Sunday, November 29

समाचार

सुन–चाँदीको भाउ बढ्यो
अर्थ, समाचार

सुन–चाँदीको भाउ बढ्यो

नेपालअखबार,काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य बढेको छ। बुधबार एकैदिन प्रतितोला सात हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला एक लाख ९० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो। यसैगरी, बिहीबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार १० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ बढेको हो आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।...
कम्युनिष्ट पार्टीमा आएको विचलनले राजनीति विकृत देखियो: अध्यक्ष नेपाल
राजनीति, समाचार

कम्युनिष्ट पार्टीमा आएको विचलनले राजनीति विकृत देखियो: अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीका नेताहरूको आदर्श र जीवनशैलीमा आएको विचलनका कारण अहिलेको राजनीतिमा विकृति र विसंगति देखिएको बताउनु भएको छ। नेपाल कम्युनिस्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकमा गरिबी, पछौटेपन, विभेदको अन्त्य गरी आर्थिक तथा सामाजिक रूपान्तरणका लागि कम्युनिस्ट पार्टीको स्थापना भएको उल्लेख गर्नुभएको हो। उहाँले कम्युनिस्ट पार्टीले मुलुकमा भएका निरंकुशताविरुद्धको सबै आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिस्ट नेताहरू निष्ठावान हुनुपर्ने जनाउँदै कम्युनिस्ट आदर्श तथा त्याग, तपस्या, बलिदानको भावनाले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्नुपर्छ भन्नेमा जोड दिनुभयो। मुल...
आवासीय चिकित्सक पनि सडकमा
समाचार, समाज

आवासीय चिकित्सक पनि सडकमा

नेपालअखबार,काठमाडौं ।  सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै आन्दोलनरत चिकित्सकहरूले स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका छन् । आवासीय डाक्टरलाई सेवा सुविधा दिने निर्णय मन्त्रिपरिषद्बाटै भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका हुन् । माइतीघरबाट प्रदर्शनसहित स्वास्थ्य मन्त्रालय जान खोजका आन्दोलनरत चिकित्सकहरूलाई प्रहरीले रोकेको थियो । सो क्रममा केहिबेर प्रहरी र आन्दोलनरत चिकित्सकबीच धकेलाधकेल समेत भएको थियो । उनीहरूले चिकित्सा आयोगद्वारा निर्धारित आठौँ तहको तलब संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसँग माग गरेका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले आफ्ना माग लिएर स्वास्थ्य मन्त्रालय जान खोज्दा प्रहरी खटाएर रोक्ने काम भएको बताए । आवासीय चिकित्सकलाई सरकारी आठ...
६१ जना इन्स्पेक्टरको पदस्थापन र काज
प्रशासन, समाचार

६१ जना इन्स्पेक्टरको पदस्थापन र काज

नेपालअखबार,काठमाडौँ । प्रहरी प्रधान कार्यालयले बढुवा भएका ६१ जना इन्स्पेक्टरहरूको पदस्थापन र काज सरुवा गरेको छ । वैशाख ९ मा बढुवा भएकाहरूलाई आईजीपी दीपक थापाले पदस्थापन र काज सरुवाको निर्णय गरेका हुन् । इन्स्पेक्टर सुदिप थापा, रवि घिमिरे र जगतबहादुर राईलाई सीआईबीमा पदस्थापन गरिएको छ । कृष्णराज सेढाईलाई विशेष ब्युरोमा काज सरुवा गरिएको छ । जंगबहादुर अधिकारीलाई सीआईबीमा काज गरिएको छ । सुरज बुढाथोकीलाई मानव बेचबिखन ब्युरो, रेवतकुमार पोखरेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र लोकेन्द्रकुमार रावललाई लागुऔषध नियन्त्रण ब्युरोमा पदस्थापन तथा काज सरुवा गरिएको छ ।...
तीनकुने घटनामा थप एक जना पक्राउ
प्रशासन, समाचार

तीनकुने घटनामा थप एक जना पक्राउ

नेपालअखबार,काठमाडौं । काठमाडौंको तीनकुने घटनामा थप एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको एसपी अंगुर जिसीले जानकारी दिए। उनका अनुसार काभ्रेको धुलिखेलका ४० वर्षीय मनोज भन्ने मिनोज थापालाई पक्राउ गरेको हो। उनलाई प्रहरीले साँगाबाट पक्राउ गरेको हो। अहिले उनीसँगै ६५ जना प्रहरी हिरासतमा छन् २१ जनालाई प्रहरीले हाजिर जमानीमा राखेको छ।...
कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक
प्रशासन, शिक्षा, समाचार

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

नेपालअखबार,काठमाडौं । कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । ११ वैशाखको लागि तोकिएको परीक्षा शिक्षकको आन्दोलनका कारण २१ गतेका लागि  सारिएको छ ।राष्ट्रिय परीक्षा बोर्डले २१ गतेदेखि सुरु हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो । हेर्नुहोस् तालिका
रघुजी पन्त शिक्षामन्त्री नियुक्त, भोलि शपथ
राजनीति, समाचार

रघुजी पन्त शिक्षामन्त्री नियुक्त, भोलि शपथ

नेपालअखबार,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । शीतलनिवास स्रोतका अनुसार, पन्तको भोलि (बिहीबार) शपथ गराउने कार्यक्रम तय भएको छ । शपथको समय भने तय भइनसकेको स्रोतले बतायो । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् । गत वैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनले प्रधानमन्त्रीबाट असहयोग भएको, काम गर्न असहज भएको लगायतका कारण देखाउँदै राजीनामा दिएकी हुन् ।यद्यपि प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा भने उनले स्वास्थ्यको कारण देखाएकी हुन् ।...
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध
समाचार

कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

नेपालअखबार,सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ । आज बिहान मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिए । मङ्गलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो । उनका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ ।...
नेपाल प्रहरीका १६ जना प्रहरी कर्मचारी दुई महिनादेखि गैरहाजिर
प्रशासन, समाचार

नेपाल प्रहरीका १६ जना प्रहरी कर्मचारी दुई महिनादेखि गैरहाजिर

नेपालअखबार,काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी कर्मचारी दुई महिनादेखि गैरहाजिर छन्। प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार केही प्रहरी माघदेखि गैरहाजिर छन्। केहि फागुन र चैतदेखि पनि जानकारी नै नगराई गैरहाजिर छन्। आफूखुशी गैरहाजिर रहेका ती प्रहरीलाई तत्काल सम्पर्कमा आउन भनेर प्रहरी प्रधान कार्यालयले बुधबार गोरखापत्रमा सूचना सार्वजनिक गरेको छ। उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक  स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ। हेर्नुस् सूची...
भारतीय ऊर्जामन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना
समाचार, समाज

भारतीय ऊर्जामन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना

नेपालअखबार,मुस्ताङ । भारतका ऊर्जा तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजार्चना गरेका छन् । उनका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पनि मुक्तिनाथको पूजार्चना गरे । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार दुवै देशका ऊर्जामन्त्रीका साथ नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र  १६ सदस्यीय टोली मुस्ताङ आएको हो । टोलीलाई मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले टीका र प्रसाद प्रदान गरेका थिए । त्यसअघि उक्त टोलीलाई प्रमुख जिल्ला अधिकारी भुसालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिहरूले स्वागत गरेका थिए ।...