Monday, July 13

समाचार

आयोगले दलहरूलाई भन्यो- कागजात पुर्‍याएर मात्रै समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनू
प्रशासन, समाचार

आयोगले दलहरूलाई भन्यो- कागजात पुर्‍याएर मात्रै समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनू

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले आवश्यक कागजात पूरा गरेर मात्रै समानुपातिकतर्फका उम्मदेवारको बन्दसूची बुझाउन दलहरूलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै रीतपूर्वक बन्दसूची पेश गर्न आग्रह गरिएको जानकारी गराएका छन् । आयोगले पुस १३ र १४ गते बन्दसूची पेश गर्ने कार्यतालिका तय गरेको छ । जस अनुसार, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ ले तोके बमोजिमको विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरेर रीत पुर्‍याएर उम्मेदवारको बन्दसूची तयार पार्न आयोगले आग्रह गरेको हो । ‘समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिने गरी दर्ता भएका राजनीतिक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधि सभा ...
प्रधानमन्त्रीले देउवा, ओली र प्रचण्डलाई चुनावी निम्तो दिँदै भनिन्- यो घर तपाईंहरूकै हो
राजनीति, समाचार

प्रधानमन्त्रीले देउवा, ओली र प्रचण्डलाई चुनावी निम्तो दिँदै भनिन्- यो घर तपाईंहरूकै हो

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो दिएकी छिन् । शनिबार बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्दै उनले चुनावी निम्तो दिएकी हुन् । साथै, उनले आफ्नो निमन्त्रणा स्वीकारेर बालुवाटार आएकोमा तीनै नेताहरूलाई धन्यवाद दिइन् । ‘यो घर तपाईँहरूकै हो । म त न्याय क्षेत्रको मान्छे । राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौं,’ छलफलका क्रममा प्रधानमन्त्री कार्कीले भनिन् । साथै, उनले प्रशासनिक काम–कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक आफूसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाएको जानकारी पनि गराइन् । ‘मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको क...
झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार
समाचार, समाज

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

नेपालअखबार,झापा । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक वर्षमा १२१ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरेको छ । आश्रमले सडक र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन गुजारिरहेका सडक मानवहरुलाई उद्धार गरेर पालनपोषण, उपचार र सम्भव भएसम्म आफन्तसँग पुनर्मिलन गराउँदै आएको शाखाका संयोजक खगेन्द्र विश्वकर्माले बताए । आश्रमको १७ औँ शाखाको रुपमा २०८१ मङ्सिर २३ गते झापा शाखा औपचारिक रूपमा सञ्चालनमा आएको थियो । एक वर्षको अवधिमा आश्रम सञ्चालनमा रु ५४ लाख ८१ हजार ९१५ खर्च भएको शाखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार सो अवधिमा शाखाले रु ५४ लाख ६९ हजार ५५७ सेवा आम्दानी गरेको छ भने पुँजीगततर्फ रु ३२ लाख ६६ हजार ३४८ आम्दानी गरेको छ । शाखाको समग्र सम्पत्ति रु दुई करोड २६ लाख ७१ हजार ११८ रहेको र आश्रमको अक्षयकोषमा रु दुई लाख ५२ हजार ८८०, नगद मौज्दात रु २१ हजार १८९...
खरबारी सुन्तला बगैँचामा परिणत
कृषि, समाचार, समाज

