Sunday, July 12

समाचार

मधेशमा शान्ति, सद्‌भाव र एकता कायम राख्न मुख्यमन्त्री यादवको अपिल
राजनीति, समाचार

मधेशमा शान्ति, सद्‌भाव र एकता कायम राख्न मुख्यमन्त्री यादवको अपिल

नेपालअखबार, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि सदियौंदेखि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र एकताको बाटो रोज्न सबैलाई आग्रह गरेका छन् । धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदाय बीचको विवादले उग्र रुप लिन थालेपछि मुख्यमन्त्री यादवले शान्ति, सदभाव र एकताको लागि अपिल गरेका हुन् । मुख्यमन्त्री यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको सन्देशमा मधेशको विविधता नै यसको सामर्थ्य र शक्ति भएको बताएका छन् । ‘मधेशको शक्ति एकतामा छ, विभाजनमा होइन,’ भन्दै उनले पछिल्लो समय केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाले सबैलाई मर्माहत बनाएको उल्लेख गरेका छन् । हिंसाले कहिल्यै समाधान नदिने स्पष्ट पार्दै उनले धर्मका नाममा भइरहेको घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको बताए । ‘हिंसाको बाटोले व्यक्ति, समाज र राज...
श्रीमानको कुटपिटपछि मृत्यु भएकी गर्भवतीको अन्त्येष्टि गर्नै लाग्दा पुग्यो प्रहरी
समाचार, समाज

श्रीमानको कुटपिटपछि मृत्यु भएकी गर्भवतीको अन्त्येष्टि गर्नै लाग्दा पुग्यो प्रहरी

नेपालअखबार, दाङ ।  श्रीमानको कुटपिट बाट घाइते भएकी गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएको घटनामा मृतकका श्रीमान पक्राउ परेका छन्। दाङको  शान्तिनगर गाउँपालिका – २ केराघारीका २१ वर्षीय सुमन आले मगरले १७ वर्षीया श्रीमती खिमी परियारलाई पुस १२ गते बिहान ९ बजेतिर निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी खिमीलाई पुस १३ गत नेपालगन्जको केयर सिटी अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचार क्रममै पुस १८ गते बिहान ११ मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए। कुटपिटबाट मृत्यु भएकी खिमीको शव परिवारले घरमा ल्याएर अन्त्येष्टि गर्न लागेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए। सूचनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट  प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले अन्त्येष्टि कार्य रोकेर शव पोस्टमर्टमका लागि अस्पताल पठाएको थियो। इप्रका तुलसीपुरका प्रमुख डि...
१० जना उपसचिवको सरुवा
प्रशासन, समाचार

१० जना उपसचिवको सरुवा

नेपालअखबार,काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको छ । आइतबार मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको हो । टिकामणी नेउपाने र युवराज खतिवडाको लोकसेवा आयोगमा सरुवा गरिएको छ ।
नयाँदिल्ली पुगे प्रचण्ड
राजनीति, समाचार

नयाँदिल्ली पुगे प्रचण्ड

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँदिल्ली पुगेका छन् । जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दलहरु समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि प्रचण्डको यो पहिलो दिल्ली यात्रा हो । तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादी लगायत दल निकट प्रवासी संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली गएको उनको सचिवालयले जनाएको छ । सन्देश सभालाई सम्बोधन गरेर प्रचण्ड सोमबार नै स्वदेश फर्किने बताइएको छ । फागुन २१ गते हुन लागेको चुनाव अगाडि प्रचण्डको दिल्ली यात्रालाई कतिपयले चासोका साथ हेरेका छन् । दिल्ली बसाइका क्रममा उनका थप कार्यक्रम भने सार्वजनिक भने भएका छैनन् । प्रचण्डको सचिवालयले पनि दिल्लीमा सन्देश सभालाई सम्बोधन गर्ने बाहेक अन्य राजनीतिक भेटघाटका कार्यक्रम नरहेको जनाएको छ ।...
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त
प्रशासन, समाचार

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आइतबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा र न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गरिएको बताए । नियुक्ति भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले माघ २ मा आफू खटिएको निर्वाचन क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रमहरू सञ्चालन गर्ने आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।...
धनुषामा दुई समूहबीच तनाव, वीरगन्जमा प्रदर्शन प्रहरीले ५ राउन्ड अश्रुग्यास पनि प्रहार
समाचार, समाज

धनुषामा दुई समूहबीच तनाव, वीरगन्जमा प्रदर्शन प्रहरीले ५ राउन्ड अश्रुग्यास पनि प्रहार

