Wednesday, August 5

समाचार

भक्तपुरमा यसरी मनाइँदैछ फागुपर्व
धर्म/संस्कृति, समाचार, समाज

भक्तपुरमा यसरी मनाइँदैछ फागुपर्व

नेपालअखबार, भक्तपुर । वसन्त ऋतुको आगमनसँगै रङहरुको पर्वको रुपमा मनाइने फागुपर्व आज भक्तपुरमा धुमधामका साथ मनाइँदै छ । विजयको हर्षोल्लासको रुपमा एक आपसमा रङ दलेर खुसी साटासाट गरी मनाइने यो पर्व भक्तपुरमा बेग्लै परम्परागत शैलीमा मनाइन्छ । दिल खोलेर नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफैभित्र हराउने पर्व तथा तनमन रङगाउने पर्वको रुपमा प्रचलित फागुपर्वलाई भक्तपुरमा विशेषगरी यौन रसयुक्त गीत गाउँदै स्थानीय धिमे बाजा खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःहरु आर्दशस्थित भिं द्यो(परदेशी भिमसेन) मन्दिर गएर समेबजी खाई एकापसमा अविर दलेर मनाउने गर्दछ । भक्तपुरमा फागु पर्वको सुरुवात नै अन्यत्रभन्दा भिन्न हुन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी चीर गाडेपछि फागु पर्व सुरु भएको मानिन्छ । तर भक्तपुरमा फागु पर्व सुरु भएको जनाउ दिन दत्ता...
देश घृणा र उत्तेजनाको भाषाले सम्हाल्न सकिँदैन : गगन थापा
राजनीति, विदेश, समाचार

देश घृणा र उत्तेजनाको भाषाले सम्हाल्न सकिँदैन : गगन थापा

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले देश घृणा र उत्तेजनाको भाषाले सम्हाल्न नसकिने बताएका छन् । आइतबार काठमाडौँको कीर्तिपुरमा आयोजित नेपाली कांग्रेसको चुनावी सभामा आइतबार सभापति थापाले मुलुक चलाउन सबैलाई मिलाउने सफ्ट भाषा बोल्नेले मात्रै सक्ने बताए । ‘देश सम्हाल्न घृणा र उत्तेजनाको भाषा बोल्नेले सक्दैन । मुलुक चलाउन एक्लै सकिँदैन । टिम चाहिन्छ,’ सभापति थापाले भने, ‘संसारभर कोलाहल र हल्ला मच्चाउनेहरू सामाजिक सञ्जालमा भाइरल हुन्छन् । उनीहरूले घृणाको भाषा बोलिरहेका हुन्छन् । घृणा र उत्तेजनाले मुलुक चल्दैन, मिलाउनुपर्छ ।’ उनले निर्वाचनमा सोमबारसम्म प्रचारप्रसार गर्दा उत्तेजना र घोचपेचको भाषा कसैलाई पनि प्रयोग नगर्न नेता कार्यकर्तालाई आग्रह गरे । पार्टीको नीति घोचपेच र उत्तेजनाको भाषा चुनावी प्रचारप्रसारमा नगर्ने रहेको सभापति थापाको भनाइ थियो । ‘मैले साथीहरूलाई भने...
कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह
प्रशासन, विदेश, समाचार

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

नेपालअखबार,कतार । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ । दूतावासले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिलाई दृष्टिगत गर्दै कतारमा रहेका सम्पूर्ण नेपालीलाई सतर्कता अपनाइ सुरक्षित रहन अनुरोध गरेको हो । कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनको पालना गर्न, घरभित्र रहन, उचित सावधानी अपनाउन, अज्ञात स्रोतबाट आएका अफवाह र अप्रमाणित सूचनालाई विश्वास नगर्न दूतावासले अनुरोध गरेको छ । अप्रमाणित सूचना, समाचार र ‘भिडियो क्लिप’लाई प्रेषित नगर्न, आधिकारिक घोषणा र आपत्कालीन सतर्कता सन्देश निरन्तर हेरेर त्यसको पालना गर्न तथा दूतावाससँग नियमित सम्पर्क कायम राख्न दूतावासले अनुरोध गरेको छ । दूतावासले कतारमा रहेका नेपालीसँग टेलिफोनलगायत माध्यमबाट नियमित सम्पर्कमा रहेको जनाएको छ । कतारमा हाल तीन लाख ६० हजार...
इरानको छात्रा विद्यालयमा मर्नेको सङ्ख्या ११८ पुग्यो
विश्व, समाचार

