Sunday, November 29

समाचार

पोखराका पत्रकार बराललाई राष्ट्रिय प्रोत्साहन पुरस्कार
समाचार, समाज

पोखराका पत्रकार बराललाई राष्ट्रिय प्रोत्साहन पुरस्कार

नेपालअखबार,पोखरा । पाेखराका पत्रकार दिननाथ बरालसहित देशभरका १० जना खेलकुद पत्रकारलाई युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । मन्त्रालयले प्रकाशित गरेको आधिकारिक सूचना अनुसार, आर्थिक वर्ष २०८१/८२ का लागि आवेदन आह्वान गरेपछि प्राप्त आवेदनहरूको मूल्याङ्कन गरेर छनोट गरिएको हो । पुरस्कार स्वरूप प्रत्येक पत्रकारलाई २५ हजार रुपैयाँ नगद सहित सम्मान गरिने भएको मन्त्रालयले जनाएको छ । बराल पोखरामा केन्द्रित रही विगत २३ वर्षदेखि निरन्तर खेलकुद पत्रकारितामा क्रियाशील छन् । उनी रेडियो नेपाल, कारोबार दैनिक, पोखरा क्लिक, पोखरापत्र जस्ता सञ्चारमाध्यमसँग आबद्ध छन्। बराल हिमाल खबर पत्रिका, रेडियो अन्नपूर्ण, आर्थिक अभियान, हट्लाइन दैनिक, जनमत दैनिक, रेडियो तनहुँ, रेडियो स्याङजा, प्राप्ती त्रैमासिक, ग्लासिफाइड साप्ताहिक, फेवा टेलिभिजन, पोखरा न्यूज डटकम, वर्तमान...
सरकारले विश्व बैंकबाट करिव २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने
राजनीति, समाचार

सरकारले विश्व बैंकबाट करिव २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने

नेपालअखबार, काठमाडौं । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट प्राप्त हुने करिव २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ। असार २ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। उनकाअनुसार सरकारले दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख रूपियाँ अनुदान सहायता स्वीकार गरेको छ। त्यस्तै विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि उपलब्ध हुने करिब २९ अर्ब ७...
सत्य, निरुपण तथा मेलमिलाप आयोगका सचिव ढुंगानाको सरुवा
प्रशासन, समाचार

सत्य, निरुपण तथा मेलमिलाप आयोगका सचिव ढुंगानाको सरुवा

नेपालअखबार,काठमाडौं । सत्य, निरुपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुंगानाको सरुवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको सरुवा गर्ने निर्णय गरेको हो । उनलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको सरकारका प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । त्यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव निर्मला अधिकारी भट्टराईलाई कायममुकायमको जिम्मेवारी दिने निर्णय पनि भएको उनले बताए ।...
भारतीय नागरिक विमानस्थलबाट १ किलो सुनसहित पक्राउ
प्रशासन, समाचार

भारतीय नागरिक विमानस्थलबाट १ किलो सुनसहित पक्राउ

नेपालअखबार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी छिन् । उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । अर्धठोसको स्वरुपमा उक्त सुन ल्याइएको प्रहरीले बताएको छ । एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी उनलाई संका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको छ । प्लाष्टिकले र्‍याप गरेका तीन वटा डल्ला अर्धठोस सुन उनीबाट बरामद भएको छ ।नेपालअखबार,...
ट्रम्पलाई इरानको जवाफ : युद्ध सुरु भइसक्यो, इजरायलसँग सम्झौता गर्दैनौं
राजनीति, विश्व, समाचार

ट्रम्पलाई इरानको जवाफ : युद्ध सुरु भइसक्यो, इजरायलसँग सम्झौता गर्दैनौं

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँग विनाशर्त आत्मसमर्पण गर्नुपर्छ भनेपछि इरानले त्यसको कडा जवाफ दिएको छ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइले इजरायल विरुद्ध कहिल्यै सम्झौता नहुने भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन्  सामाजिक सञ्जाल ‘एक्स’मार्फत ट्रम्पलाई जवाफ दिंदै उनले लेखेका छन्, ‘युद्ध सुरु भइसकेको छ । इजरायलसँग सम्झौता हुनसक्दैन ।’ उनले अर्को पोष्टमा इजरायललाई आतंकवादीको संज्ञा दिंदै इजरायली शासनलाई दया नदेखाउने प्रतिक्रिया दिएका छन् ।इजरायलले इरानको परमाणु आयोजना र मिसाइल भण्डारण क्षेत्रमा आक्रमण गरेपछि हाल यी दुई देशबीच तनाव छ । यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई विनाशर्त आत्मसमर्पण गर्न भनेका थिए ।...
तीन दलका शीर्ष नेताको बैठक बस्दै
राजनीति, समाचार

