Friday, July 10

हाइलाइट-समाचार

क्वारेन्टिनबाट ओढ्ने ओछ्याउने चोरी
समाचार, हाइलाइट-समाचार

क्वारेन्टिनबाट ओढ्ने ओछ्याउने चोरी

नेपाल अखबार,  बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टिनमा चोरी भएको छ । क्वारेन्टिनमा बस्नेका लागि प्रयोग हुने ओढ्ने ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने सामग्री चोरी भएको नगर प्रवक्ता प्रेमबहादुर थापाले बताए । असार ५ गतेदेखि खाली रहेको क्वारेन्टिनको ढोका फोडेरभित्र रहेका सम्पूर्ण सामग्री चोरी भएको थापाले जानकारी दिए । क्वारेन्टिनबाट कचौरा ३४ थान, थाल ३४ थान, गिलास ३७ थान, चम्चा ३९ थान, कुकुर पाँच लिटर एक थान, फराइबीन दुई थान कराइ एक थान, पुन्यूउ एक थान चोरी भएको छ । यस्तै क्वारेन्टिनमा बस्नेका लागि खरिद गरिएका र यसअघि बस्नेले प्रयोग गरेका गद्दा ३६ थान, तन्ना चार थान, सिरक २६ थान र पिफर्म तीन वटा चोरी भएको छ । चोरी गरेको थाह पाएलगत्तै प्रहरी प्रतिवेदन तयारी पारेर खोजी कार्य थालिएको नगरपालिकाले बताएको छ । पिसिआरको रिपोर्ट नआउँदै घर जिल्लाको ब...
आइसोलेशन कक्षमै जन्मियो शिशु
समाचार, हाइलाइट-समाचार

आइसोलेशन कक्षमै जन्मियो शिशु

नेपाल अखबार,  बाग्लुङ। धौलागिरी अस्पताल बाग्लुङको आइसोलेशन कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीय महिलाले आज बिहान आइसोलेशन कक्षमै छोरा जन्माएकी हुन् । धौलागिरी अस्पताल बाग्लुङको आइसोलेशन कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीय महिलाले आज बिहान आइसोलेशन कक्षमै छोरा जन्माएकी हुन् । धौलागिरि अञ्चल अस्पतालका अनुसार असार ७ गते आइसोलेशन कक्षमा भर्ना भएकी ती महिलालाई चिकित्सकले शल्यक्रियामार्फत् बच्चा जन्माउन सल्लाह दिएपनि पछि सामान्य प्रकारले सुत्केरी हुनुभएको थियो । धौलागिरी अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलका अनुसार आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । रासस...
‘कोरोना संक्रमित १ करोड पुग्नलाग्दा अक्सिजन दिने मेसिन अभाव’
प्रविधि, विश्व, हाइलाइट-समाचार

‘कोरोना संक्रमित १ करोड पुग्नलाग्दा अक्सिजन दिने मेसिन अभाव’

नेपाल अखबार,  काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वभर कोरोना संक्रमित व्यक्तिहरुको संख्या एक करोड पुग्नैलाग्दा अक्सिजन दिने मेसिन अभाव भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोसले पत्रकार भेटघाटमा भने, ‘धेरै देश अक्सिजन कन्सेन्ट्रेटर (मेसिन)को अभावसँग जुधिरहेका छन् । हाल यो मेसिनको माग बढी भएको छ ।’ उनले भने, अहिलेसम्म विश्वमा ९३ लाख जना कोरोना भाइरस संक्रमित भइसकेका छन् । ४.८० लाख जनाको ज्यान गइसकेको छ । हरेक हप्ता १० लाख नयाँ संक्रमण पुष्टि भइरहेको छ । यसका कारण हरेक दिन ८८ हजार ठूला अक्सिजन सिलिण्डर र ६.२० लाख क्युबिक मिटर अक्सिजनको आवश्यकता परिरहेको छ । संक्रमितहरु अचानक वृद्धि भएका कारण अक्सिजन कन्सेन्ट्रेटर अभाव भएको छ, जुन कोरोना संक्रमित बिरामीलाई सास लिनका लागि आवश्यक पर्दछ । टेड्रोसले भने, ‘डब्ल्यूएचओले हालसम्म १४ हजार अक्सिजन कन्स्नट्रेटर खरिद गरेको छ र आगा...
अब आमाको नामबाट पनि नागरिकता
राजनीति, समाचार, हाइलाइट-समाचार

अब आमाको नामबाट पनि नागरिकता

नेपाल अखबार, काठमाडौं । नेपालमा आमाको नामबाट नागरिकता पाउनुपर्ने बहस विगतदेखि उठिरहेका बेला संसदीय समितिबाट पास भएको बिधेयकले यसबारे ढोका खोलेको छ । हालै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट पास भएको नेपाल नागरिकता ऐन २०६३ को संसोधन विधेयकमा आमाको नामबाट नागरिकता प्राप्ति सम्बन्धि विशेष व्यवस्था गरिएको छ । यो विधेयक प्रतिनिधिसभामा बुझाईको छ र संसदमा छलफलपछि पारित हुँदैछ । नेपाल नागरिकता पहिलो संशोधन ऐन २०७७ को रुपमा आउन लागेको विधेयकमा मूल ऐनको दफा ८ संशोधन गर्दै सो को उपदफा १ को क (२) मा नेपाली  नागरिक  आमाबाट  नेपालमा  जन्म  भई  नेपालमा  नै  बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निजको आमाले गरेको स्वघोषणाको आधारमा नागरिकता दिने व्यवस्था गरिएको छ । यसबाट बावुको पहिचान नभएकाले आमाको नामबाट नागरिकता पाउन ...
२१ वर्षीया सुत्केरीमा कोरोना पुष्टि भएपछि तीन गाउँ सिल
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