इरानको छात्रा विद्यालयमा मर्नेको सङ्ख्या ११८ पुग्यो

नेपालअखबार, तेहरान । इरानको दक्षिणी सहर मिनाबस्थित एक छात्रा विद्यालयमा अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि मृत्यु हुनेको सङ्ख्या ११८ पुगेको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । रिपोर्टअनुसार उक्त आक्रमण शाजाबा तैयबा स्कुल परिसरमा भएको थियो । घटनास्थलबाट प्राप्त भिडियोको स्थान पहिचान पुष्टि गरेको सीएनएनले जनाएको छ । उक्त विद्यालय एक इरानी सैन्य अड्डाबाट करिब २०० फिट दूरीमा रहेको थियो । उपग्रह तस्बिरहरूका अनुसार विद्यालय पहिले सैन्य अड्डाको भागजस्तै देखिए पनि कम्तीमा सन् २०१६ देखि ती दुई स्थल छुट्टाछुट्टै थिए । घटनापछि उद्धारकर्मी र स्थानीय बासिन्दाले भग्नावशेष हटाउँदै खोज तथा उद्धार कार्य जारी रहेकोले मर्नेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।...
मतदान केन्द्रमा जाने सडकमा हिउँ, ५ दिनदेखि मेसिन लगाएर पन्छाइँदै
समाचार, समाज

मतदान केन्द्रमा जाने सडकमा हिउँ, ५ दिनदेखि मेसिन लगाएर पन्छाइँदै

नेपालअखबार,बागलुङ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै देशका अधिकांश जिल्लामा मतपत्रसहितका सामग्री पुगिसके । जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रहरूमा जनशक्ति पठाउनका लागि खटनपटन गरिरहेका छन् । तर मुस्ताङको एउटा मतदान केन्द्र रहेको साङ्तामा चुनावको कुनै गुन्जायजनै छैन । जाडो छल्न सहर पसेका स्थानीय गाउँ फर्किसकेका छैनन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्ता गाउँमा मतदान अनुगमन टोलीसमेत पुग्न सकेको छैन । साङ्ता गाउँ जाने सडकका झन्डै सात फिट हिउँ जमेको हुँदा यात्रा गर्न सकिने अवस्था छैन । सडक खुलाउनका लागि पाँच दिनदेखि मेसिन प्रयोग गरिएको छ । आइतबारसम्म सडक खुलाउने गरी मेसिनले काम गरी रहेको मुस्ताङको प्रमुख जिल्ला अधिकारी अन्जिता शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘साङ्ता गाउँमा एउटा मतदान केन्द्र र मतदान स्थल रहेको छ । यहाँ अहिलेसम्म पुग्न सकिएको छैन । गाउँम...
रौतहटमा निर्वाचन तयारी पूरा, १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
प्रशासन, समाचार

रौतहटमा निर्वाचन तयारी पूरा, १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

नेपालअखबार, रौतहट । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रौतहट जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ। मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश मनोज केसीले कटहरिया–स्थित नमुना माध्यमिक विद्यालयमा राखिने मतदान केन्द्र तथा मतगणना स्थलको सभाकक्ष निरीक्षणपछि उक्त जानकारी दिएका हुन्। निर्वाचनका लागि १० हजारभन्दा बढी सुरक्षाकर्मी तथा जनशक्ति परिचालन गरिएको निरीक्षण टोलीमा सहभागी दिनेश शागर भुसालले जानकारी दिएका छन्। शान्तिपूर्ण वातावरणमा मतदान हुने विश्वास व्यक्त गर्दै उनले रौतहटका मतदातालाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्। निर्वाचनको समय शान्ति सुरक्षा कायम राख्न पैदल, मोटरसाइकल, सवारी साधन तथा बख्तरबन्द गाडीमार्फत गस्ती सुरु भइसकेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले ...
मध्यपूर्वमा मिसाइल बर्सिँदा रातभरि निदाउन सकिनँ-ओली
राजनीति, समाचार

मध्यपूर्वमा मिसाइल बर्सिँदा रातभरि निदाउन सकिनँ-ओली

नेपालअखबार, काठमाडौँ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा मिसाइल बर्सिँदा आफू रातभरि निदाउन नसकेको बताएका छन्। आइतबार बिहानीपख फेसबुकमा स्ट्याटस लेख्दै ओलीले आकाशबाट बर्सिएका  मिसाइलको धुवाँको दृश्यले रातभरि निद्रा नपरेको बताएका हुन्। 'आज तपाईंहरूलाई पलपल छट्पटी भइरहँदा म निदाउन सकिनँ, बेचैन छु । यसबेला हाम्रो सजगता चाहिन्छ, धैर्य चाहिन्छ। विवेक, धैर्य र साहस- कामना गर्छु,' उनले भनेका छन्। लाखौं नेपाली आपत र कोलाहलमा हुँदा उनीहरूका परिवार पल पल छटपटाएर बस्नुपरेको पनि उनले बताएका छन्। 'आज संसारभर संसारकै नागरिक छन् । किनकि अवसर छनौटको खुला विश्वमा यो स्वाभाविक हो। तर, अस्वाभाविक र खतरनाक कुरा त युद्ध हो, भूराजनीतिक चपेटा हो। ती देशहरू पनि पक्कै युद्ध चाहँदैनथे। तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनु पर्ने,' ओलीले लेखेका छन्। उनले सौभाग्यबस नेपालमा मिसाइलको धु...
खामेनीको मृत्युपछि इरानमा को बन्छ सर्वोच्च नेता, कसरी छानिन्छ?
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

खामेनीको मृत्युपछि इरानमा को बन्छ सर्वोच्च नेता, कसरी छानिन्छ?

