Monday, June 29

समाज

पत्रकार सुमन ढुङ्गानालाई टान गण्डकीको सम्मान
समाचार, समाज

पत्रकार सुमन ढुङ्गानालाई टान गण्डकीको सम्मान

नेपालअखबार,पोखरा । पर्यटन क्षेत्रको विकासमा पत्रकारिता मार्फत उल्लेखनीय योगदान पुर्याए बापत ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पत्रकार सुमन ढुंगानालाई सम्मान गरेको छ । टान गण्डकीको ३२ औं साधारण सभाको अवसर पारेर टान गण्डकीले ढुंगानालाई सम्मान गरेको हो । न्यूज २४ टेलिभिजनका गण्डकी ब्युरो प्रमुख समेत रहेका ढुंगाना सहित पत्रकार बिमल तिवारी र सागर ढकाललाई पनि कार्यक्रममा सम्मान गरेको हो । पत्रकार ढुंगाना सहितलाई सम्मान गर्दै टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले ट्रेकिङ र समग्र पर्यटन क्षेत्रको विकासमा नेपाली पत्रकारिताको भूमिका निकै उल्लेखनीय रहेको बताए । सम्मान पछि आफ्नो धारणा राख्दै पत्रकार ढुङ्गानाले पत्रकारिता राष्ट्र, राष्ट्रियता, विकास, जनताको पक्षमा पक्षपाती रहेको र सधै रहनुपर्ने धारणा व्यक्त गरे । पोखराको वरपिपल रिसोर्टमा आयोजित ३२ औं साधारण सभा तथा सम्मान कार्यक्रमक...
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटन, समाचार, समाज

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

नेपालअखबार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला दुगुनागढी किल्लामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बढ्दै गएको छ। विसं २०७२ को विनाशकारी भूकम्पले भत्काएको नेपाल–चीन सिमाना नजिक रहेको ऐतिहासिकस्थल दुगुनागढी नेपाली सेनाको अगुवाइमा मौलिक स्वरुपमा पुनर्निर्माण गरिएको छ। करिब २०० रोपनी क्षेत्रमा फैलिएको युद्धकिल्ला दुगुनागढी समुद्री सतहबाट करिब दुई हजार २०० मिटर उचाइमा रहेको दुगुनागढीमा इतिहासको अध्ययनसँगै आनन्दको समय बिताउन स्वदेशीदेखि विदेशी पर्यटक दुगुनागढी पुग्ने गरेका छन्। आन्तरिक पर्यटक अमृतमान श्रेष्ठ इतिहास बुझ्दै गाउँले परिवेशमा रम्दै मनोरम वातावरणमा आनन्द लिन पाइने भएकाले पनि सिन्धुपाल्चोकको दुगुनागढी पर्यटकको रोजाइमा पर्न थालेको बताउँछन्। स्थानीय वृद्ध कृष्णबहादुर प्रधानका अनुसार प्रधानमन्त्री भ...
प्रतिनिधिसभा निर्वाचन : ‍सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
प्रविधि, समाचार, समाज

प्रतिनिधिसभा निर्वाचन : ‍सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आयोगका अनुसार आचारसंहितामा निर्वाचनाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ कोही कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा नक्कली साइट खोल्न नपाइने व्यवस्था गरिएको छ । आचारसंहिताले सामाजिक सञ्जालमा ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई) को प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यका साथ होच्याउने, दुष्प्रचार गर्ने काम गर्न नपाउने प्रबन्ध गरेको छ । त्यस्तै, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषणजस्ता भ्रामक टीकाटिप्पणी गर्न वा गराउन नपाइने व्यवस्था आचारसंहितामा समावेश गरिएको छ । त्यसैगरी, कुनै प्रयोजनका लागि  प्रकाशन वा प्रस...
ढोरपाटनका विद्यार्थीको पीडाः कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता
शिक्षा, समाचार, समाज

ढोरपाटनका विद्यार्थीको पीडाः कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता

नेपालअखबार, बागलुङ । अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न थालेका छन् । बिहानपख तुसारोले बाटो छेक्दा हिँडडुलमा पनि समस्या हुन्छ । बिहानमा तुसारो पर्ने र दिउँसमा सिरसिर चलिराख्ने सेरेटोले स्थानीयको दैनिकी नै प्रभावित हुने गर्छ । यस्तो चिसोमा यहाँका विद्यालय सञ्चालनमा छन् । केही विद्यालयले घुम्ती पढाइका लागि बेँसी झरे पनि ज्योति विकास माध्यमिक विद्यालयका र सिद्ध प्राथमिक विद्यालय अहिले पनि यहीँबाट सञ्चालित छन् । चिसोमा विद्यालय चल्दा विद्यार्थीले सास्ती खेप्नुपरेको छ । चिसोले विद्यार्थी र शिक्षक बिरामी पर्दा पठनपाठनसमेत प्रभावित हुने गरेको छ । ढोरपाटन नगरपालिका–९ चिसापानीमा रहेको ज्योति विकास मावि र छेन्तुङस्थित सिद्धबराह प्राविका विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित बनेको छ । ढोरपाटनमा बिहानमा बाक्लो तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटोले विद्यार्थीला...
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
समाचार, समाज

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

नेपालअखबार, काठमाडौं । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ । पृथ्वी जयन्तीका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोहको आयोजना गरेको छ । राप्रपाले सो समारोहमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्षनेता, पूर्वप्रधानमन्त्री र विभिन्न व्यक्तित्वलाई आमन्त्रण गरेको छ । शाहको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ । नेपा...
देश दुर्व्यसनीबाट जोखिम हुन सक्छ :प्रविण पौडेल नेपाल रिटर्नी
समाचार, समाज

देश दुर्व्यसनीबाट जोखिम हुन सक्छ :प्रविण पौडेल नेपाल रिटर्नी

नेपालअखबार, काठमाडौं । जनप्रतिनिधि (उम्मेद्वार) बन्न चाहने व्यक्तिले देशमा प्रतिबन्धित लागुऔषध प्रयोग नगरेको यकिन भएपछि मात्र उम्मेद्वारी दिन पाउने व्यवस्था निर्वाचन आयोगले अनिवार्य गर्नुपर्ने माग उठ्न थालेको छ। तत्कालीन नेपाल रिटर्नी एशोसिएसन (समाजवादी) का अध्यक्ष प्रवीण पौडेलले सार्वजनिक पदमा जाने व्यक्तिको आचरण, नैतिकता र जिम्मेवारी उच्च हुनुपर्ने भन्दै उम्मेद्वारी दर्ता अघि लागुऔषध परीक्षण (Drug Test) अनिवार्य गर्नुपर्ने आज एक कुराकानीमा बताएका छन्। उनका अनुसार लागुऔषध दुव्र्यसनले निर्णय क्षमता कमजोर बनाउने, भ्रष्टाचार र आपराधिक गतिविधिको जोखिम बढाउने भएकाले यस्तो व्यवस्था समयको आवश्यकता हो। प्रस्तावित व्यवस्थाअनुसार उम्मेद्वारी दर्ता गर्दा मान्यता प्राप्त सरकारी अस्पताल वा प्रयोगशालाबाट जारी गरिएको लागुऔषध परीक्षण प्रतिवेदन अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। यसले स्वच्छ, जिम्मेवार र जन...
महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पतीहरू
समाचार, समाज

महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पतीहरू

नेपालअखबार,कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाइँका ५६ वर्षीय भजौरा चौधरी महाकाली नदीको बगरमा श्रीमतीसहित बालुवा छानिरहेको अवस्थामा भेटिए। गत मंसिर दोस्रो साता कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ महाकाली नदीको बगरमै झोपडी बनाएर आश्रय लिइरहेका चौधरी दम्पतीको काम दिनभर बालुवा र गिट्टी छान्ने हो। हरेक वर्ष हिउँदका बेला ६ महिना नदीको बगरमा बसेर बालुवा गिट्टी छानेर बिक्री गरी घरयासी खर्च चलाउन थालेको चौधरीको दम्पतीको चार वर्ष भयो। 'गरेर खाने बानी भयो ढुङ्गा, गिट्टी सारो मानेर के गर्नु,' भजौरा डगौराले भने, 'अरु बेला गाउँघरमा खेती किसानीमा समय सदुपयोग गरेर पनि हिउँदमा भने महाकालीको बगरमा आइहाल्छौं।' उनले मंसिरदेखि आगामी वैशाखसम्म बगरमै रात बिताएर ढुंगा गिट्टी छानेर जीविका चलाउने योजना सुनाए। 'बगरमा झोपडीको बास भए पनि पेट पाल्न बिहानदेखि साझँसम्म छानमै हुन्छौं,' उनले भने, 'बेचेर...
बाघको आक्रमणबाट महिलाको मृत्यु
समाचार, समाज

