Monday, April 27

समाज

सम्बन्धविच्छेदको कारण बन्यो वैदेशिक रोजगारीको कमाइ
समाचार, समाज, हाइलाइट-समाचार

सम्बन्धविच्छेदको कारण बन्यो वैदेशिक रोजगारीको कमाइ

नेपाल अखबार, मकवानपुर । वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ । वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव २०७६/७७ मा जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि ५३१ मुद्दा दर्ता गरिएको थियो । तीमध्ये ३०० मुद्दा फर्छ्योट गरी पत्नी र पतिबीच सम्बन्धविच्छेद गरिएको जिल्ला अदालत मकवानपुरले जनाएको छ । जिल्ला अदालतमा अघिल्लो आव २०७४/७५ मा दर्ता भएका ५१२ सम्बन्धविच्छेदका मुद्दामध्ये अदालतले ३३३ मुद्दा फर्छ्योट गरेको थियो । जिल्ला अदालतमा विवाहित पत्नीहरुले पतिबाट पारिवारिक हिंसा, दुर्व्यवहार गर्नुका साथै खान लगाउन नदिएको भनी सम्बन्धविच्छेद गरी पाऊँ भनी दिएको निवेदनअनुसार जिल्ला अदालतको इजलासमा कानूनी बहस हुँदा आर्थिक र पारिवारिक विवादको कारणब...
स्वास्थ्यकर्मीमाथि कार्यालयमै कुटपिट
समाचार, समाज

स्वास्थ्यकर्मीमाथि कार्यालयमै कुटपिट

नेपाल अखबार, बैतडी। बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ स्वास्थ्यचौकी  अन्तर्गतको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि कुटपिट भएको हो । स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेको भट्टले बताइन । पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरले कुटपिट गरेको हो । स्थानीय एक बृद्धा बिरामीलाई स्लाईन चढाइरहेका र सोही बेला ती युवकले कुटपिट गरेको उनले बताए । उनले भने, “बृद्धा आमा कान नसुन्ने र उनीसँग ठूलो स्वरले बोल्दा स्वास्थ्यकर्मीले सेवा दिने तरिका यही हो भनेर गालीगलैच गर्दै कुटपिट गरे ।” ती युवाको कुटपिटबाट जानकीको हातको औला भाचिँएको, मुख, छाति र टाउकोमा चोट लागेको छ । उनको हाटमा उपचार भइरहेको छ । आफू अहिले न्यायको खोजीका लागि नगरपालिका...
धनगढी आसपासका क्षेत्र जलमग्न
समाचार, समाज

धनगढी आसपासका क्षेत्र जलमग्न

नेपाल अखबार, कैलाली । गएराति देखिको लगातारको वर्षाका कारण धनगढी आसपासका क्षेत्र जलमग्न भएका छन् ।  धनगढीको विशालनगर, मिलनचोकलगायत बस्ती, २ को मालिका टोल, कृष्णनगर, सरस्वती टोल, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टिको बस्ती, ४ को उत्तरबेहडी र शिवनगरलगायत बस्ती जलमग्न भएका हुन् । भारी वर्षाले सडक तथा नाली पूरै भरिएर सडकमा हिँड्ने अवस्थासम्म नभएको धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासी दिजराज अवस्थीले बताए । उनले भने, “अव्यवस्थित तथा पुराना नालीका कारण अलि बढी पानी परेपछि निकासा हुन नसकेर हरेक वर्ष बर्सातमा यस्तो अवस्था सिर्जना हुने गरेको छ ।” पानी निकासा हुने गरेका जमानादेखिका खोला, नालाहरु अतिक्रमण भएका कारण पनि वर्षैपिच्छे यहाँका बस्ती डुबानमा पर्ने गरेको स्थानीयवासीको भनाइ छ । कतिपयले ढलको व्यवस्थापन नभई सडक पिच हुने गरेका कारण पनि बस्ती अक्सर डुबानमा पर्ने गरेको औँल्याएका छन् । डुबानबाट स...
साउन १९ गतेदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग पुनः सञ्चालनमा
समाचार, समाज

साउन १९ गतेदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग पुनः सञ्चालनमा

