सुनसरी–४ मा परिवर्तनको हुंकार : जगदीश कुसियैत तर्फ जनताको बढ्दो आकर्षण
समाचार दाता । सद्दाम हुसैन
लौकही । सुनसरी क्षेत्र नं. ४ को वर्तमान राजनीतिक माहोल हेर्दा एक कुरा स्पष्ट देखिन्छ—जनता अब पुरानै शैलीको राजनीति स्वीकार गर्न तयार छैनन्। घर–आँगनदेखि चोक–चौतारासम्म एउटै आवाज गुञ्जिएको छ, “अब परिवर्तन चाहियो, अनुभवी र जनतासँग जोडिएको नेतृत्व चाहियो।” लामो समयदेखि जनताको दुःख–सुखमा साथ दिँदै आएका, विकास र स्थायित्वको स्पष्ट दृष्टिकोण बोकेका नेता जगदीश कुसियत अहिले सुनसरी क्षेत्र नं. ४ मा आशाको केन्द्र बनेका छन्। युवादेखि वृद्धसम्म, किसानदेखि व्यवसायीसम्म—सबै वर्गको भरोसा जगदीश कुसियैततर्फ केन्द्रीत हुँदै गएको देखिन्छ।
स्थानीय बासिन्दाहरू भन्छन्, “हामीले धेरै वाचा सुनेका छौँ, अब काम गर्ने नेता चाहिन्छ।” यही अपेक्षालाई सम्बोधन गर्ने पात्रका रूपमा कुसियैतलाई नागरिकहरूले हेर्न थालेका छन्। उनको सरल स्वभाव, जनतामै बसेर राजनीति गर्ने शैली र विकासप्रति प्रतिबद्धता...










