अविरल वर्षाले पोखरा हेम्जाका ३०० घर डुबानमा
नेपालअखबार, पाेखरा । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दा बढी घर डुबानमा परेका छन्।
वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरी चोक र म्याग्दी चोकका घर डुबानमा परेको वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताए।
यसैगरी पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्णरुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा छ। डुबान र पहिराका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले बताए।
बस्तीमा बाढी पस्न थालेपछि राति नै स्थानीय सुरक्षित स्थानतर्फ लागेकाले मानवीय क्षति हुन पाएको थिएन।
‘भारी वर्षापछि नहर फुटेर बस्तीमा पस्दा र खहरे खोला उर्लिएर आउँदा घर डुबानमा परेका छन्। पहिराले दुई घर र कृषि र पशुपक्षीतर्फ धेरै क्षति पुर्याए पनि मानवीय क्षति भएको छैन,’ उनले भने।
घर डुबानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा लगिए...