खरबारी सुन्तला बगैँचामा परिणत

नेपालअखबार,म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्परागत खाद्यबाली खेती हुने बारीलाई सुन्तला बगैँचामा रुपान्तरण गरिएको हो । सुन्तलाखेतीले पाखो र खरबारीको रूप मात्र नभएर किसानको जिवनस्तरमा समेत सुधार ल्याएको छ । अगुवा किसान ओम गिरीले विगतमा खाद्यबाली लगाउने र पशुका लागि खरघाँस पाइने खरबारी रहेको पाखोमा स्थापना गरेको सुन्तलाले उत्पादन दिन थालेपछि अवस्था फेरिएको बताए । “पाँच सय सुन्तलाका बोट भएको मेरो बगैँचाबाट यसपालि करिब रु ११ लाखको सुन्तला बिक्री भयो”, उनले भने, “पहिले एक पाथी कोदो फल्ने बारीको पाटामा लगाएको सुन्तलाबाट रु एक लाख आम्दानी भयो ।” गिरीका अनुसार सुन्तलाले बजार पाउन थालेपछि पछिल्लो समय घरवरपरको पाखोमा खरबारीमा झाडी फाडेर पनि बगैँचा विस्तार गर्ने क्रम बढेको छ । भेडाबा...
प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता
प्रशासन, समाचार

प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

नेपालअखबार,काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ। आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी अस्थायी मतदाताका रूपमा रहनेछन्। यस्तै, ब्यारेकमा  रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी पनि अस्थायी मतदाताका रूपमा रहनेछन्। नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा ती सरकारको स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्ति, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी पनि अस्थायी मतदाताका रुपमा रहनेछन्। अस्थायी मतदाता नामावली समन्वय समितिको...
रुकुम पश्चिमकाे चौरजहारीमा घरको जग खन्ने क्रममा सकेट बम फेला
समाचार, समाज

रुकुम पश्चिमकाे चौरजहारीमा घरको जग खन्ने क्रममा सकेट बम फेला

नेपालअखबार,रुकुमपूर्व । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, एयरपोर्ट नजिकै शङ्कास्पद विस्फोटक पदार्थ फेला परेको छ। स्थानीय धीरजबहादुर क्षेत्रीको घरको कम्पाउण्डमा पर्खाल लगाउन जग खन्ने क्रममा शुक्रबार साँझ बम फेला परेको हो। जग खन्ने क्रममा जमिन मुनि विस्फोटक पदार्थ जस्तो देखिने वस्तु भेटिएपछि स्थानीयले तत्काल सुरक्षा निकायलाई जानकारी गराएका थिए। लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाङ्गीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार फेला परेको वस्तु  सकेट बम  जस्तो देखिएको छ। ‘स्थानीयको सूचना पाउनासाथ हाम्रो टोली पुगेर घटनास्थललाई सुरक्षित घेरामा राखेको छु’, पुनले भने । उक्त शङ्कास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनासँग समन्वय भइरहेको छ। राति भइसकेकाले सुरक्षा...
तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग
समाचार, समाज

तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

नेपालअखबार,पोखरा । तमु ल्होछार आगमनको अवसरमा तमु धिं नेपालले शुक्रवार १० जना विरामीलाई २ लाख ५० हजार रुपैया स्वास्थ्योपचारका लागि सहयोग वितरण गरेको छ। तमु समुदायको महान चाड, राष्ट्रिय पर्व तमु ल्होछार आगमनको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्र्तगत तमु धिं नेपालका परमआदरणीय मेजर जयबहादुर–उदय चन्द्र–मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषबाट १० जना विरामीलाई जनही २५ हजार रुपैयाको दरले औषधोपचारका लागि सहयोग वितरण गरेको हो। औषधोपचार सहयोग पाउनेहरुमा मिरुवा तमु समाजका प्रेमकाजी गुरुङ, पोखरा २७ का प्रेमबहादुर कुमाल, तनहुँ तमु समाजकी सितामाया गुरुङ, बाग्लुङ निसिखोलाका राज लोप्चन तामाङ, रुपा २ का डिलबहादुर गुरुङ, पोखरा २९ की मिना नेपाली, खिलाङ गुरुङ समाजका भेषराज गुरुङ खिलाङ गुरुङ, स्याङजा गल्याङकी कलावती पौडेल, ताङतिङ दुधपोखरी तमु समाजकी संगिता गुरुङ र हिमाली गुरुङ परिवार लमजुङ इलमपोखरीकी ड...
इलाममा झलनाथ खनाल प्रत्यक्ष र समानुपातिक दुवैमा सिफारिस
राजनीति, समाचार

