Tuesday, August 11

समाज

पार्टी र मधेस सरकारको नेतृत्व जोगाउन जनमतलाई सकस
राजनीति, समाचार, समाज

पार्टी र मधेस सरकारको नेतृत्व जोगाउन जनमतलाई सकस

नेपालअखबार,काठमाडौँ । जनमत पार्टीका शीर्ष नेताहरूको अभिव्यक्ति र सामाजिक सञ्जालमा पोस्ट गरेको विचार हेर्दा सो पार्टीका साथै उसले नेतृत्व गरेको मधेस सरकार सङ्कटमा रहेको बुझ्न सकिन्छ । जनमत पार्टीले मधेस प्रदेशको सरकार नेतृत्व गरेको छ । तर पछिल्लो समय सरकारको काम कारबाहीप्रति सत्ता साझेदार दलका नेताहरूले असन्तुष्टि जनाएपछि सरकार नै सङ्कटमा परेको हो कि भन्ने चर्चा सुरु भएको छ । मधेस सरकार जनमत पार्टीले एकलौटी चलाइरहेको गुनासो सत्ता साझेदार दलका नेताहरूले गरिरहेका छन् । यहाँसम्म कि जनमत पार्टीले अरू दलको मन्त्रालयमा पनि हस्तक्षेप गरेको कारण त्यसको गुनासो केन्द्रसम्म आइपुगेको जनमत पार्टीकै एक नेताले बताए । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दिएको अभिव्यक्तिलाई लिएर पनि मधेस सरकारको आयुमाथि...
काठमाडौँ महानगरले माग्यो करार कर्मचारी
प्रशासन, समाचार, समाज

काठमाडौँ महानगरले माग्यो करार कर्मचारी

नेपालअखबार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार कर्मचारी माग गरेको छ । बुधबार एक सूचना जारी गदै काठमाडौँ महानगरले १०८ जना करार कर्मचारी मागेको हो । लोकसेवा आयोगबाट सिफारिस भएर नआउँदासम्म असार मसान्तसम्मका लागि  करारमा कर्मचारी माग गरिएको महानगरको सूचनामा उल्लेख छ ।  महानगरले मेडिकल अधिर्कतदेखि कार्यालय सहयोगीसम्मका लागि दरखास्त आह्वान गरेको छ ।   महानगरले आठौँ तहको मेडिकल अधिकृत ४ जना, पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, पाँचौँ तहको फिजियोथेरापी असिस्टेन्ट ३२ जना, पाँचौँ तहको स्टाफ नर्स ५ जना माग गरेको छ । यस्तै फार्मेसी सहायक १० जना, रेडियोग्राफर र तथ्यांक सहायक १र१ जना माग गरेको छ । श्रेणीविहीन २६ जना कार्यालय सहयोगी माग गरेको छ । दरखास्त सूचना प्रकाशित भएको मितिले १५  दिनभित्र कार्यालय समयमा दिन सकिने महानगरले जनाएको छ ।...
वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती
कृषि, समाचार, समाज

वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती

नेपालअखबार,घोराही । घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त रहेका छन् । लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उनले व्यावसायिक रूपमा मौरीपालन थालेको १६ वर्ष पूरा भयो । हाल उनको फार्ममा एक सय ५० मौरीसहितका घार छन् । उनले वर्षमा सात टन मह उत्पादन गरेर लोभलाग्दो आम्दानी पनि गर्दै आएका छन् । मौरीपालन गर्न सिकेपछि व्यावसायिक रूपमा लाग्नुभएका उनको घरबाटै मह बिक्री हुने गरेको छ । वार्षिक रु १६ लाखको कारोबार गरिरहेका पौरखी घर्तीले रु सात लाख बचत हुने बताए । एक किलो मह रु पाँच सयमा बिक्री गर्दै आएको उनले सुनाए । वर्षा र शिशिर याममा विशेष ध्यान दिएमा मौरीपालनबाट प्रशस्त प्रतिफल लिन सकिने भन्दै उनले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताए । गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने गरेको उहाँ बताउँछन् । मौरीपालन व्यावसायिक र...
कृषि एम्बुलेन्सले किसानलाई राहत
कृषि, समाचार, समाज

