Friday, November 20

समाचार

मुस्ताङमा पाइने जिम्बुको माग पोखरामा अत्याधिक
कृषि, समाचार

मुस्ताङमा पाइने जिम्बुको माग पोखरामा अत्याधिक

वासुदेव पौडेल/निरज थकाली।  हिमाली जडिबुटी जिम्बु यतिखेर धेरैजसोका घरका भान्छामा पाउने गरिन्छ । पछिल्ला समयमा बढ्दै गएको थकाली खाना प्रतिको मीठो स्वादमा जिम्बुको ठूलै भूमिका छ । हिमाल पारीको जिल्ला मुस्ताङको जिम्बु यतिखेर गण्डकी प्रदेशको राजधानी पोखरासहित यस आसपासका जिल्लामा पुग्ने गरेको छ । विशेष गरी दाल झान्ने प्रयोजनमा सर्वसाधारणले यसको उपयोग गर्दछन् । वास्नादार जिम्बुले झानेको दालमा छुट्टै स्वाद त हुन्छ नै यो स्वास्थ्यका लागि पनि बहुउपयोगी मानिन्छ । रुघा खोकी लागेका व्यक्तिले जिम्बु राखेर पकाएको पानी पिएमा निको हुने र स्वासप्रस्वासजन्य अन्य समस्यामा पनि यसले फाइदा पुर्याउने गर्दछ । समुद्री सतहबाट तीन हजार मिटर भन्दा माथिको हिमाली क्षेत्रमा जिम्बु पाइन्छ । मुस्ताङको वारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका वडा नं ३ छुसाङका स्थानीय समाजसेवी एवम् मुखिया विनोद गुरुङ पछिल्ला समयमा मुस्ताङमा उत्पाद...
नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ
समाचार

नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ

नेपाल अखबार, काभ्रेपलाञ्चोक। नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा५च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाहीको चन्द्र नगर गाउँपालिका–३ बबरगञ्जका ३५ वर्षका जुगतलाल महतो रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार नक्कली बिरामी बनाएर सामाजिक विकास तथा वातावरण संरक्षण सङ्घ बबरगञ्ज सर्लाहीद्वारा सञ्चालित उक्त एम्बुलेन्सका चालक महतोलाई आज बिहान अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पश्चिमी नाका साँगाबाट प्रक्राउ गरेको छ । “काठमाडौँ उपत्यका प्रवेशका क्रममा जाँच गर्दा नक्कली बिरामी बनाएर यात्रु बोकेको पाएपछि एम्बुलेन्सका चालक महतोलाई पक्राउ गरिएको छ”, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले भने, “एम्बुलेन्समा चालकसमेत आठ जना सवार थिए । सबैलाई सोधपुछ गर्दा कोही पनि बिरामी नभएको प...
थप १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

थप १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १६७ जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म नेपालमा सक्रमितको संख्या १७ हजार ३४४ पुगेको जानकारी दिए । उनले हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको पनि जानकारी दिए ।...
कर्णालीका एक डाक्टरले तिरिदिए किसानको डेढ लाख ऋण
समाचार, हाइलाइट-समाचार

कर्णालीका एक डाक्टरले तिरिदिए किसानको डेढ लाख ऋण

नेपाल अखबार, सुर्खेत । कर्णाली प्रदेशका एक डाक्टरले छिमेकी किसानको डेढ लाख ऋण तिरिदिएका छन् । प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसीले छिमेकी किसानको डेढ लाख ऋण तिरिदिएका हुन् । कोरोना भाइरस (कोभिड–१९)को महामारीका बेला फ्रन्टलाइनमा रहेर काम गरेका डा. केसीलाई प्रदेश सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराएको थियो । छिमेकी किसानले भैंसी किन्दा लागेको ऋण तिर्न नसकेर समस्यामा परेको थाहा पाएपछि सोही रकमले तिरिदिएको डा. केसीले बताए । वीरेन्द्रनगर–१, सुर्खेत निवासी डा. केसी भन्छन्, ‘कर्णाली दुर्गम वा सुगम होइन, मेरो घर हो । त्यसैले भत्ता आफ्नालागि खर्च गर्नुभन्दा समस्यामा परेका विपन्न किसानका लागि खर्च गर्न उपयुक्त ठानेँ ।’ किसान कृष्णबहादुर खत्रीले दूध बेचेर ऋण तिर्ने सोचले भैंसी किनेको तर त्यसअनुसार आम्दानी नभएकाले समस्यामा परेको सुनाए । ‘भैंसी किन्दा ७० हजार ऋण ल्याएको थिएँ, बढेर ...
टीकापुरमा आमाबुवा स्याहार्नेलाई अब पुरस्कार
समाचार, समाज

