राष्ट्रिय सभाको संशोधन स्वीकार गर्दै प्रतिनिधिसभाले पारित गर्यो नागरिकता विधेयक
नेपालअखबार,काठमाडौँ । प्रतिनिधिसभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रिय सभामा गरिएको संशोधन प्रतिनिधिसभाले स्वीकार गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले नागरिकता विधेयकलाई पारित पनि गरेको छ ।
राष्ट्रिय सभाबाट आएको संशोधनलाई प्रतिनिधिसभाको बहुमतले स्वीकार गरेको हो । प्रतिनिधिसभामा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
त्यसपछि छलफल सहभागी सांसदले नागरिकता विधेयक पास भएपछि नागरिकता प्राप्तिका क्रममा नागरिकले भोग्नुपरेका विद्यमान समस्या हटेर जाने विश्वास व्यक्त गरेका थिए । आमाको नामबाट नागरिकता पाउने व्यवस्थाले पहिचान नभएका तथा बाबुले असहयोग गरेका सन्तानलाई राहत मिल्ने उनीहरूको भनाइ थियो ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विधेयकलाई महिलाको सम्मानसँग जोड्दै समर्थन...









