Monday, August 17

समाज

बैंकिङ कसुर मुद्दामा फरार रहेका वडाध्यक्ष तामाङ पक्राउ
अपराध, समाचार, समाज

बैंकिङ कसुर मुद्दामा फरार रहेका वडाध्यक्ष तामाङ पक्राउ

नेपालअखबार, सिन्धुपाल्चोक। बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन्। उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा तीन दिन कैद ९ लाख ९० हजार रूपैयाँ जरिवाना तोकेको थियो। प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए। उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष तामाङलाइए तीन दिन कैद र ९ लाख ९० हजार जरिवाना सजाय तोकेको थियो । प्रहरीको फरार सूचीमा रहेका तामाङलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालत चौतारामा पेस गरिएको प्रनाउ भट्टराईले जानकारी दिए।...
गुल्मीको भनभनेमा आगलागीबाट तीनवटा घरगोठ जले
समाचार, समाज

गुल्मीको भनभनेमा आगलागीबाट तीनवटा घरगोठ जले

नेपालअखबार, गुल्मी । गुल्मीको मदाने गाउँपालिका – ७, भनभनेमा आगलागीबाट ३ वटा घरगोठ जलेर नष्ट भएका छन् । स्थानीयको खरबारीमा लागेको आगो बस्तीमा सल्किँदा ३ वटा घर–गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । भनभनेको दीपक माध्यमिक विद्यालय नजिकैको वनबाट फैलिएको आगो बस्तीमा फैलिएपछि स्थानीय यमबहादुर घर्तीको ढुंगाले छाएको २ तले घर जलेर पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पाेखरेलले बताए । त्यस्तै आगलागीबाट सोही वडाका सोमबहादुर घर्तीको ढुंगाले छाएको २ तले कच्ची घर, बंगालो र एउटा मिलसमेत जलेर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । आगलागीका कारण घरबारविहीन भएका नागरिकलाई गाउँमै सुरक्षित स्थानमा राखिएको छ। आगलागीबाट दीपक माध्यमिक विद्यालयको २ वटा शौचालय जलेर नष्ट भएका छन् । स्थानीयका परालको टौवा, दाउरा राख्ने कटकुरो, आरा मेसिन पूर्णरु...
आजदेखि रिडी–तम्घास सडक एक महिनासम्म बन्द हुने
प्रशासन, समाचार, समाज

आजदेखि रिडी–तम्घास सडक एक महिनासम्म बन्द हुने

नेपालअखबार, गुल्मी । आजदेखि गुल्मीको रिडी–तम्घास सडकखण्ड एक महिनासम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी रिडी–तम्घास सडकखण्ड बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न आग्रह गरेको छ । सडकका केही ठाउँमा कडा चट्टान फोर्नुपर्ने र ग्रेड मिलाउनुपर्ने भएकाले वैशाख १७ गतेदेखि जेठ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम हुँदै आएको छ । गुल्मी जिल्ला सदरमुकाम तम्घास आउने यो मुख्य सडक निकै साँघुरो र जिर्ण थियो । यसलाई विस्तार गरेर ७.७५ मिटर चौडाइको बनाइने छ । सडक चौडा पार्न गत चैत महिनामा पनि करिब एक महिनासम्म सवारी आवागमन बन्द गरिएको थ...
पोखराको पर्वतीय संग्रहालयमा १०५ देशका पर्यटक घुमे
पर्यटन, समाचार, समाज

