Saturday, May 9

समाज

चिसो बढेपछि बेदकोट नगरपालिकाका विद्यालय बन्द
समाचार, समाज

चिसो बढेपछि बेदकोट नगरपालिकाका विद्यालय बन्द

नेपालअखबार, कञ्चनपुर। कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो । ‘अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट बिदा माग भएको हो ।’ नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाले भनिन्, ‘त्यही मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय गरेको हो।’ उनका अनुसार पुस १७ देखि माघ २ गतेसम्मका लागि विद्यालय बन्द गरिएका हुन् । चिसोका कारण विद्यार्थीलाई विद्यालय आउनजान समस्या भएपछि प्रधानाध्यापकहरूको भेलाले बिदा माग गरेको थियो।...
मिटर ब्याज पीडितद्वारा आन्दोलन घोषणा
समाचार, समाज

मिटर ब्याज पीडितद्वारा आन्दोलन घोषणा

नेपालअखबार, जनकपुर। सिराहाका मिटर ब्याज घटना पीडितहरु आन्दोलन घोषणा गरेका छन् । आफूहरुको मागप्रति सरकार वेवास्ता गरिरहेको भन्दै मधेश प्रदेश मिटर ब्याज घटनाका संघर्ष समितिले मंगलबारदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार गोलबजारमा दबाबमूलक र्‍याली प्रदर्शन गर्ने उनीहरूले बताएका छन् । त्यसपछि थप आन्दोलनका कार्यक्रम तय गरी सशक्त रुपले संघर्ष थाल्ने संघर्ष समितिका मधेश प्रदेश संयोजक मनोज पासमानले बताए । मिटर ब्याज घटनालाई सञ्चारमाध्यमले व्यापक रुपमा उठाएपछि सरकारले कार्यदल गठन गरेको थियो । त्यसपछि पीडितहरुलाई सरकारले जिल्ला प्रशासनमा उजुरी दिनसमेत लगाएको थियो । तर, पीडितहरु अझैसम्म न्याय पाएको गुनासो गरिरहेका छन् ।...
नेपाली मौलिकतालाई जोड दिँदै पोखरामा सडक महोत्सव
समाचार, समाज

नेपाली मौलिकतालाई जोड दिँदै पोखरामा सडक महोत्सव

नेपालअखबार, पाेखरा । पश्चिमा संस्कृतिको प्रभावले नेपाली मौलिकता र परम्पराहरू ओझेलमा पर्दै गएको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरिरहेको समयमा पोखरामा पछिल्लो समय परम्परा झल्किने र लोपोन्मुख हुँदै गएका परम्परागत सामग्रीहरु प्रदर्शनमा राखेर नयाँ पुस्तालाई बुझाउने प्रयास  गरिएको छ । यतिबेला पोखराको लेकसाइड रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा २४ औँ संस्करणको सडक महोत्सव चलिरहेको छ । तेइस वर्ष अगाडि ‘सडक मै खाऔँ, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ सुरु भएको यो महोत्सवले सडकमै नाचगानसँगै खानासँग रमाउन पाइन्छ । रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखराको ब्रान्डको रूपमा स्थापित यस महोत्सवलाई व्यापारिक दृष्टिकोणबाट भन्दा पनि पोखराको रहनसहन संस्कृति, पर्यटकीय गन्तव्य र खाना संस्कृतिको विकास र प्रवर्द्धनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ निरन्तरता दिँदै आएको बता...
सडकले फेरियो दुर्गम बोबाङ गाउँको मुहार
समाचार, समाज

