Friday, November 20

समाचार

पोखराको अर्मला फाँटमा भ्वाङ पर्न छोडेपछि पुन: खेतीपाती शुरु, अवस्था सामान्य बन्दै
कृषि, समाचार, समाज

पोखराको अर्मला फाँटमा भ्वाङ पर्न छोडेपछि पुन: खेतीपाती शुरु, अवस्था सामान्य बन्दै

हरि बाँस्तोला, पाेखरा। केही वर्षयतादेखि गोलो आकारको भकारी जस्तै भ्वाङ परेर भास्सिएपछि त्रास उत्पन्न भएको पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मलाको ठूलोबेंसी फाँट यतिखेर भने पूर्ववत् अवस्थामा फर्केको छ । विसं २०७० मङ्सिर ५ गते यो फाँटका केही जग्गामा भ्वाङ पर्न थालेपछि लगातार जमिन बाँझिएको थियो । तर अहिले भने यहाँका बासिन्दा रोपाइँमा व्यस्त छन् । जमिनमा एकाएक भ्वाङ पर्न थालेपछि भूगर्भविद्हरुको टोलीले अनुसन्धान थाल्यो र पछि उनीहरुको सुझावमा फाँटहुँदै बग्ने कालीखोलामा चेकड्याम निर्माण गरिएको हो । पछिल्ला वर्षमा भ्वाङ पर्न छोडेपछि स्थानीय ढुक्कसँग कृषिकर्ममा फर्किएका हुन् । राम्रो कृषिजन्य उत्पादन हुने उर्वर यो फाँटको लगभग ५ सय रोपनी जमिनमा एक सयभन्दा बढी ठाउँमा भ्वाङ परेको थियो । अहिले ती सबै पुरिएका छन् । अघिल्लो वर्षसम्म बाँझै  रहेको खेत यस वर्ष पूरै रोप्ने तयारी छ र कतिपय स्थानमा रोपाइँ स...
बाघको छालासहित एक जना पक्राउ
प्रशासन, समाचार

बाघको छालासहित एक जना पक्राउ

नेपाल अखबार, बुटवल । बाँकेको राप्ती सोनारीबाट बाघको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका–१ सिमलघारी बस्ने ४६ वर्षीय नवराज घर्ती मगर रहेका छन् । घर नजिकैको मकै बारीमा लुकाई राखेको अवस्थामा बाघको छाला र हड्डीसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले घर्तीलाई बाघको छाला र हड्डीसहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले बताए । पक्राउ परेका घर्तीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता वैदवारले भनाइ छ ।...
कारागारमा कैदीको मृत्यु
समाचार

कारागारमा कैदीको मृत्यु

नेपाल अखबार, दाङ । तुलसीपुर कारागारका एक कैदीको आज मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गरिरहेका  कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ४ निवासी ६९ वर्षीय अमिरुल्ला मुसलमानको  उपचारका क्रममा मृत्यु भएको तुलसीपुर कारागारका नायब सुब्बा जोखिम वलीले बताए ।मुसलमान पटकपटक बिरामी पर्ने गरेका थिए । उनले भने– ‘उहाँमा दिसापसाब आएको पनि थाहा नपाउने, मानसिक रुपमा पनि समस्या थियो ।’ कपिलवस्तु जिल्ला अदालतले विसं २०७५ असोज १५ गते मुसलमानलाई तीन वर्ष कैद सुनाएको थियो । कपिलवस्तु कारागार रहेका मुसलमानको गत वर्ष पुस ९ गते तुलसीपुर कारागारमा सरुवा गरिएको थियो । उनको शव आफन्तले बुझिसकेका छन् । रासस...
नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ उडान कर्मचारीमा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ उडान कर्मचारीमा कोरोना संक्रमण

