Saturday, July 11

हाइलाइट-समाचार

अन्नपुर्ण बाल तथा महिला अस्पतालमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

अन्नपुर्ण बाल तथा महिला अस्पतालमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

कपिल पौडेल, पोखरा । पोखरा महानगर पालीका वडा नं १० शिवचोकमा अवस्थित अन्नपुुर्ण बाल तथा महिला अस्पतालले कुुडहर आधाभुुत बिध्यालयका बिध्यार्थी शिक्षक तथा बिध्यार्थीका अभिवावकहरुको नि:शूल्क स्वास्थ्य परिक्षण गरेको छ । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व स्वरुप यस्ता खालका सामाजिक कार्यहरु गर्दै आईरहेको अस्पतालका सन्चालक सन्तोष पान्डेले बताउनुुभयो । पोखरामानै पहिलो पटक महिला तथा बालबाकिा अस्पतालको रुपमा सर्वशुलभ मुल्यमा छिटो छरितो र स्तरिय सेवा प्रदान गर्दै आइरहेको बताउदै आगामि दिनमा थप स्तरिय,छरितो र सर्वसुलभ बनाउन लागिपर्ने वताउनुभयो । अस्पतालका अध्यक्ष विश्व घिमिरेले यस्ता सामाजिक उत्तरदायित्व कामहरुलाइ निरन्तरता दिदै जाने जानकारी दिनुभयो । वताउनुभया शिविरमा ९० जना बिध्यार्थी तथा तिनका अभिवावकहरुले स्वास्थ्य परिक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा जनरल परिक्षण, पिसाव परिक्षण ,दाँत परिक्ष...
राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ
समाचार, हाइलाइट-समाचार

राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

नेपालअखबार, काठमाडौं । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् ।  तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको छ । राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ । गत आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट पनि उनी पक्राउ परेकी थिइन् । आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ ।तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत जनकपु...
मंसिर ४ गते चुनाव गर्ने सत्ता गठबन्धनमा सहमति, भोलि मिति घोषणा हुने सम्भावना
राजनीति, समाचार, हाइलाइट-समाचार

मंसिर ४ गते चुनाव गर्ने सत्ता गठबन्धनमा सहमति, भोलि मिति घोषणा हुने सम्भावना

नेपालअखबार, काठमाडाैं । मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको एक नेताले  बताए । ती नेताका अनुसार सत्ता गठबन्धनमा भएको सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नेछ । जसअनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको ती नेताको भनाइ छ। बुधबारको बालुवाटार बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू उपस्थित थिए ।  निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई यसअघि नै सिफारिस गरिसकेको छ । तर, सरकारले चुनावको मिति घोषणा गर्न ढिलाइ गर्दै आएको छ ।...
संविधानले दिएको अधिकार कानुनको अभावले कार्यान्वयन हुन सकेन : अध्यक्ष अन्सारी
समाचार, हाइलाइट-समाचार

संविधानले दिएको अधिकार कानुनको अभावले कार्यान्वयन हुन सकेन : अध्यक्ष अन्सारी

नेपालअखबार, काठमाडाैं । संविधानले दिएको अधिकार कानुनको अभावले कार्यान्वयन हुन सकेन अध्यक्ष समीम मियाँ अन्सारीले बताए । नेपालमा मुस्लिम समुदायको मानव विकास सूचाङ्क हेर्दा अत्यन्त दयनीय अवस्थामा रहेको अन्सारीले बताए । नेपालअखबारसंग कुराकानी गर्दै मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले आफ्नो ३ वर्षिय कार्यकालको अनुभाव सुनाउदै आयोगका गतिविधि बारेमा थप जानकारी दिए । नेपाली मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हक, हितको संरक्षण र सम्बद्धन तथा सशक्तिकरणका लागि संवैधानिक अंगका रुपमा मुस्लिम आयोगको स्थापना गरिएको छ । नेपालको संविधानको धारा २६४ बमोजिम मुस्लिम आयोग गठन गरिएको हो । व्यवस्थापिका संसदले मुस्लिम आयोग आयोग ऐन, २०७४ बनाई कार्यन्वयन भइ सकेको छ । मुस्लिम समुदायको समग्र स्थितिको अध्ययन गरी तत्सम्बन्धमा गर्नु पर्ने नीतिगत, कानूनी र संस्थागत सुधारका विषय साथै मुस्लिम समुदायको हक ...
डाेटीमा एमाले परित्याग गर्नेकाे लर्काे एकै साथ २६३ जनाले एकीकृत समाजवादीमा प्रवेश
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

