Friday, July 10

हाइलाइट-समाचार

सहमति जुट्न नसक्दा जनता समाजवादी भने सरकारमा सहभागी भएन
राजनीति, समाचार, हाइलाइट-समाचार

सहमति जुट्न नसक्दा जनता समाजवादी भने सरकारमा सहभागी भएन

नेपालअखबार ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई मन्त्रालय आफूसँगै राखेका छन् । मंगलबार भएको मन्त्रिपरिषद् विस्तारबाट मन्त्री र राज्यमन्त्री गरि २३ जनाले मन्त्रालय सम्हालेका छन् । प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरण, युवा तथा खेलकुद मन्त्रालय आफूसँगै राखेका हुन् । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी सरकारमा सहभागी भएका छन् । सत्ता साझेदार दलहरु वीच सहमति जुट्न नसक्दा जनता समाजवादी भने सरकारमा सहभागी भएन । नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :  ...
भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो छ : माधव नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो छ : माधव नेपाल

नेपालअखबार, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो रहेको बताएका छन् । पूर्वसचिव रामकुमार आचार्यद्वारा लिखित ‘नेपालमा भ्रष्टाचार  कारण र निवारण’ पुस्तकको विमोचन कार्यक्रममा उनले राज्यका सबै अङ्गमा उचित समन्वय नहुँदा यो बढिरहेको बताए । “प्रत्येक क्षेत्रमा भएका भ्रष्टाचार विरुद्धको सङ्कल्प भएको व्यक्तिको खाँचो छ”, उनले भने, “यसको नियन्त्रण गर्न भावना र सङ्कल्प हुनुपर्यो, भ्रष्टाचारमुक्त परिवेश बनाउन सक्नुपर्छ ।” एउटा नेता र प्रधानमन्त्रीले चाहेर मात्रै यो नियन्त्रण सम्भव नभएको जिकिर गर्दै उनले राजनीति र प्रशासनिक निकायको माथिदेखि तलसम्म यसलाई नियन्त्रण गर्ने दृढता हुनुपर्ने बताए । भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई भाषण मात्र बनाउन नहुनेमा जोड दिँदै उनले स्पष्ट प्रतिबद्धता भए यसको नियन्त्रण सम्भव रह...
टोखाबाट वार्षिक चार करोडको चाकु बिक्री
अर्थ, समाचार, समाज, हाइलाइट-समाचार

टोखाबाट वार्षिक चार करोडको चाकु बिक्री

नेपालअखबार, काठमाडाैं । काठमाडौँको उत्तरी क्षेत्र टोखा बजारका चाकु व्यवसायीलाई चाकु बनाउन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको छ । अघिपछि फुर्सदिला हुने टोखाका चाकु व्यवसायीलाई माघे सङ्क्रान्ति पर्व आउन दुई दिन बाँकी रहँदा सञ्चालित १४ उद्योगबाट चाकु उत्पादन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको हो । टोखा नगरपालिका वडा नं २ र ३ मा अहिले चाकु उत्पादन तथा बिक्री वितरण हुँदै आएको छ । यो टोखाको पुरानो बजारसमेत हो । टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरका नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा पनि बिक्री हुँदै आएको छ । टोखामा उत्पादन हुने चाकुले नेपालको झण्डै ६० प्रतिशतभन्दा बढी मागको पूर्ति गर्दछ । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ यहाँ उत्पादित चाकु जापान, अमेरिका र अष्ट्रेलियालगायतका देश...
आज घनश्याम भूसाल  एकीकृत समाजवादी प्रवेश गर्दै
राजनीति, समाचार, हाइलाइट-समाचार

आज घनश्याम भूसाल एकीकृत समाजवादी प्रवेश गर्दै

नेपालअखबार, काठमाडौं । एमाले छाडेर माओवादीको समर्थनमा उम्मेदवार बनेका वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा आउँदैछन् । आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्याल होटलमा भुसालले नेकपा एसमा समाहितको स्वघोषणा कार्यक्रम राखेका छन् । भुसालले आफूनिकट केही एमाले कार्यकर्तालाई पनि सँगै ल्याउने तयारीमा छन् । उनले एमालेका केन्द्रीय कमिटीमा रहेका आफूनिकट सदस्यहरूलाई आग्रह गरेपनि प्रायः कसैले साथ नदिने भएका छन् । भुसाल नेतृत्वको नेपाल अध्ययन केन्द्रमै आवद्ध एमाले नेताहरू पनि उनीसँग नेकपा एसमा सामेल नहुने भएका हुन् । उषाकिरण तिम्सिना, अरविन्द सिंह, टंक कार्की, दीपकप्रकाश भट्टलगायतका नेताहरू घनश्यामसँग नजिक मानिन्छन् । अरु उनीनिकट नेताहरु यसअघि नै एमालेमा सांसदको टिकट पाइसकेका छन् । भुसालको भने तत्काल कुनै पार्टी नरहेको र एमालेमा फर्किने ठाउँ पनि नभएकाले उनी नेकपा एसमा जान...
प्रधानमन्त्री दाहालसँग भएको भनिएको भेटको समाचार निराधार – प्रचार विभाग प्रमुख खतिवडा
राजनीति, समाचार, हाइलाइट-समाचार

