Thursday, September 10

समाचार

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन
समाचार, समाज

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन

नेपालअखबार,विराटनगर । जिल्ला कारागार मोरङका कैदीबन्दीले प्रदर्शन गरेका छन् । प्रहरीले कारागारभित्र खानतलासी सुरु गरेपछि कैदीबन्दीले छतमा बसेर प्रदर्शन गरेका हुन् । विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा सोमबार बिहान करिब ५ बजेबाट प्रहरीले खानतलासी सुरु गरेको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली कारागारमा छ । प्रशासनले कारागारको खानतलासी सँगै विवादास्पद छविका अभिषेक गिरीका सहयोगीलाई कारागारबाट स्थान्तरण गर्ने तयारी गरेको थियो ।तर प्रहरीको टोलीले खानतलासी सुरु गरेपछि ब्लक ’बी’ का कैदीबन्दीले प्रहरीलाई अवरोध गर्दै प्रदर्शन गरेका हुन् । प्रशासनले बारम्बार दु:ख दिइरहेको आरोप कैदीबन्दीले लगाएका छन् ।...
आजदेखि देशभरिका म्यानपावरहरू बन्द
समाचार, समाज

आजदेखि देशभरिका म्यानपावरहरू बन्द

नेपालअखबार, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजदेखि देशभरिका म्यानपावरहरू बन्द गर्ने भएका छन् । सरकारलाई दिएको अल्टिमेटममा सहमति हुन नसकेपछि म्यानपावर व्यवसायीहरूले आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने भएका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क परिमार्जन लगायत १५ बुँदे माग अघि सारेको छ । ती माग सम्बोधन नभएको भन्दै व्यवसायीहरूले देशभरिका म्यानपावर कार्यालय बन्द गर्ने भएका हुन् । संघका अध्यक्ष डिकबहादुर खत्रीले वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगसँगै अगाडि बढाएको बताउँछन् ।...
आज घरघरमा नागको तस्बिर टाँसेर  नाग पञ्चमी पर्व मनाइँदै
समाचार, समाज

आज घरघरमा नागको तस्बिर टाँसेर नाग पञ्चमी पर्व मनाइँदै

नेपालअखबार, काठमाडौँ। हिन्दू धर्मावलम्बीले श्रावण शुक्ल पञ्चमीका दिन नाग देवताको पूजा गर्ने परम्परा अनुसार आज देशभर घरघरमा नागको तस्बिर टाँसी पूजा तथा आराधना गरी नाग पञ्चमी मनाइएको छ। यस अवसरमा घरको मूल ढोकामाथि नागको तस्बिर टाँसी दूध, अक्षता, फूल र दुबो लगायत पूजा सामग्री चढाएर नागको पूजा गर्ने चलन छ। नागको पूजा गरेमा सर्पको भयबाट मुक्ति मिल्नेछ। त्यसैगरी घरमा सुख, शान्ति र समृद्धि कायम हुने धार्मिक विश्वास समेत रहँदै आएको छ।नागपञ्चमीका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न नागस्थान तथा मन्दिरहरूमा बिहानैदेखि भक्तजनको बाक्लो भीड लागेको छ। नागपोखरी, टौदह र नागदह लगायतका स्थानहरूमा विशेष पूजा तथा धार्मिक गतिविधिहरू भइरहेका छन्।धार्मिक महत्त्वका साथै नागपञ्चमीलाई प्रकृति र सर्प संरक्षणसँग जोडेर पनि हेरिने गरिन्छ। खेतबारीमा पाइने सर्पले मुसा लगायतका जीव नियन्त्रणमा सहयोग पुर्‍याउने भएकाले पर्य...
‘जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
चलचित्र, समाचार

‘जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै

नेपालअखबार,पोखरा । भदौ २६ गतेदेखि अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’को प्रचारप्रसारले गति लिएको छ । चलचित्रको ‘जुनी जाला’ बोलको गीतले युट्युबमा १२ लाखभन्दा बढी पटक हेरिएको खुशीयालीसँगै निर्माण टिमले दर्शकमाझ चलचित्रबारे थप जानकारी गराउन थालेको हो। पोखराबाट सञ्चालित रोधिं टिभीको चौथो वार्षिक उत्सवका अवसरमा आइतबार आयोजित विशेष सांस्कृतिक कार्यक्रममा ‘पेन्सन पट्टा’को निर्माण टिम तथा कलाकारहरूको उल्लेख्य उपस्थिति रहयो । कार्यक्रममा चलचित्रको प्रदर्शन मिति, कथावस्तु, कलाकार तथा गीतसंगीतका विषयमा जानकारी गराइएको छ । चलचित्रको टिमले ‘जुनी जाला’ गीतले छोटो समयमै पाएको लोकप्रियताले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गर्यो । कार्यक्रममा चलचित्रका निर्देशक माओत्से गुरुङ, निर्माता सपना गुरुङ, कलाकार डिबी गुरुङ, गायक सरुन गुरुङ, राजबहादुर गुरुङ, गायिका उषा गुरुङ, कोरियोग्राफर कमल...
इजरायली वैज्ञानिकले बोटमै बनाए दुधको प्रोटिन
विदेश, समाचार, समाज

