पोखरामा युवती हत्या प्रकरण: दोषीलाई कडा कारबाहीको माग, प्रशासनको संवेदनशीलता व्यक्त
नेपालअखबार,पोखरा । कास्कीको पोखरामा एक युवतीको हत्या भएको घटनापछि मानवअधिकार तथा महिला अधिकार क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरूले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। उक्त सम्बन्धमा तयार पारिएको ध्यानाकर्षण पत्र शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मालाई बुझाइएको हो। चैत २५ गते साँझ करिब ७ बजे पोखराको समाहारचोक नजिक सुजना पौडेल के.सी.को धारिलो हतियार प्रयोग गरी हत्या गरिएको घटनाले सिंगो समाजलाई स्तब्ध बनाएको छ। शान्त र पर्यटकीय सहरका रूपमा परिचित पोखरामा यस्ता जघन्य घटना घट्नुले नागरिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको सरोकारवालाहरूले बताएका छन्।
ध्यानाकर्षण पत्रमार्फत संघसंस्थाहरूले मृतकलाई न्याय दिलाउन, संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कडा सजाय दिन तथा मृतककी नाबालिका छोरीको पालनपोषण, शिक्षा र सुरक्षाको जिम्मा राज्यले लिनुपर्ने माग गरेका छन्। यसैबीच, प्रमुख...










