कपडा पत्रकारिता पुरस्कार पत्रकार भीम थापालाई
नेपालअखबार, पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्कीको अध्यक्षमा गजेन्द्रमान श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिवार सम्पन्न एसोसिएसनको २१ औँ साधारण सभा तथा ११ औँ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा लेखनाथ पौडेल, उपाध्यक्षमा रामचन्द्र तिमिल्सीना, महासचिवमा चोक बहादुर गुरुङ, सचिवमा पूर्ण बहादुर थापा र कोषाध्यक्षमा सुदर्शन बाटाजुलाई सर्वसम्मत चयन भएका छन् ।
एसोसिएसनको सदस्यहरूमा रजनी चापागाईँ, ममता गुरुङ, दीपेन्द्रराज आचार्य, मीनराज तिमिल्सीना, नारायण प्रसाद अधिकारी चयन भएका छन् । शनिवार नै बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले रोशन आचार्य र वीरेन्द्र आचार्यलाई सदस्यमा मनोनीत गरेको छ भने, बाबुलाल अग्रवाल र विकास भालोटियालाई आमन्त्रित सदस्यमा चयन गर्ने निर्णय समेत गरेको छ ।
यसअघि एसोसिएसनको २१ औँ साधारण सभा एवं ११ औँ अधिवेशनको उद्घाटन गर्द...