इजरायली वैज्ञानिकले बोटमै बनाए दुधको प्रोटिन

नेपालअखबार,तेल अभिभ । इजरायलका वैज्ञानिकहरूले बोटमै गाईको दुधमा पाइने महत्त्वपूर्ण प्रोटिन बेटा–केसिन उत्पादन गर्ने प्रविधिको विकास गरेका छन् । यस प्रविधिले भविष्यमा गाई पाल्दै नपाली दुधजन्य प्रोटिन उत्पादन गर्ने बाटो खोल्न सक्ने आशा बढाएको जेरुसेलमस्थित हिब्रु विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले भनेका छन् । अनुसन्धान टोलीले सुरुमा प्रयोगशालामा अरबिडोप्सिस थालियाना नाम गरेको बोटमा बेटा–केसिन उत्पादन हुने गरी आनुवंशिक परिवर्तन गरेको थियो । त्यसपछि उनीहरूले सुक्खा मौसम सहन सक्ने र तेल उत्पादनका लागि प्रयोग हुने साफ्लावरको बोटमा पनि यही प्रविधि प्रयोग गरे । बेटा–केसिन दुधमा पाइने महत्त्वपूर्ण प्रोटिन हो । यसले चिजलाई जम्न, पग्लिन अनि यसको बनावट कायम राख्न भूमिका खेल्छ । साथै यो हड्डी निर्माणका लागि आवश्यक पोषणसँग पनि सम्बन्धित रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । वैज्ञानिकहरूले साफ...
सरकारले पहिरो प्रभावित जिल्लामा भौगर्भिक अध्ययन टोली पठाउँदै
समाचार, समाज

सरकारले पहिरो प्रभावित जिल्लामा भौगर्भिक अध्ययन टोली पठाउँदै

नेपालअखबार,काठमाडौं । सरकारले पहिरो प्रभावित जिल्लामा थप विपद्को सम्भावना पहिचान गर्न प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने भएको छ । मनसुन प्रतिकार्य कमान्ड पोस्टको आइतबार बसेको बैठकले रोल्पाको थवाङ गाउँपालिका र सुनछहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका,  जाजरकोटको भेरी नगरपालिका र आसपासका क्षेत्रमा प्रारम्भिक भौगर्भिक अध्ययन गर्न प्राविधिक टोली खटाउने निर्णय गरेको हो । अध्ययन टोलीमा जल तथा मौसम विज्ञान विभागको समेत सहभागिता गराउने निर्णय भएको छ । लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा जमिन गल्ने, पहिरो जाने तथा बस्ती थप जोखिममा पर्नसक्ने अवस्था देखिएपछि प्रभावित क्षेत्रको भौगर्भिक अवस्था अध्ययन गर्न लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक डा.धर्मराज उप्रेतीले जानकारी दिए । अध्ययनबाट पहिरोको जोखिमको अवस्था, जमिनको स्थायित्व तथा प्रभावित...
जाजरकोटमा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो
समाचार, समाज

जाजरकोटमा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो

नेपालअखबार,काठमाडौं ।  अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ स्थित रिसाङ क्षेत्रमा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। पहिरोमा परी बेपत्ता भएका अन्य दुई जनाको खोजीकार्य जारी रहेको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। मृत्यु हुनेहरूमा सोही नगरपालिकाकाको वडा नम्बर २ सालधाराका ५२ वर्षीय केदार कार्की, ५४ वर्षीय उमासिंह खत्री र ८३ वर्षीया रति खत्री छन्। कार्कीलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो। उमासिंह र रतिलाई भने पहिरोबाट मृत अवस्थामा निकालिएको डिएसपी थापाले जानकारी दिए। पहिरोमा परी ६२ वर्षीय राम बहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार...
हर्मुजमा आफ्नो जहाजमाथि इरानले आक्रमण गरेको युएईको आरोप
राजनीति, विश्व, समाचार

