Tuesday, September 8

समाज

पोखरामा सडकमा आएको भेलले बगाउँदा आमा-छोरीको मृत्यु
समाचार, समाज

पोखरामा सडकमा आएको भेलले बगाउँदा आमा-छोरीको मृत्यु

नेपालअखबार, काठमाडौं । कास्कीको पोखरामा सडकमै आएको भेलले बगाउँदा आमा-छोरीको मृत्यु भएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार वर्षापछि सडकको नालीमा आएको भेलले बगाउँदा पोखरा महानगरपालिका-३० ढुंगेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षकी छोरी रानीको मृत्यु भएको हो । शुक्रबार साँझ ग १३ प २८५९ नम्बरको स्कुटरमा उनीहरू बिरौटादेखी पृथ्वीचोक तर्फ आउँदै थिए । स्कुटरलाई सडकमा साइड लगाइ झर्ने क्रममा बालिका रानीलाई भेलले एक्कासि बगाएर नालीमा पुर्‍याएको थियो । बरालले भने, ‘बालिकालाई बचाउने प्रयासमा आमा सुष्मा पनि नालीमा पुगेकी थिइन् । सो क्रममा भेलले आमाछोरी दुवैलाई बगाउँदै करिब दुई किलोमिटर तल बिरौटासम्म पुर्‍याएको थियो ।’ पोखरा–१७ बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी उनीहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएका थियो । उपचारका क्रममा ...
चीनले भन्यो–नेपालतर्फ चीनका एक सय नागरिक बेपत्ता छन्
विदेश, समाचार, समाज

चीनले भन्यो–नेपालतर्फ चीनका एक सय नागरिक बेपत्ता छन्

नेपालअखबार, काठमाडौं । नेपालतर्फ गएको भीषण बाढीमा परी एक सय जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा बुधबारको प्राकृतिक विपत्तिका कारण नेपाली भूमिमा रहेका आफ्ना नागरिकहरू हराइरहेको जानकारी दिए। प्रवक्ता लिनकाअनुसार काठमाडौंस्थित चिनियाँ दूतावासले यस विषयमा नेपाली पक्षसँग समन्वय गर्दै विस्तृत विवरण संकलन र प्रमाणीकरण गरिरहेको छ। चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको रिकाजे सहरस्थित केरुङ (जिरोङ) नाका र आसपासका क्षेत्रमा गएको पहिरोले ठूलो मानवीय क्षति पुर्‍याएको बताइएको छ। उनले दुवै देशका अधिकारीहरूबीच खोजी तथा उद्धार कार्यका लागि निरन्तर सम्पर्क र समन्वय भइरहेको उल्लेख गर्दै नेपालको आवश्यकताअनुसार आपतकालीन सहयोग उपलब्ध गराउन चीन तयार रहेको समेत स्पष्ट पारे। चिनियाँ स्थानीय अधिकारीहरूलाई उद्धृत गर...
रसुवा बाढी : मृत्यु हुनेको संख्या ४ सय ७५ पुग्यो
समाचार, समाज

रसुवा बाढी : मृत्यु हुनेको संख्या ४ सय ७५ पुग्यो

नेपालअखबार, काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममा ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।प्रहरीका अनुसार रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा २७ र चितवनमा १७९ जनाको शव फेला परेको छ । गोरखामा ४४ जना, तनहुँमा २८ जना, नवलपरासी पूर्वमा १ सय १० जनाको शव भेटिएको छ ।सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा तिनवटै सुरक्षा निकायबाट ठुलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ ।...
पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध
समाचार, समाज

पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध

नेपालअखबार, काठमाडौं । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–गल्छीखण्ड, मुग्लिन–नारायणगढ, मेची राजमार्ग, रुकुमपश्चिम भेरी करिडोर, पासाङल्हामु, रोल्पाको शहिद मार्गलगायतका अवरुद्ध छन्। पृथ्वीराजमार्गको गल्छी–बैरेनी खण्डमा बिहीबार साँझदेखि एकतर्फी सवारीसाधन सञ्चालन भएका छन्। यस्तै सोही खण्डको जरिखेत खण्डमा थुप्रिएको माटो तथा ढुङ्गा पन्छाएर यातायात पुनः सञ्चालनमा आएको सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले बताए। यसैगरी मलेखु–गलौदी खण्डमा सात सय मिटर लेदो हटाउने काम भइरहेको छ। विभागका अनुसार सो खण्डको लेदो हटाएपछि पृथ्वीराजमार्ग सञ्चालनमा आउनेछ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार गत रसुवा बाढीको कारणले अवरुद्ध धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० ज्याङखोलामा लेद...
बाढीमा १३ सय वटाभन्दा बढी गाडीमा क्षति
अर्थ, समाचार, समाज

