Monday, November 23

समाचार

पछिल्लो २४ घण्टामा ७०७ जना कोरोना भाइरस संक्रमित थपिए
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा ७०७ जना कोरोना भाइरस संक्रमित थपिए

नेपालअखबार, पाेखरा । पछिल्लो २४ घण्टामा ७०७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा महिला १९२ र पुरुष ५१५ जना संक्रमित थपिएको जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ५ सय ५५ जना सक्रिय संक्रमित रहेका छन्। होम आइसोलेसनमा ३ हजार ७ सय ७२ जना रहेको उनले बताए। निको हुने दर ६१ प्रतिशत, ११ हजार ८३२ पीसीआर परीक्षण, क्वारेन्टिनमा ११ हजार ७ सय ६८ जना छन् भने डिस्चार्ज हुने संख्या १७ हजार ९ सय ६४ जना पुगेको छ। पछिल्लो २४ घण्टामा २६४ जना निको भई घर फर्किएका छन्। उपत्यकामा २ सय जना संक्रमित थपिएका छन्। काठमाडौंमा १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित पछिल्लो २४ घण्टामा फेला परेका छन्।...
उपत्यकामा थपिए २ सय संक्रमित
समाचार, स्वास्थ्य

उपत्यकामा थपिए २ सय संक्रमित

नेपाल अखबार, उपत्यकामा २ सय जना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित पछिल्लो २४ घण्टामा फेला परेका हुन्।
लिदी पहिरोः चार वर्षीय बालकसहित चारको शव फेला, मृतक २९
समाचार, समाज, हाइलाइट-समाचार

लिदी पहिरोः चार वर्षीय बालकसहित चारको शव फेला, मृतक २९

नेपाल अखबार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ। आज १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ, पाँच वर्षीय सानुकान्छा दोङ र ४४ वर्षीय हीराबहादुर दोङको शव भेटिएपछि मृतकको सङ्ख्या बढेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए। पहिरामा बेपत्ता १० जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस...
अमेरिकामा आगो निभाउँदा निभाउँदै हेलिकोप्टर दुर्घटनामा पर्‍यो, एक पाइलटको मृत्यु
विश्व, समाचार

अमेरिकामा आगो निभाउँदा निभाउँदै हेलिकोप्टर दुर्घटनामा पर्‍यो, एक पाइलटको मृत्यु

नेपाल अखबार, एजेन्सि। अमेरिकाको क्यालिफोर्नियामा आगो निभाउन गएको एक हेलिकप्टर दुर्घटनामा पर्दा त्यसमा सवार एक पाइलटको मृत्यु भएको छ। क्यालिफोर्नियास्थित जंगलको धेरै ठाउँमा लागेको आगोलाई निभाउन ती पाइलटले हेलिकप्टरबाट पानी खन्याइरहेका थिए। सोही क्रममा उनी एकजना मात्र सवार हेलिकप्टर कोयलिंगा भन्ने स्थानमा दुर्घटनामा परेको बीबीसीले जनाएको छ। सयभन्दा बढी स्थानमा आगलागी भएपछि हाल क्यालिफोर्नियामा आपतकाल अवस्थाको घोषणा गरिएको छ।आगलागीबाट बच्न सान फ्रान्सिस्कोका हजारौं मानिसहरु घर छाडेर सुरक्षित स्थानमा गएका छन्। हाल हेलिकप्टर तथा जमीन दुवैबाट आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेका छन्।...
दैलेखमा आजैदेखि चार दिनसम्म निषेधाज्ञा
प्रशासन, समाचार

दैलेखमा आजैदेखि चार दिनसम्म निषेधाज्ञा

नेपाल अखबार, सुर्खेत । दैलेखमा चार दिन निषेधाज्ञा जारी गरिएको छ । तीजका बेला हुने भिडभाडले कोभिड-१९ संक्रमण फैलिने जोखिम भएकोले जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । आजै -बिहीबार) दुई बजेदेखि लागू हुने गरी ७ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रशासनकार्यालयले सूचना जारी गरेको छ । पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको दर घट्दो भए पनि तीजको बेलामा मान्छेहरु एकैटाउँमा जम्मा हुने र भिडभाड बढ्ने भएकाले ४ दिनका लागि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए । ‘पछिल्लो दिनहरूमा बजार क्षेत्रमा भिडभाड बढेको छ । भिडबाट संक्रमण फैलिन सक्ने भएकाले त्यस्को जोखिम न्यूनीकरण गर्न निषेधाज्ञा जारी रिएको हो,’ उनले भने । जिल्लाको पूर्वमा जाजरकोट जिल्लाको सिमाना, पश्चिममा कालीकोट र अछाम जिल्लाको सिमान...
कोरोनाको जोखिम बढेकाले नाकामा सेना परिचालन गर्नुपर्छ : डा पाण्डे
प्रशासन, समाचार, स्वास्थ्य

