Monday, August 17

समाज

नेपाल रिटर्नी एशोसिएशन रामेछाप जिल्ला समयोजकमा बेपत्ता मगर
समाचार, समाज

नेपाल रिटर्नी एशोसिएशन रामेछाप जिल्ला समयोजकमा बेपत्ता मगर

नेपालअखबार, रामेछाप। नेपाल रिटर्नी एशोसिएशन(समाजवादी) को आज बसेको केन्द्रीय पदाधिकारी बैठकबाट रामेछाप जिल्लाको समयोजकमा ढाल सिंह बेपत्ता मगरलाई तोकिएको छ। रोजगार, अध्ययन, व्यवसायको शिलशिलमा प्रवासमा रहि स्वदेश फर्किएको नेपालीहरुको सङ्गठन नेकपा(एस) को छाता सङ्गठन नेपाल रिटर्नी एशोसिएशनको सङ्गठन बिस्तार देश व्यापी रुपमा बढिरहेको छ। श्रम सीपको सृजनसिलता समृद्ध नेपालको आधार भन्ने मुख्य ध्यय लिएर अघि बढिरहेको सङ्गठन पार्टीको "सङ्गठन तथा सदस्यता बिस्तार अभियान २०२८०" लाई सफल बनाउन अहोरात्र खटिरहेको र प्रवासको ज्ञान,सीप,अनुभवर लगनलाई नेपालको कृषिमा आधुनिकीकरण गर्दै उत्पादनमा युवा सङ्ग हातेमालो र युवा सङ्ग उधमशिलता प्रमुख रहेको र त्यसैलाई मुहूर्त दिन लागि परिरहेको सङ्गठनका केन्द्रीय अध्यक्ष प्रवीण पौडेलले बताए ।...
त्रिशूलीको पुलको लठ्ठा चुँडियो, आवागमन बन्द
प्रशासन, समाचार, समाज

त्रिशूलीको पुलको लठ्ठा चुँडियो, आवागमन बन्द

नेपालअखबार, त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिका-६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ । देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुडिँएकाले पुलबाट आवागमन बन्द गरिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार गत पुस पहिलो साता पुलको लठ्ठामा समस्या देखिएपछि दुईपाङ्ग्रे सवारीसाधनलाई मात्र पुलबाट आउजाउको अनुमति दिइएको थियो । उनले जतिसक्दो चाँडो मर्मतसम्भार गरेर पुल पुनः सञ्चालन हुने प्रतिबद्धता व्यक्त गरे । विदुर नगरपालिका–४ बजारबाट सिधै विदुर–६ मान्द्रेढुङ्गा हुँदै तारकेश्वर गाउँपालिका र धादिङबेँसी पुग्ने छोटो बाटोको उक्त पुल बन्द भएपछि सिमचउर र देवीघाटस्थित धुनिबेँसीको पुल प्रयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ । बट्टार बजारबाट मान्द्रेढुङ्गा हु...
लुम्बिनीमा चिनियाँ दूतावासको शान्ति महोत्सव
समाचार, समाज

लुम्बिनीमा चिनियाँ दूतावासको शान्ति महोत्सव

नेपालअखबार, काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासले लुम्बिनीमा आजदेखि पहिलो अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु गरेको छ । पर्यटन बोर्ड, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटीको सहकार्यमा दूतावासले सुरु गरेको महोत्सवमा शुक्रबार लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवसको आयोजना गरिएको थियो । लुम्बिनीलाई विश्वमा चिनाउन तथा नेपालको पर्यटन प्रवर्द्धन र चीनलगायत विश्वका विभिन्न देशसँग नेपालको मैत्रीपूर्ण सम्बन्धलाई आदानप्रदान गराउने उद्देश्यले यो महोत्सवको आयोजना गरिएको चिनियाँ राजदूतावासको काउन्सिलर वाङ सिनले बताए । शनिबार बिहान लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको आयोजना गर्ने दूतावासले जनाएको छ । प्रतियोगिताअन्तर्गत पुरुषतर्फ ४२ किलोमिटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दुरीको हाफ म्याराथन दौड हुने बताइएको छ । पाँच किलोमिटरको रोड रेस र तीन किलोमिटरको बा...
सुनसरीका पाँच स्थानीय तहमा कर्फ्यू आदेश
प्रशासन, समाचार, समाज