नेपालअखबार, काठमाडौँ । इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएको छ। इरानी सरकारी सञ्चारमाध्यमहरूले अमेरिका र इसराइलले शनिबार बिहान तेहरानमा गरेको हवाई हमलामा परी खामेनी मारिएको पुष्टि आइतबार बिहान गरेका थिए। इरानी सञ्चारमाध्यमहरूले पुष्टि गरेको केही बेरपछि इरानको सरकारी सुरक्षा बल इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आइआरजिसी)ले पनि वक्तव्य जारी गरी खामेनीको मृत्यु भएको पुष्टि गरेको छ। खामेनीको मृत्युमा इरानमा ४० दिने शोक घोषणा गरिएको छ भने सात दिन सार्वजनिक बिदा दिइएको छ। शनिबार इरानमाथि सैन्य कारबाही सुरू भएपछि इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आक्रमणको उद्धेश्य इरानको नेतृत्व परिवर्तन रहेको भनेका थिए। हमलापछि भिडिओ सन्देश जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानी जनतालाई सत्ता आफ्नो नियन्त्रणमा लिन आह्वान गरेका थिए। शनिबार बेलुक...
मौन अवधीमा हुन सक्ने चलखेल रोक्न विशेष निगरानीको व्यवस्था गरिएको छ- आयुक्त राणा
प्रशासन, समाचार

मौन अवधीमा हुन सक्ने चलखेल रोक्न विशेष निगरानीको व्यवस्था गरिएको छ- आयुक्त राणा

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौन अवधिमा हुनसक्ने चलखेललाई रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताएका छन्। रासससँगको अन्तर्वार्तामा उनले निर्वाचनमा मौनअवधि प्रचारप्रसार गरेर थाकेका उम्मेवारलाई थकाइ मार्न र शान्त रहन तथा मतदातालाई पनि सोच विचार गरी स्वतन्त्र रूपमा उम्मेदवार छनोट सम्बन्धमा निर्णय प्रदान गरिएको समय भएकाले निर्वाचन आचारसंहिता विपरीतका कुनै कार्य नगर्न अपिल गरेका छन्। ‘मौनअवधिमा निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दल र उम्मेदवारले मतदातालाई प्रभावमा पार्छन् कि भन्ने पाटोमा आयोग सचेत छ।कानुन विपरीतका गतिविधि रोक्न जिल्ला अनुगमन अधिकृत र सुरक्षा निकाय परिचालन गरी विशेष निगरानीको व्यवस्था मिलाइएको छ,’ उनले भने। उनले एक हजार मतदाता संख्या भएको ठाउँमा एउटा केन्द्र बनाइएको र मतदाताको संख्या त्योभन्दा बढी भए अर्को मतदान केन्द्रको व्यवस्...
दरखोलामा पुल नबन्दा दर र मुदीका बासिन्दालाई समस्या
समाचार, समाज

दरखोलामा पुल नबन्दा दर र मुदीका बासिन्दालाई समस्या

नेपालअखबार, म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा दर र मुदीका बासिन्दालाई समस्या भएको छ। दरखोलामा मोटरेबल पुल निर्माणका लागि चार वर्षअघि सर्वेक्षण भए पनि बजेट र योजनाको अभावका कार्यान्वयन हुन सकेको छैन। पुल नहुँदा धौलागिरि गाउँपालिकाको वडा नम्बर ३ दर र वडा नम्बर ४ को मुदीका बासिन्दा मर्कामा परेका दर गाउँका पारस बुढाले बताए। हिउँदमा ह्युम पाइप राखेर सवारीसाधन आवतजावत गर्ने व्यवस्था मिलाइएको छ। बर्खामा दरखोलामा बाढी आउँदा असारदेखि कात्तिक महिनासम्म सवारीसाधन आवतजावत गर्न सक्दैनन्। दर, मुदी, बगर, नाउरा, नेरवाङ, चेचुङ, खिवाङ र खाम्ला बस्तीलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि दरखोलामा पुल आवश्यक रहेको छ। यी गाउँहरूमा करिब ७०० घरपरिवारको बसोबास रहेको छ। मुदीको धौलागिरि युवा क्लबका अध्यक्ष विशाल घर्त...