बाघको आक्रमणबाट महिलाको मृत्यु

नेपालअखबार,काठमाडौं । सल्यानमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको कालिमाटी गाउँपालिका–७ पर्सेनीकी ४२ वर्षीया धनसरी रावतको घर नजिकैको जंगलमा घाँस काट्न गएका बेला बाघको आक्रमणबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शुक्रबार दिउँसो सवा ३ बजेतिर स्थानीयले धनसरी घाँस–दाउरा काट्न गएको समयमा बाघले आक्रमण गरी लगेको खबर फोनमार्फत प्रहरी चौकी घुँइयाबारी, सल्यानमा जानकारी गराएका थिए। सूचनाको आधारमा साढे ३ बजेतिर प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक लालबहादुर थापाको नेतृत्वमा प्रहरी टोली स्थानीयवासीसहित खोजीमा गएको थियो। खोजीमा निस्किएको टोलीले बेलुकी ५ बजेतिर घरदेखि पाँच सय मिटर दक्षिणमा पर्ने हरियाली सामुदायिक वनमा शरीरको बाँया खुट्टा र मलद्वार पूरै खाएको अवस्थामा धनसरीको शव फेला पारेको थियो। परिवारका अनुसार धनसरी बिहान ८ बजेतिर घरबाट हरियाली सामुदाय...
जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत
समाचार, समाज, स्वास्थ्य

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

नेपालअखबार,सुर्खेत । जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ । जिल्लाभरका सात पालिकामा १८ जना कुष्ठरोगी फेला पारेर उपचार कार्य सुरु गरिएको जाजरकोट स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत रमेश कार्कीले जानकारी दिए । नलगाड नगरपालिकामा छ जना, छेडागाड नगरपालिकामा पाँच जना, जुनिचाँदे गाउँपालिकामा–३ जना तथा भेरी र बारेकोट गाउँपालिकामा दुई/दुई जना बिरामी रहेका छन् । कुष्ठरोगसँग जोडिएको सामाजिक लाञ्छना र भेदभाव कम गर्दै रोगको शीघ्र पहिचान, उपचार र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतको आयोजनामा तथा स्वास्थ्य सेवा कार्यालय जाजरकोटको समन्वयमा जिल्लाका सम्पूर्ण स्थानीय तहमा कुष्ठरोग ‘केस भेरिफिकेशन’ कार्यक्रम पुस १७ देखि २२ गतेसम्म सञ्चालन भएको थियो । उक्त खोजबाट १८ जना बिरामीहरू फेला परेका छन् । पहिला दर्ता भएका कुष्ठरोगका बिरामीहरूको पुनः...
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला
कृषि, समाचार, समाज

दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

नेपालअखबार,स्याङ्जा । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश करोड बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा रु दश करोड बढी भित्रिएको हो । वडाभित्रका सुन्तला उत्पादक कृषकहरूसँग लिइएको तथ्याङ्कका आधारमा यस वर्षमात्रै ७ नं वडाबाट रु दश करोड बढीको सुन्तला बिक्री भएको वडाध्यक्ष ताराप्रसाद अर्यालले जानकारी दिए । वडाका जिमिरे, लोलुङ्गा, बलमाटा, तिलाहार, पाङसाङ, पासिन्डाँडा, कोलडाँडा, धोवादीलगायत टोलका स्थानीय सुन्तला व्यावसायी कृषकहरूले न्यूनतम रु एक लाखदेखि अधिकतम रु ३५ लाखसम्म आम्दानी गर्न सफल भएका उनले बताए । सुन्तला उत्पादक कृषकले ठेक्का तथा प्रतिकेजी किलोको रु ७० का दरले बोटबाटै बिक्री गरेका हुन् । “सुन्तला उत्पादक कृषकहरूले बिक्री गरेको परिमाण, मूल्यका आधारमा जानकारी लिँदा सुन्तला बिक्रीबाट रु दश करोड बढी आम्दानी भएको पाइयो”, उनले भने, “वडाम...