Friday, November 20

समाचार

छुट्टाछुटै स्थानमा दुई जनाको शव फेला
समाचार, समाज

छुट्टाछुटै स्थानमा दुई जनाको शव फेला

नेपाल अखबार, सिरहा। सिरहाको छुट्टाछुटै खोलामा आज बिहान एक वृद्धसहित दुई जनाको शव फेला परेको छ । सिरहा बरियारपट्टी गाउँपालिका–२ श्रीपुरस्थित खोलामा स्थानीय ६८ वर्षीय रामदेव यादवको शव फेला परेको प्रहरीले जनाएको छ । आँपको बगैँचा हेर्न जान्छु भनी घरबाट निस्केको र घर फर्की नआएको कारण खोजतलास गर्ने क्रममा खोला छेउमा यादव मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारले जानकारी दिए । यस्तै सिरहाको मिर्चैया नगरपालिका–९ बतहाखोलामा तत्काल सनाखत नभएको एक पुरुषको शव फेला परेको छ । खोलाको पश्चिम साइडमा अन्दाजी ४० वर्षीय सो पुरुषको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले सो शव परीक्षणका लागि लहानस्थित अस्पताल ल्याइएको प्रहरी उपरीक्षक पञ्जीयारले बताए । घटनाको थप अनुसन्धा...
कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७०० नाघ्यो
प्रदेश ६, समाचार, स्वास्थ्य

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७०० नाघ्यो

नेपाल अखबार, सुर्खेत। कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या नियमित बढिरहेको छ । दैनिक दर्जनौँ मानिसमा कोरोना देखिँदैछ छ, तर राजधानी सुर्खेतको वीरेन्द्र्रनगरका बजार तथा कार्यालयमा मान्छेको भीड त्यत्तिकै देखिन्छ । नागरिकमा विगतको जस्तो कोरोना आतङ्क पनि घट्दै गएको छ । सामान्यतः कसैलाई देखिएमा आसपासका मान्छेहरुमा केही प्रभाव परे पनि अन्य व्यक्तिले यसलाई सामान्यरूपमा लिन थालेका छन् । कोरोना नहुँदै कडा भएको लकडाउन पछिल्लो समयमा फितलो हुँदै गएको छ । त्यसले गर्दा पनि कोरोना सङ्क्रमित हुने क्रम रोकिएको छैन । बुधबार पनि थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार यहाँ २७ जनामा सङ्क्रमण देखिएको थियो । मङ्गलबार नै कर्णाली प्रदेशसभाका एक सांसदमा कोरोना सङ्क्रमण पुष्टि भयो । अहिले भारतबाट आएका मात्र नभई अन्य नागरिक सङ्क्रमण देखिन थालेको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर ख...
घुस लिएको अभियोगमा इञ्जीनियर पक्राउ
समाचार

घुस लिएको अभियोगमा इञ्जीनियर पक्राउ

नेपाल अखबार,बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रङ्गेहात पक्राउ गरेको जनाएको छ । ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेको अख्तियार पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले बताए । अधिकारी लामो समयदेखि पोखरामा बस्दै आएका थिए । घुस रकम लिएर सेवाग्राहीलाई अधिकारीले असार मसान्तको बहानामा पोखरा बोलाएको आयोगले जानकारी दिएको छ । आफूले गरेका काममा तलदेखि माथिसम्म सबैको चित्त बुझाउनुपर्ने भन्दै उनले रु एक लाख घुस मागेका थिए । सुराकीका आधारमा जिरो किलोमिटर पुगेको अख्तियारको टोलीले उनलाई रङ्गेहात पक्राउ गरेको रिजालले बताए । रासस...
सिन्धुपाल्चोकको फुल्पिङमा पहिरोः २ घर बगायो, ५ बेपत्ता
समाचार, समाज

