Saturday, July 11

स्वास्थ्य

पोखराको एउटै वडामा  १६ जना थपिए संक्रमित,   गण्डकीका थप २४ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराको एउटै वडामा १६ जना थपिए संक्रमित, गण्डकीका थप २४ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा।  पोखरा महानगरमा १६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पोखरा  महानगरको  ७  नं.  वार्डका १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार  वार्डका २३  देखि ४७ वर्ष उमेर समुहका १६ जना पुरुषमा बुधबार  बेलुका कोरोना देखिएको हो । त्यसैगरी बुधबार  बेलुका नै गण्डकी प्रदेशको बागलुङ जिल्लाका ८ वर्षीय बालक देखि ३४ बर्ष उमेर समुहका ५ जना पुरुष तथा १६ , २१ र ३५ बर्षीया ३  महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । बुधबार  बेलुका गण्डकीका २  जिल्लामा २४ संक्रमित थपिएका हुन् ।संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८  सय १२ पुगेको छ ।...
पोखरामा १६ जना सुरक्षाकर्मी संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा १६ जना सुरक्षाकर्मी संक्रमित

नेपाल अखबार, पाेखरा।  पोखरा महानगरपालिका–७ मा आज साँझ संक्रमण पुष्टि भएका १६ जना सशस्त्र प्रहरी गण पार्दीमा कार्यरत सुरक्षाकर्मी रहेका छन् । गत महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा सङ्क्रमण देखिएपछि उनीहरु पोखराबाट स्याङ्जामा डिउटीमा खटिएका थिए । स्याङ्जाबाट पोखरा आएर क्वारेन्टिनमा बसेका प्रहरी मध्य २९ जनाको नमूना सङ्कलन गरिएकामा १६ जनाको नतिजा पोजिटिभ आएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए । उनीहरु अहिले पनि क्वारेन्टिनमानै रहेका छन् ।...
कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो
समाचार, स्वास्थ्य

कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो

नेपाल अखार, काठमाडौं । बितेको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप ६ जनाको मृत्यु भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ६ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १२० पुगेको जानकारी दिए । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप  १५९ जनासहित देशभर ६८१ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमण मुक्त भएका छन् भने निको हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।...
उपत्यकामा १५९ सहित देशभर ६८१ जनामा संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

उपत्यकामा १५९ सहित देशभर ६८१ जनामा संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप  १५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपु्रमा ८ जना  रहेका छन् । यस्तै देशभर ६८१ जनामा संक्रमण पुष्टि भएको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमण मुक्त भएका छन् भने निको हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या १२० पुगेको छ ।...
उपत्यकामा १५९ सहित देशभर ६८१ जनामा संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

उपत्यकामा १५९ सहित देशभर ६८१ जनामा संक्रमण पुष्टि

नेपाल अखार, पोखरा ।  गण्डकी प्रदेशमा  थप ५  जनामा कोरोना भाइरस पुष्टि भएको छ ।  बुधबार ५ जिल्लाका ५ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार तनहुँ देबघाट – ५ का २७ वर्षीय पुरुष, गोरखा पालुङटार – ४ का ५० वर्षीय पुरुष, र लमजुङमा कार्यरत बागलुङ बडिगाडका २२ वर्षीय पुरुष, धादिङ गंगाजमुनाका ३२ वर्षीय पुरुष र नवलपुर कावासोतीका ३२ वर्षीय पुरुषमा  बुधबार दिउसो कोरोना देखिएको हो । संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ८८ पुगेको छ ।  ...
गण्डकी प्रदेशमा १४ कोरोना सक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा १४ कोरोना सक्रमित थपिए

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा वुधबार १४ कोरोना सक्रमित थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवन परीक्षण गरिएका उनीहरुमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेहरुमा तनहुँका २, नवलपरासी पश्चिमका १२ जना रहेका छन । तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा ४ का २९ वर्षिय पुरुष, व्यास नगरपालिका वडा नं ३ का ३८ वर्षिय पुरुष, कावासोती वडा नं ३ का २ पुरुष, वडा नं ३ का ४ पुरुष, हुप्सेकोट वडा नं ३ का १ पुरुष, देवचुली वडा नं १ का १ पुरुष, देवचुली वडा नं ७ का १ पुरुष, वडा नं ७ का १ महिला र १ पुरुष तथा वडा नं ५ की एक महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना सक्रमितको संख्या १ हजार ७ सय ७९ पुगेको छ ।...
२४ घण्टामा देशभर १०१६ जना कोरोना संक्रमित पुष्टि
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

