Friday, August 14

समाज

काठमाडौं उपत्यकाका नदीमा जलसतह बढेपछि करिडोरमा प्रहरीको गस्ती
समाचार, समाज

काठमाडौं उपत्यकाका नदीमा जलसतह बढेपछि करिडोरमा प्रहरीको गस्ती

नेपालअखबार, काठमाडौं । अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय सतर्कतामा छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए। ‘बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र  जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ,’ उनले भने। उनले वाग्मती, विष्णुमती, मनहरा, हनुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिए।उनले अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिए। तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताए। ‘यो बेलामा घटना भइहाल्न सक्छन्, त्यसलाई ध्यानमा राखेर टोली तयारी अवस्थामा छन्, कतैबाट सूचना आउनेवित्तिकै परिचालन हुन...
एमाले अध्यक्ष ओलीको सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु
समाचार, समाज

एमाले अध्यक्ष ओलीको सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

नेपालअखबार, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको मृत्यु भएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक दरबन्दी भई ओली निवास बालकोटमा सुरक्षा प्रमुखका रूपमा खटिएका सशस्त्र प्रहरी इन्स्पेक्टर ४२ वर्षीय उमेश थापाको शनिबार बिहान मृत्यु भएको हो। शनिबार बिहान ५:३० बजे उनी भक्तपुरको सूर्यविनायक नगरपालिका-९ गुण्डुस्थित आफ्नै घरमा अचेत भेटिएका थिए। जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजन कार्कीका अनुसार अचेत भेटिएका थापालाई उपचारका लागि बिहान साढे ६ बजे भक्तपुर अस्पताल पुर्‍याइएकोमा ६:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। उनको के कारणले मृत्यु भएको भन्ने खुलिसकेको छैन। प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिएर घटनाको प्रारम्भिक अनुसन्धान गरेको डिएसपी कार्कीले जानकारी दिए। मृतकको शव पोष्टमर्टमका लागि त्र...
दोलखामा बाढीले तीन घर बगायो
समाचार, समाज

दोलखामा बाढीले तीन घर बगायो

नेपालअखबार, दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एक जना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन्। शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए। वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको बताए। छ्योतछयोत सिमिगाउँकी जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशङ्कर–९ डोडाङमा होटल व्यवसाय गर्दै आएकी थिइन्। रासस...
रारा विमानस्थलमा चार दिनदेखि हवाईसेवा अवरुद्ध
समाचार, समाज

रारा विमानस्थलमा चार दिनदेखि हवाईसेवा अवरुद्ध

नेपालअखबार, मुगु । हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाईसेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् । निरन्तर वर्षा हुँदा मुगु, जुम्ला र हुम्लामा उडान ठप्प छ । विभिन्न ठाउँमा जाने यात्रु गन्तव्यमा पुग्न नपाउँदा  मर्कामा परेका  छन् । तीन दिनदेखि जहाजको प्रतीक्षामा रहेका हरिकृष्ण ऐडीले शुक्रबार बसमा काठमाडौँ जानुपरेको बताए । “मौसममा सुधार आउने अवस्था नदेखेपछि बसको टिकट काट्न बाध्य भए”, उनले भने । निरन्तरको वर्षाले चार दिनदेखि नेपालगञ्जबाट हवाई उडान नभएको रारा नागरिक उड्डयन कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले बताए । उनका अनुसार उडान बन्द भएपछि मुगुदेखि नेपालगञ्ज, सुर्खेत, काठमाडौँतर्फ जाने यात्रु र नेपालगञ्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिएका छन । आज पनि मौसमका कारण उडान हुने सम्भावना न्यून छ । हवाईसेवा अवरुद्ध भएपछि यात्रु जोखिम मोलेर कर्णा...
भोटेकोशीको ढलानमा पुरिएका  दुई मजदुर मृत भेटिए
समाचार, समाज

भोटेकोशीको ढलानमा पुरिएका दुई मजदुर मृत भेटिए

नेपालअखबार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुरको शव फेला परेको छ। गएराति उद्धारकार्य थालिए पनि आज बिहान ४ बजे दुवै मजदुर मृत भेटिएा हुन्। आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारु रहेका छन्। उनीहरुको शव परीक्षणका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक  निरञ्जन भट्टराईले जानकारी दिए। ढलानको संरचनाभन्दा तल्लो भागमा उनीहरू पुरिएकाले समयमै उद्धार गर्न नसकिएको उनी  बताउँछन्। उक्त दुर्घटनामा ११ जना घाइते भएका थिए । गत वर्षको साउन महिनादेखि निर्माण सुरु गरिएको भोटेकोशी–१ जलविद्युत्को सुरुङभन्दा माथि मजदुर काम गरिरहेको समयमा एक्कासि स्ल्याब भत्किएको थियो। एघार जनाको तत्काल उद्धार गरिएको थियो ।...
पहिरोले कर्णाली राजमार्ग अन्तर्गत कालिकोट खण्ड अवरुद्ध
समाचार, समाज