कोरोनाको जोखिम बढेकाले नाकामा सेना परिचालन गर्नुपर्छ : डा पाण्डे

नेपाल अखबार, काठमाडाै। जनस्वाथ्य विज्ञ डा. रविन्द्र पाण्डेले काठमाडौं उपत्यकाका सबै नाकामा सेना परिचालन गर्नुपर्ने बताएका  छन् ।उपत्यकाभित्र अवैध रुपमा आउनेहरुको संख्या धेरै हुँदा कोभिड १९ संक्रमणको जोखिम बढेकाले साना ठूला सबै नाकामा सेना परिचालन गरी नियन्त्रण गर्नुपर्ने डा. पाण्डेले बताए  । बिहीबार एक  कुराकानीका क्रममा  डा. पाण्डेले उपत्यकाभित्र अवैधरुपमा एकजनालाई पनि प्रवेश गर्न नदिन सेना परिचालन गनुपर्ने आवस्यकता देखिएको बताएका हुन्  । भारतबाट आएका धेरै मजदुर र संक्रमित क्षेत्रबाट आएका मानिसहरुलाई खोजेर परीक्षण गर्ने कार्यलाई सरकारले तिब्रता दिनुपर्ने पनि उनको भनाई छ । उपत्यकाका भित्रि, बाहिरी र मूख्य सडक लगायत सबै क्षेत्रमा प्रहरीलाई खटाई मानिसहरुलाई घर बाहिर निस्कन नदिने कामलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए  । संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा अहिले सम्म क्वारेन्टाइ...
भारतमा महिला डाक्टरको बीभत्स हत्या, पुरुष डाक्टर पक्राउ
विदेश, समाचार, हाइलाइट-समाचार

भारतमा महिला डाक्टरको बीभत्स हत्या, पुरुष डाक्टर पक्राउ

नेपाल अखार, एजेन्सि। भारतमा महिला डाक्टरको बीभत्स हत्या भएको छ। आगरास्थित सरोजिनी नायडु मेडिकल कलेजबाट एमबीबीएस गरेकी डा.योगिता गौतमको हत्या भएको हो। मंगलबारदेखि बेपत्ता उनको शव बुधबार बिहान सहरदेखि टाढा डौकी थाना क्षेत्रको बमरौली कटाराको खाली ठाउँमा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। नयाँ दिल्लीमा बस्ने गरेकी डा. गौतमका बुबा र दाइ पनि डाक्टर हुन्। डा. गौतम मंगलबार राति अबेर सम्पर्कविहीन भएकी थिइन्। उनको फोन पनि स्वीचअफ भएको थियो। प्रहरीले घटनाको जानकारी दिएपछि मृतकका बुबा र दाइ बुधबार बिहानै आगरा (घटनास्थल) आइपुगेका छन्। उनीहरूले उरई जालौन मेडिकल कलेजका मेडिकल अफिसर डाक्टर विवेक तिवारीले योगिताको हत्या गरेको आरोप लगाएका छन्। किनकि उनले पहिलेदेखि नै योगितालाई मार्ने धम्की दिइरहेका थिए। घटनास्थल आपपासका सीसीटीभीका फुटेजले उनको हत्यामा डा. तिवारी संलग्न देखिने केही प्रमाण प्रहरीले ...
होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई प्रतिदिन ३५०
प्रशासन, समाचार, हाइलाइट-समाचार

होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई प्रतिदिन ३५०

नेपाल अखबार, काठमाडाैं।  टोखा नगरपालिकाले कोरोना पोजेटिभ भइ होम आइसोलेशनमा बस्न चाहने सङ्क्रमितलाई सन्तुलित भोजनका लागि प्रतिव्यक्ति प्रतिदिन रु ३५० उपलब्ध गराउने भएको छ । नगरपालिकाको बुधबार बसेको ६० औँ नगर कार्यपालिकाको बैठकले कोरोना सङ्क्रमित भइ होम आइसोलेशनमा बस्न चाहने व्यक्तिलाई स्वास्थ्य शाखाको सिफारिसको आधारमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । टोखाले कोभिड–१९ सँग सम्बन्धित कार्यमा खटिने स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता उपलब्ध गराउने बारेमा समेत छलफल चलाएको छ । धापासी स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्य स्वयम् सेविका मन केसीलाई उपचार खर्चवापत रु ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा प्रत्येक वडाबाट खटिएका बढीमा १५ जना स्वयम् सेवकलाई सम्बन्धित वडा कार्यलयको सिफारिसको आधारमा राष्ट्रिय बीमा कम्पनीमार्फत कोरोना बीमा प्रक्रिया अगाडि बढाउने निर्ण...
राष्ट्रिय झण्डा जलाउने समूहमाथि ‘राज्यबिरुद्धको कसुर’
प्रशासन, समाचार

राष्ट्रिय झण्डा जलाउने समूहमाथि ‘राज्यबिरुद्धको कसुर’

नेपाल अखबार, काठमाडौँ । राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाउने समूहलाई प्रहरीले ‘राज्यविरुद्धको कसुर’ गरेको मुद्दा लगाएको छ । झण्डा जलाउने समूहलाई राज्य बिरुद्धको कसुर मुद्दामा म्याद लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए । गायक ग्याल्जेन दोर्जे तामाङसहित १० जनालाई प्रहरीले बुधबार पक्रेको थियो । बुधवार साँझ महानगरीय अपराध महाशाखाको टोलीले भक्तपुरबाट शान्तबहादुर योन्जनलाई नियन्त्रणमा लिएरपछि पक्राउ संख्या १० पुगेको हो । सो समूहले मकवानपुरमा सुटिङ गरेको म्यूजिक भिडियोमा ब्राम्हण र क्षेत्री समुदायलाई घृणा फैलाउने अश्लिल गाली गरिएको छ । मुलुकी अपराधसंहिता–०७४ को भाग २ परिच्छेद १ दफा (५०) को उपदफा (३) अनुसार सरकारको कामकारवाहीबारे घृणा, द्वेष फैलाएका वा अपहेलना गरे गराएमा ३ वर्ष कैद र ३० हजार जरिवाना हुन्छ । सो ऐनको दफा (...
जातको कथा : प्रेमका नाममा दलित युवामाथि कुटपिट
भिडिओ, मनोरञ्जन, समाचार

जातको कथा : प्रेमका नाममा दलित युवामाथि कुटपिट

नेपाल अखबार, पोखरा । कथित उपल्लो जातकी केटीसँग प्रेम गरेको भन्दै पोखरामा दलित समुदायका एक युवा निर्र्घात कुटिएका छन् । आफ्नी छोरीसँग प्रेम गरेको भन्दै केटीका बाबुले गुण्डागर्दी शैलीमा ती युवालाई जङ्गलमा लगेर मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । गोरखा घर भई पोखरामा पत्रकारिता गर्दै आएका प्रेम नेपाली (नाम परिर्वतन) ती युवतीसँग विगत तीन वर्षदेखि प्रेममा परेका थिए । नेपाली समाजमा पछिल्लो समय निकै फैलिएको यो प्रसङ्ग भने वास्तविक नभई पोखरामा हालै सुटिङ सकिएर एडिटिङका क्रममा रहेको लघु चलचित्र ‘जातको कथा’को हो । चलचित्रमा बाबुको भूमिकामा रहेका कलाकार नवराज गिरीकी कान्छी छोरीसँग दलित युवकको प्रेम रहेको देखाइको छ । त्यही कारणले सिर्जित द्वन्द्व नै चलचित्रको मुख्य विषयवस्तु हो । गिरीले आफ्नी छोरीसँग प्रेम गरेको भन्दै प्रहरीसँगको मिलेमतोमा कथित तल्लो जातको सो केटोलाई जङ्गलमा लगेर निर्घात कुटेका छन् ।...