Friday, August 14

समाज

रुकुम पश्चिममा बाढीले बगाउँदा तीन बालिकाको मृत्यु
समाचार, समाज

रुकुम पश्चिममा बाढीले बगाउँदा तीन बालिकाको मृत्यु

नेपालअखबार, रुकुम पश्चिम । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका रुकुम (पश्चिम) वडा १२ को बगर नजिक रहेका तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले बगाउँदा ३ जना बालिकाको मृत्यु भएको हो । बाढीले बगाउँदा १ जना वयस्क व्यक्ति बेपत्ता भएका छन् भने ६ जना घाइते हुन पुगेका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा सूचना अधिकारी बखत शाहीले  बताए । मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीय हितमाया पुन, आठ वर्षीय धनसा पुन र चार वर्षीय मनिषा सार्की रहेका छन् । घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन् । घाइते हुनेहरूमा १२ वर्षीय विनय सार्की, २२ वर्षीय मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीय मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीय धनमाया पुन र ६५ वर्षीय कल्पना कामी रहेका छन् ।...
गहुँतबाट मल र जैविक विषादी
कृषि, समाचार, समाज

गहुँतबाट मल र जैविक विषादी

नेपालअखबार, म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ घारको बिरौटाका किसानले गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग गरेका छन् । धौलागिरि बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्ममा पालिएका गाईभैँसीको गहुँतबाट मल र जैविक विषादी बनाइ प्रयोग गरिएको हो । फार्म सञ्चालक शिव खड्काले गहुँतको सदुपयोग गरिएको बताए । “२४ वटा गाईभैँसीको गहुँत पोखरीमा सङ्कलन गरी पानी मिसाएर पाइपमार्फत पाखोबारीको सुन्तला बगैँचामा लगेका छौँ,” उनले भने “सुन्तलाका बिरुवाका लागि मल किन्न परेको छैन ।” गहुँतको सदुपयोगले जैविक विषादीको काम गरेकाले दोहोरो फाइदा पुगेको उहाँको भनाइ छ । शिव र उहाँका दाजु कृष्णबहादुरले सञ्चालन गरेको कृषि फार्ममा दूध उत्पादनका साथै च्याउ, सुन्तला र कागती खेती छ । विदेशको जागिर र सदरमुकाम बेनीको व्यवसाय छाडेर गाउँ फर्केका खड्का दाजुभाइले बाँझो पाखोबारीेमा चार सय बोट सुन्तला र एक सय बोट कागती लगाएक...
तारकेश्वर डाँडागाउँ चौकीमा खुल्यो सिवांगी ब्युटी जोन, १ महिनासम्म विशेष अफर
समाचार, समाज

तारकेश्वर डाँडागाउँ चौकीमा खुल्यो सिवांगी ब्युटी जोन, १ महिनासम्म विशेष अफर

नेपालअखबार, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं ८ डाँडागाउँ चौकी नजिकै सिवांगी ब्युटी जोन खुलेको छ । ब्युटिसियन, मोडल तथा गायिका मन्जिरा लामाको लगानीमा शनिबारदेखी सञ्चालनमा आएको हो । आफ्नो कलाकारिता क्षेत्र संगै व्यवसायमा हात हालेका लामा विगत १ दशक भन्दा लामो समयदेखी सौन्दर्य क्षेत्रमा काम गर्दै आइरहेकी छिन । सञ्चालक लामाले साउन २८ गतेसम्मको लागि १ हजार रुपैँयामा फेसियल र दुई हजार ५ सय रुपैँयामा हेयर स्ट्रेड गर्ने बताए । साथै कुनै पनि कस्मेटिक सामानमा ५ देखी १० प्रतिशतसम्म छुट दिने पनि बताए । गायक एंव संगीतकार विशाल योन्जन तामाङको प्रमुख आतिथ्यतामा सिवांगी ब्युटी जोनको उदघाटन गरेका हुन । उनले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सिवांगी ब्युटी जोनलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरे । कलाकारितासंगै व्यवसायमा हात हालेकी मन्जिरा लामालाई हौसला प्रदान गर्नुका साथै थप प्रगतिको...
पोखरा १६ को गर्लाङ होमस्टे प्रवद्र्धनमा हाइकर्स क्लब
पर्यटन, समाचार, समाज

पोखरा १६ को गर्लाङ होमस्टे प्रवद्र्धनमा हाइकर्स क्लब

नेपालअखबार,पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ मा रहेको गर्लाङ सामुदायिक होमस्टेको हाइकिङका माध्यमबाट प्रचारप्रसार गर्ने उद्धेश्यले हाइकर्स क्लब नेपालको ४९ औं श्रृङ्खलाको हाइकिङ गर्लाङमा गरिएको छ । हाइकर्सको समुहलाई स्वागत गर्दै पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्यले आफ्नो वडामा पर्यटकीय क्षेत्रहरु धेरै भएको तर केहि मात्र प्रख्यात रहेकोमा गर्लाङ सामुदायिक होमस्टेको प्रचारप्रसार हुन नसकेको अवस्थामा हाइकर्स क्लबले हाइकिङ कार्यक्रम गरेकोमा आभार व्यक्त गरेका थिए । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मूलनाराका साथ हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रम गरिदै आएकोमा पोखराबाट नजिक रहेर पनि प्रचारप्रसार नभएको होमस्टेको प्रचार गर्नको लागि गर्लाङ सामुदायिक होमस्टे लाई छनोट गरिएको क्लबका उपाध्यक्ष तथा हाइकिङ भाग ४९ का संयोजक ज्योति हमालले वताइन् । सो अवसरमा क्लबका कोषाध्यक्ष टीका...
हराएका २१ वटा दुईपाङ्ग्रे सवारी साधन भेटिए
समाचार, समाज

