Saturday, October 24

प्रशासन

सामुदायिक बन अतिक्रमण बिरुद्ध कारण देखाऊ आदेश, निबेदक माथी धम्की
प्रशासन, समाचार

सामुदायिक बन अतिक्रमण बिरुद्ध कारण देखाऊ आदेश, निबेदक माथी धम्की

नेपालअखबार, पोखरा  । पोखरा महानगरापालिका वडा नं ३३ मा रहेको चैनपुर सामुदायिक बन अतिक्रमण बिरुद्ध उच्च अदालत, पोखरामा उजुरी परेको छ । बिगत लामो समय देखि बिबादमा रहेको उक्त सामुदायिक बनक्षेत्र भित्रको करिव ७५ रोपनी क्षेत्रफल भित्रको बन अतिक्रमण गरिएको बिषय अदालतमा पुगेको छ । उच्च अदालत पोखरामा उक्त बनका उपभोक्ताले अदालतमा उजुरी हालेका हुन । उक्त क्षेत्रमा करिव २० वटा घर र्निमाण गरि अतिक्रमण गरिएको छ । जिल्ला बन कार्यालय, डिभिजन बन कार्यालयमा लामो समय देखि छलफल हुदै आएपनि अतिक्रमणको प्रमाण हुदाहदै पनि कुनै कार्वाही प्रकृया अगाडी नबढाएकोले आफुले बाद्य भएर अदालत सम्म जानपरेको निबेदक बाबुराम अधिकारीले जानकारी दिनुभयो । उच्च अदालत पोखराले भने उक्त उजुरी उपर कारण देखाउ आदेश जारी गरेका छ । अदालतको आदेश अनुसार बन क्षेत्र भित्र के कसो भएको हो ? निबेदकको माग अनुसार कार्वाही किन नगर्ने भनि १५ दिन भित्र...
काठमाडौंको फोहोर एक साता नउठ्ने, घरभित्रै सुरक्षित राख्न महानगरको आग्रह
प्रशासन, समाचार

काठमाडौंको फोहोर एक साता नउठ्ने, घरभित्रै सुरक्षित राख्न महानगरको आग्रह

नेपालअखबार, काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर कम्तिमा एक साता नउठ्ने भएको छ। महानगरले एक सूचनाजारी गर्दै बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल साइट जाने सिसडोलस्थित भ्याली–१ को सडक निर्माण कार्य भइरहेकाले तत्काल फोहोर उठाउन नसकिने बताएको हो। महानगरले एक हप्ता सवारी साधन नचलाउन आग्रह गरिएको भन्दै त्यस अवधिमा फोहोर नउठाइने बताएको हो। महानगरले कम्तीमा एक हप्ताका लागि घरबाट निस्कने फोहोरलाई सडक चोक र सार्वजनिक स्थानमा नफाली घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको छ।...
पोखरा महानगरमा एक वर्षमै चिया खाजामा साढे २ करोड खर्च
प्रशासन, समाचार

पोखरा महानगरमा एक वर्षमै चिया खाजामा साढे २ करोड खर्च

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिकामा एक वर्षमा चिया खाजामा मात्रै साढे दुई करोड खर्च भएको छ । महालेखा परीक्षकको आव २०७७÷०७८ को प्रतिवेदन अनुसार चिया, खाना, खाजा तथा विविध खर्च शीर्षकमा २ करोड ४० लाख १५ हजार भुक्तानी भएको देखिएको र खर्चको विल मात्रै आएको र खर्च केमा भएको भन्ने नखुलेको हो । महालेखाले यस्तो खर्चमा मितव्ययिता अपनाउन भनेको छ । यस्तै, अनुगमन तथा भ्रमण खर्च समेत अनियमित रूपमा प्रयोग गरेको पाइएको छ । भ्रमणमा खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण गरेपछि त्यसको अभिलेख राख्नुपर्नेमा अभिलेख विना चालू खर्च शीर्षकबाट अनुगमन, भ्रमण, विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण आदि शीर्षकमा ४६ लाख ८४ हजार रुपैयाँ खर्च लेखेको छ ।...
आजबाट थप ५ जिल्लामा अनलाइनमार्फत् मतदाता नामावली फारम भर्न सकिने
प्रशासन, समाचार

