भारतमा महिला डाक्टरको बीभत्स हत्या, पुरुष डाक्टर पक्राउ
नेपाल अखार, एजेन्सि। भारतमा महिला डाक्टरको बीभत्स हत्या भएको छ।
आगरास्थित सरोजिनी नायडु मेडिकल कलेजबाट एमबीबीएस गरेकी डा.योगिता गौतमको हत्या भएको हो।
मंगलबारदेखि बेपत्ता उनको शव बुधबार बिहान सहरदेखि टाढा डौकी थाना क्षेत्रको बमरौली कटाराको खाली ठाउँमा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
नयाँ दिल्लीमा बस्ने गरेकी डा. गौतमका बुबा र दाइ पनि डाक्टर हुन्। डा. गौतम मंगलबार राति अबेर सम्पर्कविहीन भएकी थिइन्। उनको फोन पनि स्वीचअफ भएको थियो।
प्रहरीले घटनाको जानकारी दिएपछि मृतकका बुबा र दाइ बुधबार बिहानै आगरा (घटनास्थल) आइपुगेका छन्।
उनीहरूले उरई जालौन मेडिकल कलेजका मेडिकल अफिसर डाक्टर विवेक तिवारीले योगिताको हत्या गरेको आरोप लगाएका छन्। किनकि उनले पहिलेदेखि नै योगितालाई मार्ने धम्की दिइरहेका थिए।
घटनास्थल आपपासका सीसीटीभीका फुटेजले उनको हत्यामा डा. तिवारी संलग्न देखिने केही प्रमाण प्रहरीले ...