प्रधानमन्त्री दाहालसँग भएको भनिएको भेटको समाचार निराधार – प्रचार विभाग प्रमुख खतिवडा

नेपालअखबार,काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका  उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग भेट भएको  भनिएको समाचार  निराधार भएको बताउनु भएको छ । खतिवडाले आफू विरुद्ध पटक पटक यस्ता खालका निराधार समाचारहरू विभिन्न अनलाइनहरूमा प्रकाशन भएको भन्दै त्यसको खण्डन गर्नुभएको छ । हुँदै नभएका विषयवस्तुलाई समाचार बनाएर भ्रम छर्ने काम भएको उल्लेख गर्नुभएको छ। खतिवडाले वर्तमान अवस्थामा आफूले प्रधानमन्त्री दाहाललाई भेट नगरेको र गर्नुपर्ने कुनै कारण समेत नभएको भन्दै सन्तुलित र भरपर्दो समाचार सम्प्रेषण गर्न सरोकारवालाहरूलाई आव्हान समेत गर्नुभएको छ । केही दिन अघि मात्र प्रधानमन्त्रीको निम्ता पछि  विभाग प्रमुख  खतिवडाले  प्रधानमन्त्री निवास बालुवाटार पुगेर  भेटवार्ता गर्नुभएको भन्दै विभिन्न अनलाइनमा समाचार प्रकाशित भएको थियो  ।...
कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन
शिक्षा, समाचार, हाइलाइट-समाचार

कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

नेपालअखबार, बाग्लुङ। भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा। टहराको एउटा  कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन। अन्य तीन कक्षा खुला आकाशमुनि। विद्यालयको प्राङ्गणमा कार्पेटमाथि चलिरहेको पठनपाठनको दृश्य बागलुङको जैमिनी नगरपालिकाभित्रको हो। दृश्यमा देखिएको जैमिनी नगरपालिका–१० राङ्खानी किटेनीस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थीले घाम ताप्नका लागि प्राङ्गणमा पठनपाठन गराइएको भने हैन। कक्षाकोठा अभावका कारण जनता प्राथमिक विद्यालयका विद्यार्थीले खुला आकाशमुनि पठनपाठन गर्न बाध्य छन्। बाढी पहिरोका कारण केही पर काफ्ले भन्ने स्थानमा रहेको विद्यालय भवन भत्किएपछि दुई वर्षअघि सार्वजनिक चौरमा विद्यालय सारिएको थियो। दुई वर्षदेखि अस्थायी छाप्रोमा समस्याका बीच पठनपाठन भइरहेको विद्यालयको केही कक्षा खुला आकाशमुनि पठनपाठन भइरहेको विद्यालयका प्रधानाध्यापक कृष्णकुमारी...
अध्यक्ष नेपाल : विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिने बारेमा निर्णय लिने
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

अध्यक्ष नेपाल : विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिने बारेमा निर्णय लिने

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले धेरै विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिने बारेमा निर्णय लिनुपर्ने अवस्था रहेको बताएका छन्। सरकार कुन ढंगले अगाडि बढ्छ? त्यसलाई हेरेर मात्रै उसलाई विश्वासको मत दिनेबारेमा निर्णय लिन सकिने अध्यक्ष नेपालको भनाई थियो। शुक्रबार सर्वदलीय बैठकपछि नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले व्यक्तिगत रुपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहालप्रति सकारात्मक रहेको धारणा समेत राखे। ‘विश्वासको मतको बारेमा हामीले जम्मै पक्षहरुको विषयमा विश्लेषण गर्नेछौं। व्यक्तिगत रुपमा प्रचण्डजीप्रति मेरो पोजेटिभ नै धारणा छ। जहाँसम्म सरकार कुन ढंगले अगाडि बढछ, त्यो हेरिकन हामी टुंगो गर्छौं । सरकारलाई विश्वासको मत दिन हामीले त धेरै विश्लेषण गर्नुपर्छ । विश्ल...
सर्वोच्चकाे फैसला पछि गृहमन्त्री रविकाे अब के हुन्छ ?
राजनीति, समाचार, हाइलाइट-समाचार

सर्वोच्चकाे फैसला पछि गृहमन्त्री रविकाे अब के हुन्छ ?

