिफ अली जरदारीले तलब नलिने घोषणा गरेका थिए । अहिले प्रधानमन्त्री शाहबाज सरिफ र उनका मन्त्रीहरूले पनि देशको कमजोर आर्थिक अवस्थालाई विचार गरेर तलब नलिने घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्ति अनुसार सरकारले अनावश्यक खर्चमा कटौती गर्ने निर्णय गरेको हो । सरकारको मितव्ययिता नीतिअनुसार सबै मन्त्रीहरूले तलब र त्यससँग सम्बन्धित सबै सुविधा छाड्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । आर्थिक संकटको गम्भीरतालाई ध्यानमा राख्दै शहबाज शरीफको मन्त्रिपरिषद्ले सरकारी खर्चमा विदेशी भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सरकारले संघीय मन्त्री, सांसद र सरकारी अधिकारीहरूलाई विदेश भ्रमणमा नजान निर्देशन दिएको छ । यात्राका लागि सरका...
गम्भीर खाद्य सङ्कटको जोखिममा गाजा
विश्व, समाचार, समाज

गम्भीर खाद्य सङ्कटको जोखिममा गाजा

नेपालअखबार, गाजा । गाजामा गम्भीर खाद्य सङ्कटको खतरा रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् । बीबीसीसँगको कुराकानीको क्रममा उनले सो क्षेत्रका २० लाख जनसङ्ख्यामाथि “गम्भीर खाद्य सङ्कट“को खतरा मडारिरहेको बताएका हुन् । इजरायल–हमास युद्ध सुरु भएयता गाजाको सम्पूर्ण जनसङ्ख्याको लागि यस्तो बयान आएको यो पहिलो पटक हो । गाजामा काम गर्ने संयुक्त राष्ट्रसङ्घीय निकायहरूले मे महिनासम्म युद्ध रोकिएन र आवश्यक मात्रामा राहत सामग्री गाजामा पुगेन भने गाजाले ठुलो भोकमरीको सामना गर्नुपर्ने बताएका थिए । एन्टोनी ब्लिन्केन अहिले फिलिपिन्सको भ्रमणमा छन् । आफूहरू छिट्टै मध्यपूर्वको भ्रमणमा जान लागेको अमेरिकी अधिकारीहरूले मङ्गलबार बताएका थिए । अक्टोबरमा हमासमाथि इजरायलले गरेको आक्रमणयता यो ब्लिन्केनको यो छैटौँ मध्यपूर्व भ्रमण हुनेछ । भ्रमणका क्रममा उनले युद्धविराम लम्ब्याउने सम्भावनाबारे छल...
रुसी राष्ट्रपतिमा पुटिनको जित सुनिश्चित
राजनीति, विश्व, समाचार

रुसी राष्ट्रपतिमा पुटिनको जित सुनिश्चित

नेपालअखबार, काठमाडौं । रुसको राष्ट्रपतिमा फेरि एकपटक भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । चुनावी सर्वेक्षणबाट उनले ८८ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । रुसमा राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन चुनाव भएको थियो । सीएनएनका अनुसार पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम)को एक एग्जिट पोलबाट पुटिनले ८७.८ प्रतिशत भोट पाउने देखिएको छ । जो रुसको सोभियत इतिहासकै सबैभन्दा ठूलो परिणाम हो । यसैगरी रसियन पब्लिक ओपिनियन रिसर्च सेन्टर (वीसीआईओएम)ले पनि पुटिनले ८७ प्रतिशत भोट पाएर राष्ट्रपति पदमा थप ६ वर्ष कायम रहने निश्चित रहेको जनाएको छ । यी रिसर्च सेन्टरका अघिल्ला एग्जिट पोलहरु सटिक थिए । आलोचना यसपटकको राष्ट्रपति चुनावमा ७१ वर्षीय पुटिन उनी एकल दाबेदार थिए । यद्यपि प्रतिस्पर्धामा क्रेमलिनद्वारा...
जहाँ खुलेआम किन्न पाइन्छ बेहुला र बेहुली
विश्व, समाचार, समाज

जहाँ खुलेआम किन्न पाइन्छ बेहुला र बेहुली

नेपालअखबार, शाङ्हाई । बजारमा हामी प्रायः आफ्ना आवश्यकताका चिजबिज किन्छौँ । केही स्थानमा हामीले कल्पनै नगरेको सामान पनि किन्न पाइन्छ । यति बेला सामाजिक सञ्जालमा चीनको एउटा भिडियो भाइरल भइरहेको छ । यो ठाउँमा मान्छे आफूलाई चाहिएको जस्तो बेहुला र बेहुली किन्न आउँछन् । यो बजार साङ्हाईमा छ । यहाँ महिलाहरू आफ्ना लागि श्रीमान् खोज्न आउँछन् भने पुरुषहरू श्रीमती खोज्न आउँछन् । यहाँ बेहुला बेहुलीको परिवारका सदस्यहरू आमा पिता, हजुर बुबा हजुर आमा समेत उपस्थित हुन्छन् । यो बजारबारे बेला बेलामा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा चर्चा भइरहेका छन् । पछिल्लो समय भने ह्यारी जर्गार्ड नाम गरेका अमेरिकी युवकले आफ्नो भेरिभाइड खाताबाट इन्ष्टाग्राममा यसबारे एउटा पोष्ट गरे पछि यसको चर्चा चुलिएको छ । ह्यारी स्वयम् आफ्ना लागि बेहुली खोज्न सो बजारमा गएका थिए । भिडियोमा उनले बजारमा आएका युवा युवतिहरूसँग कुराकानी...
मन्दीमा फसेको बेलायती अर्थतन्त्रमा सुधार
अर्थ, विश्व, समाचार