सडकले फेरियो दुर्गम बोबाङ गाउँको मुहार

नेपाल अखबार,  ढोरपाटन। पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशक अघिसम्म मोटरबाटो पुगेको थिएन । विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो । यहाँका मानिस खाद्यान्न ढुवानीका लागि स्थानीय घोडा खच्चड प्रयोग गर्थे भने दैनिक उपभोग्य सामान जुटाउन बुर्तिबाङ बजारमा झर्नु पर्थ्यो। तर अहिले बोबाङमा यो समस्या छैन । पशुपालन र खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका स्थानीयहरुको जीवनशैली पनि बदलिएको छ । विकासले बिस्तारै गति लिँदै गएपछि विकासका पूर्वाधारहरु पनि थपिँदै गएका छन् । स्थानीय पनि शिक्षित बन्दै गएका छन् । यहाँका स्थानीयहरु घुम्ती बसाइँ गर्ने हुँदा बोबाङगाउँमा विकासले गति लिन सकेको थिएन । हिउँदमा बोबाङ र वर्षातको समयमा ढोरपाटन बस्ने हुँदा यहाँ सडक सञ्जाल पनि ढिला पुगेको थियो । ढोरपाटन नगरपालिका–७, ८ र ९ मा पर्ने यो गाउँ हेर्दा बजारभन्दा कम छैन । बहुप्रतिक्षित ढोरपाटन सिकार ...
पनौतीको ६१ प्रतिशत माटोमा अम्लियपन
कृषि, समाचार, समाज

पनौतीको ६१ प्रतिशत माटोमा अम्लियपन

नेपालअखबार, पनौती। पनौती नगरपालिकाको माटोमा ६१ प्रतिशत माटोमा अम्लियपन भएको पाइएको छ । नगर क्षेत्रका चार सय ६१ कृषकको खेतबारीमा चार दिन लगाएर गरिएको माटो परीक्षणमा माटोमा अम्लियपन देखिएको हो ।  प्रदेश राजधानी हेटौंडास्थित माटो तथा मल परीक्षण प्रयोगशाला तथा पनौती नगर कृषि तथा पशुपक्षी शाखाको संयुक्त आयोजनामा माटो परीक्षण गरिएको थियो । प्रयोगशालाका विज्ञ डा जनार्दन खड्काले पनौतीको माटोमा अत्यधिक अम्लियपना देखिएकाले यसलाई समस्याग्रस्त माटोका रुपमा लिइएको बताए । “युरियालगायतका रासायनिक मल कम गरी कम्पोष्ट मलको अधिकतम प्रयोग गर्नु राम्रो हुन्छ”, खड्काले भने । पनौतीको माटोको अम्लियपना कम गर्न प्रयोशालामार्फत् २१ मेट्रिक टन कृषि चुन उपलब्ध गराइने खड्काले बताए । साथै प्रयोगशालाले समस्याग्रस्त माटो सुधार गर्न ‘भकारो सुधार’ कार्यक्रम सञ्चालन गरिने योजना बनाएको छ । खड्काले पनौतीका कृषकले आफ्...
हिमाली भू-भागमा हिमपात, तराईमा हुस्सुको सम्भावना
समाचार, समाज

हिमाली भू-भागमा हिमपात, तराईमा हुस्सुको सम्भावना

नेपालअखबार, काठमाडाैं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा​ हुस्सु लागेको छ । आज  दिउँसो प्रदेश १ र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ को  हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने प्रदेश १  र सुदूरपश्चिम प्रदेशको  हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हिमाली भू-भागमा हिमपात र तराईका केही  भू-भागमा  हुस्सु लाग्दा दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
मुगुमा पनि चिसोका कारण गाउँ छोड्दै स्थानीय
समाचार, समाज

मुगुमा पनि चिसोका कारण गाउँ छोड्दै स्थानीय

नेपालअखबार, मुगु । मुगुमा कार्मारोङ गाउँपालिकाको उच्च हिमाली बस्तीका स्थानीय चिसोले गाउँ छोड्न बाध्य भएका छन् । मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयलाई हरेक वर्ष हिउँद आफ्नो जन्मथलो छोडेर बाहिरिने गरेका छन् । कठ्याङग्रिँदो जाडोसँगै हिमपातले गर्दा हिउँदमा गाउँ बस्न नसकिने भएपछि मङसिर, पुस, माघ र फागुन तीन महिना गाउँ छोडेर महिला पुरुष बालबालिका वृद्धाहरु बेंसीतिर झर्ने गरेपछि उक्त हिमाली बस्तीहरु सुनसान देखिने गरेका छन् । यतिबेला मुगु, चितै, डोल्फु, किम्री, कार्ति लगायत बस्तीका स्थानीय बेंसीमा झरिसकेका छन् । हिउँदमा गाउँ छोडेर कोही मुगु गमगढी, जुम्ला, काठमाडौं, सुर्खेत, नेपालगञ्जतिर कोही भारत कुल्लीमुलालीतर्फ गएका छन् । गर्मी मौसम सुरुवात भएसँगै पाटन क्षेत्र, बन जंगलमा जडिबुटी यार्सा टिप्ने मौसम प्रारम्भ भएपछि बेंसी झरेका स्थानीय गाउँतिर फर्किने गरेका छन्। चिसोले गर्दा यहाँका स्थानीय हरे...
ताप्लेजुङमा तीन घर जलेर नष्ट
अर्थ, समाचार, समाज