नेपालअखबार, काठमाडाैं । सर्वोच्चको संवैधानिक इजलासले विदेशी नागरिकता लिएको व्यक्तिले औपचारिक रुपमा उताको त्याग गरेर नेपाली नागरिकता पुनप्र्राप्तिको प्रक्रिया पूरा नगरेसम्म नेपाली नागरिकको हैसियत नरहने गरी चार वर्षअघि नै मार्गदर्शक फैसला गरिसकेको तथ्य फेला परेको छ । उक्त फैसलामा स्थापित नजिरका कारण अमेरिकाको नागरिकता लिएर कानुनी रुपमा त्याग नगरी ०५० सालको पुरानै नेपाली नागरिकताका भरमा उपप्रधान एवं गृहमन्त्रीमा पदासीन रवि लामिछानेलाई अप्ठ्यारोमा पार्ने देखिएको छ । लामिछानेको नागरिकता विवादमा पनि सर्वोच्चको उक्त फैसला नजिरका रूपमा आकर्षित हुने देखिन्छ । लामिछानेको नागरिकता प्रकरणमा यही पुस २२ गते सर्वोच्चको संवैधानिक इजलासमै सुनुवाइ हुँदै छ । तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीश ओमप्रकाश मिश्र, चोलेन्द्रसमशेर जबरा, दीपककुमार कार्की र केदारप्रसाद चालिसे संलग्न संवैधानिक इजल...
देशको परिवर्तित स्थिति र हाम्रो दृष्टिकोण
राजनीति, विचार, हाइलाइट-समाचार

देशको परिवर्तित स्थिति र हाम्रो दृष्टिकोण

क.झलनाथ खनाल नब वर्ष २०२३ को उपलक्ष्यमा सबैलाई  हार्दिक शुभकामना । १. ०७९ संघ र प्रदेशको निर्वाचन र त्यसको परिणाम- - त्रिशंकू संसद्को स्थापना भएको छ, संघ र प्रदेश सबै ठाउँमा त्यस्तै छ । - कुनै पनि पार्टीलाई बहुमत छैन । -देश कुनैपनि दिशामा जान सक्छ ,अनिश्चितताको अवस्था छ । - यसले  Horse trading   को खतरालाई बढाएको छ । -एकपछि अर्को नाटकीय परिवर्तनलाई ढोका खोलिदिएको छ । -यसले अस्थिरतालाई बढावा दिन्छ, विदेशी शक्तिहरूलाई खेल्ने ठाउँ दिन्छ र मुलुकलाई कमजोर बनाउन सक्छ । -आउने ५ वर्षमा कतिवटा सरकार बन्लान् अहिले नै भन्न सकिने स्थिति छैन । २. त्रिशंकू संसद्मा आएका शक्तिहरू- १२ वटा राजनीतिक पार्टीहरू संसदमा आएका छन । १. पुनरुत्थानवादी शक्ति त्यसमध्ये पुनरुत्थानवादी शक्तिहरू पुनर्जीवित भएर आएका छन र उनीहरूले शक्ति विस्तार गरेका छन । २. बुर्जुवा उदारवादी शक्तिहरु- १. २०७४ ...
बोत्स्वानाका पूर्व राष्ट्रपतिलाई पक्राउ पुर्जी जारी हुर्दा के नेपालका प्रधानमन्त्रीले आफ्नै गृहमन्त्रीकाे नागरिकता छानबिन गर्न सक्ला  ?
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

बोत्स्वानाका पूर्व राष्ट्रपतिलाई पक्राउ पुर्जी जारी हुर्दा के नेपालका प्रधानमन्त्रीले आफ्नै गृहमन्त्रीकाे नागरिकता छानबिन गर्न सक्ला ?

नेपालअखबार, काठमाडौं ।  आज विश्वभर राजनितिक समाचारकाे  रूपमा   बोत्स्वानाका पूर्व राष्ट्रपतिलाई पक्राउ पुर्जी जारीकाे चर्चाकाे रहेकाे छ । राजनिति र पहुँचकाे भन्दा माथि कानुन काेहि हुन सक्दैन । तर पनि हाम्राे देशमा राजिनितकाे  आडमा कानुन भन्दा माथि नेता भएकाछन् भन्दा फरक नपर्ला ?  निति नियमकाे कुरा गर्नेले नै नितिकाे खिल्लि उडाउछ भन्ने यथार्थ वर्तमान राजनितिले पुष्टि  गर्दै छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  आफ्नै  उपप्रधान तथा गृहमन्त्रीकाे रवि लामिछानेको नागरिकता र राहदानी विवादित छानबिन गर्न सक्ला ?  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादित रहेकाले सांसदको सपथ लिन रोकिपाउँ भन्दै परेको रिटमाथि अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा सर्वोच्च अदालतले पुस २२ गते सुनुवाइ गर्ने भएको छ। गत बुधबार संवैधानिक इजलासले कारण देखाउ आदेश मात्र दिएको थियो। ...