बाढीमा १३ सय वटाभन्दा बढी गाडीमा क्षति

नेपालअखबार, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजार तीन सय वटाभन्दा बढी सवारी साधनमा क्षति पुगेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले करिब ६०० मालवाहक, ३०० यात्रुवाहक सवारी साधन र भन्सारमा जाँचपासका लागि राखिएका ४०० सवारी साधनमा क्षति पुगेको जानकारी दिए। 'सामान लिन भन्सार नाकामा गएका, यात्रु लिएर रसुवा र गोसाइँकुण्ड गएका तथा भन्सारमा जाँचपासका लागि राखिएका गरेर १३ सय वटाभन्दा बढी सवारी साधनमा क्षति पुगेको छ। निजी सवारी साधनमा भएको क्षतिबारे अझै यकिन गर्न सकिएको छैन,' महासचिव गौतमले भने। बाढीले चीनको केरूङ नाकामा सामान लिन गएका र भन्सार जाँचपासका लागि राखिएका सयौं ट्रक, कन्टेनर, यात्रुवाहक बस, माइक्रोबस र नयाँ सवारी साधनमा क्षति पुर्‍याएको महासंघले जनाएको छ। महासचिव गौतमले अर्को सूचना नभएसम्मका लागि प्रभावित क्षेत्रका सबै यातायात सेव...
बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गर्न मोबाइल टावर पठाइँदै
समाचार, समाज

बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गर्न मोबाइल टावर पठाइँदै

नेपालअखबार, काठमाडौं ।  बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गर्नका लागि सरकारले मोबाइल टावर पठाउन लागेको छ। रसुवासहित नुवाकोट, धादिङ लगायत क्षेत्रमा बाढीले सञ्चार सेवामा समेत प्रभावित पारेको छ। यसबीच उक्त सेवा सञ्चालनका लागि जेनेरेटर र सोलारसहितका पोर्टेबल मोबाइल टावर पठाउन लागेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जानकारी दिएको छ। विद्युत आपूर्तिका लागि पनि ब्याकअप प्रणाली पठाउन लागिएको सचिवालयले जनाएको छ। सँगै चिकित्सा उपकरण, टेन्ट तथा अन्य आवश्यक राहत सामग्री पनि पठाइएको र उद्धार तथा खोज कार्य जारी रहेको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।...
चितवनमा ६४ शव भेटिए, अस्पतालहरुको क्षमता ५० मात्रै
समाज, स्वास्थ्य

चितवनमा ६४ शव भेटिए, अस्पतालहरुको क्षमता ५० मात्रै

नेपालअखबार, काठमाडौं । बाढीबाट मृत्यु भएकाहरुमा हालसम्म चितवनमा ६४ वटा शव भेटिएका छन् । चितवन प्रहरी कार्यालयले ६४ शव भेटिएको जानकारी गराएको छ । शवको खोजी कार्य जारी रहेको हुँदा शवहरु थप फेला पर्नसक्ने प्रारम्भिक आकलन गरिएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी गराए । चितवनमा रहेका स्वास्थ्य संस्थाहरुको अधिकतम ५० वटा शव राख्न सक्ने क्षमता रहेको प्रहरी कार्यालयलाई जानकारी गराएका छन् ।‘शव खोजी कार्य जारी रहेको र शव राख्ने स्थानको अभावका कारण आपतकालीन व्यवस्थापनको रणनीति बमोजिम शवको सुरक्षा गर्नुपर्ने अवस्थ रहेको छ,’ चितवन प्रहरीले अनुरोध गरेको छ,‘यस्तो विषम परिस्थितिमा कहीँ कतै फेला परेमा नजिकको सुरक्षा निकायमा सूचना गर्नुहुन, सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत क्षतिग्रस्त त्यस्ता शवका विभत्स तस्विरहरु सम्प्रेषण गरी सर्वसाधारणहरुमा तनाव, त्रास र आतंकित बनाउने क...
नेपाल-तिब्बत सीमानजिकै हिमनदी भत्किँदा विनाशकारी बाढी आएको विज्ञको अनुमान
प्रविधि, समाचार, समाज

