Monday, August 3

समाचार

प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बस्दै

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११  बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची  छ । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा वाग्लेले जवाफ दिनुहुने जनाइएको छ । यसैगरी राष्ट्रिय सभाको बैठक पनि आज अपराह्न सवा १ बजे बस्दैछ ।...
काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेकी सपना तामाङसँगै पक्राउ परेका युवक प्रेमी
समाचार, समाज

काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेकी सपना तामाङसँगै पक्राउ परेका युवक प्रेमी

नेपालअखबार,काठमाडौं । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेकी सपना तामाङसँगै पक्राउ परेका युवक प्रेमी रहेको खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कारागारबाट भागेकी सपनालाई असनस्थित बांगेमुढाबाट पक्राउ गरेको हो। उनलाई प्रहरीले समीर श्रेष्ठको कोठाबाट फेला पारी नियन्त्रणमा लिएको एसएसपी सन्तोष खड्काले जानकारी दिए। ‘उनी समीरको कोठामा फेला परेकी हुन्। समीरले उनलाई लुकाएर राख्न मद्दत गर्‍यो,’ उनले भने। सपना नुवाकोट बिदुरकी हुन्। २०७७ सालमा रसुवामा ६ वर्षीया बालिकाको सुनको टप लुटेपछि घटना बाहिरिने डरले उनले ती बालकको हत्या गरेकी थिइन्। उनीविरूद्ध अपहरण र डाँका चोरीको कसुर पनि थियो। यीनै कसुरमा दोषी ठहर भएकी उनी २५ वर्ष कैद सजाय भुक्तान गरिरहेकी थिइन्। उनलाई सुन्धारा कारागार ल्याइएको पनि धेरै भएको थिएन। गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रम...
कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन
राजनीति, समाचार

कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेको छ । पार्टी उपसभापति एवम् प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न आज १२ उपसमिति गठन गरेका हुन् । उनले भूमि व्यवस्था विशेष अभियान उपसमितिमा डा गोपाल दहित (सुकुमवासी र अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानका लागि), विपद् व्यवस्थापन उपसमितिमा मानबहादुर थापा (पूर्वतयारी, उद्धार र पुनस्र्थापनाका लागि), मानसिक स्वास्थ्य सचेतना उपसमितिमा मोहना अन्सारीलाई जिम्मेवारी दिएका छन् । यसैगरी, सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमितिमा ई. दीपेश विष्ट, निर्वाचन प्रणाली सुधार उपसमितिमा जनक चटौत, पूर्वाधार विकास अवधारणा उपसमितिमा ई. अमृत ज्ञवाली, उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमितिमा ख...
यूएईमा आणविक प्लान्टमा ड्रोन हमला, साउदीले पनि खसाल्यो ३ वटा ड्रोन
विश्व, समाचार

यूएईमा आणविक प्लान्टमा ड्रोन हमला, साउदीले पनि खसाल्यो ३ वटा ड्रोन

नेपालअखबार,काठमाडौँ । इरानसँगको युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास ठप्प भइरहेका बेला संयुक्त अरब इमिरेट्स (यूएई) र साउदी अरेबियामा ड्रोन आक्रमणका घटना सार्वजनिक भएका छन्। यूएईले आफ्नो आणविक ऊर्जा केन्द्रमा ड्रोन प्रहार हुँदा आगलागी भएको जनाएको छ भने साउदी अरबले तीनवटा ड्रोन प्रतिरक्षा प्रणालीले खसालेको बताएको छ। आक्रमण कहाँबाट भएको भन्ने चाहिँ खुलिनसकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लखेको छ। यूएईका अधिकारीहरूका अनुसार आबुधाबीको अल धफ्रा क्षेत्रको बराकाह आणविक पावर प्लान्टमा हमला भएको हो। पावर प्लान्टको जेनेरेटरमा प्रहार हुँदा आगलागी भएको बताइएको छ। घटनामा मानवीय क्षति नभएको यूएईले जनाएको छ। तर साउदी अरेबियाको कुन ठाउँमा ड्रोन हमला भएको र कहाँ खसालिएको भन्ने विवरण आधिकारिक रूपमा खुलाएको छैन। आइतबार आणविक विद्युत् केन्द्रमा भएको आक्रमणको स्रोतबारे अनुसन्धान भ...
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध
राजनीति, समाचार

