Friday, July 10

समाचार

इस्लामावादको एक मस्जिदमा आत्मघाती विस्फोट हुँदा ३० जनाको मृत्यु, १३० भन्दा बढी घाइते
राजनीति, विश्व, समाचार

इस्लामावादको एक मस्जिदमा आत्मघाती विस्फोट हुँदा ३० जनाको मृत्यु, १३० भन्दा बढी घाइते

नेपालअखबार,काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामावादस्थित एक शिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै १३० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । पाकिस्तानका एक वरिष्ठ प्रहरी अधिकारीले समाचार समिति एएफपीसँग उपासकहरूले खचाखच भरिएको मस्जिदमा शुक्रबारको प्रार्थनापछि विस्फोट भएको बताएका छन् । उनले भनेको छन- मस्जिदको गेटमा आक्रमणकारी आफैँले विस्फोट गराएका थिए । एएफपीका अनुसार पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज अस्पतालमा कैयौँ वयस्क र बालबालिकालाई स्ट्रेचरमा राखेर वा हात र खुट्टामा समातेर वा उचाल्दै लगिएको छ । अस्पतालमा चिकित्सक र प्रत्यक्षदर्शीहरूले एम्बुलेन्स र गाडीहरूको पछाडिबाट रगतले लत्पतिएको कपडासहित पीडितहरूलाई उतार्न मद्दत गरेका देखिन्थ्यो । घाइतेका नजिकका साथी र आफन्तहरूको अस्पतालमा भिड लागेको छ । एएफपीका पत्रकारहर...
एमाले परित्याग गर्दै बाह्रबिसे नगरपालिकाका संस्थापक मेयर शेर्पासहित सयौँ जना नेकपामा प्रवेश
राजनीति, समाचार

एमाले परित्याग गर्दै बाह्रबिसे नगरपालिकाका संस्थापक मेयर शेर्पासहित सयौँ जना नेकपामा प्रवेश

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा थप सयौँ कार्यकर्ता समाहित भएका छन् । नेकपा सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समिति तथा प्रतिनिधिसभा क्षेत्र नं. १ निर्वाचन परिचालन समितिद्वारा पेप्सीकोलामा आयोजित मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममा नेकपा एमाले बार्हबिसे नगरपालिकाका संस्थापक मेयर निमफुन्ज शेर्पासहित सयौँ जना नेकपामा प्रवेश गर्नुभएको छ । कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवेश गरेकाहरूलाई पार्टीमा हार्दिक स्वागत गर्नुभयो । उहाँले पार्टीमा समाहित भएकाहरूलाई उचित जिम्मेवारी प्रदान गरिने बताउनुभयो ।...
हत्या गरेर शव खाडलमा लुकाइएको अवस्थामा भेटियो, दुई जना पक्राउ
अपराध, समाचार, समाज

हत्या गरेर शव खाडलमा लुकाइएको अवस्थामा भेटियो, दुई जना पक्राउ

नेपालअखबार, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या गरेर शव खाडलमा लुकाइएको अवस्थामा भेट्टिएको छ। स्थानीय ४४ वर्षीय शन्तबहादुर तामाङको शव हत्या गरेर लुकाइएको अवस्थामा बिहीबार बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए। घटनामा संलग्न रहेको आरोपमा स्थानीय दुई जनालाई पक्राउ गरिएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन। तीनै जनाले बुधबार रातिसँगै बसेर मादक पदार्थ सेवन गरेको र सोही क्रममा विवाद हुँदा तामाङको हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। मृतक तामाङले लगाएको कपडा घरनजिकै खोलामा रक्ताम्य अवस्थामा भेट्टिएको छ। शव परीक्षणका लागि त्रिशूली अस्पताल लगिएको छ। पक्राउ परेका दुवै जनालाई प्रहरीचौकी बाघखोरबाट जिल्ला प्रहरी कार्यालयमा ल्याएर शुक्रबार नुवाकोट जिल...
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
समाचार, समाज

चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति

नेपालअखबार,सङ्खुवासभा । चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१ याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा जलेको हो । आगलागीबाट मानवीय क्षति भएको छैन । प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियो।...
वासिङ्टन पोस्टका ३ सयभन्दा बढी पत्रकारले गुमाए जागिर
विश्व, समाचार, समाज, हाइलाइट-समाचार

वासिङ्टन पोस्टका ३ सयभन्दा बढी पत्रकारले गुमाए जागिर

नेपालअखबार,काठमाडौँ  । विश्वप्रसिद्ध अमेरिकी सञ्चारमाध्यम 'वासिङ्टन पोस्ट' ले एकै पटक ३०० भन्दा बढी पत्रकार र कर्मचारीलाई सेवाबाट हटाएको छ । पत्रिकाको व्यवस्थापनले बुधबार बिहान कर्मचारीहरूलाई एक 'स्टाफ कल' मार्फत करिब ३० प्रतिशत जनशक्ति कटौती गरिएको जानकारी दिएको हो । अमेजनका संस्थापक तथा विश्वका तेस्रो धनी व्यक्तिसमेत रहेका जेफ बेजोसको स्वामित्वमा रहेको यो अखबारले आर्थिक संकट र घट्दो पाठक संख्यालाई कारण देखाउँदै यस्तो कदम चालेको जनाएको छ । 'यो अत्यन्तै पीडादायी र कठिन दिन हो,' कार्यकारी सम्पादक म्याट मरेले भने, 'हाम्रो मोडललाई समयसापेक्ष परिवर्तन गर्न नसक्दा यस्तो अप्रिय निर्णय लिनुपरेको हो ।' खेलकुद र पुस्तक विभाग बन्द पुनर्संरचनाका नाममा पोस्टले आफ्नो खेलकुद विभाग (स्पोर्ट्स डेस्क) र पुस्तक खण्ड (बुक्स सेक्सन) पूर्ण रूपमा बन्द गरेको कोलम्बिया जर्नलिजम् रिभ्यूले लेखेको छ । त्यस...
आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी
प्रशासन, समाचार

