विकास र प्रविधिको युगमा मानवलाई अनुशासनमा राख्नका लागि नैतिक शिक्षा आवश्यक: अध्यक्ष अली
नेपालअखबार,काठमाडौं । नेपाल कुरान कण्ठ प्रतियोगिताले समाजमा सद्भाव र शान्ति स्थापना गर्ने मुस्लिम आयोगका अध्यक्ष महमदिन अलीले बताउनु भयो । तेस्रो वर्ष पनि हामीले यो प्रतियोगितालाई निरंतरता दिएका छौ । यस्ता प्रतियोगिताले नेपाली मुस्लिम समुदायका बौद्धिक व्यत्तिहरुलाई प्रोत्सहन गर्नुका साथै धार्मिक शिक्षाले मानवमा नैतिक शिक्षा प्रदान गर्ने छ । वर्तमान समाजमा पनि नैतिक शिक्षाको आवश्यक रहेको छ । विकास र प्रविधिको युगमा मानवलाई अनुशासनमा राख्नका लागि नैतिकको शिक्षा आवश्यक रहेकाले नेपाल कुरान प्रतियोगिता आयोजना गरिएको मुस्लिम आयोगका अध्यक्ष अलीले बताउनु भयो ।
मुस्लिम आयोग र साउदी राजदूतावासको सहयोग र समन्वयमा संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन गरिने छ । उक्त प्रतियोगितामा सहभागिता जनाउन प्रत्येक सहभागिले उमेरसमुह अनुशारको शाखामा योग्यता पुगेका ईच्छुक नेपाली मुस्लिम नागरिकहरुले पाउने गरि दर...