पहिरोले कर्णाली राजमार्ग अन्तर्गत कालिकोट खण्ड अवरुद्ध

नेपालअखबार,  सुर्खेत। शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्न गई कर्णाली राजमार्गको कालिकोट सडक खण्ड अवरुद्ध भएको छ। कालिकोटको हुल्म बजार लगायतका तीन ठाउँमा पहिरोले अवरुद्ध भएको हो। सडक अवरुद्ध  भएपछि सुर्खेत-जुम्लाका लागि छुटेको सवारी साधनहरू बिच बाटोमा रोकिएका छन्। बाटो खुलाउने प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वीर बहादुर ओलीले जानकारी दिए ।...
भक्तपुरको हनुमन्ते खोलामा बाढी, तटीय क्षेत्रमा डुबान
समाचार, समाज

भक्तपुरको हनुमन्ते खोलामा बाढी, तटीय क्षेत्रमा डुबान

नेपालअखबार, काठमाडौं । भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ। भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी  बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ। राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ। भारी वर्षाका कारण हरेक वर्ष हनुमन्ते नदीको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनारका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायतको क्षेत्र डुबानमा पर्दै आएको छ। सो क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन आग्रह गरिएको छ। वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले नदी तटीय ...
बीपी र मध्यपहाडी राजमार्ग अवरुद्ध
समाचार, समाज

बीपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

नेपालअखबार, सिन्धुली । अविरल वर्षासँगै आएको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका-६ अक्करेभिरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।...
हिलाम्मे सडक, वडाध्यक्ष भन्छन्- जनता जोगाउन कठिन भयो
समाचार, समाज

हिलाम्मे सडक, वडाध्यक्ष भन्छन्- जनता जोगाउन कठिन भयो

नेपालअखबार,बागलुङ । राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा खाडल छन् । हिउँदमा बुङ्ग उड्ने धुलोले सेताम्मे हुने सवारी साधनलाई बर्खा सुरु भएपछि तिनै खाडलमा अड्किएर निस्कन हम्मे हम्मे पर्दछ । सडकको दुरावस्थाका कारण नागरिक मात्र होइन, बागलुङको बाटो भएर हिँड्ने पर्यटकले पनि सधैँ दुःख पाउने गरेका छन् । लोकमार्गको बागलुङ घोडाबाँधे खण्ड कालोपत्रको काम सुरु भएको आठ वर्ष भयो तर काम सकिएको छैन । कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्डमा पनि काम त चलिरहेकै छ तर पूरा नहुने बेलासम्म सडकमा सास्ती छ । राष्ट्रिय गौरवका आयोजना नै दुरावस्था व्यहोरेको बागलुङका ग्रामीण सडकको अवस्था दर्दनाक छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार एकसाता पहिलेको वर्षापछिको बाढीपहिरोले रोकिएका दर्जन बढी ग्रामीण सडक अझै खुलेका छैनन् । ‘हिउँदभरि बनायो, बर्खाभर...
दूध बेचेरै महिनामा लाख कमाउँछन् बाबुछोरा
अर्थ, कृषि, समाचार, समाज

दूध बेचेरै महिनामा लाख कमाउँछन् बाबुछोरा

नेपालअखबार, बागलुङ। बसाइँसराइले रित्तिँदै गएको छिस्तीको फुर्केसल्ला गाउँमा आँगनभरि मौरीका घार, गोठभरि भैंसी र पाडापाडीपालन गरेर बसेको छ रघुनाथ पौडेलको परिवार। बागलुङ, जैमिनी नगरपालिका–८ फुर्केसल्ला पुग्दा ६१ वर्षीय रघुनाथ र उनका ३२ वर्षीय छोरा राजन गाईभैंसीको स्याहारसुसारमा व्यस्त थिए। बाउछोरा मिलेर चार वर्षयता दूध र मह उत्पादन गर्दै आएका छन्। उनीहरू गाउँकै उदाहरणीय परिवारका रूपमा चिनिएका छन्। गाउँमा बाँदर आतंक भएपछि अन्नबाली कम उत्पादन हुन थाल्यो। परम्परागत कृषि कर्म गर्दै आएका रघुनाथले छोराकै सहायतामा कृषि र पशुपालनलाई अहिले व्यावसायिक बनाएका छन्। 'चार वर्ष अगाडिसम्म छोरा चितवनमा माछापालन गरेर बस्थ्यो। घरमा दुई-चारवटा मौरीका घार र एउटा लैनो भैंसी थियो। कोरोनापछि छोरा घर फर्कियो र व्यावसायिक पशुपालनमा लाग्यौं,' रघुनाथले भने, 'अहिले बाउछोरा मिलेर ६ वटा मुर्रा क्रस जातका भैंसी र ती...