Friday, July 10

समाचार

नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार
समाचार, समाज

नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार

नेपालअखबार,चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–२ पुलचोकस्थित नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही जिल्लाको भरतपुर महानगरपालिका–२० बस्ने २० वर्षीय सविना परियार नारायणी पुलबाट सो नदिनमा हाम फालेकी थिइन् । सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोस्ट पुलचोकबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोलेको कमान्डमा खटिएको सुरक्षा फौजले उनलाई सकुशल उद्धार गरेको हो । उद्धार पश्चात् उनलाई उपचारको लागि भरतपुर अस्पतालतर्फ पठाइएको छ ।...
९६.७ प्रतिशत घरमा पुग्यो बिजुली
अर्थतन्त्र, कर्पोरेट, समाचार

९६.७ प्रतिशत घरमा पुग्यो बिजुली

नेपालअखबार, काठमाडौँ । नेपालको ९६.७ प्रतिशत घरपरिवारमा बिजुली पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको 'चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२'ले देशभर विद्युत सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको देखाएको हो। सर्वेक्षणले ९६.७ प्रतिशत घरपरिवारमा विद्युत सेवाको निरन्तर स्रोतमा पहुँच पुगेको देखाएको हो। बिजुलीको ठूलो हिस्सा राष्ट्रिय प्रसारण लाइन (ग्रिड) सँग जोडिएको छ भने केही दुर्गम क्षेत्रमा लघु जलविद्युत वा सोलार लगायत प्रयोग भइरहेको छ। बिजुलीमा पहुँच बढेको देखिए पनि धेरैले उज्यालोका लागि प्रयोग गर्ने गरेको देखिन्छ। खाना पकाउनका लागि यसको प्रयोग अझै कम छ।...
वीरगञ्जमा सशस्त्रको टोलीलाई आक्रमण गरेको आरोपमा ४ जना पक्राउ
प्रशासन, समाचार

वीरगञ्जमा सशस्त्रको टोलीलाई आक्रमण गरेको आरोपमा ४ जना पक्राउ

नेपालअखबार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरमा सोमबार ट्रान्सपोर्टको गोदाममा छापा हानेर फर्कँदै गर्दा सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि बहादुर बस्नेतले ४ जनालाई अनुसन्धानका लागि ल्याइएको जानकारी दिए। घटनामा संलग्न अन्य युवाहरूको पनि खोजी भइरहेको उनले बताए। 'सशस्त्र प्रहरीलाई बिहान लाठीले आक्रमण गर्ने कार्यमा संलग्न ४ जनालाई अनुसन्धानका लागि ल्याएका छौं, अरू पनि संलग्न छन्,' उनले भने, 'उनीहरूको खोजी भइरहेको छ।' सशस्त्र प्रहरी बल र वीरगञ्ज भन्सार कार्यालयको टोली छापा हान्न गएको थियो। त्यो टोलीले प्रहरीसँग समन्वय गरेको भने थिएन। डिएसपी हरि बहादुरले ...
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको जेल सजाय
विदेश, समाचार, समाज

हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको जेल सजाय

नेपालअखबार,हङकङ । हङकङका चर्चित सञ्चार उद्यमी तथा बेइजिङका कडा आलोचक ७८ वर्षीय जिम्मी लाइलाई सोमबार २० वर्षको जेल सजाय सुनाइएको छ। सन् २०२० मा बेइजिङले हङकङमा लागू गरेको विवादास्पद राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत लाइलाई यो कठोर सजाय दिइएको हो। हङकङमा खुम्चिँदै गएको स्वतन्त्रताको पक्षमा र चिनियाँ सरकारको विरुद्धमा आवाज उठाउँदै आएका अर्बपति लाइलाई गत डिसेम्बरमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित दुईवटा मुद्दा र एउटा राजद्रोहको मुद्दामा दोषी ठहर गरिएको थियो। अहिले बन्द भइसकेको लोकतन्त्र पक्षधर पत्रिका एप्पल डेलीका संस्थापक लाइ लामो समयदेखि बेइजिङका लागि टाउको दुखाइको विषय बनेका थिए। उनले हङकङको अवस्थाबारे अमेरिकी उच्च अधिकारीहरूसँग पनि संवाद गर्ने गरेका थिए। बेइजिङ र हङकङ सरकारले लाइको अभियोग र जेल सजायलाई लिएर भइरहेको अन्तर्राष्ट्रिय आलोचनालाई अस्वीकार गरेका छन्। यो मुद्दा राजनीतिक पूर...
राष्ट्रिय सभाको बैठक बस्दै
राजनीति, समाचार

राष्ट्रिय सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने छिन् । त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पर्यटन विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र पर्यटन विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । अध्यक्षले राष्ट्रिय सभाको पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।...
विकासका एजेन्डासहित मतदाताको घर–घरमा नेता आले
राजनीति, समाचार

