नार्कको प्रविधिले जुम्लामा ओखरका बेर्ना बेचेरै किसानको आम्दानी लाखौं रुपैया
नेपालअखबार, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले जुम्लामा गरेको अनुसन्धानले ओखरको कलमी विरुवा उत्पादनमा ठूलो सफलता प्राप्त भएको छ । वि.सं. २०७३ मा हेल्भेटाससँगको सहकार्यमा जुम्लामा अवस्थित नार्क अन्तर्गतको वागवानी अनुसन्धान केन्द्र राजिकोटले कृषक स्तरीय तालीम गरेपश्चात् केन्द्रले ओखरको कलमी बेर्ना उत्पादनमा गहन अनुसन्धान गरी निकालेको प्रविधिले यो सफलता प्राप्त भएको हो ।
यस अघि जुम्लामा कलमी गरिएका बेर्नामा ४० प्रतिशत र कृषक स्तरमा त्यो भन्दा निकै कम सफलता हुने गरेको थियो । तर नयाँ प्रविधिले औषतमा ७० प्रतिशत कलमी बेर्ना सफल भएको जानकारी वागवानी अनुसन्धान केन्द्र राजिकोटका प्रमुख राजकुमार गिरिले दिए ।
पाताराशी गाउँपालिकाको उर्थुमा केही बर्षदेखि किसानको नर्सरीमा गरिएको एक अनुसन्धानमा चैत महिनाको दोस्रो हप्तामा औसत ७० प्रतिशत कलमी बेर्ना सफल भएका छन् । उक्त केन्द्रका प्रमुख ग...