आजबाट थप ५ जिल्लामा अनलाइनमार्फत् मतदाता नामावली फारम भर्न सकिने

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले आजबाट थप पाँच जिल्लामा पनि अनलाइनमार्फत् मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको छ । आजदेखि चितवन, कास्की, मोरङ, काभ्रे र झापा जिल्लामा अनलाइन मतादाता फाराम भर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । यसअघि काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा गत असार २९ गतेदेखि अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको छ । चितवन, कास्की, मोरङ, काभ्रे र झापाबाट पनि यो व्यवस्था मिलाइएपछि अनलाइनबाट मतदाता फारम भर्न मिल्ने जिल्लाहरुको संख्या आठ पुगेको छ । अनलाइन फारम भरिसकेपछि प्राप्त संकेत नम्बर, नागरिकता लगायतका परिचय पत्रसहित फोटो खिचाउन र औंठा छाप लगाउन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्छ । यसअघि नै मतदाता नामावलीमा नाम लेखाइसकेकाहरुले भने फेरि नाम लेखाउन नपर्ने निर्वाचन आयोगले जनाएको छ । अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएपछि सेवाग...
पोखरा महानगरले निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने
प्रशासन

पोखरा महानगरले निजी शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने

नेपालअखबार, पाेखरा । पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयहरूलाई सर्वसाधारणले निःशुल्क प्रयोगका लागि उपयोगमा ल्याउने भएको छ । देशकै पर्यटकीय सहर पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो । महानगरले सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा निवेदन दिन आग्रह गरेको छ । सार्वजनिक रूपमा निःशुल्क उपयोग गर्न दिए वापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवा सुविधामा प्राथमिकता दिने गरी नीतिगत व्यवस्था महानगरले गरेको छ । सहरका मुख्य र व्यस्त सडकमा अवस्थित व्यक्तिका निजी घर, बैंक, वित्तीय संस्था, होटल, रेष्टुरेण्टलगायतका व्यावसायिक, गैर व्यावसायिक वा पेशागत स...
भूमि सम्बन्धि समस्या देखाएर राज्य दोहोन गर्ने प्रवृतिको अन्त्य गरिन्छ
प्रशासन, समाचार

भूमि सम्बन्धि समस्या देखाएर राज्य दोहोन गर्ने प्रवृतिको अन्त्य गरिन्छ

नेपालअखबार, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले दुई वर्षभित्र भूमीसम्बन्धी सम्पूर्ण समस्या अन्त्य गरिने बताएकी छन् । धनकुटा जिल्ला अन्तरर्गत साँगुरीगढि गाउँपालीका–५ ९साविक डाँडाबजार गाविस वडा नम्बर ३ र ४० का २८ घरपरिवारलाई लालपुजा वितरण गर्ने कार्यक्रमका बोल्दै उनले अब भूमिसम्बन्धि समस्या छन् भन्ने दिनको अन्य गरिने बताइन् । वषौंदेखि भूमि सम्बन्धि समस्या देखाएर विभिन्न आयोग र संयन्त्र बनाएर राज्य दोहोन गर्ने स्थिति रहेको भन्दै उक्त प्रवृतिको छिट्टै अन्य गरिने उनको भनाइ थियो ।कार्यक्रममा उनले सिन्धुली जिल्लाको दुधौली नगरपालीकाका भूमिहिन दलितहरुलाई पहिलो पटक पुर्जा वितरण गरेर भूमि आयोगको कार्य शुरु गरेको स्मरण गरिन् । गैर सुकुम्बासीलाई भुमि उपलब्ध नगराउने तर्फ सरकार सचेत रहेको बताउँदै उनले आयोगका पदाधिकारीहरुलाई कुनै प्रभाव र दबाब बिना काम गर्न निर्दे...
बिलासी वस्तुको आयात  भदौ १४ सम्म प्रतिबन्ध
प्रशासन, समाचार

