Friday, August 14

समाज

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु
समाचार, समाज

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

नेपालअखबार,दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए । उनले भने, “सात महिना अगाडि रुसी सेनामा भर्ना भएका गुरुङ १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनुहुन्थ्यो । त्यसअगाडि भने परिवारसँग कुराकानी भइरहेको थियो ।” गुरुङका साथीले आफूहरु द्वन्द्वग्रस्त क्षेत्रमा जाँदा उक्त घटना भएको बताएको गुरुङले उल्लेख गरे । “फोन गर्ने व्यक्तिले म पनि घाइते भएको छु भनेर रञ्जितका परिवारलाई जानकारी गराएका छन्”, गुरुङले भने । स्थानीय टेकबहादुर गुरुङले घटनाबारे जानकारी ...
बाढीले एकै परिवारका चारजना बगायो: एकको मृत्यु, दुईजना बेपत्ता
समाचार, समाज

बाढीले एकै परिवारका चारजना बगायो: एकको मृत्यु, दुईजना बेपत्ता

नेपालअखबार,मोरङ। मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ। मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको छ। फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए। यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन्। बेपत्ता  हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र  अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन्। माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुशल रहेको वडाध्यक्ष चौधरीले बताए।...
कास्कीमा पहिरोले २ जनाको मृत्यु
समाचार, समाज

कास्कीमा पहिरोले २ जनाको मृत्यु

नेपालअखबार, पोखरा । कास्कीमा लगातारको वर्षापछि आएको पहिरोले छुट्टाछुट्टै पहिरोमा २ जनाको मृत्यु भएको छ । पोखरा २८ आरुपाटा बस्ने हरि सुनारको घर पहिरोले पुरिँदा ३ वर्षका बालकको निधन भएको छ । यस्तै, मादी गाउँपालिका ५ चितेपानी बस्ने प्रकाश रानाभाटको घर पहिरोले नै पुरिएर १ छोरीको निधन भएको छ । यतिबेला पोखरामा चट्याङसहित ठुलो वर्षा भइरहेको छ । सचेत रहन प्रशासनले सबैलाई आग्रह गरेको छ ।...
लमजुङमा पहिरोले ३ घर बगायो
समाचार, समाज

लमजुङमा पहिरोले ३ घर बगायो

नेपालअखबार, लमजुङ। लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका–३ पच्यु टोलमा आज बिहान गएको पहिरोले तीनवटा घर बगाउँदा तीन जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष गमी माया गुरुङले जानकारी दिइन् । लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । आज बिहान पौने ५ बजे पहिरो गएको गुरुङको भनाइ छ । पहिरोमा परी एक जना घाइते भएकोमा उनी खतरामुक्त रहेको बताइएको छ । नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै स्थानीयको सहयोगमा बेपत्ताको खोजी कार्य जारी रहेको छ ।...
डेढ दशकपछि बेनी–भकिम्ली सडक स्तरोन्नति
समाचार, समाज

डेढ दशकपछि बेनी–भकिम्ली सडक स्तरोन्नति

नेपालअखबार, काठमाडौँ । डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ। उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मंगला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ। गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत बेनी–२ को बगरफाँटबाट दूधेखोला–हल्लेगौडा–डोले–मुसुङ जोड्ने सडक ग्राभेल र ढलान गर्ने योजना कार्यान्वयन गरेको हो। गत जेठ २९ गते पाँच करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको माछापुच्छ्रे–हिमालयन जेभी कार्यक्षेत्रमा परिचालित भएको पूर्वाधार विकास कार्यालयका सवइन्जिनियर रविन चोखालले जानकारी दिए। यसको लागत सात करोड ७२ लाख छ। आगामी १८ महिनामा बगरफाँटबाट दूधेखोलासम्मको तीन किलोमिटर सडक ग्राभेल र दूधेखोलाबाट भकिम्लीतर्फ ३९० मिटर सडक ढलान गरिने छ। सडक सात मिटर चौडा बनाइने छ। विसं २०६५ मा सडक निर्माण गरिएको हो। उक्त सडक हाल चार मिटर चौडा छ।...
एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी
प्रशासन, शिक्षा, समाचार, समाज

एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी

नेपालअखबार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताए । उनले भने ‘प्राविधिक समस्या आएन भने भोलि ४ बजेभित्र नतिजा सार्वजनिक गर्छौं ।’ बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिने...
यी स्थानमा आज भारी वर्षा हुने
समाचार, समाज

