Friday, July 10

हाइलाइट-समाचार

शहीद दिवसकाे सपना सकार पार्न राष्ट्रिय एकतालाई  सुदृढ बनाउनुपर्छ :  अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

शहीद दिवसकाे सपना सकार पार्न राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्छ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरी मुलुकमा विकास तथा समृद्धि कायम गर्नुपर्ने बताएका छन् । शहीद दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले लोकतान्त्रिक पद्धतिबाट जनताको स्वतन्त्रता, सामाजिक न्याय र समानता कायम गर्दै विद्यमान विसङ्गतिहरूको अन्त्य गर्न सकिने बताए । लोकतन्त्रको  विशेषताका रूपमा रहेको समतामूलक र न्यायमूलक समाज स्थापना गरी समाजवादको कार्यभार पूरा गर्न सकिने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले देशमा निरंकुशताको अन्त्य गरी लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि शहीदले जीवनको उत्सर्ग गरेको उल्लेख गरेका छन् । उनले मुलुकमा लोकतन्त्र स्थापनाका लागि शहीदले देखाएको त्यागको निष्ठा र आदर्शलाई पूरा गर्न आर्थिक तथा  सामाजिक रुपान्तरणका माध्यमबाट सबै जनतालाई सुखी र समृद्ध ब...
ऐनमा संशोधन गर्नेगरी ड्राइभिङ स्कुल वा कुनै संस्था स्थापना गर्ने तयारी थालेका छौ :मन्त्री प्रकाश ज्वाला
प्रशासन, समाचार, हाइलाइट-समाचार

ऐनमा संशोधन गर्नेगरी ड्राइभिङ स्कुल वा कुनै संस्था स्थापना गर्ने तयारी थालेका छौ :मन्त्री प्रकाश ज्वाला

नेपालअखबार, काठमाडौं । यातायात व्यवसायी र यातायात मजदुर संघ/संगठनहरुले तत्काल ड्राइभिङ स्कुल खोल्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग माग गरेका छन्। ‘मन्त्रीज्यू, हरेक घरमा सवारी चालक आवश्यक भइसक्यो तर नेपालमा दक्ष ड्राइभर पनि विदेश पलायन हुन थाले। दक्ष चालक नै पाउन मुस्किल भयो र दक्ष चालकको अभावमा दुर्घटना बढ्न थाले,’ व्यवसायी र मजदुर संगठनका पदाधिकारीहले भने, ‘अब ड्राइभिङ स्कुल वा छुट्टै संस्थाको आवश्यकता परिसक्यो।’ सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मसौदामा छलफल गर्न मन्त्री ज्वालाले सरोकारवाला निकायहरुलाई बोलाएका थिए। विधेयकको मसौदामा सुझाव दिँदै व्यवसायी र मजदुर संगठनहरुले ड्राइभिङ स्कुलको माग गरेका हुन्। सवारी ऐन २०४९ संशोधन गर्न मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ। व्यवसायी र मजदुर संगठनको ड्राभिङ स्कुल खोल्ने प्रस्तावमा मन...
एकीकृत समाजवादीमा विभिन्न पार्टी परित्याग गरी सय जना नेता कार्यकर्ता प्रवेश
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीमा विभिन्न पार्टी परित्याग गरी सय जना नेता कार्यकर्ता प्रवेश

नेपालअखबार, काठमाडौँ। पर्साको वीरगंज महानगरपालिकाका प्रसिद्ध व्यवसायी बाबुलाल चाचान नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नु भएको छ। सोमबार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री किसान श्रेष्ठले व्यवसायी चाचानसहित सयभन्दा बढी स्थानीय नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नु भएको हो। परवानीपुर गाउँपालिका कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा पाँच सयभन्दा धेरैको सहभागिता रहेका थियो।...
छिमेकी घट्दै, गाउँको रौनक हराउँदै
समाचार, समाज, हाइलाइट-समाचार

छिमेकी घट्दै, गाउँको रौनक हराउँदै

नेपालअखबार, म्याग्दी । झ्यालको पर्दा उघारी उत्तरतर्फ हेर्दा सेता हिमाल मुसुक्क मुस्कुराएजस्ता देखिन्छन् । चराहरुको चिरचिराहटसँगै खेतबारीमा गहुँ र तोरीको हरियोपहेँलो दृश्यले मनलाई रोमाञ्चक बनाउँछ । आँगन र करेसामा बोटैभरि पहेँलै भएर फलेका रसिला सुन्तला, दिउँसोको पाहारिलो घाममा बसेर खाँदै म्याग्दीको बेनी नगरपालिका–३ का ६९ वर्षीय डेकबहादुर पुनले गाउँको रौनक हराउँदै गएको कुरा सुनाउँदा झट्ट पत्याउन सकिँदैन । विगत एक दशकयता म्याग्दीमा बसाइसराइका क्रम बढ्दै गएपछि पुनजस्तै धेरै जीवनको उत्तराद्र्धमा पुगेका ज्येष्ठ नागरिकका छिमेकी घट्दै गएका छन् । म्याग्दीको ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधा तथा शिक्षाका लागि ठूला सहर र जिल्ला बाहिर बसाइँ सर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका हुन् । जिल्लाका ग्रामीण क्षेत्रसम्म विकास र पूर्वाधारको पहुँच पुगे पनि शिक्षा, रो...
हावाबाट विद्युत निकाल्न नेपाल इन्जिनियरिङ कलेजमा ‘हावा प्रोजेक्ट २.०’
प्रविधि, समाचार, हाइलाइट-समाचार

