Friday, August 14

समाज

विद्यार्थी दुई, शिक्षक पनि दुई :  प्रअ भन्छन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’
शिक्षा, समाचार, समाज

विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्छन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’

नेपालअखबार, बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन् । उनीहरूमध्ये एकजनाले कक्षा १ र एकजनाले कक्षा ३ मा अध्ययन गर्छन् । कक्षा २ मा भने विद्यार्थी नै छैनन् । स्थानीयवासी सुविधाको खोजीमा अन्यत्र बसाइँ सरेपछि विद्यालयमा विद्यार्थी आउन छाडेका प्रधानाध्यापक गोविन्द अधिकारीले जानकारी दिए  । विसं २०८० मा तीनजना हुँदै नयाँ शैक्षिकसत्रमा दुईजनामा सीमित भएको छ ।  उनका अनुसार विसं २०४६ मा स्थापना भएर २०४७ सालमा अनुमति पाएको विद्यालयमा २०७८ सालसम्म ११ जना विद्यार्थी थिए । विसं २०७९ मा त्यो सङ्ख्या १० जनामा झर्यो । विद्यालयमा एकजना स्थायी दरबन्दीको शिक्षक, एक अस्थायी र एकजना कार्यालय सहयोगी कार्यरत छन् । बर्सेनि विद्यार्थीको सङ्ख्या घट्दै गएपछि वि...
सरकारले तोक्यो धानको समर्थन मूल्य
समाचार, समाज

सरकारले तोक्यो धानको समर्थन मूल्य

नेपालअखबार, काठमाडौँ । सरकारले धानको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको हो । जसअनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३४१०.५१  तोकिएको छ । यसैगरी मध्यम धानको रु ३५८०.६२  न्यूनतम समर्थन मूल्य तोकिएको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।...
रारामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु
समाचार, समाज

रारामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

नेपालअखबार, सुर्खेत । रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा छायानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजंग रावल रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको मुगु प्रहरीले जनाएको छ।
बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल

नेपालअखबार,गलेश्वर । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न अनुरोध गरिएको हो । राति यात्रा गर्दा बाढीपहिरोमा परिने र उद्धारमा समस्या हुने भएकाले यात्रा नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । सडकखण्डको म्याग्दी क्षेत्रमा जोखिमपूर्ण स्थानमा सूचनाबोर्ड राख्ने प्रशासनको तयारी छ । सडकको अवस्था हेरेर यात्रा गर्न सहजीकरण गरिने प्रजिअ ढकालको भनाइ छ । मङ्गलबार रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरोले इको भ्यानमा क्षति पुगेको थियो भने ३ जना यात्रुलाई सकुसल उद्धार गरिएको थियो । सडकखण्ड अन्तर्गत म्याग्दी क्षेत्रमा करिब ६ स्थानमा सूचना बोर्ड राखिने छ भने उत्तरी म्याग्दी र मुस्ताङतर्फ साँझमा यात्रा गर्न...
६ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ
अपराध, समाचार, समाज

६ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

नेपालअखबार,अर्घाखाँची। अर्घाखाँचीमा बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालारानी गाउँपालिका-६ साकिन्धारा बस्ने ४३ वर्षीय  आत्मबहादुर भलामीमगर पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय खनबाट खटिएको टोलीले मंगलबार राति पक्राउ गरेको हो। आइतबार(असार १६) बालिकामाथि बलात्कार भएको उजुरी छ। उजुरी आउनसाथ उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको प्रहरी निरीक्षक दिप्रेन्द्र रावलले जानकारी दिए। 'उजुरी आउनेबित्तिकै हामीले आरोपित व्यक्तिलाई पक्राउ गरेका हौं,' प्रहरी निरीक्षक रावलले भने, 'थप अनुसन्धान भइरहेको छ।'...
तुलसीपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु
समाचार, समाज

तुलसीपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु

नेपालअखबार, दाङ । दाङको तुलसीपुरमा बाढीले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ भने अर्की एक महिला बेपत्ता छिन्। बबई नदीमा आएको बाढीले बगाउँदा तुलसीपुरमा एक महिला बेपत्ता भएकी हुन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ मटेराकी १९ वर्षीया सम्झना चौधरीलाई बुधबार बिहान बबई तर्ने क्रममा बगाएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए। बबई पारी आफन्त कहाँ जान खोजेकी चौधरीलाई बाढीले बगाएर बेपत्ता पारेको हो। बेपत्ता सम्झना स्थनीय २० वर्षीय रोशन चौधरीको श्रीमती रहेको तथा उनको खोजी कार्य स्थानीय र प्रहरी मिलेर गरिरहेका छन्। चौधरीको खोजीका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा ७ जनाको टोली र इप्रका मलबारबाट प्रहरी नायव निरीक्षक गणेशबहादुर सिंहको कमाण्डमा तीन जनाको टोली खटिएको छ। बाढीले बगाउँदा मृत्यु  तुलसीपुरमा बाढीले बगाउँदा थप एक ...
८ जना न्यायाधीश सिफारिस
प्रशासन, समाचार, समाज

