अष्ट्रियाको भियना बस्नयोग्य सहरको शीर्षस्थानमा कायमै
नेपालअखबार, काठमाडौं । अष्ट्रियाको भियना शहर बस्नका लागि सबैभन्दा योग्य शहरको सूचीमा कायमै रहेको छ । सन् २०२२ मा पनि भियना नै यो सूचीको पहिलो नम्बरमा थियो ।
भियना यसअघि सन् २०१८ र २०१९ मा लगातार दुई वर्ष बस्नयोग्य शहरको सूचीको पहिलो नम्बरमा थियो । सन् २०२१ मा भने पहिलो नम्बरमा न्युजिल्याण्डको अकल्याण्ड थियो । सन् २०२२ मा फेरि भियना पहिलो स्थानमा फर्किएको थियो ।
इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू)ले विश्वभर गरेको सर्वेक्षणको आधारमा बस्न योग्य शहरको सूची सार्वजनिक गर्दछ । शिक्षा, स्वास्थ्य, सँस्कृति, पर्यावरण, स्थीरता लगायतका सूचकका आधारमा भियना बस्नका लागि सबैभन्दा योग्य शहर ठहरिएको ईआईयूले जनाएको छ ।
दोस्रो नम्बरमा डेनमार्कको कोपनहेगन, तेस्रोमा अष्ट्रेलियाको मेलबर्न र चौथो नम्बरमा अष्ट्रेलियाकै सिड्नी शहर छन् । यसैगरी पाँचौ नम्बरमा क्यानडाको भ्यानकुभर र छैटौंमा स्वीटजरल्याण्डको ...