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध

नेपालअखबार,काठमाडौँ । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरू अगाडि उभिएर विरोध गरेका छन् । प्रतिनिधिसभा बैठक सभामुख डोलप्रसाद अर्यालले सुरु गर्दावित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरू आफ्नो स्थानबाट उठेर अगाडि आइ विरोध गरेका हुन् । प्रतिनिधिसभा बैठक चलिरहेको बेला हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सभामुखको अगाडि पर्चासहित प्रदर्शन गरेको छ । सोमबार संसद सुरु हुनासाथ गरिएको प्रदर्शनका क्रममा सो पार्टीका सांसदको छातीमा ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्दै पर्छ’ लेखिएको पर्चा टाँसिएको थियो । यस्तै प्रश्नदेखि भाग्न पाइँदै, जनमतलाई सम्मान गर, संसद छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय मर्यादा पालन गरजस्ता नारा समेत पर्चामा लेखिएको थियो । यसरी श्रम संस्कृति पार्टीले संसदभित्र प्रदर्शन गरेपछि मर्यादित बन्द श्रम संस्कृति पार्टीलाई आग्रह गरेका छन् ।...
सुनको मूल्य बढ्यो
अर्थ, समाचार

सुनको मूल्य बढ्यो

नेपालअखबार,काठमाडौं । सोमबार सुनको भाउ केही बढेको छ भने चाँदी घटेको छ । अघिल्लो दिन तोलामा ४ हजार ५ सय रुपैयाँ घटेको सुन आज ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलाको २ लाख ९४ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९४ हजार रुपैयाँ थियो । त्यस्तै गत सोमबार सुनको भाउ २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको भाउ केही घटेको छ । अघिल्लो दिन तोलामा ५ हजार ६० रुपैयाँ रहेको चाँदी आज २० रुपैयाँ घटेर ५ हजार ४० रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदी ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।...
हवाई प्रदर्शन क्रममा आकाशमै ठोक्किए अमेरिकी सेनाको दुई जहाज
विश्व, समाचार

हवाई प्रदर्शन क्रममा आकाशमै ठोक्किए अमेरिकी सेनाको दुई जहाज

नेपालअखबार,काठमाडौँ । अमेरिकाको आइडाहो राज्यमा आयोजित एक एयर शोका क्रममा अमेरिकी नौसेनाका दुई सैन्य विमान आकाशमै ठोक्किएको छ। आइतबार पश्चिमी आइडाहोस्थित माउन्टेन होम एयर फोर्स बेसमा नौसेनाको इलेक्ट्रोनिक अट्याक स्क्वाड्रन–१२९ का दुई वटा ईए–१८जी ग्राउलर विमान हवाई प्रदर्शन गरिरहेका बेला एकआपसमा ठोक्किएका हुन्। विमानमा सवार सबै चार चालकदलका सदस्य सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले जनाएको छ। अमेरिकी प्रशान्त बेडाअन्तर्गत नौसैनिक हवाई फौजकी प्रवक्ता कमान्डर अमेलिया उमायामले दुर्घटनापछि सबै चालकदल सदस्यले प्यारासुटमार्फत सुरक्षित रूपमा विमानबाट बाहिर निस्किएको जानकारी दिइन्। उनीहरूको अवस्था स्थिर रहेको र अन्य कोही घाइते नभएको जनाइएको छ। दुर्घटनापछि एयर फोर्स बेस तत्काल बन्द गरिएको थियो भने बाँकी एयर शो रद्द गरिएको आयोजकहरूले बताएका ...
मुस्ताङबाट झण्डै छ सय कार्टुन भेप बरामद
समाचार, समाज