८ जना न्यायाधीश सिफारिस

नेपालअखबार, काठमाडौँ ।  लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका ८ जनालाई न्याय परिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले उनीहरूको नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीशले नियुक्ति दिएपछि उनीहरू जिल्ला न्यायाधीश हुनेछन् ।  
भारत लान लागिएका ९ गाईसहित तस्कर प्रहरीको नियन्त्रणमा
समाचार, समाज

भारत लान लागिएका ९ गाईसहित तस्कर प्रहरीको नियन्त्रणमा

नेपालअखबार, रौतहट । रौतहट स्थित प्रहरी गस्ती टोलीले तस्करी मार्फत रौतहटबाट भारत तर्फ लागिरहेको ९ थान गाईसहित एकजना तस्करलाई पक्राउ गरेको छ। विशेष सुराकीको आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले  माधव नारायण नगरपालिका १ दिपहीबाट अवैध रूपमा गाई र बाछो भारत तर्फ लैजाँदै गरेको अवस्थामा देवाहीगोनाही नगरपालिका २ करुनिया टोलका शेख आबिद आलमलाई पक्राउ गरेको हो। गाई ८ वटा र एक बाछोसहित पक्राउ परेका आबिद आलमलाई आवश्यक कारबाहीको लागी जिल्ला भन्सार कार्यालय  गौरमा दाखिला गरिएको  र मुख्य तस्कर गाई धनी फरार रहेकोले निजको खोज तलास भई रहेको  जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।...
क्याम्पस प्रमुखको हत्यामा संलग्न थप एकजना पक्राउ, हत्यामा प्रयोग भएको पेस्तोल बरामद
राजनीति, समाचार, समाज

क्याम्पस प्रमुखको हत्यामा संलग्न थप एकजना पक्राउ, हत्यामा प्रयोग भएको पेस्तोल बरामद

नेपालअखबार,बारा । रामराजामोहन बिक्रम क्याम्पसका तत्कालीन प्रमुख हरिभूषण कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोल तथा खरखजानासहित थप एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ। बारागढी गाउँपालिका –५  चरमन्तपथरा बस्ने ४२ वर्षीय हरिन्दर महरा चमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए। उनको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, अमेरिकामा बनेको अटोमेटिक पेस्तोल, उक्त पेस्तोलमालाग्ने एक राउण्ड गोली र म्याग्निज एक थान बरामद गरेको प्रहरीले जनाएको छ। कुशवाहाको आदर्श कोतवाल गाँउपालिका–३ बतरा र भटिनियाको बीचमा पर्ने मन्दिर अगाडि गत जेठ ३२ गते हत्या भएको थियो। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरिसकेको छ। हत्याका मुख्य दोषी भने फरार छन्। निजलाई पक्राउ गर्न प्रहरीले मित्र राष्ट भारतका सुरक्षा अधिकारीसँग ...
म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण
समाचार, समाज

म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण

नेपालअखबार , म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि रु १२ करोडभन्दा बढी लागतमा पक्की पर्खाल निर्माण भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा कम्पोजित प्रविधिको पर्खाल निर्माण गरेको हो । निर्माण कम्पनी सुप्रिम कन्ट्रक्सनका सञ्चालक सुरेश खड्काले दुई वटा प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको जानकारी दिए । “कम्पोजित पर्खाल निर्माण गर्ने काम सकिएको छ”, उनले भने, “पर्खालको पछाडितर्फ माटो राखेर फिलिङ गर्न सुरु भएको योजनाको ९५ प्रतिशत भौतिक प्रगति भएको छ ।” सो योजनाका लागि २०७९ फागुनमा रु १२ करोड ३७ लाखमा ठेक्का सम्झौता भएको थियो । अठार महिनाको ठेक्का अवधि भएको योजना निर्धारित समयमै सकिए पनि भुक्तानी नपाएको सञ्चालक खड्काले गुनासो...