Monday, August 10

समाज

लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार
समाचार, समाज

लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार

नेपालअखबार,लेखनाथ । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष १८ गतेबाट लेखनाथमा शुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ । ‘शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिदै गर्दा किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको हो, जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको छ’–महोत्सवका मुल संयोजक बिनोद श्रेष्ठले भने । महोत्सवमा हालसम्म पाँच करोड ८५ लाख वरावरको आर्थीक कारोबार भएको छ । महोत्सवको १० औं दिन शनिबार मात्रै अहिलेसम्मकै सर्वाधिक एक करोड ३५ लाख बराबरको कारोबार भएको हो । यसै गरी महोत्सवको हालसम्म एक लाख ९० हजार दर्शकहरुले अवलोकन गरेका छन र शनिबार मात्र ४० हजार दर्शकले महोत्सवको अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव एवंम प्रचार प्रसार उप समितिका संयोजक जानुका अधिकारीले ...
काठमाडौंको न्यूनतम तापक्रम बढ्यो
समाचार, समाज

काठमाडौंको न्यूनतम तापक्रम बढ्यो

नेपालअखबार,काठमाडौं । शुक्रबारको तुलनामा शनिबार काठमाडौंको न्यूनतम तापक्रम बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको छ। शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन भएको थियो। शुक्रबारको तुलनामा शनिबार न्यूनतम तापक्रम केही बढेको हो। बिहानपख आकाश बादलले ढाकिँदा न्यूनतम तापक्रम बढ्ने मौमसविदहरूले बताएका छन्। काठमाडौंको अधिकतम तापक्रम १७  देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ। एक सातामा कति घटबढ भयो? गत शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस मापन भएको थियो। त्यसपछि आइतबार ७.२, सोमबार ८.१ र मंगलबार ७ र बुधबार ६.३ डिग्री, बिहीबार ४.५ र शुक्रबार ४.६ डिग्री सेल्सियस मापन भएको थियो।...
सिरियाको मस्जिदमा भागदौड हुँदा ३ जनाको मृत्यु
विदेश, समाचार, समाज

सिरियाको मस्जिदमा भागदौड हुँदा ३ जनाको मृत्यु

नेपालअखबार,एजेन्सी । सिरियाली राजधानी दमास्कसको उमायाद मस्जिदमा एक परोपकारी गतिविधिमा निःशुल्क खाना खान खोज्दा भएको भागदौडमा परेर तीन महिलाको मृत्यु भएको छ । साथै पाँच बालबालिकाको गम्भीर चोटपटक लागेको छ । सिरियाली नागरिक रक्षा विभागकाअनुसार शुक्रवार सो घटना भएको हो । दमास्कसको पुरानो शहरको ऐतिहासिक मस्जिदको आँगनमा जनतालाई निःशुल्क खानाको लागि आमन्त्रित गर्ने एक प्रसिद्ध शेफ अबु ओमारी अल–दिमास्कीद्वारा प्रचारित भोजको क्रममा यो घटना भएको थियो । दमास्कसको सबैभन्दा प्रतिष्ठित स्थलहरू मध्ये एक उमायाद मस्जिदले सामान्यतया धार्मिक र सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दछ । त्यहाँ ठूला स्तरका सार्वजनिक जमघटहरू विरलै आयोजना गरिन्छन् र सामान्यतया स्थानीय अधिकारीहरूसँग पूर्व समन्वय आवश्यक पर्दछ ।...
आज पृथ्वीजयन्ती मनाइँदै
समाचार, समाज

आज पृथ्वीजयन्ती मनाइँदै

नेपालअखबार,काठमाडौँ  । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए। नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि ...
किनबेचको थलो बन्यो लेखनाथ महोत्सव
समाचार, समाज

किनबेचको थलो बन्यो लेखनाथ महोत्सव

नेपालअखबार,लेखनाथ । कास्कीको लेखनाथमा पुसको १८ गते देखि जारी २० औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सवस्थल ब्यापारीक केन्द बिन्दु बनेको हो । महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामाग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बढेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष ध्रुववावु भटराईको दावी रहेको छ । महोत्सवमा राखिएका करिव तीन सय ३६ फरक÷फरक प्रकृतीका स्टलहरुमा दैनिक उपभोग्य सामानहरु पाईने भएपछि उपस्थीत दर्शकहरु खुसी हुदै फर्केको देखिन्छन् भने ब्यापारी पनि अघिल्ला दिनको तुलनामा ब्यापार बढेकाले सन्तुष्ट रहेको बताएका छन् । माघ १ गतेसम्म चल्ने महोत्सव आठौं दिनमा चलीरहदा विहिवार मात्र ४०...
माउन्ट एभरेष्ट मोटरस्पोट्र्स फेस्टिभलमा आशिषहरुको दबदबा
समाचार, समाज

माउन्ट एभरेष्ट मोटरस्पोट्र्स फेस्टिभलमा आशिषहरुको दबदबा

नेपालअखबार,पोखरा। माउन्ट एभरेष्ट मोटरस्पोट्र्स फेस्टिभलमा आशिष भारतीे अटोक्रस च्यालेन्ज र नेपाल अटोजिखाना (पुरुष) तथा आशिष कुमार शाक्य कार्ट्समाण्डुकप र नवाङ्ग मोक्ताबल नेपाल अटोजिखाना (महिला)मा प्रथम भएका छन्। नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा पौष २० गतेहिमालयन मोटरल्याड, धुलिखेलमो माउन्ट एभरेष्ट मोटर स्पोट्र्स फेस्टिभल भव्यताका साथ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसको स्पोर्टस्डेभेलप्मेन्ट प्रोग्राम अन्तर्गत टोटल इनरजिज नेपालको शीर्षक प्रायोजन र बागमति प्रदेश खेलकुद विकास परिषद्र्का अर्थिक सहयोगमा भएको सो फेीसभलमा मोटरस्पोर्टस्का चारवटा विधामा रेसका साथै एटिभि डेमो र भिन्टेज कार प्रदर्शनि लगायतका विभिन्न आकर्षण रहेको थियो। फेस्टिभलकोअटोक्रस च्यालेन्जमा रविन सुनुवार र सुन्दर होना, काटर््समाण्डुकपमा प्रविन कार्की र जय प्रताप मास्के, जिमखाना पुरुष...
खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिवेशन माघ १० गते हुने
समाचार, समाज

खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिवेशन माघ १० गते हुने

नेपालअखबार,पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिवेशन आगामी माघ १० गते बिहीबार हुने भएको छ । मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा आइतबार पोखरा रङ्गशालाको मिडिया सेन्टरमा बसेको कार्यसमितिको छयालीसौँ बैठकबाट अधिवेशनको मिति तय गरिएको महासचिव राजाराम पौडेलले जानकारी दिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । मञ्चमा ७४ जना खेलकुद बिटमा कलम चलाउने पत्रकार आवद्ध रहेका छन् । अधिवेशन सहभागी बन्न मञ्चमा आवद्ध सदस्यले माघ ७ गते भित्र सदस्यता नवीकरण गर्नुपर्नेछ । सदस्यता नवीकरणको लागि संयोजन गर्ने जिम्मेवारी कोषाध्यक्ष कविता घर्तीमगरलाई दिइएको महासचिव पौडेलले बताए । मञ्च गण्डकीले पाँचौ साधारणसभा तथा विधान अधिवेशन मार्फत विधान संशोधन सहित जिल्ला शाखा तथा समन्वय शाखा गठन, सदस्यता प्रदान, शुद्धिकरण, नवीकरण लगायतका विषयमा मापदण्ड बनाइएको थियो । विधान संसोधन पश्चात मञ्च गण्डकीको कार्यसमित...
ग्यास चुहिएर घरमा आगलागी
समाचार, समाज

ग्यास चुहिएर घरमा आगलागी

नेपालअखबार, पर्वत। पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १० पिपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको घटनास्थलमा मृत्यु भएको छ। तल्लो रोहोटेका ध्रुरव रेग्मीको घरमा आइतबार बिहान ग्यास चुहिएर आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो। मृतक पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा पुगेकी थिइन्। घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले बताए। उनकाअनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ। आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो। आगलागीबाट घरमा क्षति पुगेको बताउँदै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए। मृतक महिलाको शव परीक्षणका लागि जिल्...
स्याङ्जाली दिदीबहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभा पोखरामा सम्पन्न
समाचार, समाज

स्याङ्जाली दिदीबहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभा पोखरामा सम्पन्न

नेपालअखबार,पोखरा। स्याङ्जा घर वा माइत भैँइ पोखरामा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्दे आउनु भएका महिला दिदी बहिनीहरू आबद्ध स्याङ्जाली दिदी बहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन गर्दे पोखरा महानगर पालिका वडानम्बर १७ का वडाध्यक्ष राधिका शाही योगीले महिलाहरूको नेतृत्व विकासको लागि यस्तो समाजले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उद्यमी बन्न चाहने ३० जना महिलाहरूलाई वडाको तर्फ बाट तालिम प्रदान गर्न लागिएको बताउनु भयो । महिलाहरूलाई हरेक क्षेत्रमा नेतृत्व लिन आग्रह गर्दे उहाँले आगामी निर्वाचनमा पोखराका धेरै वडाहरूमा महिला अध्यक्ष आउनु पर्नेमा बताउनु भयोे । ।पोखरा महानगरमा कार्यरत कपिल गिरीले स्याङ्जाली दिदी बहिनी एकता समाजलाई प्रपोजल लेखन देखि सबै दिदी बहिनी अट्ने विधान बनाउन सहयोग गर्ने बताउनु भयो ।पोखरा टेलिभिजनका समा...
सिंगापुरमा  बढ्दैछ नक्कली बिहे किन ?
विदेश, समाचार, समाज

सिंगापुरमा बढ्दैछ नक्कली बिहे किन ?

नेपालअखबार,सिंगापुर । सिंगापुरमा नक्कली विवाहका मामिलाहरू लगातार बढिरहेका छन् । सिंगापुरका पुरुषहरूले पैसा कमाउन विदेशी महिलासँग नक्कली विवाह गरेका घटना बाहिरिरहेका छन् । लामो समयसम्म सिंगापुरमा बस्न र काम गर्न विदेशी महिलाहरूले त्यहाँका स्थानीय पुरुषसँग झुठो विवाह गरेको घटना बढ्न थालेपछि सिंगापुरका अधिकारीहरू चिन्तित भएका छन् । पछिल्लो समय नक्कली विवाह गर्ने सिन्डिकेट खुलेपछि अधिकारीहरु सचेत भएका छन् । यस्ता विवाहले सामाजिक समस्या बढाउने भन्दै सिंगापुर इमिग्रेसन एण्ड चेकपोइन्ट अथोरिटी (आईसीए)ले यस्ता मामिलाप्रति सतर्कता बढाएको छ । स्टेट टाइम्समा छापिएको एउटा खबरका अनुसार झुठा बिहेका मामिलामा अधिकारीहरूले लगातार छापा मारिरहेका छन् । सन् २०२४ मा जनवरीदेखि सेप्टेम्बरसम्म नक्कली विवाहका घटना बढेर ३२ पुगेको आईसीएले बताएको छ । २०२३ को जुनमा यस्ता मामिला चार मात्रै थिए । विदेशी महिलाहरू...