डाेटीमा एमाले परित्याग गर्नेकाे लर्काे एकै साथ २६३ जनाले एकीकृत समाजवादीमा प्रवेश

नेपालअखबार, डाेटी।   एकीकृत समाजवादी डाेटि जिल्ला कमिटिकाे अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  अध्यक्ष तथा पुर्व प्रधानमन्त्री  माधवकुमार नेपालले वर्तमान समयमा देशभर  एमाले परित्याग गरेर  नेकपा (एकीकृत समाजवादी) मा प्रवेश  गर्ने क्रम बढ्दै  आएको बताए । “पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्”, उनले भने  । फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको  बताए । उनले भने, “स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको सङ्घ÷प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौँ ।” डाेटीमा एमाले परित्याग गर्नेकाे लर्काे एकै साथ २६३ जनाले एकीकृत समाजवादीमा प्रवेश  गरेका छन् ।  डाेटीकाे सिलगढीमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा 263 जनाले  एमाले परित्याग गरेका हुन् ।  नेकपा  एमाले पर...
पाँच दलीय गठबन्धन निर्वाचन पछिसम्म दिगो रहन्छ : माधव नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

पाँच दलीय गठबन्धन निर्वाचन पछिसम्म दिगो रहन्छ : माधव नेपाल

नेपालअखबार, डाेटी। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचन पछिसम्म पनि दिगो रहने बताएका छन् । एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न आज सदरमुकाम सिलगढी आइपुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गरे । “पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्”, उनले भने । फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको  बताए । उनले भने, “स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको सङ्घ÷प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौँ ।”  रासस...
सिद्धान्तलाई व्यवहारमा उतार्न अध्यक्ष नेपालको निर्देशन
राजनीति, समाचार, हाइलाइट-समाचार

सिद्धान्तलाई व्यवहारमा उतार्न अध्यक्ष नेपालको निर्देशन

नेपालअखबार, काठमाडौ ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई सिद्धान्तलाई व्यवहारमा उतार्न निर्देशन दिनुभएको छ । पार्टी स्कुल विभागको केन्द्रीय प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कार्यकर्तालाई इमानदार र निष्ठावान् हुन पार्टीप्रति समर्पित हुन ,आदर्शप्रति समर्पित हुन निर्देशन दिनुभएको हो । उहाँले पार्टी र जनताप्रति समर्पित भएमा मात्र लक्ष पुरा हुने भन्दै देश कसरी निर्माण गर्ने भन्ने बारेमा नेताहरूलाई चिन्ता हुनुपर्ने बताउनु भयो । पार्टी स्कुल विभागले सञ्चालन गरेको यस खालका अभियानलाई प्रदेश जिल्ला र स्थानीय तह सम्म लैजानु पर्ने भन्दै अध्यक्ष नेपालले पाठ्य संस्कृतिको विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । एक हप्ता सम्म सञ्चालन भएको कार्यक्रममा नेपालको कम्युनिष्ट आन्दोलनको विगत र वर्तमान  माधव नेपाल, नेपालमा जनवादी क्रान्ति, अबको ब...
खाँडाचक्रका मेयर शाही एकीकृत समाजवादीमा प्रवेश
राजनीति, समाचार, हाइलाइट-समाचार

