Saturday, November 21

समाचार

धुषामा युवती बलात्कृत
प्रदेश २, समाचार

धुषामा युवती बलात्कृत

नेपाल अखबार, जनकपुरधाम । धुषाको क्षिरेश्वनाथ नगरपालिकामा १८ बर्षीया युवती बलात्कृत भएकी छन् । नगरपालिकाको वडा नम्बर ३ कि दलित समुदायकी युवतीलाई स्थानीय कलाम राइनले घरबाटै लगी बलात्कार गरेको पीडित युवतीले बताएकी छन् । सोमबार राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्केकी युवतीलाई ३० बर्षीय राइनले जबर्जस्ती लगी बलात्कार गरेको पीडित परिवारको भनाइ छ । पिसाब फेर्न निस्केकी युवती घर नफर्केपछि उनको खोजतलास भएको थियो । तर राइनले ती युवतीलाई बिहान ३ बजेतिर घर छोड्न आएपछि घटना बाहिरिएको हो । युवतीले आफूलाई लगेर बलात्कार गरेको बताएपछि बालिकाका आफन्त र गाउँलेले तत्कालै युवकलाई नियन्त्रणमा लिई कुटपिट गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मा लगाएका छन् । कुटपिटबाट युवक घाइते भएका छन् । स्थानीयले जिम्मा लगाएपछि युवती र युवक दुबैको स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहर...
आगामी तीन दिन बाढीको उच्च जोखिम
समाचार, समाज

आगामी तीन दिन बाढीको उच्च जोखिम

नेपाल अखबार, पाेखरा। वर्षा बढेसँगै देशभर बाढी र पहिरोको प्रकोप पनि बढेको छ। कतिपय स्थानमा जनधनको क्षति हुन सुरु भइसकेको छ। मौसमविद्ले आगामी शुक्रबारसम्म देशको धेरैजसो स्थानमा ठूलो वर्षा हुने अनुमान गर्दै सुरक्षित रहन सबैमा आग्रह गरेका छन्। यसै क्रममा बाढी पूर्वानुमान महाशाखाले आज (मंगलबार) बिहान जारी गरेको बुलेटिनअनुसार आगामी तीन दिन अर्थात् बिहीबारसम्म देशका प्रमुख नदीसहित विभिन्न खोलानालामा बाढीको उच्च जाेखिम छ। हेर्नुहोस्, विस्तृतमा यो सूचना :  ...
युट्युबर शिवाकोटी बलात्कार आरोपमा  जेल चलान
प्रशासन, समाचार

युट्युबर शिवाकोटी बलात्कार आरोपमा जेल चलान

नेपाल अखबार, काठमाडौं । विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबरका रुपमा आफूलाई चिनाउने अर्जुन शिवाकोटीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो । बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शिवाकोटीलाई थुनामा पठाउन आदेश भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दिपक थापाले  बताए । शिवोकाटीले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको भन्दै उजुरी परेको थियो । शिवाकोटीले प्रहरी प्रशासनसँग समेत राम्रो चिनजान भएको बताएपछि बालिकाका बुबाआमा न्याय खोज्दै महानगरीय अपराध अनुसन्धान महाशाखासम्म पुगेका थिए । घटना संवेदनशील भएकाले महाशाखाले एक जना महिला डीएसपीलाई खटाएर अनुसन्धान गरेको थियो ।...
विप्लव समूहका इन्चार्ज बिसी चितवन  पक्राउ
समाचार

विप्लव समूहका इन्चार्ज बिसी चितवन पक्राउ

नेपाल अखबार, चितवन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी पक्राउ परेका छन् । उनलाई प्रहरीले सोमबार साँझ पूर्वीचितवनको राप्तीबाट नियन्त्रणमा लिएको हो । बिसीलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ भइरहेको छ । स्रोतका अनुसार बिसीसँगै विप्लवका अन्य जिल्ला नेताहरु समेत नियन्त्रणमा रहेका छन् । प्रहरीले यसबारे विस्तृतमा बताइसकेको छैन ।...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ६२ प्रतिशत काम सम्पन्न,  ‘डेडलाइन मिट’ गर्न मुश्किल
अर्थ, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ६२ प्रतिशत काम सम्पन्न, ‘डेडलाइन मिट’ गर्न मुश्किल

नेपाल अखबार, पाेखरा। तोकिएको मितिभन्दा छ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ । सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति भए पनि यस वर्ष कोरोनाका कारणले काम प्रभावित भएपछि निर्धारित मितिभित्रमा सम्पन्न गर्ने नयाँ लक्ष्य राखिएको छ । बन्दाबन्दीमा विमानस्थलको काम नरोकिए पनि पूर्ण जनशक्ति र क्षमताका साथ काम नहुँदा छ महिनाअगावै काम सक्ने लक्ष्य हासिल हुन नसक्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । विगतमा ५०० हाराहारीमा नेपाली तथा चिनियाँ कामदार विमानस्थल निर्माणमा खटिने गरेकामा हाल चिनियाँ २४४ तथा नेपाली १०० मजदुरले मात्र काम गरिरहेका छन् । आयोजनामा आउनुपर्ने २०० चिनियाँ कामदार हवाई उडान बन्द हुँदा आउन नसकेको र लामो समय निर्माण सामग्री सीमानाकामा र...
पाल्पाको पहिरोमा परी एक जनाको मृत्यु
समाचार

