Wednesday, May 6

समाज

सेती नदीमा पक्की पुल निर्माण गरिँदै
समाचार, समाज

सेती नदीमा पक्की पुल निर्माण गरिँदै

नेपालअखबार, पाेखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ र ३ जोड्ने गरी रातोपानीस्थित सेती नदीमा पक्की मोटरेवल पुल निर्माणको काम सुरु भएको छ । सो स्थानमा पुल नहुँदा वडा नं २ सार्दिखोलाका बासिन्दा गाउँपालिकाको प्रशासकीय कार्यालय लाहाचोक आउजाउका लागि पोखरा पुग्नुपर्ने बाध्यता छ । लामो समयको प्रतिक्षापछि अहिले पुल निर्माणको काम अघि बढेपछि स्थानीय उत्साहित छन् । सेतीमा पुल नहुँदा झोलुङ्गे पुलबाट जोखिम मोलेर मोटरसाइकल वारपार भए पनि ठूला सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदैआएको छ । माछापुच्छ्रे–२ सार्दिखोलाका पुष्पराज गौतमले प्रदेश सरकारबाट बजेट विनियोजन भएर पुल निर्माणको काम भइरहेको बताए । उनले भने, “पुल नहुँदा हामीलाई धेरै सास्ती थियो, गाउँपालिका मुकाम जानसमेत पोखरा भएर जानुपर्ने बाध्यता छ । अहिले पुल निर्माणको काम सुरु हुँदा खुशी छौँ । यसै वर्षभित्र  पुलको काम सकिए अर्को बर्खायामा सहज हुन्थ्...
आज गोवर्द्धन पूजा, गोरु, बलि र हली पूजा गरिँदै
धर्म/संस्कृति, समाचार, समाज

आज गोवर्द्धन पूजा, गोरु, बलि र हली पूजा गरिँदै

नेपालअखबार । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । बलि, हली एवं गोरु पूजा भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप प...
शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी
अर्थ, कृषि, समाचार, समाज

शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

नेपालअखबार, भरतपुर । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बिघामा फूल रोप्नुभएको छ । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ । पाख्रिनले भने, ‘गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्‍याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको झनै अपुग भयो ।’ कृतिम फूल प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको उनले बताए । तिहारको अवधिभर १२ हजार फूलको माला बिक्री हुने पाख्रिनको विश्वास छ । जसबाट रु छ लाखभन्दा माथि आम्दानी हुने उहाँले बताउनुभयो । पाख्रिनले १८ वर्षदेखि व्यवसायीकरुपमा सय...
सयपत्री र मखमली नफुल्दा प्लास्टिकको फूल किन्न बाध्य
समाचार, समाज

सयपत्री र मखमली नफुल्दा प्लास्टिकको फूल किन्न बाध्य

नेपालअखबार, काठमाडाैं । तिहारका बेला फुल्नुपर्ने फूल यसपटक ढिलो गरी फुल्न लागेपछि तेह्रथुमबासी प्लास्टिकका फूलमाला किन्न बाध्य छन्। फूलैफूलको पर्व तिहारमा फूल ढिला गरी फुलेपछि म्याङ्लुङमा व्यवसायी र उपभोक्ता चिन्तित छन्। समयमै फूल नफूल्दा घर सजाउन र भाइटिकाका लागि फूलको अभाव भएको छ। तिहारमा आवश्यक फूल नहुँदा यसवर्ष प्लाष्टिकका कृत्रिम फूलहरूको भर पर्नु परेको छ। थर गाउँपालिका-५ की सावित्रा पौडेलले गुनासो गरिन्। हर्कमाया दाहाल पनि तिहारका लागि बारीमा रोपेको फूल नफूलेपछि चिन्तामा छिन्। ‘यसपटक फूलमा गरेको मेहेनत खेर जाने भयो। सबै फूल खोज्न आउँछन् तर रित्तो हात फर्काउनुपरेको छ,’ उनले भनिन्, ‘गाउँमै फूल नहुँदा यो वर्ष फूलको अभाव खेप्नु परेको छ।‘ सरकारले साउन १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा पूर्णरूपमा रोक लगाउने निर...
स्वदेशी बिजुलीले नै उज्यालो बन्यो दीपावली
समाचार, समाज

स्वदेशी बिजुलीले नै उज्यालो बन्यो दीपावली

नेपालअखबार, काठमाडाैं । ठीक छ वर्षपहिले अर्थात् २०७३ सालमा हरेक साता विद्युत्भार कटौतीका सूचना सार्वजनिक हुन्थे । तिहार उज्यालोको पर्व । यसको आफ्नै गरिमा र महत्व छ । तर तिहारका अवसरमा समेत नेपालीले मैनबत्तीको भरमा आफ्नो खुसी साट्नु पर्दथ्यो । बिजुली उपलब्ध गराउने जिम्मा लिएको नेपाल विद्युत् प्राधिकरण हरेक साता सूचना प्रकाशित गरेर आनन्दसँग निदाउँथ्यो । समय बदलियो, अवस्थामा पनि परिवर्तन आयो । तत्कालीन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले लिएको नीतिका कारण २०७३ सालको लक्षमी पूजाको दिनदेखि काठमाडौँ उपत्यकाबाट विद्युत्भार कटौती अन्त्य भयो । सरकारले जनताका सामु गरेको वाचालाई पूरा ग¥यो । त्यो वाचा पूरा गराउन हालका अर्थमन्त्री एवम् तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको पहलकदमी पनि उत्तिकै महत्वपूर्ण थियो । प्राध...
झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई किशोरको मृत्यु
समाचार, समाज

झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई किशोरको मृत्यु

नेपालअखबार, जनकपुर। दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा सोमबार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका-२२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका-९ निवासी १४ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ । दुबै जना आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर घाइते थिए। गम्भीर घाइते मिश्र र यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषामा प्रबक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।...
घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु
समाचार, समाज

घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु

नेपालअखबार, वीरगञ्ज । पर्साको बिन्दबासिनी गाउँपालिकामा घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु भएको छ । बिन्दबासिनी गा.पा. वडा नं. ३ इटियाही टोल बस्ने उमेश दासको छोरा १६ वर्षीय  अरबिन्दकुमार दासको मृत्यु भएको हो । सोमबार दिउँसो सवा ३ बजे उनी बाख्रालाई खुवाउन अम्बकको बोटतिर गएका थिए । त्यसक्रममा निर्माणाधीन उक तले  घरको झ्याल बाहिर जडान भई नसकेको स्ल्यापमा टेकेका थिए ।  जडान नभएको स्ल्याप अचानक खुस्किन गई  जमिनमा लडेर गम्भिर घाइते भएका थिए । प्रहरीले  उद्धार गरी उपचारार्थ बाराको प्रसौनीस्थित एल.एस.न्युरो अस्पताल पुर्‍याएको थियो । अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । ...
आज खण्डग्रास सूर्यग्रहण लाग्दै, ग्रहण लगेको बेला के गर्ने, के नगर्ने ?
समाचार, समाज

आज खण्डग्रास सूर्यग्रहण लाग्दै, ग्रहण लगेको बेला के गर्ने, के नगर्ने ?

नेपालअखबार, काठमाडाैं। कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४:५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६:४५ बजे छोड्नेछ । शास्त्रीय मान्यताअनुसार सोमबार राति ४:५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए  ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्न हुन्छ । ...
श्री भैरव सास्कृतिक संरक्षण समिति र लायन्स कलब अफ पोखरा भैरव को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
समाचार, समाज

श्री भैरव सास्कृतिक संरक्षण समिति र लायन्स कलब अफ पोखरा भैरव को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

नेपालअखबार, पाेखरा । श्री भैरव सास्कृतिक संरक्षण समिति र लायन्स कलब अफ पोखरा भैरव को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं २ भैरवटोलस्थित श्री १२ भैरव मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् । सो कार्यक्रममा लायन्स क्लब ईन्टरनेस्नल डिष्टिक ३२५ के नेपालको डिष्टिक गर्भनर राजेन्द्र कुमार बाटाजु प्रमुख अतिथि थिए । उक्त रक्तदान कार्यक्रममा १२ भैरव समितिका सदस्य स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवीलगायत उपस्थित रहेका कार्यक्रमका सभापति सुकदेव गौतमले जनाकारी दिए । कार्यक्रममा बोल्दै श्री भैरव सास्कृतिक संरक्षण समितिका अध्यक्ष कृष्ण बहादुर प्रधानांकले रक्तदान अन्यन्त पुण्यको काम रहेको र रक्तदानबाट व्यक्तिलाई दोहोरो फाइदा हुने बताए । उनले शरीरमा नष्ट भएर जाने रगत दान गर्दा शरीर स्फूर्त हुने र रक्तदान नगर्नेको तुलनामा रक्तदान गर्ने व्यक...
पत्रकार श्रेष्ठ ड्यामसाइड वर्ष पुरस्कार– २०७९ द्वारासम्मानित
समाचार, समाज

पत्रकार श्रेष्ठ ड्यामसाइड वर्ष पुरस्कार– २०७९ द्वारासम्मानित

नेपालअखबार, पाेखरा । ड्याम साइड क्लवको आयोजनामातिहार विशेष साँस्कृतिक साँझ–२०७९ सम्पन्नभएको छ । पोखरा – १७ स्थित क्लवले आइतबार ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रर्वद्धनमा टेवापु¥याऔं’ भन्ने नाराका साथनेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अवसर पारेर कार्यक्रमआयोजना गरेको हो । साँझ ९ बजेसम्म सञ्चालनभएको कार्यक्रममागायककर्णदास, हाँस्यकलाकार सुमन कार्की, पोखरेलीउदयमानकलाकार सौगात गुरुङ, ब्लु डायमण्ड सोसाइटी तथालोक नृत्य कलाकार संघका कलाकारहरुको बेजोड प्रस्तुतीमादर्शकहरु झुमेका थिए । २०५९ सालमा स्थापनाभएको क्लवले विद्यालयमाअध्ययनरत आर्थिक स्थिति कमजोर भएकाबालबालिकाहरुलाई निःशुल्क फुटबलसम्बन्धी प्रशिक्षण दिनुका साथै फुटबललाई केन्द्रमा राखेर विभिन्नकार्यक्रमहरु गर्दैआइरहेको क्लवकाअध्यक्षअध्यक्षप्रताप गुरुङले बताए । पत्रकार श्रेष्ठ ड्यामसाइड बर्ष पुरस्कार– २०७९ द्वारा सम्मानित पत्रकारदीपेन्...