हराएका २१ वटा दुईपाङ्ग्रे सवारी साधन भेटिए

नेपालअखबार, काठमाडौँ । हराएका तथा चोरी भएका २१ वटा दुईपाङग्रे सवारी साधन भेटिएका छन् । भेटिएका ती सवारी साधन ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रहरी उपरीक्षक विश्‍वराज खड्काले १३ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सिंहदरबार, कपन, रामहिटी गौशाला,नयाँबसपार्क, बालाजु, टोखा, मालिगाँउ, रानिवन, गौरीघाट, बौद्ध, बुद्धनगर, कालिमाटी, मैतिदेवी र चुनदेवी लगायतका विभिन्न स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । आज बुझाइएका २१ ओटा सहित ४१७ वटा सवारी साधन चालु आर्थिक वर्षको हाल सम्म ट्रा...
स्याङ्जामा दहमा डुबेर एकै घरका दुई बालिकाको मृत्यु
समाचार, समाज

स्याङ्जामा दहमा डुबेर एकै घरका दुई बालिकाको मृत्यु

नेपालअखबार, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ मा पानीको दहमा डुबेर आइतबार एकै घरका दुई बालिकाको मृत्यु भएको छ । पुतलीबजार–४ रामकोष स्वाराका नरेन्द्रबहादुर थापाका छोरीहरु १४ वर्षकी लक्ष्मी थापा र १२ वर्षकी सुस्मिता थापाको दहमा डुबेर मृत्यु भएको हो ।। लक्ष्मी ९ कक्षा र सुस्मिता ५ कक्षामा पढ्छिन् ।घरदेखि ५०० मिटर टाढा रहेको पधेँरोमा नुहाउन र लुगा धुन गएका बेलामा दहमा डुबेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।...
सिमलताल पहिरो: फेला परेका तीनवटै शव बेपत्ता बसका यात्रीको भएको पुष्टि
प्रशासन, समाचार, समाज

सिमलताल पहिरो: फेला परेका तीनवटै शव बेपत्ता बसका यात्रीको भएको पुष्टि

नेपालअखबार, चितवन । नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ । ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको प्रहरीले जनाएको छ । शुक्रबार काठमाडौँबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदैै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा बगेका थिए । काठमाडौँबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए ।  बेपत्ता बस र यात्रुको आज पनि खोजी सुरु भएको छ । पहिरो खसेको सिमलताल र नारायणी नदी क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। रासस...
म्याग्दीको अर्जेखोलामा बन्यो मोटर चल्ने पुल
समाचार, समाज

म्याग्दीको अर्जेखोलामा बन्यो मोटर चल्ने पुल

नेपालअखबार,म्याग्दी । जिल्लाको अर्जेखोलामा १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल पुल सात महिनामा तयार भएको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमानामा २५ मिटर लामो मोटरेबल पुल निर्माण गर्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । रु तीन करोड ४१ लाखमा ठेक्का सम्झौता गरेको कम्पनीले काम थालेको सात महिनामै पुल तयार पारेको पूर्वाधार विकास कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले बताए । “सवारीसाधन वारपार गर्न थालेको पुलको पहुँचमार्गलाई अन्तिमरूप दिनेबाहेक सबै काम सकिएको छ”, उनले भने, “२०८१ चैत २६ गतेसम्म म्याद रहेको पुलको ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ ।” सम्झौतालगत्तै पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेको, कार्यालयबाट नियमित अनुगमन, सहजीकरण, जनप्रतिनिधि र उपभोक्ताको सहयोगले लक्ष्यअघि नै पुल निर्माण गर्न सम्भव भएको निर्माण कम्पन...
दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप ४३ लाख अनुदान
कृषि, समाचार, समाज

दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप ४३ लाख अनुदान

नेपालअखबार,तनहुँ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो । केन्द्रले जिल्लाका १० सहकारीमार्फत दूध बिक्रीवितरण गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको केन्द्र प्रमुख डा राजेश चौधरीले जानकारी दिए । कार्यालयले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको उनले बताए। उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि रु ९० लाख बजेट विनियोजन भएकामा ४८ दशमलव ५९ प्रतिशत प्रगति भएको उनी बताउछन् । उनले भने, “सुरुमा प्रतिलिटर रु पाँचका दरले अनुदान दिने गरी कार्यक्रम बनेको थियो । तर विविध कारण र मापदण्डले गर्दा दुई रुपैयाँ ५० पैसाका दरले मात्रै अनुदान उपलब्ध गरायौँ ।” जिल्लाका...
आज मध्यमदेखि भारी वर्षा हुने
समाचार, समाज

आज मध्यमदेखि भारी वर्षा हुने

नेपालअखबार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले  मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जनाएको छ। आइतबार बिहान कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ भने बाँकी प्रदेशहरुमा आन्शिक देखि मुख्यतया सफा रही एक वा दुई स्थानमा हल्का वर्षा भैरहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका एक-दुई  स्थानमा भने  भारी वर्षा ह...