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

नेपालअखबार,काठमाडाैँ । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ। निर्वाचन प्रचारप्रसारको अवधि तथा मतदानको दिन सवारीसाधनको प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रित बनाउन उक्त कार्यविधि लागू गरिएको आयोगले जनाएको छ। राजनीतिक दल, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले निर्वाचन प्रयोजनका लागि प्रयोग गर्ने सवारीसाधनको अनुमति प्रक्रिया स्पष्ट पार्न आवश्यक भएकाले कार्यविधि जारी गरिएको हो। आयोगबाट यही माघ २० गते स्वीकृत कार्यविधिअनुसार राजनीतिक दल, उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले सवारीसाधन प्रयोग गर्न अनुमतिपत्रका लागि सम्बन्धित निर्वाचन अधिकृतसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएपछि निर्वाचन अधिकृतले तोकिएको सीमाभित्र रही अनुमतिपत्र जारी गर्ने व्यवस्था गरिएको छ। प्रतिनिधिसभा सदस्य वा प...
हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस्- ओली
राजनीति, समाचार

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस्- ओली

नेपालअखबार,काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं बाहिर मतदाता नामावली भएका कार्यकर्तालाई निर्वाचन प्रचार-प्रसारका लागि आफ्नो आफ्नो निर्वाचन क्षेत्र फर्कन निर्देशन दिएका छन्। पार्टीको झापा काठमाडौं सम्पर्क मञ्चले आयोजना बुधबार गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समय निकालेर आफ्ना निर्वाचन क्षेत्रमा जान भनेका हुन्। ‘तपाईंहरू विभिन्न पेशा–व्यवशाय गर्न काठमाडौं आउनुभएको छ। अहिले निर्वाचनको माहोल छ,’ ओलीले भने, ‘समय निकालेर निर्वाचन क्षेत्र जानुहोस। पार्टीको पक्षमा माहोल बनाउनुहोस। आफन्त भेट्नुहोस। साथीभाइसँग बस्नुहोस्। पार्टी र नेतृत्व विरुद्धका भ्रमहरू चिर्नुहोस।’ अध्यक्ष ओलीले जहाजमा यात्रीको रुपमा व्यक्तिले जहाज चलाउँछु भन्ने कुरा असान्दर्भिक मात्र होइन जोखिमपूर्ण पनि हुने बताएका थिए। आफूलाई प्रधानमन्त्रीको उम्मेदवार भन्दै प्रचार गरेकोप्रत...
स्वास्थ्य बिमामा देखिएका समस्या समाधान हुन्छ : प्रधानमन्त्री कार्की
प्रशासन, समाचार, स्वास्थ्य

स्वास्थ्य बिमामा देखिएका समस्या समाधान हुन्छ : प्रधानमन्त्री कार्की

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमाका सम्बन्धमा देखिएको समस्या सरकारले स्रोत जुटाएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । आज प्रधानमन्त्री कार्यालयमा स्वास्थ्य बिमासम्बन्धी छलफलमा उनले आर्थिक अभावको अवस्थामा सेवा कायम राख्ने, एकद्वार प्रणाली लागु गर्ने, बलियो नियमन र तत्काल स्रोत व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । ऋण लिएर भए पनि वा अन्य स्रोत जुटाएर भए पनि स्वास्थ्य बिमा सेवा निरन्तर गर्नुपर्ने उनको स्पष्ट सन्देश छ । “अब सेवा दिएन भने जनताले सडकमा प्रश्न उठाउँछन् । स्रोत जुटाउनै पर्छ”, उनले भनिन्, “एकद्वार प्रणाली अनिवार्य रूपमा लागू गर्नुपर्छ । नियमन गर्न जरुरी छ । पैसा गइरहेको छ, तर उपचार पाइरहेको छैन । कहाँ के भइरहेको छ, त्यो ठीक भएन ।” प्रधानमन्त्री कार्कीले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, अति विपन्न तथा अल्पस...
क्यान्सरबाट हरेक वर्ष दश लाख मानिसको मृत्यु
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

क्यान्सरबाट हरेक वर्ष दश लाख मानिसको मृत्यु

नेपालअखबार,काठमाडौँ । आज विश्व क्यान्सर दिवस, यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाइन्छ । सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस चेतनामूलक कार्यक्रमका साथ मनाउन प्रारम्भ भएको हो । विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ)का अनुसार हरेक वर्ष करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेएको छ । धूमपान, तमाखु सेवन, अस्वस्थ जीवनशैली यो रोगका प्रमुख कारण हुन् ।...
फागुन २१ गते हुने निर्वाचनका लागि आजैदेखि सेना परिचालन
प्रशासन, समाचार

फागुन २१ गते हुने निर्वाचनका लागि आजैदेखि सेना परिचालन

नेपालअखबार,काठमाडाैँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन्। निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप आगामी फागुन २१ गते हुने निर्वाचनलाई दृष्टिगत गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा परिचालित हुन लागेका हुन् । एकीकृत सुरक्षा योजनाबमोजिम निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि निर्वाचन सुरक्षामा खटिइनेछन्। नेपाल प्रहरी र निर्वाचन ...