मुस्ताङबाट झण्डै छ सय कार्टुन भेप बरामद

नेपालअखबार,काठमाडौँ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ-१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बराबद गरेको छ। कोरला नाकाबाट शंकास्पद रूपमा लुकाएर भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को तलासी गर्दा उक्त परिमाणमा भेप फेला परेको हो। कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार दुई दिनअघि कोरलानास्थित चिनियाँ भन्सारबाट ‘लोड’ गरिएका ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको मालवाहक कन्टेनरहरू शनिबार साँझसम्म कोरला नाकामा रोकिएका थिए। शनिबार सार्वजनिक बिदाको दिन भन्सारका कर्मचारी लोमान्थाङको तिजी पर्व हेर्न गएको मौका छोपी उक्त दुई वटा कन्टेनर भन्सार छलेर लोमान्थाङतर्फ आउँदै गरेको अवस्थामा भन्सार कार्यालय र सुरक्षा निकायको रोहवरमा नियन्त्रणमा लिइएको थियो। भन्सार कार्यालयका अनुसार कन्टेनरमा राखिएको एक कार्टुनमा २२० वटा भेप छ। उक्त...
कुवेत एयरवेजले फेरि काठमाडौं उडान गर्ने
कर्पोरेट, समाचार

कुवेत एयरवेजले फेरि काठमाडौं उडान गर्ने

नेपालअखबार, काठमाडौं । कुवेत एयरवेजले काठमाडौं उडान पुन: सुरु गर्ने भएको छ । कुवेत-काठमाडौं-कुवेत रुटमा साताको दुई उडान गर्ने गरी उडान पुन: सुरु गर्न लागिएको कुवेत एयरवेजले जनाएको छ । पश्चिम एसिया युद्धका कारण कुवेत-काठमाडौं उडान रोकिएको थियो । कुवेतले मंगलबार र बिहीबार गरी सातामा दुई उडान तालिका सार्वजनिक गरेको छ । कुवेतले आफ्नो वेबसाइटमा राखेको मूल्य अनुसार काठमाडौं-कुवेत रुटको भाडा न्यूनतम ९ सय ११ अमेरिकी डलर (१ लाख ४० हजार रुपैयाँ हाराहारी) एकतर्फी भाडा तय गरिएको छ । कुवेत धेरै नेपाली कामदार रहेका देशमध्ये एक हो । त्यहाँबाट कुवेत र जजिरा एयरवेजले नियमित काठमाडौं उडान गर्दै आएका थिए । पश्चिम एसिया युद्धले उडान प्रभावित बनेसँगै कुवेतसँगको हवाई सम्पर्क समेत टुटेको थियो ।...
कंगोमा इबोला फैलिएपछि विश्व स्वास्थ्य संगठनले गर्‍यो अन्तर्राष्ट्रिय संकटकाल घोषणा
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कंगोमा इबोला फैलिएपछि विश्व स्वास्थ्य संगठनले गर्‍यो अन्तर्राष्ट्रिय संकटकाल घोषणा

नेपालअखबार,काठमाडौँ । विश्व स्वास्थ्य संगठनले कंगो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। कुनै स्वीकृत खोप वा उपचार नभएको एक दुर्लभ प्रजाति पहिचान गरिएको भन्दै संगठनले सो भाइरस व्यापक रूपमा फैलिरहेको हुन सक्ने चेतावनी दिएको छ। बुन्दिबुग्यो इबोला भाइरसका कारण फैलिएको यो प्रकोपले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरू अन्तर्गत उच्च सतर्कताको तह पार गरेको संगठनले आइतबार जनाएको छ। सीमापार संक्रमण, कारण खुल्न नसकेका सामूहिक मृत्युका घटनाहरू र महामारीको आकारबारे व्याप्त ठूलो अनिश्चितताका कारण यो कदम चालिएको हो। यो घोषणा युगान्डाको राजधानी काम्पाला र कंगोको करिब २ करोड जनसंख्या भएको विशाल राजधानी किन्शासामा इबोलाका संक्रमितहरू पुष्टि भएपछि गरिएको हो। यसले भाइरस सुरुमा पहिचान गरिएको दुर्गम खानी क्षेत्रभन्दा बाहिर फैलिसकेको पुष्टि...