कृषि एम्बुलेन्सले किसानलाई राहत

नेपालअखबार,मुग्लिन । इच्छाकामना गाउँपालिका–२ हपनीका कर्णबहादुर चेपाङलाई आजभोलि आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन । उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ । इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको छ । सोही कृषि एम्बुलेन्सका कारण किसानलाई उत्पादित कृषि सामग्री बजारसम्म लैजान सहज भएको चेपाङले बताए । उनका अनुसार थोरै मात्रामा सागसब्जी लिन गाडी आउन नमान्ने हुँदा त्यत्तिकै खेर जाने गरेकामा अहिले भने दुई मुठा सागले पनि बजार  पाउने गरेको छ । कृषि एम्बुलेन्सले टोलटोलमा पुगेर थोरैथोरै उत्पादन पनि बजारसम्म लैजाने र भाडादर पनि अन्य गाडीको भन्दा सस्तो भएको उनी बताउँछन् । कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि यहाँका किसानलाई राहत मिलेको कृषि एम्बुलेन्स चालक स्थानीय दीपक प्रजाले बताए । उनले किसानको घरटोलमा नै...
जडिबुटी बेचेरै बनाइन् साढे दुई तलाको घर, मासिक डेढ लाखसम्म कमाइ
समाचार, समाज

जडिबुटी बेचेरै बनाइन् साढे दुई तलाको घर, मासिक डेढ लाखसम्म कमाइ

नेपालअखबार, धरान। संखुवासभाकी फुपु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो। हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न उनी टाढा–टाढासम्म पनि पुगिन्। लामो समय तराईदेखि पहाडका विभिन्न स्थानमा डुल्दै जडीबुटी बिक्री गरेकी शेर्पाले अहिले भने इटहरी उपमहानगरपालिका–६ मा पसल नै सुरु गरेकी छन्। जडीबुटीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँ यतिबेला सङ्खुवासभा छाडेर धरान उपमहानगरपालिका–१५ मा बस्दै आएकी छन्। 'पहिले टाढाटाढासम्म पुग्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले यसको माग बढ्दो छ, इटहरीको पसलबाट पनि राम्रो बिक्री भइरहेको छ,' उनले सुनाइन्। सुरुआती समयमा उनी जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली र रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुग्थिन्। 'सुरुका दिनमा विभिन्न जिल्ला घुम्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले भने अधि...
हिउँ चितुवा दिवस : जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती
समाचार, समाज

हिउँ चितुवा दिवस : जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती

नेपालअखबार,काठमाडौँ । हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ । विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । यस वर्ष यो दिवसको नारा ‘भविष्यका पुस्ताका लागि हिउँ चितुवाको बासस्थानको सुरक्षा’ रहेको छ । यस विषयले हिउँ चितुवाको प्राकृतिक बासस्थानको सुरक्षा र हिमाली पारिस्थितिकीय प्रणालीको स्वास्थ्य सुनिश्चित गर्नलाई महत्व दिएको छ । वन तथा वातावरण मन्त्रालयले यो दिवस आज विभिन्न कार्यक्रम गरी मनाउँदैछ । मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वनमन्त्री ऐनबहादुर शाही ठकुरीको उपस्थितिमा दिवसका अवसरमा कञ्चनजङ्घा संरक्षण क्षेत्रको हिउँ चितुवा सर्वेक्षण नतिजा सार्वजनिक गर्दैछ । डोल्पा राष्ट्रिय निकुञ्जभन्दा पूर्व (वन क्षेत्र)को हिउँ चितुवा अध्ययन प्रतिवेदन लो...
नारायणगढ–मुग्लिन सडकको खहरे बाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने
प्रशासन, समाचार, समाज