नेपाल-तिब्बत सीमानजिकै हिमनदी भत्किँदा विनाशकारी बाढी आएको विज्ञको अनुमान

नेपालअखबार, काठमाडौँ । बुधबार नेपाल र तिब्बतको सीमानजिकै आएको विनाशकारी बाढी हिमनदी (ग्लेसियर) को तल्लो भाग टुटेर सयौँ मिटर तल उपत्यकामा खस्दा आएको हुन सक्ने विज्ञहरूले बताएका छन्। प्लानेट ल्याब्सको स्याटेलाइट तस्बिरलाई उद्धृत गर्दै विज्ञहरूले यस्तो आकलन गरेका हुन्। हिमनदी फुट्नुको यकिन कारण खुल्न सकेको छैन। यद्यपि, नेपाली अधिकारीहरूले बाढी आउनुभन्दा केही मिनेटअघि मात्र त्यस क्षेत्रमा गएको भूकम्पलाई एउटा सम्भावित कारण मानेका छन्। यस विपद्मा परी हालसम्म १ सय ६५ जनाको शव फेला परिसकेको छ। दुवैतर्फका अधिकारीहरूले मृतकको संख्या अझै धेरै हुन सक्ने आशंका गरेका छन्। नेपाल सरकारका अनुसार बाढीमा परी ८ सयभन्दा बढी बेपत्ता भएका छन्। रोयटर्सले अध्ययन गरेको प्लानेट ल्याब्सको बाढीअघि र पछिको स्याटेलाइट तस्बिरमा पहिले हरियाली देखिने पहाडहरू अहिले भग्नावशेष र माटोले पुरिएर खैरो बनेको प्रस्ट देखि...
रसुवा बाढी : १६५ को शव भेटियो, ८२६ जना अझै बेपत्ता
समाचार, समाज

रसुवा बाढी : १६५ को शव भेटियो, ८२६ जना अझै बेपत्ता

नेपालअखबार, काठमाडौँ । रसुवामा आएको बाढीका कारण बेपत्ता भएकामध्ये बिहीबार बिहान सवा आठ बजेसम्म १६५ जनाको शव फेला परेको छ। देशका विभिन्न स्थानमा भएको विपद्बाट ठुलो मानवीय क्षति भएको जानकारी गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको हो। अझै ८२६ जना मानिस बेपत्ता रहेको मन्त्रालयको तथ्याङ्क छ। बेपत्ता हुनेमा ८५ जना सुरक्षाकर्मी छन्। केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलका अनुसार ‘बेपत्ता सुरक्षाकर्मीमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना’ रहेका छन्। अन्य बेपत्तामा रसुवाका १६१ र नुवाकोटका एक जना छन्। यस्तै ५७९ जना पर्यटक पनि सम्पर्कविहीन बनेका छन्। सम्पर्कविहीन हुनेमा ११३ नेपाली र ४६६ विदेशी पर्यटक रहेको मन्त्रालयले जनाएको छ। विपद्मा परेका १०४ जनाको सफल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाका ४३, नुवाकोटका ५८ र धा...
अमेरिकी विदेशमन्त्रीले भने- बाढीको घटनामा दुःख, मानवीय सहायता गर्न तयार
विश्व, समाचार, समाज

अमेरिकी विदेशमन्त्रीले भने- बाढीको घटनामा दुःख, मानवीय सहायता गर्न तयार

नेपालअखबार, काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालमा आएको विनाशकारी बाढी र डुबानको घटनाप्रति दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्। सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै विदेशमन्त्री रुबियोले यस विपद्को घडीमा अमेरिका नेपालको साथमा रहेको बताएका हुन्। उनले आफ्नो सन्देशमा भनेका छन्, ‘विनाशकारी बाढीपछि हामी नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ र हाम्रो प्रार्थना नेपाली जनताको साथमा छ।’ उनले विपद्को यस अवस्थामा अमेरिकी विदेश मन्त्रालय आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारलाई सहयोग गर्न पूर्ण रूपमा तयार रहेको समेत स्पष्ट पारेका छन्।...