टीकापुरमा आमाबुवा स्याहार्नेलाई अब पुरस्कार

नेपाल अखबार,टीकापुर । बृद्ध सेवा समिति टीकापुरले आमाबुवाको राम्रो स्याहार तथा हेरचाह गर्ने दम्पतीलाई पुरस्कार दिने घोषणा गरेको छ । समितिले ज्येष्ठ नागरिकको हेरचाहमा सन्तानलाई जिम्मेवार बनाउन पुरस्कार व्यवस्था गर्न लागेको हो ।  समितिका अध्यक्ष मोहनबहादुर रावलले आमाबुवाको स्याहार तथा हेरचाह गर्ने सन्तानलाई सम्मान तथा पुरस्कारका लागि आफ्नो व्यक्तिगत रकमबाट रु पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् । “आमाबुवाको राम्रो स्याहार गर्ने सन्तानलाई प्रेरणा दिन यस पुरस्कार स्थापना गरिएको हो । कोषको ब्याजबाट आउने रु ५० हजार पुरस्कार दिइनेछ”, उनले भने, “जेष्ठ  नागरिकको सम्मान, स्याहार भएन । सन्तान जिम्मेवार नबन्दा धेरैले दुःख पाएका छन् । आमाबुवाप्रतिको जिम्मेवारी बोध गराउन पुरस्कार दिने व्यवस्था गरेका हौँ ।” वृद्ध सेवा समितिले यसबाहेक ज्येष्ठ नागरिकको हकहित तथा सेवामा समर्पित संस्था वा नागरिक र ज्येष्ठ न...
ओलीले राजीनामा दिनुपर्ने प्रचण्ड–नेपालको आग्रह
राजनीति, समाचार

ओलीले राजीनामा दिनुपर्ने प्रचण्ड–नेपालको आग्रह

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका छन् । भोलि साउन २ गतेका लागि तय भएको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सहमति खोज्न भन्दै तीन नेता बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए । यसअघिका वार्तामा ओली र प्रचण्ड मात्र बस्दै आए पनि यो पटक प्रचण्ड नेता नेपाललाई लिएर पुगेका थिए । बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । बालुवाटारमा भएको भेटमा प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरे । बालुवाटार जानुअघि अध्यक्ष प्रचण्डको निवास  खुमलाटारमा नेकपा सचिवालय समितिका  ६ नेता (प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल) को छलफलमा पनि प्रधानम...
साउन ४ देखि नदीको बहाव बढ्ने, सतर्क रहन सरकारको आग्रह
समाचार

साउन ४ देखि नदीको बहाव बढ्ने, सतर्क रहन सरकारको आग्रह

नेपाल अखबार, काठमाडौं । सरकारले साउन ४ गतेदेखि नदीमा पानीको वहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ५ गतेदेखि ९ गतेसम्म प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का विभिन्न नदी र चुरे तथा तराई बहने नदीमा पानीको वहाव बढ्नेछ । कन्काई, कोशी, कमला, बागमती, नारायणी, तिनउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बाढी आउन सक्ने प्राधिकरणको अनुमान छ । साउन ४ गतेपछिका ५ दिन सतर्क रहन र बाढी र मौसमको पूर्वानुमानबारे जानकारी लिन प्राधिकरणले भनेको छ । बिहीबार नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा सामान्य वहाव बढ्ने तर खतरामूलक नहुने प्राधिकरणको भनाइ छ । त्यस्तै कोशी र यसका सहायक नदीहरु भोटेकोशी, सुनकोशी, बलेफी, तामाकोशी लगायतका नदीमा पनि पानीको वहाब बढ्ने तर खतराको तहसम्म नपुग्ने जनाइएको छ । बाढी, पहिरो र डुवाका कार...
टेलिकमको सिस्टम ह्याक गरेर इन्टरनेट चलाउने कर्मचारी पक्राउ
समाचार