नेपाल अखबार, रसुवा। पहिरोका कारण यही साउन १९ गतेदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा आएको छ । धुञ्चे–स्याफ्रुबीच ठूलोभार्खु डाँडामा सडक सतहमा भाँसिन गई  राजमार्ग आवरुद्ध भएको थियो ।  राजमार्गको कुनातर्फबाट नयाँ ट्र्याक तयार गरी आइतबारबाट सवारी यातायात सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । राजमार्ग खुला भएलगत्तै रोकिएर बसेका मालबाहक कन्टेनर राजधानी काठमाडौँ प्रस्थान गरिसकेको ट्राफिक प्रहरीले जनाएको छ ।ती कन्टेनरमा स्याउ रहेका छन् । पहिरोका कारण टिमुरेमा रोकिएको स्वास्थ्य सामग्री बोकेका तीन वटा कन्टेनर पनि आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् । प्रजिअको सक्रियताले छिटो राजमार्ग सञ्चालन हुँदा  समुदायमा उत्साह बढेको स्थानीय बुद्धिजीवी ल्हाक्पा थोक्राले बताए । रासस...
मध्यपहाडी पुष्पलाल लोकमार्गमा जोखिमै जोखिम
समाचार, समाज

मध्यपहाडी पुष्पलाल लोकमार्गमा जोखिमै जोखिम

नेपालअखबार, बाग्लुङ। मध्यपहाडी पुष्पलाल लोकमार्गको घोडाबाँधे–हटिया २० किमी खण्ड कालोपत्र भएको चार वर्ष पुग्यो । नियमित मर्मत तथा सुधार नहुँदा सडक लगभग पूर्ववत् स्थितिमा फर्केको छ । नालीको नामोनिसान छैन । पर्खाल जीर्ण छन् । नयाँ–पुराना पहिराले सडक कुरुप बनेको छ । कालोपत्र उप्केको छ । सडकभर खाल्डाखुल्डी छन् । यात्रामा पाइलैपिच्छे जोखिम छ । यसपालिको अधिक वर्षाले त झन सडकलाई क्षतविक्षत तुल्याएको छ । गलकोट नगरपालिका–१ र २ मा गरी चार ठाउँमा लोकमार्ग भासिएको छ । जम्दारे, भुङ्खानी, चौराहा र साइनपाटन सामुदायिक वन क्षेत्रमा उच्च जोखिम छ । जम्दारेको घुम्तीमा सडक भाँसिएपछि ठूला सवारी वारपार गर्न सक्ने स्थिति छैन । साँघुरिएको सडकमा बल्लतल्ल साना सवारी चल्छन् । “गाडी चलाउने जस्तो बाटै छैन, नचलाउँ किस्ता कसरी तिर्ने ?”, जीप चालक राजेन्द्र विकले भने । कालोपत्र भएको अर्को वर्षदेखि नै सडक बिग्रँदै गएको उनको...
तीन दिन वर्षाको सम्भावना आवश्यक सतर्कता अपनाउन आग्रह
समाचार, समाज

तीन दिन वर्षाको सम्भावना आवश्यक सतर्कता अपनाउन आग्रह

नेपाल अखबार, पाेखरा। मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित छ । हाल देशका अधिकांश भू–भागहरुमा  समान्य देखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका केही स्थानहरुमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गको सम्भावना रहेको साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका का एक वा दुई  स्थानहरूमा भारी वर्षाको समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । सोमबार देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाक...
काली गण्डकीको कटानले बेनीबजार जोखिममा
समाचार, समाज

काली गण्डकीको कटानले बेनीबजार जोखिममा

नेपाल अखबार, म्याग्दी। काली गण्डकी नदीको कटानका कारण म्याग्दी सदरमुकाम बेनीबजार जोखिममा परेको छ। कटान रोकथामका लागि नदी किनारमा निर्माण गरिएको तटबन्ध पर्खाल बाढीले भत्काएपछि बेनीबजारमा जोखिम बढेको हो। करिब १० मिटर दूरीमा लगाइएको ग्यावियन पर्खाल बगाएर नदीले बजारतर्फ कटान गर्न थालेको छ। नदीले धार परिवर्तन गरेर पर्खाल भत्काएपछि बजारतर्फ कटान गर्ने र थप पर्खाल भत्काउने खतरा बढेको स्थानीय रमेश श्रेष्ठले बताए। गत वर्ष रुपाताल एकीकृत संरक्षण परियोजनाले उपभोक्ता समितिमार्फत निर्माण गरेको तटबन्ध बाढीले भत्काएको हो। यसअघि सो ठाउँमा निर्माण भएको पक्की पर्खाल ०७५ भदौ २७ गते रघुगङ्गा नदी थुनिएर आएको बाढीले भत्काएको थियो। बाढीको कारण गणेशटोलको पछाडिको भागमा कटानको जोखिम बढेको छ। तत्काल नियन्त्रणको प्रयास नगरे कालीगण्डकीले बजारलाई कटान गर्ने खतरा बढेको स्थानीयले बताएका छन्। कटान रोकथामका लागि रुपाताल एकी...
सोलुखुम्बुमा हिमताल फुट्यो, सोलु खोलामा ठूलो बाढी
समाचार, समाज