खाँडाचक्रका मेयर शाही एकीकृत समाजवादीमा प्रवेश

नेपालअखबार, सुर्खेत । कालीकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममाझ शाहीलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका हुन् । वैशाख ३० को स्थानीय चुनावमा स्वतन्त्र उठेका शाही २९१९ मत ल्याएर मेयरमा विजयी भएका थिए । शाहीलाई माओवादी र नेकपा एसको समर्थन थियो । खाँडाचक्र नगरपालिकामा माओवादीले उपमेयर जितेको छ । कालीकोटकै खाँडाचक्रमा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य समेत रहेका कमल शाही भने पार्टीकै नेताहरुको अगुवाईमा स्वतन्त्र उम्मेदवारी दिएको बताए ।...
यसकारण फेरि उकालो लाग्दैछ कोरोना संक्रमणको ग्राफ
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

यसकारण फेरि उकालो लाग्दैछ कोरोना संक्रमणको ग्राफ

नेपाल अखबार, काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमण एक सातादेखि फेरि उकालो लागेको छ। असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या सोमबारसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ। असार २६ गते १२१ मा सङ्क्रमण र ६७८ सक्रिय सङ्क्रमित रहेकोमा सोमबार सक्रिय सङ्क्रमित एक हजार ७७६ पुगेका छन्। आइतबार र सोमबार सङ्क्रमणका कारणले एक/एक सङ्क्रमितको ज्यान गएको छ। सङ्क्रमण असार अन्तिमदेखि उकालो लाग्न थालेको हो। असार २७ गते १६८, असार २८ गते १७७, असार २९ गते २०६ असार ३० गते २६०, असार ३१ गते २२९, असार ३२ गते २०५ र साउन १ गते १३५ मा सङ्क्रमण देखिएको छ। शून्य दशमलव पाँच प्रतिशतमा रहेको सङ्क्रमण अहिले ९.८२ प्रतिशत पुगेको छ। पाँच सयभन्दा बढी सङ्क्रमित काठमाडौँ जिल्लामा रहेका छन्। शून्य सङ्क्रमित हुने जिल्ला पनि घटेर आठ मात्र पुगेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर...
नक्कली पत्रकार सक्कली पत्रकारको फेला परेपछि नक्कली पत्रकार जेलमा
अपराध, समाचार, हाइलाइट-समाचार

नक्कली पत्रकार सक्कली पत्रकारको फेला परेपछि नक्कली पत्रकार जेलमा

कपिल पौडेल ,पोखरा । नक्कली पत्रकार सक्कली पत्रकारको फेला परेपछि नक्कली पत्रकार अहिले पोखरा रामबजार वडा प्रहरी कार्यलयको हिरास्तमा रहेका छन् । नेपालअखबार डट कमका सम्पादक जैनव खातुनलाई पोखरा वडा नम्बार १०मा रहेको उहाँको आफ्नो पसलमा बसि रहेको अवस्थामा तिन जना अपरिचित व्यक्तिले पत्रकार र आफुहरुसंग प्रशासन पहुच भएको भन्दै धम्कि दिएका थिए । धम्कि दिने व्यक्तिहरु पोखरा महानगर पालिका वडा नम्बार २६ वस्ने वर्ष ५६को टिकाराम अधिकारी, वर्ष २२को सुदिप तामाङ्ग र वर्ष ४५को नरेश राज भाट रहेका थिए । अहिले तिनै जना प्रहरी हिरासतमा रहेका छन् । रामबजार प्रहरीले आवश्यक अनुसन्धान गरि रहेको बताएको छ । म पत्रकार हुँ भन्दै सम्पादक जैनवलाई धम्कि दिने टिकराम अधिकारीले आफ्नो नजिकको मान्छे सिडियो रहेको बताउदै धम्कि दिएका थिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले यस्ता नक्कली पत्रकारहरुले गर्दा पत्र...