Tuesday, September 15

समाचार

देशभर मनसुनी वायुको प्रभावः यस्तो रहनेछ आजको मौसम
समाचार, समाज

देशभर मनसुनी वायुको प्रभावः यस्तो रहनेछ आजको मौसम

नेपाल अखबार, काठमाडाैं। हाल देशभर मनसुनी (दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ । जसले गर्दा देशमा सामान्य बदली रहेको छ र देशभर केही स्थानहरुमा  वर्षा भईरहेको छ । देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेश का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना  रहेको छ । तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ । आइतबार देशभर सामान्य बदली रही धेरै स्थानहरु...
सिन्धुलीमा पनि देखियो सलह किरा
समाचार, समाज

सिन्धुलीमा पनि देखियो सलह किरा

नेपाल अखबार, सिन्धुली । भारतको विहार हुँदै नेपाल प्रवेश गरेको सलह किरा सिन्धुलीमा पनि देखिएको छ । सिन्धुलीका विभिन्न  स्थानमा सलह किरा देखिएको कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।   सिन्धुलीको कमलामाई नगरपालिका २, ८ बाघमारा र १० को भडारमा सलहजस्तै किरा देखिएको कार्यालयले जनाएको हो । कमलामाई नगरपालिकाका कृषि शाखाका प्राविधिक सरोज फुयाँलका अनुसार किसानबाट फट्याङ्ग्राजस्तो किराले बालीनालीमा नोक्सान पुर्याएको जानकारी दिए । जुनार सुपरजोन सिन्धुलीका प्रमुख देवराज अधिकारीले नेपालमा सहल प्रवेश गरेको औपचारिक जानकारी कृषि  मन्त्रालयले नदिए पनि प्रभावित जिल्लाका विज्ञ एवं प्राविधिकसँग भिडियो छलफल गरिरहेको जानकारी दिए । उनले तराईसँगै सीमा जोडिएको सिन्धुलीसमेत सलहको खतरामा रहेको बताए ।  किराको नमूना हेर्दा सलह नै रहेको अनुमान गर्दै  सो विषयमा प्राविधिकहरुसँगको छलफलपछि यथार्थ सार्वजनिक गरिने विज्ञ ...
रौतहटमा २ जना वडा अध्यक्षसहित १४ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

रौतहटमा २ जना वडा अध्यक्षसहित १४ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, रौतहट । रौतहटको एउटा नगरपालिकाका २ जना वडा अध्यक्षसहित १४ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । भारतीय सिमानासंग जोडिएको बौधीमाई नगरपालिकाका २ जना वडा अध्यक्ष र कर्मचारी गरी १४ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको हो । नगर स्वास्थ सहसंयोजक राकेश कुमार यादवका अनुसार शनिवार आएको रिपोर्टमा २ जना वडा अध्यक्ष, केही कार्यपालिका सदस्य र केही कर्मचारीगरी १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले शनिवार सार्वजनिक गरेको तथ्यांकमा २३ जनामा थप कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसका साथै रौतहटमा कोरोना संक्रमितको संख्या ११ सय ३८ पुगेको छ । कोरोना जितेर घर फर्किनेको संख्या ७ सय ६५ पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।...
पोखरा–बाग्लुङ राजमार्ग यात्रीका लागि धराप बन्दै
समाचार

पोखरा–बाग्लुङ राजमार्ग यात्रीका लागि धराप बन्दै

कृष्ण दवाडी, पाेखरा। धौलागिरी अञ्चलका पर्वत, म्याग्दी, बाग्लुङ र मुस्ताङको ‘लाइफलाइन’ रहेको पोखरा–बाग्लुङ राजमार्गमा यात्रा गर्ने यात्रुले यति बेला सास्ती बेर्होनु परेको छ । राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्की खण्डको पोखरा महानगरपालिका–२५ याम्दीदेखी घट्टेखोलासम्मको सडक बर्खायाममा हिलाम्मे हुँदा सो लोकमार्ग भएर यात्रा गर्नेले कष्ट भोग्न बाध्य बनेका छन् । बन्दाबन्दीले लोकमार्गको काम रोकिदा बर्खामा सडक हिलो र पानीले भरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे समेतको केही वडावासी सोही सडक भएर यात्रा गर्ने गर्दछन् । मध्यपहाडी लोकमार्ग विस्तार शुरु भएपछि साविकको दुई लेनको पक्की कालोपत्रे सडक अहिले भत्काइएपछि ठाउँरठाउँमा सडकमा पानी जमेर हिलो हुँदा राजमार्गमा यात्रा गर्नेले हैरानी बेहोर्न बाध्य छन् भने अत्यावश्यक एम्बुलेन्ससमेत रोकिने र हिलोमा फस्ने गरेको छ ...
गण्डकीमा १६ नयाँ संक्रमित थपिए, कूल संक्रमित संख्या ८५४ पुग्यो
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा १६ नयाँ संक्रमित थपिए, कूल संक्रमित संख्या ८५४ पुग्यो

नेपाल अखबार, कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको थप १६ नयाँ केस भेटिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार ५ बजेर २५ मिनेट जाँदा प्रेस विज्ञप्ति निकालेर यो जानकारी दिएको हो । योसँगै प्रदेशमा कूल संक्रमितको संख्या ८५४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारीअनुसार पोखरा महानगरपालिकामा ५ महिला, नवलपुरको देवचुली नगरपालिकामा ३ महिला, ३ पुरुषसहित ६ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्याङ्जाको भीरकोट गाउँपालिकामा २ पुरुष र गल्याङमा ३ पुरुषमा कोरोना पुष्टि भएको छ । नयाँ पुष्टि भएका संक्रमितको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो ।...
७७ वटै जिल्लामा फैलियो कोरोनाभाइरस, रसुवाका ९ सहित ५५४ संक्रमित थपिए
समाचार, स्वास्थ्य