नेपाल अखबार, काठमाडौं । तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रुका कर्मचारी रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ । नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तव्यमा खटिएका उडान कर्मचारीमा कोरोना देखिएको हो ।...
गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा सोमबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा लमजुङका ११ जना, बागलुङका ५ जना र कास्कीका १ जनामा कोरोना संक्रमण देखिएको हो। लमजुङको बेंशीसहर नगरपालिकामा ३, सुन्दरबजार नगरपालिकामा ३, राइनास नगरपालिकामा १ जना, क्व्होलासोथर गाउँपालिकामा २, दोर्दी गाउँपालिकामा १, मध्यनेपाल नगरपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै, बागलुङको ढोरपाटन नगरपालिकामा १ जना, बडीगाड गाउँपालिका र काठेखोला गाउँपालिकामा २/२ जनामा संक्रमण देखिएको गण्डकी प्रदेशको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै, कास्कीको पोखरा महानगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरू सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. ...
पर्सामा जी.पी फाउण्डेशनले युवा सम्मेलन सम्पन्न
समाचार

पर्सामा जी.पी फाउण्डेशनले युवा सम्मेलन सम्पन्न

इलानअलि,  वीरगंज । नेपाली राजनितिका शिखर पुरुष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रि स्व गिरिजा प्रसाद कोईरालाको नाममा सञ्चालित जी.पी फाउण्डेशन पर्साले  एक र्कायक्रमका बिच पर्साका सक्रिय युवाहरुलाई फाउण्डेशनमा सामेल गरेको छ । देशका युवा र्कणधार हुन स्व गिरिजा प्रसाद कोईरालाले देखेका सपना युवाहरुको काधमा रहेको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले युवाहरुलाई प्रेरित गर्दै मन्तब्य राखेका थिए । कोईरालाले देखाएको सहमति, सहकार्य र एकताको खाचो अहिले पनि उतिकै सान्दर्भिक रहेको उहाले बताए । वीरगंजका १२५ जना युवाहरुलाई साथमा लिएर जी.पी फाउण्डेशनले स्व गिरिजा प्रसाद कोईरालाको सपना अब १२५ जनाको कान्धमा बाटेको नेपाली काग्रेसका वडा नं ३ का बुथ सभापति शेख नेजामुदिनले जिकिर गरेका थिए । युवा दस्ताले बब गिरिजा प्रसादको सपना घर घरमा लग्ने तथा समाजिक र्कायमा सामेल भई स्व गिरिजा प्रसाद कोईराला सपना ...
नेकपा स्थायी कमिटीको बैठक स्थगित
राजनीति, समाचार

नेकपा स्थायी कमिटीको बैठक स्थगित

नेपाल अखबार, काठमाडाैं। नेकपा स्थायी कमिटीको बैठक असार २४ गतेसम्मका लागि  स्थगित भएको छ । नेकपा प्रचार विभाग उपप्रमसख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले असार २४ गते ११ बजे बैठक बस्ने जानकारी दिएका छन् । आज बिहान ११ बजे बोलाइएको बैठक स्थगित गरिएको हो । नेकपामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल र अर्का अध्यक्ष केपी शर्मा ओलीबिचको द्वन्द्व उत्कर्षमा पुगेका बेला समाधानका लागि बैठक डाकिएको थियो । प्रधानमन्त्री ओलीले पार्टीमा परामर्श नगरी संसद अधिवेशन अन्त्य गरेपछि छलफलका लागि बोलाइएको बैठक सर्दै आएको छ । पार्टीमा बिवाद बढेपछि दुई अध्यक्ष र दोश्रो तहका नेताहरु बिच हिजो बालुवाटारमा छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएपछि आजका लागि बैठक बोलाइएको थियो ।...
आँपको प्रलोभन देखाइ बालिकाको बलात्कारपछि हत्या, भारतीय नागरिक पक्राउ
प्रदेश २, समाचार