सुनसरीका पाँच स्थानीय तहमा कर्फ्यू आदेश

नेपालअखबार,सुनसरी । सुनसरीको हरिनगरमा झडपपछि प्रशासनले जिल्लाका पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू  आदेश जारी गरेको छ। निमित्त प्रमुख जिल्ला अधिकारीमार्फत् जारी गरेर कर्फ्यू आदेश जारी गरेका हुन्। सुनसरीको भुटाहामा दुई समूहबीचको झडपले उग्र रूप लिएपछि वरपरका स्थानीय तहमा पनि कर्फ्यू लगाइएको हो। घटनास्थलमा  प्रहरीले ८० राउन्ड हवाई फायर गरेको र ४० सेल अश्रु ग्यास प्रहार गरेको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिए।...
दुप्चेश्वरमा लालीगुराँसको जुस उत्पादन
समाचार, समाज

दुप्चेश्वरमा लालीगुराँसको जुस उत्पादन

नेपालअखबार, । नुवाकाेट  नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले लालीगुराँसबाट जुस उत्पादन सुरु गरेको छ। किसानका खेतबारी तथा जङ्गलमा खेर गएका लालीगुराँस सङ्कलन गरेर परीक्षणका रुपमा सुरु गरेको जुस उत्पादन सफल भएको हो । गाउँपालिका अध्यक्ष शंकर थापाका अनुसार उत्पादित जुसको सेवन योग्य प्रमाणीकरणको परीक्षण प्रक्रिया अघि बढाइएको छ। ‘जङ्गलमा प्रशस्त पाइने लालीगुराँसको फूल उपयोगविहीन हुने गरेकामा अब आर्थिकोपार्जनसँग जोड्ने प्रयासमा लागेको छौँ,’ उनले भने, ‘गाउँपालिकाले किसानको आर्थिकस्तर वृद्धिका लागि यो वर्षदेखि सुरु गरेको ‘अध्यक्षसँग किसान सवलीकरण कार्यक्रम’मार्फत लालीगुराँसका फूलको सङ्कलन गरेर जुस उत्पादनमा संलग्न गराउने प्रयासमा लागेका छौं।’ यही साता आएको वर्षा र हावाहुरीले झारेका फूल सङ्कलन गरेर बनाइएको जुसको गुणस्तर मापन हुन बाँकी भए पनि न्यून लागतमा तयार गरिएको जुस गुणस्तरीय प्रमाणित भए...
धनगढी–दिपायल द्रुतमार्ग धमाधम कालोपत्र हुँदै
समाचार, समाज

धनगढी–दिपायल द्रुतमार्ग धमाधम कालोपत्र हुँदै

नेपालअखबार, कैलाली। धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ। सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो। सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले २५ करोड बजेट विनियोजन गरेपछि कालोपत्रको  काम पनि प्रारम्भ गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताए। उक्त सडकखण्ड एक महिनाभित्रै कालोपत्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको उनले जानकारी दिए। धनगढी–स्याउले सडकखण्डको १३ दशमलव ४ र दिपायलको तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ साल वैशाखमा सम्झौता भएको थियो। हाल डोटीको दिपायल तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र भइरहेको छ। आयोजनाअन्तर्गत कैलालीमा ८० प्रतिशत र डोटीमा ६५ प्रतिशत कालोपत्रको काम पूरा भएको छ। धनगढी–स्याउले सडक खण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभीसँग २०७८ मा पिपलचौतारादेख...
अध्यक्षको राजीनामा माग गर्दै गोरखापत्र संस्थानका कर्मचारी आन्दोलित
समाचार, समाज