२१ वर्षीया सुत्केरीमा कोरोना पुष्टि भएपछि तीन गाउँ सिल

नेपाल अखबार,गुल्मी । गुल्मीमा एक जना सुत्केरी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि गुल्मी दरबार गाउँपालिका तीनवटा गाउँ पूर्ण बन्द (सिल) गरिएको छ। सो गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नआउँदासम्म उक्त वडाका तीनवटा गाउँ सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिएका छन्। सुत्केरीको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको आजदेखि कन्ट्याक ट्रेसिङको प्रक्रिया शुरु गर्न थालेको छ। सो गाउँपालिका–७ अन्तर्गतका रोटेपानी, उखाप र रिपाहाका बासिन्दालाई सार्वजनिक रुपमा सूचना जारी गरी अत्यावश्यक कामबाहेक कोही पनि मानिसलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसलाई समेत गाउँ प्रवेशमा रोक लगाइएको वडाध्यक्ष टोपबहादुर बस्नेतले बताए। ती महिलालाई आरडीटी पोजेटिभ देखिएपछि गत साता आइतबार लुम्बिनी मेडिकल कलेज प्रभास पाल्प...
कास्कीका २ सहित गण्डकीका थप ५८ जनामा कोरोना पुष्टि,  संक्रमित ४३८ पुगे
प्रदेश ४, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कास्कीका २ सहित गण्डकीका थप ५८ जनामा कोरोना पुष्टि, संक्रमित ४३८ पुगे

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप ५८  जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका ७ जिल्लाका थप ५८ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार संक्रमण देखिनेमा कास्कीको मादी गाउँपालिकाका एक १९ महिने बालिका र ४१ बर्षीय पुरुष सहित तनहुँका २५ जना पुरुष, बागलुङका ७  जना पुरुष तथा १ महिला, म्याग्दीका  १  पुरुष, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका १६ जना पुरुष, गोरखाका ५ जना पुरुष र स्याङ्जाका १ पुरुष रहेका छन् । संक्रमितलाइ सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४  सय ३८ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म पर्वतका ६ बर्षीय बालकसहित ३८ जना पुरुष र ५ महिला, तनहुँका ६८ जना पुरुष, बागलुङमा ६७ जना पुरुष तथा ७ महिला , स्याङ्जाका ७३ जना पुरुष तथा ३ महिला, नवलपरासी बर्दघाट...
थप ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार २७४
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

थप ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार २७४

नेपाल अखबार, काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जना कोरोना संक्रमित थपिएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ४२६ देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २१६ जना घर फर्किएका छन्। नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भइसकेको प्रवक्ता गौतमले बताए। उनले पछिल्लो २४ धण्टामा कुनै पनि मृत्यु नभएको बताए।...
कोरोनाबाट विश्वमा ४ लाख ५६ हजार भन्दा बढीको मृत्यु, ८५ लाख ९६ हजार भन्दा बढी संक्रमित
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाबाट विश्वमा ४ लाख ५६ हजार भन्दा बढीको मृत्यु, ८५ लाख ९६ हजार भन्दा बढी संक्रमित

नेपाल अखबार, एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५६ हजार  ६८२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८५ लाख ९६ हजार ३७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४५ लाख ४६ हजार ८९३ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३६ लाख व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ६१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ६३ हजार ७४९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण ...
अब निजी ल्याबले पनि कोरोना परीक्षण गर्ने, खर्च सरकारले व्यहोर्ने
प्रशासन, स्वास्थ्य, हाइलाइट-समाचार

अब निजी ल्याबले पनि कोरोना परीक्षण गर्ने, खर्च सरकारले व्यहोर्ने

नेपाल अखबार, काठमाडौं । सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिई लिइएका पीसीआर टेस्टका नमुनाहरु अब आइन्दा आवश्यक प्रक्रिया पूरा गरी प्राइभेट ल्याबलाई पनि जाँच्न दिने व्यवस्था गरिएको छ’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने । यसरी जाँच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्नेछ । सरकारले कोरोना परीक्षणका लागि देशका २० भन्दा  बढी ठाउँमा प्रयोगशालाको व्यवस्था गरेको छ । तर सरकारी मापदण्डअनुसार नै कोरोना परीक्षण गर्नुपर्ने नागरिक धेरै भएपछि ती प्रयोगशालाको क्षमता भन्दा बढी नमुना स‌ंकलन भएका छन् । नमुना धेरै स‌ंकलन हुँदा परीक्षणको नतिजा आउन एक हप्ताभन्दा बढी समय लाग्न था...
संविधान संशोधनपछि प्रधानमन्त्रीको प्रतिक्रिया : अब भारतसँग वार्ता हुन्छ
राजनीति, समाचार, हाइलाइट-समाचार

संविधान संशोधनपछि प्रधानमन्त्रीको प्रतिक्रिया : अब भारतसँग वार्ता हुन्छ

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूभाग फिर्ताका लागि भारतसँग वार्ता अघि बढाउने बताएका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयक शनिबार प्रतिनिधिसभाबाट पास भएपछि प्रधानमन्त्री ओलीले भारतसँग चाँडै वार्ता हुने बताएका हुन् । संविधान संशोधनपछि अबको कदम के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अब वार्ता हुन्छ, अगाडि बढ्छ ।’ उनले राष्ट्रिय अखण्डताको पक्षमा संसदमा देखिएको एकता निकै राम्रो भएको बताएका छन् ।...