प्रधानमन्त्रीलाई देउवाकाे प्रश्न
नेपाल अखबार, काठमाडौ । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओलीले बोलाएको विज्ञहरुको बैठकबाट बाहिरिएका छन् । छोटो समय बसेर आफ्नो धारणा राखेका देउवाले कोरोना नियन्त्रणमा सरकारले आफूहरुले दिएको सुझाव अनुसार काम नगर्दा भयाबह स्थिति आउन लागेको भन्दै सरकारका कामकारवाही प्रभावकारी हुन नसकेको बताएका थिए ।
बैठकपछि बालुवाटारमा सञ्चारकर्मीहरुसँग छोटो प्रतिक्रिया दिँदै सभापति देउवाले काम गर्ने सरकारले नै भएको बताए । ‘हामीले सुझाव दिएकै छौँ । हामीले दिएको सुझाव नमान्ने । अनि फेरि सुझाव लिन किन बोलाउनुपर्यो ?’, देउवाको भनाइ छ । उनले सरकार कोरोना र बाढीपहिरो नियन्त्रण तथा राहत र उद्दारमा खटिनुको साटो सत्ताको खिचातानीमा मात्रै रमाउने गरेको बताए । ‘कुरा कसैको नुसुन्ने । यो यो गर्नुस् भनेर भनेकै छौँ । थप सुझाव के दिनु केही छैन । दिएको सुझाव कार्यान्वयन गर्नुुस् भनेर भनेँ’, देउवाको भनाइ छ ।
बै...