पोखराको पर्वतीय संग्रहालयमा १०५ देशका पर्यटक घुमे

नेपालअखबार, पोखरा । पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा १०५ देशका पर्यटक घुमेका छन् । गत कात्तिक दोस्रो सातादेखि हालसम्म सार्कबाहेक ९८ देशका पर्यटकले भ्रमण गरेको तथ्यांक छ । ६ महिनाअघि देखि नै पर्यटकको देश अनुसार तथ्यांक राख्न थालिएको हो । यस्तै, चालु आर्थिक वर्षको अहिलेसम्म १ लाख ४५ हजार ३ सय ३४ जनाले संग्रहालयको अवलोकन गरेका छन् । गत वर्ष १ लाख ९८ हजार ८ सय २५ जनाले संग्रहालयको अवलोकन गरेका थिए । नेपाली पर्यटक, विद्यार्थी र भिआइपी गरेर १ लाख ९ हजार ९ सय १५ जना संग्रहालय घुम्न गएका छन् ।  सार्क राष्ट्रका १६ हजार ३ सय १० जना र विदेशी १९ हजार २८ जनाले संग्राहलय घुमेका लेखापाल भावना शर्माले बताइन् । संग्राहलयमा खासगरी जापानी पर्यटकको आकर्षण छ । जापानी १ हजार ७ सय ६४ जनाले अवलोकन गरेका हुन् । यही अवधिमा ८१ जनाले संग्रहालयमा फोटोसुटका लागि अनुमति लिएका छन् । चालु वर...
दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
समाचार, समाज

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट

नेपालअखबार,बुटवल  । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा आगलागीबाट २३ घर जलेर नष्ट भएका छन् । आइतबार भएको आगलागीबाट घर र गोठ जलेर नष्ट भएका हुन् । वडा सचिव दीपक कुमार रानाले बस्तीमा लगेको आगोबाट २३ घर जलेको जानकारी दिए । उनले सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । मानवीय क्षति नभएको बताउँदै उनले अन्य क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए ।...
१ करोड १० लाख ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ
अपराध, समाचार, समाज

१ करोड १० लाख ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ

नेपालअखबार, काठमाडौं । १ करोड १० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–७ घर भई काठमाडौं कलंकी बस्दै आएका ४७ वर्षीय भीमसेन कुमार श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । श्रेष्ठले बैंकमा रकम जम्मा गरेको स्लिप दिँदै घरजग्गा आफ्नो नाममा पास गराएर ठगी गरेको आरोप लागेको छ । बैंकमै चेकमार्फत रकम जम्मा स्लिप देखाएर घरजग्गा पास गराउन लगाउने तर चेकमा पर्याप्त रकम नभएको भन्दै रकम जम्मा नहुने गरेको थियो । आफ्नो नाममा चेकमार्फत रकम जम्मा गरेको स्लिप देखाएपछि पीडितहरुले भने घरजग्गा पास गरिदिने गरेको पाइएको छ ।...
कान्ति लोकपथ जेठ १५ गतेसम्म दिनको तीन घन्टा खुल्ने
समाचार, समाज

कान्ति लोकपथ जेठ १५ गतेसम्म दिनको तीन घन्टा खुल्ने

नेपालअखबार, काठमाडाैं । कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ। मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घन्टा मात्र खोलिएको हो। मर्मतसम्भारका लागि काल्चेदेखि बगुवाखण्डसम्म चैत १ गतेदेखि बन्द गरिएको सडक अहिलेलाई बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा खोलिएको कान्ति लोकपथ आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए। ‘मर्मतको काम जारी छ । अब दुई ‘सिफ्ट’मा काम गरेर शीघ्र सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने। उनका अनुसार जेठ १५ गतेसम्म बाटो दिनको तीन घण्टा खुल्नेछ। ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा बिहीबार भएको बैठकले बिहान ६ बजेदेखि ९ बजेसम्म र मध्याह्न १२ बजेदेखि अपराह्न ६ बजेसम्म दुई सिफ्टमा काम गर्ने निर्णय गरेको हो। बैठकले उक्त सडकमा छ चक्के र त्यसभन्दा बढी पाङ्ग्रा भएका मालबाहक सवारी सञ्चालनमा पूर्णरूपमा रोक...
हुरीबतासका कारण ४० परिवारका घरमा क्षति
समाचार, समाज