नेपालअखबार,पर्सा । धनुषाको कमला नगरपालिकामा दुई समूहबीच तनाव बढेको छ। त्यसैको विरोधमा वीरगन्जमा आइतबार बिहानैदेखि प्रदर्शन भएको छ। टिकटकमा एक-अर्काको धर्मलक्षित गरेर टिप्पणी गरेको विषयलाई लिएर धनुषाको कमला नगरपालिका-६ सखुवा मडानमा तनाव बढेको हो। धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा तोडफोड भएको विराेधमा वीरगन्ज आसपासका स्थानमा आइतबार टायर बालेर नाराबाजीसहत प्रदर्शन भएको हो । वीरगन्जकी छपकैया इदगाह चोकमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप पनि भएको छ। स्थिति नियन्त्रणमा लिन यस क्रममा प्रहरीले ५ राउण्ड अश्रु ग्यास पनि प्रहार गरेको छ। प्रहरीतर्फ सात जना सामान्य घाइते भएको पर्सा प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले बताए। स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरिएको र ठाउँठाउँमा बालिएका टायर निभाउने काम मात्र प्रहरीले गरेको उनले बताए। दिउँसाे साढे १२ बजेसम्म स्थि...
भेनेजुएला घटनाप्रति तीन युवा सङ्गठनको भर्त्सना
राजनीति, समाचार

भेनेजुएला घटनाप्रति तीन युवा सङ्गठनको भर्त्सना

नेपालअखबार,काठमाडौँ । वाईसीएल लगायत तीन वटा युवा सङ्गठनले  अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण र त्यहाँका राष्ट्रपति मादुरो दम्पती नियन्त्रणमा लिएको घटनाप्रति भर्त्सना गरेका छन् । योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल ),युवा सङ्घ नेपाल र नेपाल समाजवादी युवा सङ्घले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त आपराधिक घटनाको भर्त्सना गरेका हुन् । उनीहरुले अमेरिकी साम्राज्यवादद्वारा भेनेजुएलाको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनतामाथि गरिएको नाङ्गो सैन्य आक्रमण तथा निर्वाचित राष्ट्रपति दम्पतीलाई अपहरण गरी अमेरिका लगिएको आपराधिक घटनाप्रति नेपाली युवा सङ्गठनहरू घोर आपत्ति जनाउँदै कडा भर्त्सना गरेका हुन् । ‘यो घटनाले अमेरिकी साम्राज्यवादको दादागिरी पूर्ण चरित्र र अन्तर्राष्ट्रिय कानुनप्रतिको तिरस्कारलाई स्पष्ट रूपमा उजागर गरेको छ’, संयुक्त विज्ञप्तिमा भनिएको छ । ‘यस्ता एकपक्षीय र ...
मस्जिद तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र
राजनीति, समाचार

मस्जिद तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

नेपालअखबार,काठमाडौँ । नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी नेतृत्वको सङ्घीय गणतान्त्रिक गठबन्धनले तराई मधेसमा बढ्दै गएको धार्मिक तथा जातीय द्वन्द्व नियन्त्रण गर्न माग गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापन पत्र बुझाएको छ । आज सिंहदरबार पुगेर गठबन्धनका प्रतिनिधिहरुले गृहमन्त्री अर्याललाई ज्ञापन पत्र बुझाएका हुन् । मधेसमा पछिल्लो समय केही उग्र, असामाजिक तथा आपराधिक तत्त्वहरूले योजनाबद्ध रूपमा धार्मिक अल्पसङ्ख्यक समुदायमाथि आक्रमण गर्दै सामाजिक सद्भाव विखण्डन गर्न खोजिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यस्ता गतिविधि केवल आपराधिक नभई राजनीतिक अस्थिरता सिर्जना गर्ने, गणतान्त्रिक व्यवस्था कमजोर बनाउने र देशलाई अराजकतर्फ धकेल्ने षड्यन्त्रको अंश भएको ज्ञापन पत्रमा उल्लेख छ । पुस २० गते धनुषाको कमला नगरपालिका–६ स्थित एक मस्जिदमा तोडफोड भएको थियो । सो मस्जिदमा जबरजस्ती प्...
बाँकेमा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणको तयारी
समाचार, समाज

बाँकेमा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणको तयारी

नेपालअखबार,बाँके । भूमि समस्या समाधान आयोगले बाँकेमा पुनः काम सुरु गरेको छ । भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका दुई हजार १०१ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरणको तयारी गरेको आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले जानकारी दिए । उनका अनुसार आयोगको हालैको बैठकले जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका दुई हजार १०१ अव्यवस्थित बसोवासीको जग्गा दर्ता र दाबीविरोधका लागि एक हप्ताको म्याद दिइएको छ । “राप्तीसोनारी–४ का आठ सय ६१ जना र बैजनाथ–७ का तीन सय ७२ जनालाई राजस्व तिर्नका लागि र कोहलपुर–१ का आठ सय ६८ जनालाई दाबीविरोधका लागि सूचना जारी गरिएको छ”, आयोगका अध्यक्ष खनालले भने, “हामीले धमाधम काम सुरु गरेका छौँ, राजस्व र दाबीविरोधको सूचनाअनुसार लालपुर्जा तयार र वितरणको काम हुनेछ...
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
राजनीति, समाचार

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ। आइतबार दिउँसो १ बजे ‍पार्टी केन्द्रीय कार्यालय चःमतिमा केन्द्रीय समिति बैठक बस्न लागेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बैठकमा केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा पार्टी समायोजन, विस्तार तथा सुदृढीकरण सम्बन्धी छलफल हुने बताइएको छ। ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपाबीच पुस १४ गते एकता भएको थियो त्यसयता पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो।...