ताप्लेजुङमा तीन घर जलेर नष्ट

नेपालअखबार, ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाँउपालिका–१ थिङ्लाबुमा आगलागीका कारण तीन घर जलेर नष्ट भएका छन् । आज भएको आगलागीका कारण भक्तराज चोङवाङ, बलबहादुर चोङवाङ र वीरध्वज चोङवाङको घर जलेर नष्ट भएको स्थानीय शिक्षक गणेश एभेङले जानकारी दिए । भक्तराज र बलबहादुरको तीन तले र वीरध्वजको दुई तले घरसहित घरभित्र रहेका सामान जलेर नष्ट हुँदा लाखौँको क्षति भएको स्थानीयले बताए । तीन वटा घर नजिक नजिक रहेकाले एकै समयमा जलेर नष्ट भएको जनाइएको छ । घटनाको स्थलगत अनुसन्धानका लागि सान्थाक्रा प्रहरीचौकीबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागीको कारण खुलेको छैन । यस्तै क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...
अनेरास्ववियु बाजुराले स्व. चेतनदिप अयडीको सम्झनामा स्मृति पार्क निर्माण गर्ने
समाचार, समाज

अनेरास्ववियु बाजुराले स्व. चेतनदिप अयडीको सम्झनामा स्मृति पार्क निर्माण गर्ने

नेपालअखबार, बाजुरा।अनेरास्ववियु बाजुराले स्व. चेतन अयडीको सम्झनामा स्मृति पार्क निर्माण गर्ने निर्णय गरेको छ। बुधबार  नेकपा एमाले जिल्ला कमिटी पार्टी कार्यालय मार्तडीमा बसेको बैठकले उक्त निर्णय गरेको अनेरास्ववियु बाजुराका अध्यक्ष दिलबहादुर थापाले जानकारी दिए। संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी त्रिवेणी नगरपालिकाको–७ मा पार्क बनाउने निर्णय भएको हो। गत मंसिर ४ गते त्रिवेणी नगरपालिकाको ७ को मतदान केन्द्रमा भएको चुनावको विषयलाई लिएर भएको विवादका क्रममा अनेरास्ववियुका नेता अयडीको कुटपिटबाट हत्या भएको थियो। हत्यामा संलग्न रहेको आरोपमा १० जनालाई प्रहरी पक्राउ गरेको छ। अयडी हत्यामा किटानी जाहेरी परेका अझै १४ जना पक्राउ पर्न बाँकी छन्।...
बागलुङमा २ घन्टा भित्र ३ ठूला भुकम्पको झड्का
समाचार, समाज

बागलुङमा २ घन्टा भित्र ३ ठूला भुकम्पको झड्का

नेपालअखबार, बागलुङ। बागलुङमा भूकम्पका तीन ठूला झट्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार बागुलङलाई केन्द्र बनाएर ४.७, ५.३ तथा ४ रेक्टर स्केलका तीन भूकम्पको झट्का महसुस गरिएको हो। केन्द्रका अनुसार बागलुङको अधिकारी चौरको वरपर गएराति १:२३ बजे ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो। यस्तै बागलुङकै खुंगामा केन्द्र बनाएर राति २:०७ बजे ५.३ रेक्टरको भूकम्प गएको केन्द्रले जनाएको छ। त्यसपछि बिहान ३:२८ बजे अधिकारी चौर नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ। भूकम्पले पुर्‍याएको क्षतीका बारेमा कुनै पनि जानकारी प्राप्त भएको छैन।...