इलाममा झलनाथ खनाल प्रत्यक्ष र समानुपातिक दुवैमा सिफारिस

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालको नाम प्रत्यक्ष र समानुपातिक दुवैतिर राखेर नेपाली कम्युनिस्ट पार्टी इलामले प्रतिनिधि सभा उम्मेदवार सिफारिस गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिएको नेकपा इलामले जानकारी दिएको छ। फिक्कलमा शुक्रबार विजय खम्बुको अध्यक्षतामा बसेको जिल्ला कमिटी बैठकले प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्ने उम्मेदवारको नाम टुंगो लगाएको हो। पार्टीले पूर्वप्रधानमन्त्री खनाललाई इलाम-१ बाट प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा सिफारिस गरेको छ। खनाललाई प्रत्यक्षतर्फ इलाम निर्वाचन क्षेत्र नम्बर १ र समानुपातिकतर्फ खस आर्य समूहबाट सिफारिस भएका हुन्। अहिले नेकपाको तेस्रो वरियतामा रहेका नेता खनाल २०७९ को चुनावमा सोही क्षेत्रमा एमालेका महेश बस्नेतसँग पराजित भएका थिए। खनालसँगै ...
नेपाल रिटर्नी एशोसिएसनले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार सिफारिस
राजनीति, समाचार

नेपाल रिटर्नी एशोसिएसनले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार सिफारिस

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको विशेष सर्कुलर अनुसार आगामी २०८२ पौष २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नामावली संकलन कार्य जारी छ। तत्कालीन नेपाल रिटर्नी एशोसिएसन (समाजवादी) र रिटर्नी सेन्टर नेपालले संगठनको नाम र झण्डा पहिलेनै टुङ्गो लगाइसकेर नेपाल रिटर्नी एशोसिएसन राखी उदाहरण पेश गरिसकेको छ। संगठनले पार्टीको निर्देशन तथा मापदण्ड अनुसार २०८२ पौष ११ गते पार्टीको केन्द्रीय कार्यालयमा तत्कालीन दुवै संगठनका इन्चार्ज र अध्यक्षहरू सहितको बैठक बसी पुरुष र महिला जम्मा चार जनाको नाम समानुपातिक उम्मेदवारको लागि टुङ्गो लगाएर सिफारिस गरी पार्टी केन्द्रीय कार्यालयमा बुझाएको हो। गत हप्ता नाम र झण्डाको विषयमा सहज सहमति गरेको संगठनले विदेशमा आर्जन गरिएको सीप, अनुभव र ऊर्जाको भरपूर प्रयोग गर्दै पार्टीको मागअनुसार उम्मेदवार सिफारि...
आयोगले दियो निर्वाचनमा संशय उत्पन्न गराउने चार प्रश्नको जबाफ
प्रशासन, समाचार

आयोगले दियो निर्वाचनमा संशय उत्पन्न गराउने चार प्रश्नको जबाफ

नेपालअखबार,काठमाडौँ ।निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनसम्बन्धी चारवटा संशयको जबाफ दिएको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन गराउने कार्यमा आयोग धेरै अघि बढिसकेको बताए। 'निर्वाचन हुन्छ कि हुँदैन भन्ने विषय सकियो,' पत्रकार सम्मेलनमा भण्डारीले भने, 'अब निर्वाचनबाट फर्कनसक्ने अवस्था छैन।' पत्रकार सम्मेलनमार्फत् भण्डारीले निर्वाचनको सुरक्षा, विदेशबाट हुने भनिएको मतदान, निर्वाचनको कार्यतालिका हेरफेर र चरणबद्ध निर्वाचन गराउने विषयमा पनि जबाफ दिए। पहिलो, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन गराउन सरकारले सुरक्षाको प्रत्याभूति गराउने बताए। 'सरकारलाई हामीले धेरै पटक सुरक्षाको सुनिश्चितता गरिराख्नुभएको छ नि होइन भन्दा गरिसक्यौं भन्नुभएको छ,' भण्डारीले भने, 'सुरक्षाको प्रत्याभूति गरेको छ। प्रदेश स्तरमा सुरक्षा गोष्ठी गरेको...