नारायणगढ–मुग्लिन सडकको खहरे बाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने

नेपालअखबार, चितवन। नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ। खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो। नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको काली खोलाको पुल दसैंअगाडि नै सञ्चालनमा आएको हो भने नाम्चे र तुइनखोला पुल कात्तिक मसान्त सम्ममा सञ्चालनमा आउने गरी काम भइरहेको छ। ती दुवै पुलको कालोपत्रको अन्तिम काम र रङ्गरोगनका काम मात्र बाँकी छ। आचार्यले भने, ‘दसैंमा कामदार घर गएकाले केही ढिला भयो, यो महिनाको मसान्तसम्ममा काम सकिन्छ।’ पहरो काटेर निर्माण भइरहेको खहरे खोलाको पुलमा पहुँच सडकका लागि धेरै तलबाट पर्खाल लगाउनुपर्ने भएकाले थप दुई महिना लाग्ने उनले बताए। पुस मसान्तसम्ममा यो...
दसैंपछि घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल
पर्यटन, समाचार, समाज

दसैंपछि घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल

नेपालअखबार,म्याग्दी । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । हिमशृंखला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको घोडेपानीका होटल व्यवसायीहरुले बताएका छन् । दसैँको समयमा घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर–घोडेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने बनाएपछि घोडेपानी तथा पुनहिलमा पर्यटकको आगमन बढेको घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताए । उनका अनुसार तिहार र छठ पर्वका अवसरमा घोडेपानी घुम्न आउने आन्तरिक पर्यटकलाई यहाँका सबै होटल तथा लजले खाजा, खाना र आवासमा १० प्रतिशतसम्म छुट दिएका छन् । म्याग्दीको सदरमुकाम बेनीबाट सवारी साधनमार्फत दैनिक एक सयको हाराहारीमा आन्त...
दसैं–तिहारलाई कोसेली कर्णालीको स्याउ
अर्थ, कृषि, समाचार, समाज

दसैं–तिहारलाई कोसेली कर्णालीको स्याउ

नेपालअखबार,नेपालगन्ज। कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैं–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ। आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगन्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ। नेपालगन्जको धम्बोझीमा कर्णालीको स्याउ किन्दै गरेका बाँकेको खजुराका युवा व्यवसायी शतिश निरौलाले दसैंमा घरमा खान, पाहुनालाई प्रसाद तथा मान्यजनकहाँ जाँदा कोसेली लैजान कर्णालीको स्याउ स्वादिलो र सजिलो भएको बताए। ‘सिजनको जुम्ली स्याउ स्वादिलो र रसिलो हुने भएकाले नेपालगन्जबाट अन्यत्र जाँदा दसैं–तिहारमा कोसेलीका रुपमा लैजाने सहज भएको छ,’ उनले भने, ‘विदेशी स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिष्ट र सस्तोसमेत भएकाले यो वर्ष धेरैको रोजाइमा परेको छ।’ नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगर निवासी मंगलीमाया श्रेष्ठले यस वर्षको दसैंम...
धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु
समाचार, समाज

धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु

नेपालअखबार, जनकपुरधाम । धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हँसपुर नगरपालिका–६ टिल्हीका २२ वर्षीय अरबिन्दकुमार मण्डल रहेका छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार सोमबार साँझ जनरेटरमा तार जोड्ने क्रममा ११ हजार भोल्टेजको बिजुलीको तारमा छुन गई मण्डलको मृत्यु भएको हो । छिमेकीको पूजाको लागि जेनेरेटरको लाइन जोड्ने क्रममा ११ हजार भोल्टको तारमा छुन गई करेन्ट लागेको थियो । उद्धार गरेर तुरुन्तै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो । मृतकको शव पोस्टमार्टमका लागि अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।...