नेपाल टेलिकमको नयाँ वर्ष अफर : ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटाको सुविधा
नेपालअखबार,काठमाडौँ । नयाँ वर्ष २०८३ को उल्लाससँगै नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आकर्षक 'न्यु इयर अफर' सार्वजनिक गरेको छ। सरकारी स्वामित्वको यस दूरसञ्चार कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै विशेष डाटा प्याकेजहरू ल्याएको हो।
कम्पनीले यसपटक 'न्यु इयर लाइट' र 'न्यु इयर प्रिमियम' गरी दुई विकल्प अगाडि सारेको छ, जसले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट अनुभव दिने अपेक्षा गरिएको छ। टेलिकमका अनुसार 'न्यु इयर लाइट' प्याकेज अन्तर्गत ग्राहकले ४९९ रुपैयाँमा ३० दिनसम्म प्रतिदिन ५ जीबी डाटा चलाउन पाउनेछन्।
तोकिएको दैनिक ५ जीबीको सीमा सकिए पनि इन्टरनेट काटिने छैन, बरु २ एमबीपीएसको गतिमा महिनाभर अनलिमिटेड डाटा प्रयोग गर्न सकिने सुविधा दिइएको छ। त्यसैगरी, अलि बढी डाटा खपत गर्नेहरूका लागि 'न्यु इयर प्रिमियम' प्याकेज ल्याइएको छ। ६९९ रुपैयाँ पर्ने यस प्याकेजमा प्रतिदिन १...