बिलासी वस्तुको आयात भदौ १४ सम्म प्रतिबन्ध

नेपालअखबार, काठमाडाैं । सरकारले बिलासी बस्तुको आयात प्रतिबन्धको समयलाई थप गर्दै १४ भदौसम्म पुर्‍याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पैठारी ऐन २०१३ बमोजिम ४४ दिनसम्मका लागि प्रतिबन्ध थप गरेको हो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य मन्त्रालयको प्रस्तावमा यसअघि लगाउँदै आएको आयात प्रतिबन्धको म्यादलाई १४ भदौसम्म थप गर्ने निर्णय गरेको हो । जसअनुसार कुरकुरे कुरमुरे लेज, औद्योगिक कच्चा पदार्थ बाहेक सबै प्रकारका मदिरा, औद्योगिक कच्चा पदार्थ बाहेक चुरोट सुर्तिजन्य पदार्थ, हिरा र ३ सय अमेरिकी डलर भन्दा बढीको स्मार्ट फोन ल्याउन प्रतिबन्ध लगाएको छ । मन्त्रालयको सुचना अनुसार ३२ इन्च भन्दा बढीको रंगिन टीभी, जीप कार भ्यान, १ सय ५० सीसी भन्दा बढीका सबैखाले मोटरसाइकललगायतका बिलासी बस्तुको सामान छन् । मन्त्रालयले १३ वैशाखमा राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न वस्तुमा चालु व...
यातायात कार्यालय सानोभर्‍याङबाट ६ बिचौलिया पक्राउ
प्रशासन, समाचार

यातायात कार्यालय सानोभर्‍याङबाट ६ बिचौलिया पक्राउ

नेपालअखबार, काठमाडाैं । प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्‍याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा–अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र ३४ वर्षीय वीरबहादुर मगर, रौतहटका ३३ वर्षीय विश्वबल्लभ लामा र २४ वर्षीय सुवास योञ्जन लामा, झापाका २४ वर्षीय विशाल उप्रेती र सर्लाहीका २४ वर्षीय विमल पुलामी रहेका छन्। जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनीहरुले सेवाग्राहीबाट जबर्जस्ती बढी शुल्क लिने गरेकाले पक्राउ गरिएको हो। पक्राउ परेका ६ जनामाथि मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा जिल्ल...
जग्गाधनीलाई थाहै नदिई जग्गा बेचिदिने मालपोत कर्मचारीसहित १३ जना दोषी ठहर
प्रशासन, समाचार

जग्गाधनीलाई थाहै नदिई जग्गा बेचिदिने मालपोत कर्मचारीसहित १३ जना दोषी ठहर

नेपालअखबार, कर्णाली । जिल्ला अदालत सुर्खेतले जग्गाधनीलाई थाहै नदिएर जग्गा खरिद-बिक्रीसम्बन्धी कार्यमा संलग्न मालपोत कर्मचारीसहित १३ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार कीर्ते तथा ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका चार कर्मचारीसहित १३ जना दोषी रहेको फैसला सुनाएको हो । वीरेन्द्रनगर नगरपालिका-६ का सौगात रावतले साविक जर्बुटा वडा नं ३ (क) कित्ता नं ३१११ रहेको ६ कट्ठा आफ्नो जग्गा २०७७ असार ८ गते खरिद–बिक्री भएको पाएपछि अदालतमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालतले मालपोत कार्यालयका नायब सुब्बा विश्वरुप सावद, कम्प्युटर शाखामा कार्यरत गणेश विक, खरिदार रजिष्ट्रेशन कृष्णबहादुर थापा, दीपेन्द्र श्रेष्ठ र मोठ तथा जग्गा नामसारी फाँटका तीर्थराज महतारा, वीरेन्द्रनगर–१२ तत्कालीन कार्यवाहक अध्यक्ष रामकुमार दर्लामी, वडा सचिव उत्तम अधिकारी र सुनिता रान...
आज  पनि प्रतिनिधि सभा बैठक बस्ने
प्रशासन, समाचार

आज  पनि प्रतिनिधि सभा बैठक बस्ने

नेपालअखबार, काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज  पनि बस्ने भएको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/२०७८’ पेस गर्ने सम्भावित कार्यसूची छ। यस्तै,  गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। सभामुख अग्निप्रसाद सापकोटाले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन र विधेयकका दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको  छ। गृहमन्त्री बालकृष्ण खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने छन् । खानेपानी मन्त्री उमाकान्त चौधरीले ‘विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको खानेपानी तथा सरसफाइ विधेयक, २०७५ छल...