आँपको प्रलोभन देखाइ बालिकाको बलात्कारपछि हत्या, भारतीय नागरिक पक्राउ

नेपाल अखबार,जनकपुर । जनकपुरधाम उपमहानगरपालिमा बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा उत्तर प्रदेश राज्यको काकोरी ग्राम पञ्चायत वडा नम्बर ११ बस्ने ३२ वर्षीय दिपु सिंह रहेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ बस्ने विनोद पञ्जियारकी ११ वर्षीया छोरी कञ्चन कुमारी पञ्जियारको बलात्कारपछि हत्या भएको हो । गत १७ गते भैँसी चराउन आँपको बगैँचा पुगेकी कञ्चन बेपत्ता बनेकी थिइन् । त्यसको दुई दिनपछि दुधमति नदी छेउमा उनको शव अर्धनग्न अवस्थामा फेला परेको थियो । प्रहरी अनुसन्धानबाट चौधरी र मिश्र इन्डस्ट्रिजमा चार–पाँच महिन अघि काम गर्न आएका सिंहले इन्डस्ट्रिजमा आँप टिप्न आउँदा कञ्चनलाई आँप दिन्छु भन्ने प्रलोभन देखाइ बगैँचाको एकान्त कुनामा लगेर बलात्कारपछि हत्या गरेको खुल्न आएको छ । हत्यापछि उनले शवलाई सोही ठाउँमा लुकाइ भोलिपल्ट बिहान आफूले प्रय...
६३ जना सहसचिवको सरुवा, को कहाँ ?
प्रशासन, समाचार

६३ जना सहसचिवको सरुवा, को कहाँ ?

नेपाल अखबार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश कार्यालयहरुमा खटाएको छ । कतिपयलाई काज सरुवा गरिएको छ भने कतिपयलाई कामकाजका लागि भनेर पठाइएको छ । हालै बढुवा भएका २२ जनालाई पनि पदस्थापन गरिएको छ । वरिष्ठ सहसचिवहरुलाई सकेसम्म काठमाडौं बाहिर पठाउने नीति मन्त्रालयको छ । सोही नीति अनुसार राजपत्रांकित प्रथम श्रेणीका ६३ जना सहसचिवहरुलाई बिभिन्न कार्यालयहरुमा खटाइएको मन्त्रालयका एक अधिकारीले बताए । यसअघि वरिष्ठ सहसचिवहरुले पहुँचको भरमा काठमाडौं नछोड्ने र कनिष्ठहरुलाई मात्र काठमाडौं बाहिर सरुवा गरेर पठाउने गुनासो आउने गरेको थियो । यही गुनासोको बीच ६३ जना सहसचिवहरुमध्ये धेरैजसोलाई काठमाडौं बाहिर पठाइएको छ । मन्त्रीयस्तरमा यो निर्णय यही असार १९ गते नै भए पनि मन्त्रालयले आइतबार मात्रै सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको ...
अनशनमा बसेकाहरुको माग सम्बोधन गर्न आग्रह
समाचार, समाज

अनशनमा बसेकाहरुको माग सम्बोधन गर्न आग्रह

नेपाल अखबार, काठमाडौं । विभिन्न राजनीतिक दलका नेता तथा नागरिक अगुवाले कोरोना रोकथाममा प्रभवकारी काम गर्न माग गर्दै अनशनमा बसेकाहरुसँग माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । आइतबार संयुक्त अपिल जारी गर्दै उनीहरुले अनशनमा बसेका ‘इनफ इज इनफ’ का अभियन्तासँग वार्ता र सम्वादमार्फत समस्या समाधान गर्न आग्रह गरेका हुन् । कोरोना संक्रमण पत्ता लगाउन पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, स्वास्थ्य सेवा सुधार गर्नुपर्नेलगायत माग राखेर अभियन्ता ईः र पुकार बम १० दिनदेखि अनशनमा छन् । नेता र नागरिक अगुवाले अनशनमा बसेकाहरुको माग सम्बोधन गरी जीवन रक्षा गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेसका नेता गगन थापा, जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमी, राप्रपाकी नेतृ कुन्ती शाही, विवकेशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे, नागरिक अगुवा डा. भोजराज पोखरेल, डा. सुरेन्द्र भण्डारी, द्वारिक...