सिन्धुपाल्चोकको फुल्पिङमा पहिरोः २ घर बगायो, ५ बेपत्ता

नेपाल अखबार, काठमाडौं  ।  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित खोकुण्डोल बजारमाथि फुल्पिङमा गएराती गएको पहिरोले २ घर बगाएको छ । भने, ५ जना बेपत्ता भएका छन्  । प्रहरी घटनास्थल पुग्दै गरेको र आफूहरु पनि केही बेरमा घटनास्थल पुग्ने गाऊ पालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए । गत गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका जम्बुमा आएको बाढी र पहिरोले झण्डै १९ जना बेपत्ता बनाएको थियो ।...
बलात्कारको आरोप लागेका सशस्त्र प्रहरीका एसएसपी पक्राउ
समाचार

बलात्कारको आरोप लागेका सशस्त्र प्रहरीका एसएसपी पक्राउ

नेपाल अखबार, काठमाडौं । बलात्कारको आरोप लागेका सशस्त्र प्रहरी बल नेपालका एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन् । नेपाल सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत अधिकारीलाई कार्यालय नजिकैको जंगलबाट प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए । सशस्त्र मुख्यालय उच्चस्रोतका अनुसार एसएसपी अधिकारीले चितवनको भरतपुर बस्ने एक महिलालाई आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेको पाइएको छ । एसएसपी अधिकारीले ती महिलालाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको आरोप छ ।  ती महिलाले आफूलाई बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।...
घरेलु श्रमको मूल्य तोकेर राष्ट्रिय आयमा गणना गर्न निर्देशन
प्रशासन, समाचार

घरेलु श्रमको मूल्य तोकेर राष्ट्रिय आयमा गणना गर्न निर्देशन

नेपाल अखबार, काठमाडौं । संसदको महिला बालबालिका तथा जेष्ठ नागरिक समितिले घरेलु श्रमको मूल्य मापन गरी राष्ट्रिय आयमा गणना गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले घरेलु श्रमको मूल्य मापन गरी राष्ट्रिय आयमा महिलाको योगदान गणना एवं कुल ग्रार्हस्थ उत्पादनमा गणना गर्ने व्यवस्था मिलाउन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग र केन्द्रीय तथ्यांक विभागलाई निर्देशन दिएको हो । हरेक श्रमको मूल्य हुने भन्दै समितिले निर्णयमा भनेको छ ‘यद्यपि परम्परागत सामाजिक एवं साँस्कृतिक अभ्यासले गर्दा घरेलु श्रमको मूल्यांकन भइनरहेको अवस्था छ । जनसंख्याको आधा हिस्सा ओगट्ने महिला, जसमध्ये अधिकांश घरेलु काममा व्यस्त हुनुहुन्छ, उहाँहरुको श्रमको मूल्यको गणना नगरिनु न्यायसंगत छैन ।’ समितिले लामो समयदेखि पदाधिकारीविहीन रहेको राष्ट्रिय महिला आयोगमा शीघ्र पदाधिकारी नियुक्त गर्न पनि...
थपिए १ सय १६ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

थपिए १ सय १६ कोरोना संक्रमित

नेपाल अखबार, पोखरा । नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय १६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बुधबार १ सय १६ जना संक्रमित भेटिएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या  १७ हजार १ सय ७७ पुगेको छ । नेपालमा संक्रमित मध्ये ११ हजार २५ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा ६ सय ९७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।...
प्राधिकरणले दियो १ सय १ वर्षीय भूमिहीनलाई जग्गाधनी प्रमाणपूर्जा
प्रशासन, समाचार

