Monday, July 13

समाचार

रविलक्षित प्रसाईंको टिप्पणी- बाघ आयो, सहकारी जोगाएर राख्नू
राजनीति, समाचार

रविलक्षित प्रसाईंको टिप्पणी- बाघ आयो, सहकारी जोगाएर राख्नू

नेपालअखबार,काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध खनिएका छन् । स्याङ्जाको वालिङमा उक्त अभियानले आज गरेको कार्यक्रममा प्रसाईंले रास्वपा सभापति रविलाई लक्षित गर्दै भने, ‘यहाँ बाहिर के भनेर ह्विम चलाइन्छ भने बाघ आयो बाघ । बाघ आएको छ बाहिर सहकारी जोगाउनु राख्नू ।’ प्रसाईंले भदौ २४ गते सिंहदबार, अदालतमा आगो लगाउने र रविलाई नख्खुबाट छुटाउने समूह एउटै रहेको दाबी गरे । ‘सिंहदरबारमा आगोे लाग्यो । त्यही टिम गएर अदालतमा आगो लगायो । त्यही टिम गएर रविलाई छुटायो । रविलाई अहिले जेलबाट निकालियो,’ प्रसाईंले भने । रवि जेलबाट छुटेपछि उनलाई भेट्ने प्रति पनि प्रसाई आक्रोशित देखिए । उनले भने, ‘सुदन गुरुङ रविसँग जाने । अर्को, पनि रविसँग जाने भनेपछि मैले भनेको कुरा पुग्यो कि पुगेन ? कत्रो साँठग...
नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित
समाचार, समाज

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित

नेपालअखबार,जनकपुरधाम । नेपाल जेसीजको वर्ष २०२६ का लागि नयाँ राष्ट्रिय नेतृत्व चयन भएको छ । जनकपुरधाममा सम्पन्न नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनबाट रामेछाप जीसीजका युवा नेता जेसी जीवन बहादुर कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । चार जना उम्मेदवारबीच भएको प्रतिस्पर्धात्मक निर्वाचनमा कार्की बहुमतसहित विजयी भएका हुन् । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई नेतृत्व, उद्यमशीलता र सामाजिक रूपान्तरणतर्फ अग्रसर गराउँदै आएको नेपाल जेसीज आन्दोलनको नेतृत्व अब कार्कीको काँधमा आएको हो । कार्कीले नेपाल तथा अन्तर्राष्ट्रिय तहका विभिन्न तालिम र एकेडेमीहरूमा सहभागिता जनाउँदै नेतृत्व विकासमा आफूलाई सशक्त बनाउँदै आएका छन् । लक्ष्यबिनाको सक्रियताबाट उपलब्धि सम्भव नहुने उल्लेख गर्दै उनले योजनाबद्ध कार्यान्वयन र ठोस परिणाममा केन्द्रित नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनको नेतृत्वको प्...
महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राजनीति, समाचार

महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महामन्त्रीमै चुनाव लड्ने घोषणा गरेका छन् । बिहीबार धुम्बाराहीमा आयोजित पत्रकारहरुसँग भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । ‘१४औं महाधिवेशनमा पनि महामन्त्रीमा चुनाव लडेको हुँ । त्यसमा विजयी हासिल गर्न सकिँन’ पौडेलले भने, ‘महामन्त्री नै लडिसकेको कारणले अब महामन्त्रीभन्दा तल जाने कुरा भएन । महामन्त्रीभन्दा माथि मेरो परिस्थिति बनेको पनि छैन । त्यसो भएको हुनाले मेरो सोच महामन्त्रीमै आफूलाई प्रस्तुत गर्ने रहेको छ ।’कांग्रेस भित्रबाट समेत आफूलाई यही सुझाव प्राप्त भएको उनले बताए । अगाडि भनेका छन्, ‘साथीहरू धेरैले पनि महमामन्त्रीमै गर्नुस् भन्नुभएको छ ।’...
शिक्षामा लगानी बढाउन आवश्यक छ : प्रधानमन्त्री कार्की
शिक्षा, समाचार, समाज

शिक्षामा लगानी बढाउन आवश्यक छ : प्रधानमन्त्री कार्की

नेपालअखबार,काठमाडाैँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउन जरुरी रहेको बताएकी छन् । बिहीवार त्रिभूवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले नेपालमा शिक्षामा लगानी बढाउनुपर्ने र विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरणको अन्त्य गर्न जरुरी रहेको बताइन् । विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबैको प्रयास आवश्यक रहेको पनि बताइन् । शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा निरन्तर असफल भइरहेको उनले बताइन् । प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता वोध भएअनुसार यसबारे परामर्श र गृहकार्य भइरहेको उनकाे भनाइ छ । उनले भनिन, ‘नेपालमा शिक्षामा लगानी गर्नुपर्ने आवश्यकता छ । सँगै यस क्षेत्रमा सुन्ने गरिएको दलीय राजनीतिकरणको अवस्थालाई अन्त्य गरी विश्वविद्...
आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा
प्रशासन, समाचार

आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले अधिकार प्रयोग गरी आयोगले आचारसंहिताको मस्यौदा सल्लाह, सुझावका लागि जारी गरेको हो । आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन् । यो आचारसंहिता जारी भएसँगै निर्वाचन आचारसंहिता २०७९ खारेज गरिएको आयोगले जनाएको छ। जारी आचारसंहिता उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने, विद्युतीय माध्यम वा सूचना प्रविधिको उपयोग गर्न सकिने व्यवस्था गरिएको छ। आचारसंहितामा निर्वाचन घोषणापत्...
मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको मृत्यु
दुर्घटना, समाचार, समाज

मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको मृत्यु

नेपालअखबार,काठमाडौँ । कोशी प्रदेशका क्रिकेट खेलाडी मिनश थापाको सवारी दुर्घटनामा निधन भएको छ । कोशी प्रदेश क्रिकेट संघका अनुसार थापाको दुर्घटनामा  निधन भएको हो । कोशी प्रादेशिक क्रिकेट संघले थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । ‘मिनाश कोशी प्रदेशको क्रिकेट विकासमा महत्त्वपूर्ण योगदान दिने एक प्रतिभाशाली खेलाडी हुनुहुन्थ्यो । उहाँको असामयिक निधनले नेपाली क्रिकेट, विशेषगरी कोशी प्रदेशले एक उज्ज्वल भविष्य बोकेको खेलाडी गुमाएको छ,’ सङ्घले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ ।...
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
धर्म/संस्कृति, समाचार, समाज

आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा

नेपालअखबार, काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका उनले बताए । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको अध्यक्ष गहतराजको भनाइ छ । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेक...
वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात
प्रशासन, समाचार

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

नेपालअखबार, पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशतअर्थात् रु १८ अर्ब ७९ करोड बढीको निर्यात भएको हो । जबकी गत आवको पाँच महिनामा भने रु २१ अर्ब १८ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा यो नाका हुँदै हुने निर्यातमा उल्लेखनीय वृद्धि भएको बताए । चालु आवको पाँच महिनामा रु २० अर्ब ७६ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ । त्यस्तै रु तीन अर्ब सात करोड मूल्य पर्ने फलफूलको जुस निर्यात भयो । रु दुई अर्ब ८७ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल, रु एक अर्ब ९७ करोड मूल्य पर्ने प्रशोधित पाम तेल निर्यात भएको छ । ...
झापामा जंगली हात्तीको आक्रमणबाट युवक घाइते
समाचार, समाज

झापामा जंगली हात्तीको आक्रमणबाट युवक घाइते

नेपालअखबार,विराटनगर । जंगली हात्तीको आक्रमणबाट झापामा एक युवक घाइते भएका छन् । मेचीनगर नगरपालिका -१३ स्थित हातेमालो सामुदायिक वनमा बुधबार साँझ हात्तीले आक्रमण गर्दा स्थानीय २६ वर्षीय आकाश दाहाल घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, बुधबार बेलुकी करिब ६ बजे दाउरा लिन वनमा गएका बेला जंगली हात्तीले उनलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट दाहालको दाहिने खुट्टामा चोट लागेको छ । घाइते दाहालको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।...
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
प्रशासन, समाचार, समाज

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

नेपालअखबार, वीरगञ्ज । २४ भदौको जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीबन्दी पर्सामा पक्राउ परेका छन् । जेनजी आन्दोलनको क्रममा फरार भएका दुई जना कैदीलाई मंगलबार पक्राउ गरेर वीरगञ्ज कारागारमा बुझाइएको पर्सा प्रहरीले जानकारी दिएको छ । पर्साका प्रहरी प्रवक्ता राजु कार्कीका अनुसार पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका–२५ का प्रदेशी भन्ने सुदामा पासवान र बारा परवानीपुर गाउँपालिका–२ का विवेकलाल साह कानु रहेका छन् । कार्कीका अनुसार पासवान कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय सुनाइएका कैदी हुन् ।कानुलाई उच्च अदालत पाटन इजलास हेटौंडाको आदेशले ५० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । तर धरौटी तिर्न नसकेपछि कानुलाई केन्द्रीय कारागार चलान गरिएको थियो ।...