हुरीबतासका कारण ४० परिवारका घरमा क्षति

नेपालअखबार, बाजुरा । शनिबार यहाँ आएको हुरीबतासका कारण ठूलो क्षति भएको छ । गौमुल गाउँपालिका–६ सालिकोटका बाढीपहिरो र भूकम्प प्रभावितले निर्माण गरेका घरको जस्तापाता आज दिउँसो साढे एक बजे आसपासमा आएको हुरीबतासले उडाउँदा ठूलो क्षति पुगेको वडा नम्बर ६ का सदस्य कलक चदाराले जानकारी दिए । सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण गरिएका घरका जस्तापाता हुरीबतासले उडाएपछि बस्नयोग्न नभएको वडा सदस्य चदाराले बताए । बाढीपहिरो र भूकम्प प्रभावित ४० परिवारले निर्माण गरेका टहराको जस्तापाता उडाएपछि थप समस्या भएको वडा सदस्य चदाराले बताए । घर निर्माण भएको एक महिना बित्न नपाउँदै हुरीबतासले घरको जस्तापाता उडाएर पाँच सय मिटर तल लिएपछि घरभित्र बस्नलाई समस्या भएको पीडित तिलक विकले जानकारी दिए । आधाघण्टा बढी समय चलेको हुरीबतासले सालीकोटका स्थानीयका घरका टिन नै उडाएको छ ।रासस...
घाइते अवस्थामा बाघ देखिएपछि वन प्रवेश निषेध
समाचार, समाज

घाइते अवस्थामा बाघ देखिएपछि वन प्रवेश निषेध

नेपालअखबार, शुक्लाफाँटा । शुक्लाफाँटा नगरपालिका–८ बैजनाथ सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा बाघ देखापरेपछि वन क्षेत्र प्रवेशमा रोक लगाइएको छ। सामुदायिक वनको सलिमा ताल क्षेत्र नजिक बाघ घाइते अवस्थामा देखा परेकाले वन क्षेत्र प्रवेशमा रोक लगाइएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए। ‘घाइते बाघले जुनसुकै बेला पनि आक्रमण गर्नसक्ने भएकाले उपभोक्तालाई वन क्षेत्रमा जान रोक लगाएका हौँ,’ उनले भने, ‘बाघ के कति कारणले घाइते भएको हो भन्ने बारे जानकारी हुन सकेको छैन।’ चुरे क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको वन बाघ लगायतका जनावरको बासस्थानका रुपमा रहेको छ। शुक्रबार मात्रै सो सामुदायिक वन क्षेत्रसँग जोडिएको भगवती सामुदायिक वनमा घाँस काटन गएका अन्दाजी २८ वर्षीय रवीन्द्र धामीलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो। धामीको टाउको र हातमा गम्भीर चोट लागेपछि उपचारका ला...
वर्ल्डलिंकको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख, गण्डकी प्रदेशमा १ लाख ३ हजारभन्दा बढि
प्रविधि, समाचार, समाज

वर्ल्डलिंकको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख, गण्डकी प्रदेशमा १ लाख ३ हजारभन्दा बढि

नेपालअखबार, पाेखरा । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख भन्दा बढि पुगेकाछन्। २०८० भदौ महिनामा आठ लाख र त्यसको एक वर्ष नपुग्दै वर्ल्डलिङ्कले ९ लाख घरपरिवारमा पुगेको सार्वजनिक गरेको छ । कम्पनीका सीईओ केशव नेपालका अनुसार गुणस्तरमा बृद्धि गर्दै सेवालाई चुस्त बनाउदै लगिएको छ । यो बिश्वासलाई हामी अझ बलियो बनाउन चाहान्छौ, उनले भने । यसैगरी गण्डकी प्रदेशमा मात्र पनि १ लाख तीन हजार ग्राहक रहेको वर्ल्डलिंक कम्युनिकेसन्सका गण्डकी प्रदेश जनसम्पर्क प्रबन्धक युसुफ श्रेष्ठले बताए । उनका अनुसार गण्डकी प्रदेशमा पनि वर्ल्डलिंक कम्युनिकेसन्ससंग जोडिनेको संख्या बढिरहेको छ । लामो समयको अनुभवले ग्राहकको सन्तुष्टिलाई कसरी प्रभावकारी रुपमा सम्बोधन गर्ने भन्नेमा सधै चिन्तित छौ, उनले भने । गुनासाहरुलाई पनि चाँडो सम्बोधन गर्ने...