Wednesday, August 12

समाज

संविधान दिवसको बिरोध गर्दै कालो दिन मनाउने क्रममा तमलोपाका कार्यकर्ता र प्रहरीबीच झडप
राजनीति, समाचार, समाज

संविधान दिवसको बिरोध गर्दै कालो दिन मनाउने क्रममा तमलोपाका कार्यकर्ता र प्रहरीबीच झडप

नेपालअखबार,जनकपुरधाम  । संविधान दिवसलाई कालो दिन मनाउने क्रममा तराई(मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज बेलुकी जनकपुरधामको जनकचोकमा संविधान जारी गर्दा मधेश आन्दोलनकारीहरुमाथि भएको दमन र प्रतिगमनको प्रतीकको रुपमा पुतला दहन गर्न खोज्दा तमलोपाका कार्यकर्ता र प्रहरीबीच छिनाझपटी र झडप भएको छ । आजै बिहान तमलोपाका कार्यकर्ताहरुले स्थानीय भानुचोकमा कालो झण्डा गाडेर संविधान र मधेश आन्दोलनको क्रममा भएको दमनको बिरोध गरेका थिए । “असोज ३ को दिन जारी भएको संविधानको घोषणा मधेश आन्दोलनकारीहरुको रगत र लाशमाथि उभिएर दमनचक्र चलाउँदै गरिएको हो । त्यसकारण यो दिन हाम्रो निमित्त कालो दिन हो र रहिरहन्छ ।“ तमलोपाको नेता बिभा ठाकुरले बताए । कार्यक्रमको संयोजक इश्वर पणडितले “ मधेश र मधेशीको निमित्त यो कालो दिन नै हो । यस दिनलाई हामी सदैव कालो दिनकै रुपमा मानिरहने छौं र हामीमाथि भएको ...
क्षयरोगले राउटे समुदायका वृषबहादुरको मृत्यु
समाचार, समाज, स्वास्थ्य

क्षयरोगले राउटे समुदायका वृषबहादुरको मृत्यु

नेपालअखबार, काठमाडौं । राउटे समुदायका २२ वर्षीय युवक वृषबहादुर शाहीको मृत्यु भएको छ। ६ महिना अघिदेखि बिरामी शाहीको बुधबार साँझ मृत्यु भएको हो। भदौ ३१ गते उनलाई उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल लगिएको थियो। अस्पतालमा जाँच गराउँदा क्षयरोग देखिएको थियो। वृषबहादुरको कलेजो, मुटुमा पनि बढी क्षति देखिएकोले अस्पतालले उपचार सम्भव नभएको भनेर डिस्चार्ज गरेको थियो। डिस्चार्जपछि बसोबास भएको स्थानमा लग्दै गर्दा उनको बाटोमा मृत्यु भएको गैरसरकारी संस्था सोसेकको राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले बताए। ‘अस्पतालले नै उपचार हुन सक्दैन भनेको थियो, डिस्चार्ज गरेर घर फर्काउँदा राति ९ बजेतिर मृत्यु भएको हो,’ उनले भने। उनका अनुसार सुरूमा राउटे समुदायले नै वृषबहादुरलाई उपचार गर्न अस्पताल लैजान मानेका थिएनन्। यो समुदायले अस्पतालमा उपचार गराउन नहुने मान्यता राख्दछ। धेरै दिनसम्म ...
सिके राउत र उनकी श्रीमती रानीले प्रहरीसँग मागे छुट्टाछुट्टै सुरक्षा
राजनीति, समाचार, समाज

सिके राउत र उनकी श्रीमती रानीले प्रहरीसँग मागे छुट्टाछुट्टै सुरक्षा

नेपालअखबार,  काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत र उनकी श्रीमती सोनी सिन्धु रानीले प्रहरीसँग छुट्टाछुट्टै सुरक्षा माग गरेका छन्। सिके राउतले केही दिनअघि श्रीमती रानीबाट असुरक्षित भएको भन्दै प्रहरी प्रभाग इमाडोलमा निवेदन दिएका थिए। श्रीमती रानीले पनि आफू श्रीमानबाटै असुरक्षित भएको भन्दै बिहीबार प्रहरी वृत्त सातदोबाटोमा पुगेकी हुन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार उनीहरू दुबै जनाले एकअर्काबाट असुरक्षित भएको भन्दै निवेदन दिएका हुन्। यसरी निवेदन आएपछि यसबारे दुबै पक्षसँग छलफल गरी सुरक्षाको प्रत्याभूति गराउने एसपी सुवेदीले बताए। राउत ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोलमा बस्छन्। उनले भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध बिच्छेदको मुद्दा दायर गरेका थिए।  उनले अंश र सम्बन्ध बिच्छेद शीर्षकमा मुद्दा दायर गरेका थिए। लामो समयदेखि स...
मूल्यवृद्धि घटेपछि अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
अर्थ, विश्व, समाचार, समाज