टेलिकमको सिस्टम ह्याक गरेर इन्टरनेट चलाउने कर्मचारी पक्राउ

नेपाल अखबार, काठमाडौं । नेपाल टेलिकमको सिस्टम ह्याक गरेर इन्टरनेट चलाउने एकजना सरकारी कर्मचारीलाई प्रहरीले पक्रेको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाका कम्प्युटर अपरेटर दिवाकर देउजालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए । नेपाल टेलिकमको एपमार्फत ‘हिटन ट्रायल’ बिधिबाट देउजाले इन्टरेनटको कोड चोरेर आफू र आफ्ना साथीभाइलाई बाँडेको अनुसन्धानबाट खुलेको छ । धनकुटाको पाख्रिबास नगरपालिका घर भएका २८ वर्षीय देउजालाई ‘विद्युतीय कारोबार ऐन’ विरुद्धको कसुरमा कारवाहीका लागि साइबर व्यूरोमा पठाइएको पाण्डेले बताए । पाँच महिनाअघि विवाह गरेका देउजाले आफूले सामान्य प्रयास गर्दा प्राप्त ‘बिजी कोड’बाट इन्टरनेट चलाएको भन्दै ‘ठुलो अपराध नगरेको’ दावी गरेका छन् । करिब डेढ महिनाको अवधिमा उनले २५ हजारको इन्टरनेट चोरी गरेको खुलेको छ । देउजाले टे...
यातायात व्यवसायी र मजदुरलाई सरकारले राहत दिनुपर्छ : प्रचण्ड
राजनीति, समाचार

यातायात व्यवसायी र मजदुरलाई सरकारले राहत दिनुपर्छ : प्रचण्ड

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यातायात व्यवसायी र मजदुरका समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिएका छन् । उनले राहत व्यवस्थाका लागि पार्टी र सरकारमा छलफल गर्ने बताए । यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि गठित कार्यदलको प्रतिवेदन बिहीबार खुमलटारस्थित निवासमा बुझ्दै प्रचण्डले सो कुरा बताएका हुन् । व्यवसायीहरुसँगको भेटमा प्रचण्डले भने, ‘व्यवसायीले राखेका सबै कुराहरु गम्भीर छन् । कोभिड–१९ का सन्दर्भमा संसारभरिका देशहरुले राहत प्याकेज दिने गरेको देखिएको छ । यहाँ पनि यातायात व्यवसायी र मजदुरका समस्या समाधान गर्न केही न केही राहत वा सुविधाका बारेमा पार्टी र सरकारमा छलफल गर्छु । बरु नीतिगत कुरा अलिक पछि गर्दा पनि हुन्छ ।’ प्रचण्डले तत्काल बैंकको किस्तालाई रोक्ने कुरा, यातायात व्यवसाय सञ्चालनका लागि पुनःकर्जाका कुरा, राह...
पूर्वप्रधानमन्त्री नेपालको समन्वयमा रौतहटका सुरक्षा निकाय तथा स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान
समाचार, हाइलाइट-समाचार

पूर्वप्रधानमन्त्री नेपालको समन्वयमा रौतहटका सुरक्षा निकाय तथा स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान

नेपाल अखबार, रौतहट ।  पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको समन्वयमा रौतहटका सुरक्षा निकाय तथा स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ। बुधबार गौरमा सामाग्रीहरु संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले हस्तान्तरण गरेका थिए । रौतहटमा कोरोनाका कारण बढी जोखिममा रहेकाले वरिष्ठ नेता नेपालको समन्वयमा अमेरीका बस्ने नेपालीहरुको सहयोगमा सामाग्री सहयोग गरिएको सभापति खड्काले बताए । गौरमा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई ५ लिटर सेनिटाइजर, २ सय थान केएन ९५ मास्क र सर्जिकल मास्क १ हजार थान यस्तै राजपुर, इशनाथ, गौर, परोहा नपाका प्रत्येक वडालाई एक सय केएन ९५ माक्स, सेनीटाइजर ५ लिटर र सर्जीकल मास्क एक हजार हस्तान्तरण गरिएको पूर्वसांसद राम कुमार भट्टराईले जानकारी दिए । यस्तै रौतहट काठमाडाैं सम्पर्क मन्चको सहयोगमा नेपाल प्रहरीलाई पानी र बाढीमा...