हर्मुजमा आफ्नो जहाजमाथि इरानले आक्रमण गरेको युएईको आरोप

नेपालअखबार,काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानले हर्मुज जलमार्गमा आफ्नो सरकारी तेल कम्पनी अबु धाबी नेसनल आयल कम्पनी (एडीएनओसी) को एक जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ। शुक्रबार हर्मुज जलमार्गबाट पार हुँदै गरेको एडीएनओसीको जहाजमाथि इरानले आक्रमण गरेको युएईले आरोप लगाएको हो। एडीएनओसीले घटनामा कुनै पनि व्यक्ति घाइते नभएको र अवस्था नियन्त्रणमा रहेको जनाएको छ। यूएईको विदेश मन्त्रालयले तेहरानलाई जहाजहरूमाथि आक्रमण तत्काल रोक्न तथा शत्रुता अन्त्य गरी र हर्मुज जलमार्ग पूर्ण रूपमा पुनः खोल्न आग्रह गरेको छ। घटनाबारे इरानले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन। इरानको रिभोलुसनरी गार्ड्सले यसअघि हर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजहरू तेहरानका विरोधी देशसँग सम्बन्धित भए वा इरानका निर्देशन पालना नगरे कारबाही गर्ने चेतावनी दिँदै आएको छ। यो एक साताभन्दा कम अवधिमा एडीएनओसीका जहाज...
पूर्वी इन्डोनेसियाको भूकम्पमा परेर मर्नेको संख्या ५१ पुग्यो
विदेश, समाचार, समाज

पूर्वी इन्डोनेसियाको भूकम्पमा परेर मर्नेको संख्या ५१ पुग्यो

नेपालअखबार,काठमाडौं । । पूर्वी इन्डोनेसियामा शनिबार बिहान गएको ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पमा परेर हालसम्म ५१ जनाको मृत्यु भएको छ । भूकम्पपछि सडक अवरुद्ध हुनुका साथै पहिरो गएपछि करिब ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् । शनिबार बिहान पूर्वी नुसा तेङ्गारा प्रान्तमा भूकम्प गएको थियो । यसमा अरु ३६ जना गम्भीर घाइते भएको र ७७ जनालाई सामान्य चोट लागेको बताइएको छ । भूकम्पपछि करिब ३४१ वटा परकम्प पनि गइसकेको छ । यो इन्डोनेसियामा आएको २०२२ यताकै शक्तिशाली भूकम्प हो । सबैभन्दा बढी प्रभावित सिक्का क्षेत्रमा ३ हजार ३०० भन्दा बढी मानिसले घर छाडेर खेलकुद मैदान वा अन्य खुला स्थानमा आश्रय लिन बाध्य भएका छन् । धेरै घर भत्किएकोले मानिसहरू पाल र त्रिपालमुनि रात बिताउन बाध्य भएका छन् । भूकम्पपछि गएको पहिरोले माउमेरेलगायतका क्षेत्रमा सडक अवरुद्ध गरेको थियो। उद्धारकर्मीह...
पृथ्वी राजमार्ग फराकिलो हुँदा बाटो काट्नै मुस्किल
समाचार, समाज

पृथ्वी राजमार्ग फराकिलो हुँदा बाटो काट्नै मुस्किल

नेपालअखबार, पोखरा । सरकारले पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीदेखि पोखरासम्मको खण्डलाई स्तरोन्नति गरेको छ । सहरी क्षेत्रमा ६ लेन र अन्यत्र ४ लेनको सडक निर्माण गरिएको छ । सडक स्तरोन्नतिसँगै सवारीसाधनको गति बढेपछि जोखिम पनि उत्तिकै थपिएको छ । पोखरा–२६ का स्थानीयहरू सडक फराकिलो हुँदा बाटो काट्न समेत मुस्किल परेको भन्दै आकासे पुल वा अन्डरपासको माग गरिरहेका छन् । स्थानीय तोरण रानाभाट भन्छन्, ‘हाम्रो वडामा सडक दुर्घटना धेरै हुन थालेको छ । गाडीहरू नियन्त्रण नै गुमाउने गरी तीव्र गतिमा हुइँकिन्छन् । आकासे पुल वा अन्डरपास बनाइयोस् ।’ सडक फराकिलो भएपछि विशेषगरी विद्यार्थीलाई बढी समस्या परेको उनीहरूको गुनासो छ । शनिबारको सार्वजनिक सुनुवाइ कार्यक्रममा धेरैले पृथ्वी राजमार्गको सुरक्षित यात्राबारे प्रश्न राखे । जवाफमा वडाध्यक्ष नरेन्द्र थापा (नरेन) ले राजमार्ग सङ्घ सरकार मातहतको भए पनि आफ्ना ...