मन्दीमा फसेको बेलायती अर्थतन्त्रमा सुधार

नेपालअखबार, एजेन्सि । जनवरीमा बेलायतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) शून्य दशमलव २ प्रतिशतले बढेको छ । बुधवार त्यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस)ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जीडीपी बढेको हो । निर्माण क्षेत्रको उत्पादन अपेक्षा गरिएभन्दा धेरैले बढेपछि बेलायतको अर्थतन्त्र वृद्धितर्फ मोडिएको हो । वृद्धिको यो आकार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणमा संलग्न भएका अर्थशास्त्रीहरूले बताएकै हाराहारी हो । डिसेम्बरमा अर्थतन्त्र शून्य दशमलव १ प्रतिशतले खुम्चिएको थियो । गएको वर्षको उत्तरार्द्धमा बेलायती अर्थतन्त्र मन्दीमा गएको थियो । ओएनएसका अनुसार समीक्षा अवधिमा निर्माण क्षेत्रको उत्पादन १ दशमलव १ प्रतिशतले बढेको थियो । जनवरी महिनामा बढेको भए पनि जनवरीसम्मको तीन महिनामा भने आर्थिक वृद्धिदर शून्य दशमलव १ प्रतिशतले घटेको अनुमान गरिएको छ । एक वर्ष अघिको सो...
चीनको हेबेई प्रान्तमा विस्फोट, १ जनाको मृत्यु, कयौँ घाइते
विश्व, समाचार

चीनको हेबेई प्रान्तमा विस्फोट, १ जनाको मृत्यु, कयौँ घाइते

नेपालअखबार, हेबेई । उत्तरी चीनको हेबेई प्रान्तको लाङफाङमा बुधबार बिहान विस्फोट भएको छ । यस घटनाको भिडियो चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले सामाजिक सञ्जालमा शेयर गरेको छ । भिडियोमा धुवाँको ठुलो मुस्लो देखिएको छ, धेरै सवारी साधनमा क्षति पुगेको र मलबे सडकमा फैलिएको देखिन्छ । ग्लोबल टाइम्सका अनुसार यो विस्फोट एक रेस्टुरेन्टमा भएको हो । यो रेस्टुरेन्ट एक आवासीय भवनको भुईं तल्लामा थियो। घटनामा १ जनाको मृत्यु भएको र कम्तीमा २२ जना घाइते भएको ग्लोबल टाइम्सले जानकारी दिएको छ । विस्फोटमा घाइते भएकाहरुलाई अस्पताल पठाइएको छ । ग्यास सिलिन्डर पड्किएर विष्फोट भएको अनुमान गरिएको छ । चीनको सरकारी न्यूज च्यानलले पनि यस दुर्घटनाको भिडियो सार्वजनिक गरेको छ ।...
निक्की हेली अमेरिकी राष्ट्रपति चुनावको दौडबाट बाहिर
राजनीति, विश्व, समाचार

निक्की हेली अमेरिकी राष्ट्रपति चुनावको दौडबाट बाहिर

नेपालअखबार, वासिङ्टन । अमेरिकी राष्ट्रपति चुनावको दौडबाट निक्की हेलीले आफ्नो नाम फिर्ता लिएकी छिन् ।  हेलीको बहिर्गमनलाई प्रभावकारी रूपमा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनको सुरुवात मानिएको छ। अब राष्ट्रपतिको अन्तिम दौडमा रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेनबिच प्रतिस्पर्धा हुने लगभग निश्चित छ । तर हेलीले रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई चेतावनी दिँदै भनिन्, ‘अब यो डोनाल्ड ट्रम्पको हातमा छ कि उहाँलाई हाम्रो पार्टी र त्यसभन्दा बाहिरका भोट कसरी ल्याउनुहुन्छ । मलाई आशा छ कि उहाँले यो हासिल गर्न सक्नुहुनेछ ।’ तर यी सबैको बिचमा एउटा नयाँ प्रश्न छ– हेलीका मतदाताले उनी पछि कसलाई भोट दिनेछन् ? दक्षिण क्यारोलिनाका पूर्व गभर्नर हेलीलाई समर्थन गर्ने ट्रम्पविरोधी रिपब्लिकन र स्वतन्त्र उम्मेदवारहरूको समूहको मत ट्रम्पलाई मनोनयनबाट हटाउन पर्याप्त थिएन। तर, ...