यी स्थानमा आज भारी वर्षा हुने

नेपालअखबार, काठमाडौं । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन सोमबार देशफर फैलिएको थियो। सोमबार दिउँसो महाशाखाले बुलेटिनमार्फत् मनसुनी वायु देशभर फैलिएको बताएको हो। मनसुनी वायु देशभर फैलिएसँगै अहिले बिहान कोशी, मधेस, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ। पछिल्लो एक घन्टाको अवधिमा सुनसरीको सप्तकोशीमा ४१.६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै रुपन्देहीमा ३५.६, दाङको कोइलाबासमा २७.८ मिलिमिटर पानी परेको छ। पछिल्लो २४ घन्टामा सुनसरीको सप्तकोशीमा १३४.८, कास्कीको चोम्रोङमा ८२.८, म्याग्दीको तातोपानीमा ८१.६ मिलिमिटर वर्षात् भएको छ। त्यस्तै कैलालीको बलियामा ६२.८ मिलिमिटर पानी परेको छ। मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्...
बागलुङ-म्याग्दी जोड्ने सडक ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र
समाचार, समाज

बागलुङ-म्याग्दी जोड्ने सडक ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र

नेपालअखबार,बागलुङ । दुई जिल्ला जोड्ने गरी १९ वर्ष अगाडि ट्रयाक खुलेको सडक कालोपत्र गरिएको छ । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार, ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको हो । पाँच वर्ष अगाडि स्तरोन्नतीसहित कालोपत्र गर्न जिम्मा पाएको निर्माण कम्पनीले यस वर्ष बल्ल काम गरेको छ । यस वर्षमा सात किलोमिटर सडक कालोपत्र गर्ने भनिए पनि साढे चार किलोमिटर मात्रै कालोपत्र भएको पूर्वधार विकास कार्यालय बागलुङका इन्जिनियर चन्द्रबहादुर पुनले जानकारी दिए । विसं २०७६ मा कालोपत्रको जिम्मेवारी पाएको निर्माण कम्पनीले २०७८ कात्तिक मसान्तसम्म सक्नुपर्ने भए पनि यस वर्ष बल्ल कालोपत्र गरेको उनले बताए । निर्माण कम्पनीले यस वर्ष ९० प्रतिशत काम सक्ने अनुमान गरे पनि लक्ष्यमा पुग्न सकेको छैन । हटिया बजारबाट ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म कालोपत्र गर्ने लक्ष्य लिए पनि जमधारा भन्ने स्थानस...
एकसिङ्गे गैँडाको खाग खरिद बिक्रीको अभियोगमा मुद्दा दायर
प्रशासन, समाचार, समाज

एकसिङ्गे गैँडाको खाग खरिद बिक्रीको अभियोगमा मुद्दा दायर

नेपालअखबार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग खरिद बिक्री गरेको अभियोगमा नौ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । निजहरुविरुद्ध सोमबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा  जनाएअनुसार मुद्दा दायर गरिएकाहरूमा भरतपुर महानगरपालिका–२८ का ४० वर्षीय सन्तबहादुर कुमाल, राप्ती नगरपालिका–३ सुन्दर बस्ती बस्ने ३३ वर्षीये बालकुमार राई, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बर्दघाट नगरपालिका–८ भानुनगर बस्ने ३५ वर्षीय देवबहादुर परियार,  रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ कालिका टोल बस्ने ३८ वर्षीय धनबहादुर बानियाँ, बुटवल–११ आनन्द पथ बस्ने ५१ वर्षीय कृष्णराज पाण्डे क्षेत्री रहेका छन् । बाग्लुङको जैमिनी नगरपालिका–७ बस्ने २८ वर्षीय कमल राना, सोही नगरपालिका–१० को राडखानी बस्ने ३८ वर्षीय नगेन्द्र थापा, सोह...
सागसब्जी बेचेर पर्वतको शालिजावासी भित्र्याउँछन् पाँच करोड
अर्थ, कृषि, समाचार, समाज

सागसब्जी बेचेर पर्वतको शालिजावासी भित्र्याउँछन् पाँच करोड

नेपालअखबार, पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् । जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका अधिकांश किसानले व्यावसायिक रूपमा सागसब्जी लगाउने गरेका छन् । कृषि ज्ञान केन्द्रमार्फत सागसब्जी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिएको शालिजामा मौसमीभन्दा बेमौसमी सागसब्जी बढी उत्पादन हुने भएकाले किसानको  आम्दानी बढेको हो । व्यावसायिक सागसब्जी उत्पादन गर्न थालेपछि यहाँका किसानको जीवनस्तरमा परिवर्तन आएको छ । यहाँ उत्पादन भएको आलु, काउली, बन्दागोभी, बोडी, सिमी, लौका, डल्ले खुर्सानी, काँक्रोलगायत ताजा सागसब्जी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा, बागलुङ बजार र पोखरासम्म बिक्री हुने गरेको स्थानीय किसान बुद्धि सुवेदीले जानकारी दिए । माथिल्लो शालिजा, तारे, पातलखर्...