Thursday, August 13

समाज

जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला
समाचार, समाज

जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला

नेपालअखबार, म्याग्दी । बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ ।  शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गङ्गटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरी तथा जनप्रतिनिधिलाई खबर गरेका थिए ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले कङ्काल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको बताए ।  “घटनास्थलबाट उत्खनन गरेको मानव कङ्काल र भेटिएका सामग्रीलाई सोमबार नै परीक्षणका लागि पठाउँछौँ”, उनले भने, “अनुुसन्धानको कामलाई पनि सँगसँगै अघि बढाएका छौँ । कङ्काल र सामग्रीको पहिचानसँगै अन्य तथ्य, प्रमाणहरूको खोजीमा केन्द्रित भएका छौँ ।” विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता भएकी बेनी नगरपालिका–९ घतानकी १९ ...
करेन्ट लागेर प्राधिकरणका एक कर्मचारीको मृत्यु, तीनजना घाइते
समाचार, समाज

करेन्ट लागेर प्राधिकरणका एक कर्मचारीको मृत्यु, तीनजना घाइते

नेपालअखबार,  सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु भएको छ।  अन्य तीनजना घाइते भएका छन्। सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङका अनुसार शनिबार दिउँसो विद्युत् तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको सोही दिन जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको हो। २०६६ साल फागुनदेखि उक्त कम्पनीमा कार्यरत प्राविधिक राईको स्थायी ठेगाना थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिम रहेको खुलेको छ। सोही घटनामा घाइते भएका विद्युत् कम्पनीका प्राविधिक सहयोगी पदमा कार्यरत सोलुदूधकुण्ड नगरपालिका–६ का ३० वर्षीय बुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीका रुपमा कार्यरत सोही ठ...
गायक प्रकाश तिमिल्सिनाको निधन
समाचार, समाज

गायक प्रकाश तिमिल्सिनाको निधन

नेपालअखबार, काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । तिमिल्सिना ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार तिमिल्सिना शनिबार राति ९ बजेतिर बेडमा मृत भेटिएका हुन् । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ ‘, ‘तिम्रो हातको सिन्दूर’, ‘जुन भन्दिन’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका गीतहरू चर्चित छन् । उनको आजै पशुपतिमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ । त्यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा राखिनेछ ।...
च्याउखेतीबाट वार्षिक १० लाख कमाउँछिन् सावित्री
कृषि, समाचार, समाज

च्याउखेतीबाट वार्षिक १० लाख कमाउँछिन् सावित्री

नेपालअखबार, पर्वत । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन्। विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि १० लाखभन्दा बढी आम्दानी गर्छिन्। तीनवटा गुम्बज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ  बागलुङ, म्याग्दी र  कुश्माबजारमा खपत हुने गरेको उनी बताउँछिन्। ‘च्याउखेतीबाट भएको आम्दानीले उत्साहित छु, बजारको समस्या छैन,’ उनले भनिन्। गोब्रे च्याउ प्रतिकेजी पाँच सय र कन्ये प्रतिकिलो दुई सय रूपैयाँमा बिक्री हुँदै आएको उनी बताउँछिन्। उनले सात रोपनी जमिनमा मौसमअनुसार काँक्रो, घिरौला, बोडी, सिमी, करेला, भेण्टा, खुर्सानी, धनिया पनि उत्पादन गर्दै आएकी छन्। ‘हाइटेक टनेलमा बाह्रै महिना च्याउखेती गर्ने लक्ष्य छ, च्याउखेतीका लागि गाउँका किसानलाई सहायोग गर्ने गरेकी छु,’ खत्रीले भनिन्। श्रीमानको सहयोगमा उत्पादित ...
बडिगाड पहिरोको असर : ५० परिवार विस्थापित
समाचार, समाज

बडिगाड पहिरोको असर : ५० परिवार विस्थापित

नेपालअखबार, बागलुङ । बाढी पहिरोका कारण बागलुङको बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् । बडिगाडमा केही समयअघि गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जना अझै सम्पर्कविहीन छन् । विस्थापित परिवारको अहिले बिचल्ली भएको छ । पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुनसकेको छैन । बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ । स्थानीय भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको दुखेसो पोखे । आफ्नो घर वरपरका बस्ती पहिरोको जोखिममा रहेका उनले बताए । विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिकस्थलमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए । गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितर...
कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम
समाचार, समाज

कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम

नेपालअखबार, बेनी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ। कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ। स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले महभिरमा यसपालिको बर्खामा नयाँ पहिरो सिर्जना भएको बताए। ‘सात–आठ सय मिटरमाथिको भिरपाखो हुँदै सडकमा पहिरो खस्न थालेको छ,’ उनले भने, ‘पुग्नै नसकिने भिरको पहिरो रोकथाम गर्ने उपाय छैन।’ पानी पर्नेबित्तिकै भिरबाट सडकमा ढुङ्गा, लेदो र गेगरसहितको पहिरो खस्छ । शनिबार साँझ पनि त्यहाँ पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । महभिर खण्डमा हालै ढलान र कालोपत्र गरिएको करिब तीन सय मिटर खण्डमा  क्षति...
बाख्राको खोरमा भेटियो ८ किलोको अजिंगर
समाचार, समाज