सोलुखुम्बुमा हिमताल फुट्यो, सोलु खोलामा ठूलो बाढी

नेपाल अखबार,सोलुखुम्बु । सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका १ र २ को सिमानामा रहेको चोकर्मा ताल (सेतो पोखरी) फुटेको छ। चोकर्मा हिमताल फुट्दा सोलु खोलामा शुक्रबारदेखि पानीको बहाब बढेको सोलु दूधकुण्ड नगरपालिकाका मेयर नामगेल जाङ्बु शेर्पाले जानकारी दिए। ‘शुक्रबार बिहान सोलु खोलामा आकस्मिक रुपमा लेदोसहितको बाढी आयाे, एउटा चौरी गोठ पनि बाढीले बगायो। स्थानीयले दूधकुण्ड फुटेकाले बाढी आएको आशंका गरेका थिए,’ आइतबार बिहान मेयर शेर्पाले नेपालखबरसँग भने, ‘तर पछि स्थानीय दावा शेर्पासहित ५\६ जना स्थानीयबासीको समूहले स्थलगत अध्ययन गर्दा दूधकुण्ड नभएर चोकर्मा ताल फुटेको पाइयो।’ उनले तालको एक छेउ मात्र फुटेको कारण सबै पानी बग्न नपाउँदा क्षति कम भएको बताए। ‘चोकर्मा तालमा पानी धेरै छ। दूधकुण्ड भन्दा पनि यो ताल ठूलो छ,’ उनले भने। पाँच हजार पाँच सय मिटरको उचाइमा रहेको चोकर्मा तालको सबै पानी बाहिरिए सोलु खोल...
आइतबारको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा
समाचार, समाज

आइतबारको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा

नेपाल अखबार, पाेखरा। जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । पूर्वानुमानका अनुसार हाल देशका अधिकांश भूभागहरुमा  समान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा बर्षा भइरहेको छ। साथै, सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षा पनि  भइरहेको मौसम विज्ञान विभागले जनाएको छ । मौसम विज्ञान विभागले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । साथै, प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र  सुदुरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत हुनसक्ने पूर्वानुमान गरिएको छ । यसैगरी, राति देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण वदली र...
चाेरी गर्न आएकाे समूहबाट महिला बलात्कृत, हतारमा छोडेको मोबाइलले पक्राउ
समाचार, समाज

चाेरी गर्न आएकाे समूहबाट महिला बलात्कृत, हतारमा छोडेको मोबाइलले पक्राउ

नेपाल अखबार,  नुवाकोट। नुवाकोटको शिवपुरी गाउँपालिकामा गत चैतमा पाँच जनाको समूहमा आएका व्यक्तिले एक महिलालाई बलात्कारपश्चात् चोरी गरी फरार रहेका आरोपितलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ। शिवपुरी गाउँपालिका–५ स्थित कुखुरे घर भएकी ३७ वर्षीया एक महिलालाई गत वर्ष ०७६ चैत महिनाको २ गतेका दिन आफ्नै घरमा सुतिरहेका अवस्थामा चार/पाँच जनाको समूहले पीडित महिलालाई पालैपालो जबर्जस्ती करणी गरी दराजभित्र रहेको नगद पैसा र मोबाइल फोन चोरी तथा डाँका गरी फरार रहेका प्रतिवादीलाई नुवाकोट प्रहरीले धमाधम पक्राउ गरिरहेको छ। घटनापश्चात् फरार प्रतिवादीले हतारमा आफूले बोकेको मोबाइल फोन घटनास्थलमा छाडी फरार रहेको हुँदा सोही मोबाइलको कलडिटेल्स तथा कलवाइज टावर लोकेशन हेर्दा उक्त मोबाइल फोन प्रयोगकर्ता प्रतिवादी शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय उमेश तामाङ रहेको र सोही फोनबाट अरु प्रतिवादीलाई समेत पक्राउ गर्न सफल भएको ज...