मूल्यवृद्धि घटेपछि अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर

नेपालअखबार,काठमाडौँ । मूल्यवृद्धि निकै तल्लो स्तरमा झरेपछि अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा भारी कटौती गरेको छ । बुधबार अमेरिकी फेडेरल रिजर्भले ब्याजदर ५० आधार दरले घटाइदिएको हो । यो गिरावट सन् २०२० पछि पहिलोपटक गरिएको हो । यसलाई अमेरिकी अर्थतन्त्रका लागि यूटर्न मानिएको छ । आगामी दिनमा यो ब्याजदर अझै घट्ने प्रक्षेपण गरिएको छ । ब्याजदर कटौती हुनुअघि ब्याजदर ५.२५ देखि ५.५ प्रतिशतको बिचमा उक्लिएको थियो जुन दुई दशकदेखिकै सबैभन्दा धेरै हो । ब्याजदर बढेका कारण अमेरिकाको मूल्यवृद्धि दर निकै तल्लो स्तरमा झरेको थियो । गत महिना यो दर २.५ प्रतिशतको नजिकसम्म झरेको थियो । यसका कारण बेरोजगारीको स्तर समेत उच्च भएको थियो । नयाँ रोजगारी सिर्जना नहुँदा अमेरिकामा अगष्ट महिनामा बेरोजगारी दर बढेर ४.२ प्रतिशत पुगेको छ । जहाँ करिब ७१ लाख अमेरिकीहरु बेरोजगार थिए । सेप्टेम्बरमा भने यो संख्या ६३ लाखमा झर...
प्राचीन सभ्यताको झल्को दिने ‘जोङ्ग’ गुफा
समाचार, समाज

प्राचीन सभ्यताको झल्को दिने ‘जोङ्ग’ गुफा

नेपालअखबार, म्याग्दी । चारैतिर नाङ्गो र सुख्खा पहाड, पहाडको भित्तामा प्वाल। फेदीको प्वालबाट छिरेपछि तला चढ्दै पहाडको टुप्पोमा पुगिन्छ। तलापिच्छे धुँवाले कालो भएका कोठा। कोठामा बक्ति बाल्ने, सामग्री भण्डारण गर्ने ठाउँ तथा विभिन्न कलाकृति। यहाँ आउँदा जोकोही मोहित हुन्छन्।  यस्तो अनौठो तर आकर्षक गुफा हो, मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ मा रहेको ‘जोङ’ गुफा।  लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङकानुसार परापूर्वकालमा यस गुफामा मानव बस्ति थियो, त्यसैले प्राचिन मानव सभ्यता झल्काउने सङ्केत अहिले पनि देख्न सकिन्छ। ‘गुफाभित्र रहेका सामग्री र अग्रजको भनाइअनुसार दुई हजार वर्ष पहिले बस्ती विकास हुनुअघि यस गुफामा मानिस बसेका थिए’, उनी भन्छन्, ‘प्राचीन मानव सभ्यताको झल्को दिने यो गुफा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।’ समुन्द्रि सतहदेखि तीन हजार ७८५ मिटर ...
आज संविधान दिवस
राजनीति, समाचार, समाज

आज संविधान दिवस

नेपालअखबार,  काठमाडौँ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । संघीय राजधानी काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । आजै साँझ राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन् । नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्...
अध्ययनस्थल बन्दै बन्दिपुरको बाख्रा अनुसन्धान केन्द्र
कृषि, समाचार, समाज

अध्ययनस्थल बन्दै बन्दिपुरको बाख्रा अनुसन्धान केन्द्र

नेपालअखबार, तनहुँ । तनहुँको बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित हुँदै गएको छ । केन्द्रबारे जानकारी लिन धेरै जिज्ञासु दैनिक यहाँ आउने गरेका छन् । एक वर्षमा आठ हजार अवलोकनकर्ताले केन्द्रका बारेमा जानकारी लिएका गरेका छन् । गत वर्ष सात हजार नौ सय ६४ जनाले अनुसन्धान केन्द्रको भ्रमण गरेका थिए । केन्द्रप्रमुख डा राजु कँडेलका अनुसार कृषि, पशुपालन, वनविज्ञानका विद्यार्थी अध्ययनमा आउने गरेकामा सङ्घ र प्रदेश सरकारका मन्त्री, सांसदलगायत विभिन्न पार्टीका नेताको भ्रमणको गन्तव्य केन्द्र बनेको छ । केन्द्रले प्रविधि विकास तथा उन्नत र स्थानीय जातका प्रजननयोग्य बोका, पाठी तथा घाँस बेर्ना वितरणका साथै स्थानीय जातको संरक्षण गर्दै आएको छ । कार्यालयले सोही आर्थिक वर्षमा दुई सय ८६ बाख्रामा शुद्ध बोर बोकाबाट प्रजनन सेवा प्रदान गरेको जना...
पानीको मुहान सुकेपछि यसरी रित्तियो ध्ये गाउँ
समाचार, समाज