हावाबाट विद्युत निकाल्न नेपाल इन्जिनियरिङ कलेजमा ‘हावा प्रोजेक्ट २.०’

नेपालअखबार, काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडि बढाइएको छ । जापानको जापान इनर्जी सेफ्टी एशोसिएसन (जेइएसए) ले नेकसँगको सहकार्यमा ‘हावा प्रोजेक्ट २.०’ ल्याउँदै त्यसका लागि आवश्यक उपकरण नेकलाई हस्तान्तरण गरेको छ । आइतबार कलेजमा आयोजित एक कार्यक्रममा जेइएसएका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहरा र जापानका लागि नेपाल प्रतिनिधि निर्देशक नरेश महर्जनले कलेजका कार्यवाहक प्राचार्य दुर्गा प्रसाद भण्डारीलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरेका छन् । ‘हावा प्रोजेक्ट २.०’ अन्तरगत चाँगुनारायण नगरपालिका क्षेत्रभित्र जेइएसएले नेकका विद्यार्थीहरू सँगको सहकार्यमा हावाबाट विद्युत उत्पादन गर्न सकिने विषयमा सम्भाव्यता अध्ययन गर्नेछ । ‘य...
चार वर्षमा पनि चुक्ता भएन ५० किलो चामल, नागरिकता बन्धकी
समाचार, समाज, हाइलाइट-समाचार

चार वर्षमा पनि चुक्ता भएन ५० किलो चामल, नागरिकता बन्धकी

नेपालअखबार, सप्तरी। साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ? यसको जवाफ हुन्छ, गरहना, जेबर, जग्गा जमिन वा अन्य चल/अचल सम्पत्ति। सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटैलका विपन्न हरवाचरवा दलित परिवारलाई साहु कहाँ बन्धकीमा आफ्नो नागरिकता राख्नुपरेको छ। डाक्नेश्वरी–३ हटैल निवासी सुकराती, अच्छेलाल, सनोज, कृष्णा, रामसुन्दर, सोनाई, शिवचन्द्र, भिखन र दशन सदाको नागरिकता भारतीय साहुले करिब एक दशकदेखि बन्धकी राखेपछि उनीहरूको परिवार ठूलो समस्यामा परेका छन्। गाउँ नजिकै सञ्चालनमा रहेको इँटा उद्योगमा काम गर्दै आएका उनीहरूको नागरिकता सोही इँटा उद्योगका मालिक भारतको मधुवनी जिल्ला तुलसीयाही ग्राम लौकही थाना निवासी जगदिश साहले बन्धकीमा राखेका छन्। ‘इँटा उद्योगमा काम गरिरहेका बेला विसं २०७१ म ५० किलो चामल मालिक साहसँग मागेँ। उनले चामल दिएबापत नागरिकता बन्धकीमा राखेँ,’ ६० वर्षीया सुकराती सदाले भने, ‘चामलाब...
उमेर ढल्केपछि चाहियो नागरिकता
समाचार, समाज, हाइलाइट-समाचार

उमेर ढल्केपछि चाहियो नागरिकता

नेपालअखबार, सिरहा । धनगढीमाई नगरपालिका-१४ सर्रे अम्बासकी आसमान राई ७० वर्ष पुगेपछि बल्ल नागरिकता बनाउन लागेका छन् । नागरिकता बिना सामाजिक सुरक्षा भत्ता नपाइने भएपछि मात्रै उनलाई नागरिकताको आवश्यकता महसुस भएको हो । घर नजिकै नागरिकता शिविर सञ्चालन भएपछि नागरिकता बनाउन उनलाई सजिलो पनि भयो । सोही स्थानकी दश नाती-नातीनाको हजुरआमा ५४ वर्षीय छलिमाया खपाङ्गेलाई पनि नागरिकता बनाउनुपर्ने रहेछ भन्ने लागेको छ । चार छोराछोरीको आमा छलिमायाका नाममा न कुनै चलअचल सम्पत्ति छ न बैंक तथा वित्तीय संस्थामा खाता नै । यसअघि उहाँलाई नागरिकता चाहिन्छ भन्ने कहिल्यै लागेन पनि। श्रीमान्को नागरिकताबाट सबै काम चलेकै थियो। ‘मलाई त कसैले नागरिकता चाहिन्छ भनेर अहिलेसम्म भनेका पनि थिएनन् । यसअघि खासै नागरिकता आवश्यक पनि परेन । भत्ता खाने बेलामा त चाहिन्छ रे’, नागरिकता शिविरमा कागजातसहितको प्रक्रिया पूरा गरेपछि छलिमाया...
शिक्षा, स्वास्थ्य, राेजगारकाे अवसर सृजना गर्दै  जातिय छुवाछुतकाे अन्त्य गर्नु पर्छ :अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