७७ वटै जिल्लामा फैलियो कोरोनाभाइरस, रसुवाका ९ सहित ५५४ संक्रमित थपिए

नेपाल अखबार, काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा १ सय २० महिला र ४ सय ३४ पुरुष रहेका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार रसुवामा पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रसुवाका संक्रमितमा ८ महिला र एक पुरुष रहेका छन् ।  योसँगै नेपालका ७७ वटै जिल्लामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको अद्यावधिक विवरणअनुसार नेपालमा कूल संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।  जसमा १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरुष रहेका छन् । यस्तै बितेको २४ घण्टामा १८ महिला र ११८ पुरुष गरी १३६ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको कूल संख्या २८ सय ३४ पुगेको छ। यसैबीच कोरानाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । भरतपुर...
होम क्वारेन्टिनमा मृत्यु भएकी बालिकाको रिपोर्ट नेगेटिभ
समाचार

होम क्वारेन्टिनमा मृत्यु भएकी बालिकाको रिपोर्ट नेगेटिभ

नेपाल अखबार, प्युठान । प्युठानको झिमरुक गाउँपालिका वडा नं २ स्थित होम क्वारेन्टिनमा मृत्यु भएकी बालिकाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।  प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोरोना जाँच गर्दा ११ वर्षीया बालिकाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड –१९ का फोकल पर्सन पुष्कल श्रेष्ठले बताए  । गत जेठ २१ गते भारतबाट आई वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेपछि यही असार ३ गते उनको आरडिटी  गरिएको थियो । आरडिटी रिपोर्ट नेगेटिभ देखिएपछि होम क्वारेन्टिनमै बसेकी बालिकाको असार ६ गते मृत्यु भएको हो । उनको मृत्युपछि पिसिआर जाँचका लागि स्वाब पठाइएको थियो  ।  बालिका मिर्गौला र रक्त अर्बुदरोगको बिरामी थिइन् । रासस...
दुई दिन पर सर्‍यो नेकपा बैठक
राजनीति, समाचार

दुई दिन पर सर्‍यो नेकपा बैठक

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक आगामी असार १६ गतेसम्मका लागि स्थगित भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले आजको बैठक भारतसँगको सीमा विवादको विषयमा केन्द्रीत भएको भन्दै अर्को बैठक असार १६ गते बस्ने गरी स्थगित भएको जानकारी दिए । उनका अनुसार भोलि मदन स्मृति दिवस र सोमबार १५ असार अर्थात दही चिउरा खाने दिन परेकाले दुई दिन बैठक नराखेर १६ गतेका लागि सारिएको जानकारी दिए । उनका अनुसार आजको बैठकमा स्थायी समिति सदस्यहरु देवेन्द्र पौडेल, रघुजी पन्त, सु्रेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, धनश्याम भुसाल, बामदेव गौतम, इश्वर पोखरेलसहित २१ जनाले धारणा राखेका छन् । बैठकमा बोल्ने स्थायी समिति सदस्यहरु वार्ताको माध्यमबाट भारतसँगको सीम...
कैलालीका कोराना सङ्क्रमितको चितवनमा मृत्यु
समाचार

कैलालीका कोराना सङ्क्रमितको चितवनमा मृत्यु

नेपाल अखबार चितवन, । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ । विहीबार राति उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारतका क्रममा  आज बिहान मृत्यु भएको बताए । उनका  अनुसार ती पुरुष  क्यान्सरका उपचारका सिलसिलामा  भारतबाट फर्किएका थिए ।  पछिल्लो समयमा उनको स्वास्थ्यमा समस्यादेखि यही असार १० गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा उनको स्वाब परीक्षण गरिएको थियो । भरतपुर कोभिड–१९ प्रयोगशालाले उनलाई कोरोना सङ्क्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएको थियो । रासस...
‘मेरो गणना, मेरो सहभागिता’
प्रदेश ३, समाचार

‘मेरो गणना, मेरो सहभागिता’

नेपाल अखबार, हेटौंडा । राष्ट्रिय जनगणना २०७८ को पूर्वतयारी अन्तर्गत मकवानपुरमा ‘नमुना  जनगणना’ शुरु भएको छ । गत चैतमा सम्पन्न हुनुपर्ने सो काम  कोभिड–१९ का कारण जारी लकडाउनले गर्दा तीनमहिना ढिलो गरी अहिले शुरु गरिएको यहाँस्थित तथ्याङ्क विभागका तथ्याङ्क अधिकृत राजेश दासले जानकारी दिए । सो कार्यका लागि भौतिक दूरी कायम गरी कर्मचारी, गणक र सुपरीवेक्षक खटाइएको उनको भनाइ छ । राष्ट्रिय जनगणनाको एक वर्ष अघि नमुना जनगणना गर्ने प्रचलनअनुसार जनगणना गरिएको उनले बताए । आगामी जेठ २५ गतेबाट ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित राष्ट्रिय जनगणना गणना गरी अगामी असार ८ गते सम्पन्न गरिने उनले जानकारी दिए । उनका अनुसार अघिल्ला जनगणनामा लगत–१ र लगत–२ गरी दुईखाले प्रश्नावली फरक ढङ्गले सोधिएको थियो । तर, अहिले तीदुवै मिलाएर एकीकृत प्रश्नावली निर्माण गरिएको छ । एकीकृत प्रश्नावलीका आधारमा पूर्ण जनगणना गर्नुपर्ने भ...