२४ घण्टामा देशभर १०१६ जना कोरोना संक्रमित पुष्टि

नेपाल अखबार, पाेखरा।  नेपालमा हालसम्मकै धेरै कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ ।  बितेको २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ । बितेको २४ घण्टामा थप ८५ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ । यस्तै देशभर १० हजार ५६३ सक्रिय संक्रमित रहेका छन् भने आज १३ हजार ४६१ पीसीआर परीक्षण भएको छ । यस्तै हालसम्म मृतकको संख्या ११४ पुगेको छ ।...
एकैदिन ५ जना कोरोना संक्रमितको मृत्यु
समाचार, स्वास्थ्य

एकैदिन ५ जना कोरोना संक्रमितको मृत्यु

नेपाल अखबार, काठमाडौं । कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु भएको छ । मृतकमा नवलपरासी, कास्की, तनहुँ, काभ्रे, बाँकेका १/१ जना रहेका छन् । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत नवलपरासीका  एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान नवलपरासीका ३७ वर्षीय पुरुषको मृत्यु भएको अस्तालका निर्देशक डाक्टर रवि शाक्यले बताए । ती पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि साउन ३० गते आइसीयूमा भर्ना गरिएको थियो । यसैगरी काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचाररत ९८ वर्षीय संक्रमित वृद्धको  पनि मंगलबार नै मृत्यु भएको छ । यस्तै गण्डकी प्रदेशमा २ जना कोरोना संक्रमितको समेत मृत्यु भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखराका ८७ वर्षीय पुरुषको मंगलबार बिहान  मृत्यु भएको हो ।  ज्वरो तथा श्वासप्रश्वासको समस्या भएर २२ गते भर्ना भएका थिए । ती पुरुषमा सुगर र मिर्गौला रोगी थिए । यस्तै कास्की सेवा अस्पतालमा उपचार...
काभ्रेका मृतकको परिवारका ९ जनालाई संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

काभ्रेका मृतकको परिवारका ९ जनालाई संक्रमण पुष्टि

नेपाल अखबार, काभ्रे । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएका बृद्धको परिवारका ७ जनालाई पनि संक्रमण पुष्टि भएको छ । धुलिखेल नगरपालिका–७ का ९८ वर्षका बृद्धको  धुलिखेल उपचारका क्रममा मृत्यु  भएको थियो । काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका उनको पिसाब बन्द हुने समस्या भएपछि साउन २७ गते धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालमा स्वाब लिएर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि परिवारका सदस्यहरुको परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको छ । ‘उहाँहरुको घरमा काम गर्ने एक जनाबाहेक अरुको रिपोर्ट पोजेटिज आएको छ,’ काभ्रेका जनस्वास्थ्य प्रमुख नरेन्द्र झाले भनेका छन् । संक्रमितहरु अहिले होम आइसोलेसनमै छन् ।...
पर्सामा  १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सामा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

इरफान अलि, वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा र काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा पत्रकार प्रहरी सहित १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर निरज सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय १ जना पुरूष र ३३ जना महिला रहेका छन् । संक्रमित हुनेमा ७ वर्षको बालिकादेखि ८० वर्षकी वृद्धा महिला रहेका छन् । नारायणी अस्पतालका डाक्टर सिंहले जानकारी दिए अनुसार सोमार २ ठाँउको प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका ११ जना र पर्सा जिल्लाका १ सय २३ जना सहित थप १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकास्थित रहेको नारायणी अस्पतालमा कार्यरत १ जना कर्मचारी रहेका छन् । सान्भी एफ।एमका ३१ बर्षका १ जना प्रबन्धक निर्देशक, ना...