शिक्षा, स्वास्थ्य, राेजगारकाे अवसर सृजना गर्दै  जातिय छुवाछुतकाे अन्त्य गर्नु पर्छ :अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडाैं। बागमती दलित मुक्ति संगठनको बागमती प्रदेश स्तरीय विस्तारित बैठक तथा प्रशिक्षण सम्पन्न गरेकाे छ ।  प्रमुख अतिथि  नेकपा एकीकृत समाजबादी पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले  बागमती दलित मुक्ति संगठनको बागमती प्रदेश स्तरीय विस्तारित  प्रशिक्षणमा टाउकाे ठूलाे बनाएर हुनेवाला केहि छैन खुट्टादराे पार्न पर्ने बताएका छन् । पार्टी संचालनकाे क्रममा रावणकाे जतराे टाउकाे बनाउदा आफै सकिने बाटाे हुने हुँदा सदस्य संख्याकाे अवस्था हेरेर पार्टीकाे केन्द्रिय समितिका आकार बन्न पर्ने बताएका छन् । जातिय छुवाछुत विरूद्ध आफु प्रधानमन्त्री भएका बेला  दलित समूदायसंग अन्तरजातिय विवाह गर्नेलाई राज्यकाे तर्फबाट एकलाख राशिले सम्मान गरि प्राेत्साहन गरेकाे साथै प्रत्यक जिल्लामा जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलयमा जातिय छुवाछुतका घट्ना घटाउनेलाई कडा कार्वाहि साथै न...
नेकपा एकीकृत समाजबादी पार्टीकाअध्यक्ष नेपालद्वारा कमला नदी कटानको अवलोकन
राजनीति, समाचार, समाज, हाइलाइट-समाचार

नेकपा एकीकृत समाजबादी पार्टीकाअध्यक्ष नेपालद्वारा कमला नदी कटानको अवलोकन

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजबादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल  सहितको टोलीले धनुषा जिल्लामा पर्ने कमला नदी कटानले पारेकाे प्रभावभएकाे क्षेत्र अवलोकन गरेका छन् । धनुषा जिल्लाको कमला र जनकनन्दिनी पालिकाको ४१९६० कित्तमा रहेकाे ७६००बिघा, ५००० हेक्टर जमिनका साथै  सात हजार परिवार अठाइस हजार व्यक्ति  कमला नदीकाे बाढीले प्रत्यक्ष प्रभाव पारेकाे अध्यक्ष नेपालले जान्कारी दिए । कमला नदिले  सिरहा  जिल्ला तर्फ १५०० बिघा  जग्गा नदीले कटान गरेकाे अवस्था  अवलोकन गरेका छन् । नेकपा एकीकृत समाजबादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहितको टोलीमा पार्टीका अन्य नेताहरू सहित २५  जनाको टोली पुगेकाे थियाे । कमला नदिकाे बढिले हरेक वर्ष १२ं५ किलाेलिटर लम्बाइ र ७००देखि १८०० (औसत १ कि .मि )मा नदीले कटान गरेकाे हुदा अध्यक्ष नेपालले  दिर्घकालिन समाधानक...
एमालेका ४००जना नेता कार्यकर्ता धनुषाबाट नेकपा एसमा प्रवेश, अध्यक्ष नेपालले स्वागत गरे
राजनीति, समाचार, हाइलाइट-समाचार

एमालेका ४००जना नेता कार्यकर्ता धनुषाबाट नेकपा एसमा प्रवेश, अध्यक्ष नेपालले स्वागत गरे

नेपालअखबार, धनुषा । धनुषा जिल्लाको कमला नगपालिका द्वारा पार्टीले कार्यकर्ता भेला तथा कार्यक्रमका प्रमुख अतिथि  नेकपा एकीकृत समाजबादी पार्टीकाअध्यक्ष  एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रवेश कार्यक्रममा एमालेका ४०० नेता कार्यकर्ता  एकीकृत समाजवादीमा स्वागत गरेका छन् । अध्यक्ष  एवम् पूर्व प्रधानमन्त्री नेपालले केहि स्वार्थमा लुप्त भएका कम्युनिष्टका नाममा कलंकहरूले गर्दा आज कम्युनिष्ट विचारक पार्टीहरू कमजाेर भएकाे बताएका छन् । अबकाे यात्रा समाजवादकाे हाे र नेपाली जनताले पनि समाजवादकाे पक्षामा नै अभियान चलाउन पर्ने  अध्यक्ष  एवम् पूर्व प्रधानमन्त्री नेपालले बताए । आजबाट मडान गाउँमा बृहत् सभा तथा पार्टी प्रवेश कार्यक्रम राखिएकाे थियाे । ।...