पानीको मुहान सुकेपछि यसरी रित्तियो ध्ये गाउँ

नेपालअखबार, म्याग्दी । दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ। गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो। जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिसहरु बस्ती छाड्न बाध्य भए। पानी खोज्दै हिँडेका उनीका लागि कालान्तरमा आफ्नै थातथलो बिरानो भयो। उनीहरुले गाउँ छाडेपछि बस्ती मात्रै रित्तिएन स्थानीय परम्परा, संस्कृति र इतिहास पनि मेटिँदै गयो। मानिस बस्न छाडेपछि पुराना घरहरु भत्किदै गएका छन्। बस्ती खण्डहर र उराठलाग्दो देखिन्छ। पानी खोज्दै बसाइ सर्नेह्ररु बढेपछि ध्येको सयौं हेक्टर खेतीयोग्य जमिन बाँझिएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष पासाङ गुरुङले पानीको समस्याका कारण आन्तरिक बसाइसराइ भएपछि ध्ये गाउँमा बस्ने कोही पनि नभएको जानकारी दिए। ‘सिँचाइ र खानेपानीको मुहान सुकेपछि बस्...
लेबनन र सिरियामा एकसाथ सयौं ‘पेजर’ विस्फोट
विश्व, समाचार, समाज

लेबनन र सिरियामा एकसाथ सयौं ‘पेजर’ विस्फोट

नेपालअखबार, काठमाडौँ  लेबनन र सिरियाका केही ठाउँहरूमा मंगलबार अपराह्न सयौं 'पेजर' हरू एकसाथ विस्फोट भएका छन्। बिबिसीका अनुसार विस्फोटमा परी अहिलेसम्म ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उग्रवादी समूह हिजबुल्लाहका सदस्यहरू र एक बालिका छन्। घटनामा २ हजार सात सय पचास जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये दुई सय जनाको अवस्था गम्भीर भएको लेबननका स्वास्थ्य मन्त्री फिरास अबियादले जानकारी दिएका छन्। घाइते हुनेमा इरानी राजदूत पनि छन्। इरानको सरकारी सञ्चालित आइआरएनए समाचार एजेन्सीका अनुसार राजदूत मोजताबा अमानीलाई विस्फोट भएको पेजरले सामान्य चोट लागेको छ। उनको अस्पतालमा उपचार भइरहेको छ। घटनापछि लेबननको सीमा क्षेत्रमा तनाव बढेको छ। हिजबुल्लाहले यो घटनामा इसराइललाई दोषी ठहर्‍याएको छ र कारबाहीको चेतावनी दिएको छ। इसराइली सेनाले भने यसबारे कुनै टिप्पणी गरेको छैन। हिजबुल्लाहका नेता हसन नस...
मुस्ताङको पाक्लिङमा २० करोड रुपैयाँ लागतमा गुम्बा निर्माण
धर्म/संस्कृति, समाचार, समाज

मुस्ताङको पाक्लिङमा २० करोड रुपैयाँ लागतमा गुम्बा निर्माण

नेपालअखबार,  म्याग्दी ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा २० करोड रुपैयाँ लागतमा गुम्बा निर्माण भएको छ। आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुुम्बा’ निर्माण गरेको हो।  २०७९ वैशाखमा ठेक्का सम्झौता गरेको बिएम अमित जेभीले गुम्बा निर्माण गरेपछि धार्मिक विधिअनुसार यसै हप्तादेखि गुम्बा सञ्चालन गर्न लागिएको मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रका इन्जिनियर सुदीप थकालीले जानकारी दिए। ‘गुम्बाको भवन निर्माण, मूर्ति, सजावट, फर्निचरसहितको सबै काममा पहिलो चरणमा रु २० करोड लगानी भएको छ’, उनले भने ‘पाक्लिङलाई बोन धर्मको अनुसन्धान केन्द्रका र"पमा विकास गर्ने लक्ष्यसहित १५ रोपनी क्षेत्रफलमा पूर्वाधार निर्माण भइरहेको छ।’ अष्ट्रेलिया र अमेरिकामा रहेको मुस्ताङ बोन फाउन्डेसनले समाज कल्याण परिषदमार्फत गुम्बासहितक...