विकासका एजेन्डासहित मतदाताको घर–घरमा नेता आले

नेपालअखबार, कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ । यसैक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाउनु भएको छ । कैलाली–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नु भएका नेता आले पछिल्ला केही हप्तादेखि निर्वाचन क्षेत्रका गाउँ–गाउँ, टोल–टोल तथा बस्ती–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहनु भएको छ । घरदैलो अभियानका क्रममा उहाँले स्थानीय जनताका समस्या, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष रूपमा जानकारी लिइरहनु भएको उहाँको सचिवालयले जनाएको छ । चुनावी अभियानअन्तर्गत नेता आलेले कार्यकर्ता भेटघाट, जनतासँग प्रत्यक्ष संवाद, घरदैलो कार्यक्रम तथा विभिन्न अन्तरक्र...
आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु
समाचार, समाज, स्वास्थ्य

आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

नेपालअखबार,काठमाडौंँ । सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान देशभरि नै सञ्चालन गर्न थालिएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार आजदेखि फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको छ । अभियानकै क्रममा गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरी पनि सोही अभियानअन्तर्गत खोप लगाउने र हिमाली तथा हिउँ पर्ने जिल्लामा भने चैतमा सञ्चालन हुने शाखाले जनाएको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध एचपिभी खोप लगाउनुपर्ने हुन्छ । कक्षा ६ मा पढ्ने किशोरीलाई विद्यालय र अन्य...
थाक्रे दुर्घटना अपडेट : एक जनाको मृत्यु
दुर्घटना, समाचार, समाज

थाक्रे दुर्घटना अपडेट : एक जनाको मृत्यु

नेपालअखबार,धादिङ । थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । काठमाडौँबाट रसुवाका लागि छुटेको बागमती प्रदेश०१००६ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौँ जाँदै गरेको प्रदेश३–०१००६ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएका थिए । दुर्घटनामा एक जनाको मृत्यु भएको र मृतकको पहिचान नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिए । ठक्करपछि बस अनियन्त्रित भई सडक किनारामा रहेको चिया पसलमा ठोक्किन पुग्दा एक व्यक्तिको मृत्यु भएको उनले जानकारी दिए । प्रहरी निरीक्षक थापाले भने “मृतकको पहिचान भइसकेको छैन । दुर्घटनाका घाइतेहरूको सङ्ख्या एकिन भइसकेको छैन । अहिले उद्धारकार्य जारी छ । ”...
विदेशमा रहेकालाई मतदान र आन्तरिक बसाइँसराइलाई निर्वाचन प्रणालीमा सम्बोधन गर्न माग
समाचार, समाज

विदेशमा रहेकालाई मतदान र आन्तरिक बसाइँसराइलाई निर्वाचन प्रणालीमा सम्बोधन गर्न माग

​नेपालअखबार,काठमाडौँ । देश बाहिर रहेका लाखौं नेपाली र प्रविधिले जोडिएको नयाँ पुस्तालाई भविष्यका निर्वाचनहरूमा समेट्न 'आउट अफ कन्ट्री भोटिङ'  र 'आउट अफ डिस्ट्रिक्ट भोटिङ'को व्यवस्था गर्न सरोकारवालाहरूले माग गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ठुलो जनसंख्या मताधिकारबारबाट बञ्जिच हुन लागेको भन्दै उनीहरूले चिन्ता प्रकट गरेका हुन् । ​युथ इनिसिएटिभ र नेपाल मतदाता अधिकार मञ्चद्वारा नयाँ बानेश्वरमा शुक्रबार आयोजित ‘युवा र जेन्जी संवाद’का सहभागीहरूले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा निर्वाचन विज्ञ, अधिकारकर्मी र युवा प्रतिनिधिहरूले वर्तमान निर्वाचन प्रणालीका चुनौती र सुधारका पाटाहरूबारे छलफल गरेका थिए । निर्वाचनविज्ञ राधिका रेग्मीले मतदानलाई भौगोलिक सीमामा खुम्च्याउन नहुने बताइन् । भनिन्, 'मतदान आवधिक प्रक्रिया मात्र होइन, यो नागरिकको आधारभूत अधिकार हो । बाह्य मतदान र ज...
आचारसंहिता उल्लंघनबारे आयोगले ३४ जनालाई सोध्यो स्पष्टीकरण, बुझाए २४ जनाले
प्रशासन, समाचार

आचारसंहिता उल्लंघनबारे आयोगले ३४ जनालाई सोध्यो स्पष्टीकरण, बुझाए २४ जनाले

नेपालअखबार,काठमाडौं ।  आचारसंहिता उल्लंघन  गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन्। आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो। त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैनन्। आयोगले कूल ३४ राजनीतिक दल र स्म्वद्ध उम्मेदवारलाई स्पटिकरण सोधेकामध्ये २४ जनाले बुझाए पनि अन्यले जवाफ नआएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आयोगले आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लंघनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारवाहीको प्रक्रिया अघि बढाइरहेको छ। आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेका छन्। जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाइ कार्यान...