पाल्पाको पहिरोमा परी एक जनाको मृत्यु

नेपालअखबार,   बुटवल । पाल्पा जिल्लामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । पाल्पा रम्भा गा.पा.१ असर्दी बस्ने वर्ष ३० को दिनेश अर्यालको आज बिहान खेतमा जाँदै गर्दा ढुङ्गा माटोसहित पहिरोको भलले पुर्दा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले अर्याललाई पहिरोले १० मिटर तल पुर्याएको थियो । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।...
महेश भट्टले रियालाई दिएका थिए सुशान्तसँग टाढै रहन सुझाव, प्रहरीको २ घण्टाको सोधपुछमा भने यस्तो
विदेश, समाचार

महेश भट्टले रियालाई दिएका थिए सुशान्तसँग टाढै रहन सुझाव, प्रहरीको २ घण्टाको सोधपुछमा भने यस्तो

नेपाल अखबार, एजेन्सि।  सुशान्त सिंह राजपूतको आत्महत्या मामिलामा सोमबार फिल्म निर्देशक महेश भट्टसँग सांताक्रुज प्रहरी स्टेशनमा दुई घण्टा सोधपुछ भयो । उनी दिउँसो १२ बजे प्रहरी स्टेशन पुगेका थिए र २ बजेसम्म उनीसँग सोधपुछ भयो । यसमा महेश भट्टको नाम त्यतिबेला जोडियो जब उनको क्याम्पमा काम गरिसकेकी लेखिका सुहृता दासले सुशान्तको मृत्यु भएकै दिन महेशले भनेपछि नै रिया सुशान्तसँग टाढा भएको खुलासा गरेकी थिइन् । मिडियामा यो खबर आएपछि प्रहरीमाथि महेश भट्टसँग सोधपुछ गर्न दबाब सुरु भएको थियो । सुहृताको पोस्टले फैलाएको थियो सनसनीः सुहृताले सुशान्तको मृत्यु भएकै दिन यो पोस्ट गरेकी थिइन् । उनले रियाका लागि लेखिएको यो पोस्टमा बताएकी थिइन्, ‘जब पूरा दुनियाँ सुशान्तका लागि समवेदना दिइरहेको छ तब म तिम्रो साथमा उभिएकी छु । मैले तिमीलाई भट्ट साहबसँग काउन्सिलिङका लागि आएको देखेकी छु । तिम्रो संघर्षलाई देखे...
सर्तक रहन आग्रह ,मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना
समाचार, समाज

सर्तक रहन आग्रह ,मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

नेपाल अखबार, पाेखरा। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने नेपालको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ। ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । विभागका अनुसार मंगलबार देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,...
आत्महत्या गर्छु भनेर फेसबुकमा लेख्ने व्यक्तिकाे उद्दार
प्रशासन, समाचार

आत्महत्या गर्छु भनेर फेसबुकमा लेख्ने व्यक्तिकाे उद्दार

नेपाल अखबार, काठमाडौं । आत्महत्या गर्छु भनेर फेसबुकमा लेख्ने व्यक्तिलाई प्रहरीले उद्दार गरेको छ । महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज र प्रहरी प्रभाग, बसपार्कको टोलीले झापाको अनारमनी–४ घर भएका सुनिल अग्रवाललाई उद्दार गरेको हो । महाराजगञ्जका डीएसपी रोशन खड्काका अनुसार सोमबार बिहान साढे ११ बजे अग्रवालले फेसबुकमा अन्तिम पोष्ट लेखेको घोषणा गर्दै कसैलाई पनि नरिसाउन भनेका थिए । साथै, उनले जिन्दगीमा धेरै तनाव भएर केही सोच्ने क्षमता नभएपछि आत्महत्या गर्न लागेको पनि उल्लेख गरेका थिए । उनले आफ्नो मृत्युको खबर घरसम्म पनि नपठाइदिन भनेका थिए । ‘मेरो अन्तिम इच्छा यही हो, कसैसँग केही गुनासो छैन । म आफैं हिम्मत हारिसकेको यो जुनीमा दुःख मात्र भागेको सायद अर्को जुनीमा दुःख भोग्नु नपरोस्’, उनले भनेका थिए । यो पोष्टबारे थाहा पाउने वित्तिकै प्रहरीले उनको खोजी थालेको थियो । त्यसक्रममा उनी बसपार्कमा बिजी मल नजिकै ...
जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी
समाचार

जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी

नेपाल अखबार, अमरगढी । डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु र चार बिरामी भएका छन् । नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु थियो । उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । च्याउ खाँदा विरामी भएकी बालकका आमा बिस्ना धामी र तीन दिदीबहिनीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।रासस...