बाख्राको खोरमा भेटियो ८ किलोको अजिंगर

नेपालअखबार, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ लक्ष्मीपुरमा अजिंगर फेला परेको छ। शनिबार स्थानीय सुनील डगौराको बाख्राको खोरभित्र अजिंगर फेला परेको हो। आठ किलो तौल भएको अजिंगरको लम्बाइ तीन मिटर बढी रहेको वडा सदस्य डबलबहादुर ऐरले बताए। 'अजिंगर बाख्राको खोरभित्र रहेको जानकारी प्राप्त हुनासाथ सुरक्षित साथ समातेर बोरामा राख्यौं,' उनले भने, 'शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अजिंगर फेला परेको जानकारी दियौं। त्यसपछि आइपुगेको निकुञ्जको टोलीलाई समातेको अजिंगर सहितको बोरा दियौं।' निकुञ्जका कर्मचारीले उद्धार गरिएको अजिंगरलाई निकुञ्जको सुरक्षित क्षेत्रमा लगेर छाडेका छन्। अजिंगर सनवोरा नदी हुँदै चितौरा नाला भएर डगौराको बाख्राको खोरमा आहाराको खोजीमा आइपुगेको हुनसक्ने स्थानीय बासिन्दा हरिदत्त भट्टले बताए। उनका अनुसार गत वर्ष पनि सोही क्षेत्र नजिकबाट अजिंगरको उद्धार गरी निकुञ्जका कर्मच...
मनमोहन कार्डियो अस्पतालको छैटौं तलाबाट हामफालेका युवकको मृत्यु
समाचार, समाज

मनमोहन कार्डियो अस्पतालको छैटौं तलाबाट हामफालेका युवकको मृत्यु

नेपालअखबार, काठमाडौँ ।  काठमाडौंको महाराजगंजस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको छैटौं तलाबाट हामफालेका युवकको मृत्यु भएको छ। शनिबार दिउँसो अस्पतालको छैटौं तलामा रहेको क्याफेको रेलिङबाट हामफालेका युवकको मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुनेमा काठमाडौंकै गोकर्णेश्वर नगरपालिका-४ बस्ने २१ वर्षीय स्वरूप आचार्य छन्। दिउँसो अस्पताल पुगेपछि छैटौं तलामा रहेको क्याफेमा कफी खाएका र त्यसपछि रेलिङबाट हामफालेको प्रहरीले जनाएको छ। प्रहरीका अनसार उनी बिरामी भएर अथवा बिरामी भेट्नका लागि अस्पताल गएका थिएनन् ‘आएर कफी खाइसकेपछि रेलिङबाट हामफालेको बताइएको छ,’ एक प्रहरीले भने। उनको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। घटनापछि मृतकको आफन्त पनि अस्पताल पुगिसकेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरल...
गाेरुले कुल्चिएर एक महिलाको मृत्यु
समाचार, समाज

गाेरुले कुल्चिएर एक महिलाको मृत्यु

नेपालअखबार, बुटवल। बुटवलकाे गाेलपार्कमा गाेरुले कुल्चिएर एक महिलाको ज्यान गएकाे छ। गुल्मीको रेसुंगा नगरपालिका वडा नं ४  घर भई बुटवलमा बस्दै आएकी ४५ वर्षीया सीता पाण्डेकाे गाेरुले कुल्चिएर ज्यान गएकाे प्रहरीले जनाएको छ। बुटवल उपमहानगरपालिका वडा नं ३ गाेलपार्कमा चिया तथा खाजा पसल सञ्चालन गर्दै आएकी पाण्डेलाई गोरुले कुल्चिएको थियो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार यही साउन २० गते साँझ गाेलपार्कस्थित सडकमा पैदल हिँडिरहेकी पाण्डेलाई गाेरुले कुल्चिएर गम्भीर घाइते बनाएको थियो। ‘सडकमा पैदल हिँड्नु भएकाे रहेछ त्यही बेला दुई वटा साँढे जुध्दै आएका रहेछन्, जुधेकाे साँढेमध्ये एउटा भागेर जाने क्रममा उहाँलाई कुल्चेर घाइते बनाएकाे रहेछ,’ इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले भने। गाेरुले कुल्चिएर गम्भीर घाइते भएकी पाण्डेलाई स्थानीयले उद्धार गरी उपचारका लाग...
वर्तमान विश्वलाई पहिलेकोभन्दा बढी शान्ति चाहिएको छ : प्रधानमन्त्री
समाचार, समाज

वर्तमान विश्वलाई पहिलेकोभन्दा बढी शान्ति चाहिएको छ : प्रधानमन्त्री

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिलेको भन्दा अझ बढी शान्ति आवश्यक भएको बताएका छन् । यहाँस्थित धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृहस्थ जीवनसम्बन्धी प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै प्रधानमन्त्री ओलीले अहिलेको विश्वलाई शान्ति, करुणा, मानवता, स्नेह, ममता र परोपकारभाव अति आवश्यक भएकाले बौद्धशिक्षा अझ सामयिक भएको बताए । दम्भको मार्ग त्यागेर मानवनीयता र आत्मीयता अवलम्बन गर्न सके विश्वमा शान्ति कायम हुने र पृथ्वीको पनि रक्षा गर्न सकिने प्रधानमन्त्री ओली बताए । उनले भने, “आज विश्वमा उन्माद र स्वार्थप्रेरित व्यवहारका कारण अशान्ति छाएको छ । आफ्नो जिद्धीका लागि निर्दोष मान्छेमाथि पनि कसले कतिबेला कहाँ सशस्त्र आक्रमण गर्नेहो भन्ने भयको वातावरणमा बस्नुपरेको  छ । त्यसको अन्त्यका लागि बुद्धमार्गको अनुशीलन उपयोगी हुन्छ ।’’ उनले परस्पर बेमेल र अ...