तीन दलका शीर्ष नेताको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा बस्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच बुधबार बैठक हुन लागेको हव। बैठक दिउँसो ३ बजे बस्ने तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ। प्रतिनिधिसभाको बैठकमा जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने जनाइएको छ।...
एकीकृत समाजवादीका ६ प्रदेश र ५० जिल्ला अधिवेशन सम्पन्न
राजनीति, समाचार

एकीकृत समाजवादीका ६ प्रदेश र ५० जिल्ला अधिवेशन सम्पन्न

नेपालअखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले छ वटा प्रदेश र ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार सङ्गठनलाई सुदृढ गर्न सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला, सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन हुनेछ । बाँकी प्रदेश तथा जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिने अर्यालले जानकारी दिए ।...
पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्दैछन् ट्रम्प
राजनीति, विश्व, समाचार

पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्दैछन् ट्रम्प

नेपालअखबार, वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई भेट्ने भएका छन् । ट्रम्प र मुनिर दिउँसो १ बजे ह्वाइट हाउसमा भेट्नेछन् । यो भेटका क्रममा त्यहाँ कुनै पनि सञ्चार माध्यम उपस्थित नहुने बताइएको छ । असिम मुनीर जुन १४ देखि अमेरिका भ्रमणमा छन् । ट्रम्पसँगको उनको भेट पूर्वनियोजित थियो । यद्यपि, ट्रम्प र मुनिरको भेट इरान र इजरायलबिच बढ्दो तनावको समयमा भइरहेको छ । इरान र पाकिस्तान छिमेकी देश हुन् । मुनिरले केही अघि, मे महिनाको अन्त्यतिर इरानी सशस्त्र बलका प्रमुख मोहम्मद हुसेन बघेरीलाई भेटेका थिए । बघेरी जुन १३ मा इजरायली हवाई आक्रमणमा मारिएका थिए ।...
मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश
राजनीति, समाचार

मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

नेपालअखबार,काठमाडौँ  ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ। मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। उनी मंगलबार बिहान काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए। चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि जेठ ११ गते सरकारी वकिलको कार्यालय काठमाडौंले मिश्रसहित ६१ जनाविरूद्ध राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो। त्यसमध्ये ११ जनाविरूद्ध आपराधिक उपद्रव र बाँकी ५० जनाविरूद्ध राज्यविरूद्धको कसुरमा मुद्दा दायर भएको थियो। ५० जनामध्ये ३९ जना मात्रै अदालतमा उपस्थित भएका थिए। मिश्र नवराज सुवेदी संयोजक रहेको 'संयुक्त जनआन्दोलन समिति'मा सदस्य सचिवसमे...
युनुस अन्सारीको बन्दी प्रत्यक्षीकरणको रिट खारेज
समाचार, समाज

युनुस अन्सारीको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

नेपालअखबार,काठमाडौँ ।  युनुस अन्सारीको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ। जेलबाट छुट्नेबित्तिकै केन्द्रीय अनुसन्धान ब्युरोले पक्रेको भन्दै अन्सारी बन्दी प्रत्यक्षीकरणको रिट लिएर उच्च अदालत पाटन पुगेका हुन्। उच्च अदालतका न्यायाधीशहरू ऋषि राजभण्डारी र कविप्रसाद न्यौपानेको इजलासले मंगलबार उनको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो। युनुस अन्सारीले केन्द्रीय अनुसन्धान ब्युरो आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा समेतलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। असार १ गते उच्च अदालतका न्यायाधीश दुर्गा प्रसाद ढुंगेलको इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश र लिखित जबाफ मागेको थियो। नक्कली नोट प्रकरणमा ६ वर्ष कैद भुक्तान गरी जेठ १० गते नख्खु कारागार कार्यालयबाट छुटेका थिए। तर लगत्तै सिआइबीले थप अनुसन्धान गर्नुपर्ने भन्दै उनलाई पक्राउ ग...