अध्यक्षको राजीनामा माग गर्दै गोरखापत्र संस्थानका कर्मचारी आन्दोलित

नेपालअखबार, काठमाडौं । गोरखापत्र संस्थानका कर्मचारीहरू कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन् । संस्थान प्रमुखका रूपमा संस्थाको वृहत्तर हित गर्नुपर्नेमा त्यो नगरी व्यक्तिगत स्वार्थसिद्धका लागि आर्थिक तथा प्रशासनिक अराजकता मच्चाएको, विधि प्रक्रिया मिचेर कर्मचारी भर्ना गरेको, सार्वजनिक खरिद ऐनविपरीत वस्तु तथा सेवा खरिद गरेर भ्रष्टाचार गरेकोलगायत आरोप लगाएर त्यहाँ क्रियाशील नेपाल राष्ट्रिय कर्मचारी संगठन–२०६३, प्रेस सेन्टर,  गोरखापत्र शाखा र श्रमजीवी पत्रकार संघ, गोरखापत्र शाखा संयुक्त रूपमा सुवेदीविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । यसअघि चैत १२ गते त्यहाँ क्रियाशील तीनवटै संगठनले सुवेदीको राजीनामा माग गरेर तीनदिने अल्टिमेटम दिएका थिए । उक्त अवधिमा सुवेदीले राजीनामा नदिएपछि चैत १६ गतेबाट कर्मचारीहरू संघर्षमा उत्रिएका हुन् । तीन कर्मचारी संगठनको अ...
नेपालगञ्ज कारागारमा एकजना कैदीको मृत्यु
समाचार, समाज

नेपालगञ्ज कारागारमा एकजना कैदीको मृत्यु

नेपालअखबार, बाँके । नेपालगञ्ज कारागारका एकजना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले बताए । उनका अनुसार आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक जोलाह तीन महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहदै आएका कारागार कार्यालयले जनाएको छ । गत पुस १७ गते मृतक जोलाह पूर्पक्षका लागि कारागार चलान भएका थिए ।...
अन्नपूर्ण क्षेत्रमा एक महिनामा भित्रिए तीस हजार  पर्यटक
पर्यटन, समाचार, समाज

अन्नपूर्ण क्षेत्रमा एक महिनामा भित्रिए तीस हजार पर्यटक

नेपालअखबार, पाेखरा। एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार पाँच सय ३१ जना पर्यटकले गत मार्चमा सो क्षेत्रको भ्रमण गरेका हुन्। अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पदयात्री पर्यटकको रोजाइमा रहेकाले चिसो याम समाप्त भएसँगै पर्यटक आगमन बाक्लिएको एक्यापका प्रमुख डा रविन कडरियाले बताए। ‘वैशाखको अन्त्यसम्ममा यस क्षेत्रमा भित्रने पर्यटकको सङ्ख्या अझ बढ्छ,’ उनले भने, ‘असोज–कात्तिक र चैत–वैशाख पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ।’ यी दुवै याममा अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको उनले बताए। अघिल्लो वर्ष एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए। यो संख्य...
ताइवानमा २५ वर्षपछि शक्तिशाली भूकम्प, ठूला भवनमा क्षति
विश्व, समाचार, समाज

ताइवानमा २५ वर्षपछि शक्तिशाली भूकम्प, ठूला भवनमा क्षति

नेपालअखबार, काठमाडौं । ताइवानमा भूकम्पबाट केही भवनहरु भत्किएका छन् । तर मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ । प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु भएको छ भने ५० हजार जना घाइते भएका छन् । सामाजिक सन्जालहरुमा सेयर गरिएका फोटो र भिडियोहरुमा बहुतले बिल्डिङहरु भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पनि तिनै फोटो र भिडियोहरुलाई प्रयोग गरी प्राथमिकताका साथ सामाचार प्रकाशित गरेका छन् । बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि भूकम्पका ठूला झड्का महसुस भएका थिए । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ७.४ म्याग्निच्युडको भूकम्पपछि ६.५ म्याग्निच्युडको अर्को ठूलो धक्का महसुस भएको थियो । स्थानीयलाई करिब एक हप्तासम्म यस्तै खालका परकम्पहरु आउन सक्ने...