प्राधिकरणले दियो १ सय १ वर्षीय भूमिहीनलाई जग्गाधनी प्रमाणपूर्जा

नेपाल अखबार, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १०१ वर्षीयलाई रु दुई लाखबाट खरीद गरिएको जग्गाको धनी प्रमाणपूर्जा प्रदान गरेको छ । कास्की, मादी गाउँपालिका– ९ मुग्राीबेंसीका १०१ वर्षीय भूमिहीन लाभग्राही जसबहादुर थापालाई रु दुई लाखमा जग्गा खरीद गरी पूर्जा उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कास्कीका प्रमुख नवराज शर्माले लाभग्राही थापालाई जग्गाधनी पूर्जा प्रदान गरेका हुन् । आवास निर्माणका लागि जग्गाधनी पूर्जा पाएपछि थापाले साह्रै खुशी लागेको बताए । ‘‘बाजेदेखि नै हाम्रो नाममा जग्गा थिएन, ऐलानी जग्गामा बस्दै आइरहेको थिएँ, बुढेसकालमा जग्गाको पूर्जा पाउँदा साह्रै खुशी भएको छु’, उनले भने । थापाले प्राधिकरणबाट प्राप्त रु दुई लाखबाट सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र दिगो समाधान परियोजनाको सहयोगमा स्थानीयवासी नारायण...
बोतलमा पेट्रोल नपाएको झोंकमा पम्पकी मालिक्नीको क्याबिनमा छोडिदिए कोब्रा सर्प
विश्व, समाचार

बोतलमा पेट्रोल नपाएको झोंकमा पम्पकी मालिक्नीको क्याबिनमा छोडिदिए कोब्रा सर्प

नेपाल अखबार, एजेन्सि। एक व्यक्ति पेट्रोल पम्पमा बोतमा पेट्रोल लिन जाँदा उनलाई अस्विकार गरियो । रिसमा फन्किएर गएपछि उनी पुनः उक्त पेट्रोल पम्पमा फिर्ता भए त्यतिबेला उनको हातमा तीनवट डब्बा थियो, त्यसभित्र विषालु सर्प । पम्मकी मालिक्नी र अन्य दुईवटा क्याबिनमा सर्प छोडेर उनी आनन्दले घर फर्किए । अचम्मित गरिदिने यो घटना भारतको महाराष्ट्रको बुलढाणा शहरको हो । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार सोमबार दिउँसो करिब तीन बजे २० वर्षका अमोल नामका युवक पेट्रोल पम्पमा बोतलमा पेट्रोल लिन गए । लकडाउनमा हरेक पेट्रोल पम्प खोल्ने एक निश्चित समय तोकिएको छ, उनी पेट्रोल पम्प पुग्दा खोल्ने समय सकिनै लागेको थियो । तसर्थ बोतलमा पेट्रोल भरिदिन त्यहाँका कर्मचारीले अस्विकार गरे । युवकले केही बेरसम्म आग्रह गरिरहे तर पेट्रोल पम्पकी मालिक्नी सारिका चौधरीले पनि बोतलमा पेट्रोल दिन अस्विकार गरिन् । अत्यधिक रिसाएका अमोल त्...
कोरोना भाइरसका कारण विश्वभरी ५ लाख ८१ हजारको मृत्यु
विश्व, समाचार, स्वास्थ्य

कोरोना भाइरसका कारण विश्वभरी ५ लाख ८१ हजारको मृत्यु

नेपाल अखबार, एजेन्सि। विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ ।  त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिदिन बढेर एक करोड ३४ लाख ७१ हजार ८६२ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल सङ्क्रमितमध्ये ७८ लाख ६६ हजार २६५ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । विश्वभरी सङ्क्रमित भएकाहरुमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । कोरोनाका कारण मानवीय क्षति र सङ्क्रमितको संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ । अमेरिकामा बुधबारसम्ममा ३५ लाख ४५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने मृत्यु भएकाहरुको  संख्या एक लाख ३९ हजार १४५ रहेको छ । त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको मुलुक ब्राजिलमा १९ लाख ३१ हजार सङ्क्रमित हुँदा ७४ हजार २६२ जनाको मृत्यु भएको छ ।  भारत तेस्रो धेरै सङ्क्रमितको सूचीमा पर्दछ भने ...